Tag: विराटनगर प्रदर्शन

  • गाडी तोडफोड गरेको आरोपमा विराटनगरमा ४ जना पक्राउ

    गाडी तोडफोड गरेको आरोपमा विराटनगरमा ४ जना पक्राउ

    विराटनगर । आम हड्तालको दिन गाडी चलाएको भन्दै तोडफोड गरेको आरोपमा विराटनगरमा चारजना बन्दकर्ता पक्राउ परेका छन् ।

    बन्द गराउँदै हिँडेका प्रदर्शनकारीले बा. १६ च ४४०४ नम्बरको गाडी तोडफोड गरिएपछि प्रचण्ड-माधव पक्षका जिल्ला सदस्य पारुल क्षेत्री, मिरा दाहाल, महानगर सचिवालय सदस्य सारदा मैनालीसहित चारजनालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

  • देशैले सुने हुन्छ, सभामुखमार्फत् संसद डाकेर ओलीलाई कारबाही गर्छौं : प्रचण्ड (भिडियो)

    देशैले सुने हुन्छ, सभामुखमार्फत् संसद डाकेर ओलीलाई कारबाही गर्छौं : प्रचण्ड (भिडियो)

    विराटनगर । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे संसद बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने दाबी गरेका छन् ।

    विराटनगरमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सभामुखले बैठकको आव्हान गर्ने र सांसदहरू उपस्थित भएर कारबाही गर्नेसम्मको अधिकार आफूहरूलाई संविधानले दिएको जिकिर गरे ।

    दाहालले भने,‘संविधानको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउन सकिन्छ, तर हामी सर्वोच्चको निर्णय पर्खेर बसेका छौं। सर्वोच्चले सही निर्णय लिनेमा हामीहरू विस्वस्त रहेका छौ ।’

    ओलीलाई चेतावनी दिँदै उनले भने, ‘विराटनगरबाट आज म भन्दैछु, देशैले सुने हुन्छ, जरुरी पर्‍यो भने संसदको बैठक बसेर कारबाही गर्छौं।’

    प्रधानमन्त्रीले प्रतिनिधिसभा नभइ संविधान नै विघटन गरेको दाहालको तर्क छ । ओली खुरापाती भएको र कम्युनिष्‍ट पार्टीमा पसेर प्रतिक्रान्तिको चंगुलमा बसेको उनले आरोप लगाए ।

  • विराटनगरमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    विराटनगरमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ ।

    विराटनगरको रोडशेष चोक, तीनपैनी र हाटखोलाबाट एकैपटक प्रर्दशनसहितको र्‍याली शुरू भएको थियो । र्‍यालीको नेतृत्व प्रदेशका नेताहरूले गरेका छन् ।

    प्रदेशस्तरीय शक्ति प्रदर्शनमा ५० हजारभन्दा बढी मानिस सहभागी भएको दाबी गरिएको छ ।

    विराटनगरका विभिन्न रुटबाट निस्किएको जुलुस जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, योगेश भट्टराईलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

    प्रतिनिधिसभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड-माधव पक्ष संघर्षरत् छ ।