Tag: विराटगर

  • एमालेबाट विराटगरको मेयरमा सागर र उपमेयरमा शिल्पा उम्मेदवार

    एमालेबाट विराटगरको मेयरमा सागर र उपमेयरमा शिल्पा उम्मेदवार

    विराटनगर । महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्षसमेत रहेकी कार्कीको नाममा सहमति भएको बताए ।

    एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो ।

    विराटनगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ । पाँच दलीय गठबन्धनले विराटनगरको मेयर कांग्रेसको र उपमेयरमा जनता समाजवादी पार्टीको भागमा पारेको छ ।

  • तस्बिरमा हेर्नुस् विराटनगरमा ओली पक्षीय नेकपाको शक्ति प्रदर्शन

    तस्बिरमा हेर्नुस् विराटनगरमा ओली पक्षीय नेकपाको शक्ति प्रदर्शन

    विराटनगर । केपी ओली नेतृत्वको नेकपाले शनिवार विराटगरमा शक्ति प्रदर्शन गरेको छ । प्रदेशस्तरीय जनसभाका लागि विभिन्न जिल्लाबाट हजारौं कार्यकर्ता र समर्थकलाई विराटनगर उतारिएको छ ।

    सभा शुरु हुनुअघि ठूलो संख्यामा जुलुस निस्किएका थिए । सभा चलिरहदा पनि जुलुस आउने क्रम नरोकिएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।

    
     
     

    जुलुस र सभाका सहभागीहरुले सूर्य चिन्ह र केपी ओलीको फोटो अंकित प्लेकार्डहरु बोकेका थिए । युवा र महिलाको संख्या अधिक देखिएको प्रदर्शनका सहभागीले केपी ओली जिन्दावादका नारा लगाएका थिए ।