Tag: विद्युतीय कार

  • १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार

    १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार

    कैलाली । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् ।

    झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत एक लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् । कारको नाम ‘सारअल्फा’ राखिएको छ ।

    कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् ।

    अर्का विद्यार्थी ऋषिकेशले भने, ‘अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।’ गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

  • नयाँ बजेट: विद्युतीय सवारीसाधन उत्पादन गर्न विदेशी कम्पनीलाई प्रोत्साहन

    नयाँ बजेट: विद्युतीय सवारीसाधन उत्पादन गर्न विदेशी कम्पनीलाई प्रोत्साहन

    काठमाडौं । सरकारले नयाँ बजेटमार्फत विश्वका १० उत्कृष्ट विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनीलाई नेपालका उद्योग सञ्चालनका लागि प्रोत्साहित गरेको छ ।

    नेपालका विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनीलाई करमा छुट दिने व्यवस्था मिलाइने अर्थमन्त्री विष्णु पौडेलले बताए ।