Tag: विद्यार्थी संगठन

  • विद्यार्थी संगठनमा नयाँ समीकरण- अखिलसँग आहुतीदेखि गोपाल किरातीसम्मको गठबन्धन

    विद्यार्थी संगठनमा नयाँ समीकरण- अखिलसँग आहुतीदेखि गोपाल किरातीसम्मको गठबन्धन

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट विद्यार्थीहरूको गठबन्धनको काउन्टरमा विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले पनि गठबन्धन बनाएका छन् । एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा विपक्षी विद्यार्थी संगठनले संयुक्त गठबन्धन बनाएका हुन् ।

    विपक्षी विद्यार्थी संगठनको गठबन्धनमा ६ विद्यार्थी संगठन आबद्ध छन् । गठबन्धनमा एमालेनिकट अनेरास्ववियुका अलवा नेकपा (माले) निकट अखिल पाँचौं, आहुतीको दल वैज्ञानिक समाजवादीनिकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, गोपाल किराती नेतृत्वको दलनिकट अखिल क्रान्तिकारी, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, महन्थ ठाकुर नेतृत्वको लोसपानिकट राष्ट्रिय विद्यार्थी संघ र पूर्वलडाकु चन्द्रबहादुर थापा ‘सागर’ नेतृत्वको दलनिकट राष्ट्रवादी विद्यार्थी संगठन आबद्ध छन् ।

    अनेरास्ववियुका महासचिव समिक बडालले मोहन वैद्य नेतृत्वको नेकपा (क्रन्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) पनि चाँडै गठबन्धनमा आबद्ध हुने जानकारी दिए । गठबन्धनले मंगलबार पेट्रोलिय पदार्थको मूल्य घटाउनुपर्नेलगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

  • कोरोनाका कारण नेपाल फर्केका विद्यार्थीलाई चीनमै पढ्ने व्यवस्थाका लागि विद्यार्थी संगठनको माग

    कोरोनाका कारण नेपाल फर्केका विद्यार्थीलाई चीनमै पढ्ने व्यवस्थाका लागि विद्यार्थी संगठनको माग

    काठमाडौं। कोभिड-१९ महामारीका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरूले माग गरेका छन् ।

    सत्तारुढ दलनिकट गठबन्धनका ७ विद्यार्थी संगठनले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापन पत्र बुझाएका हुन् ।

    पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने वातावरण नबन्दा विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै यसका लागि पहल गर्न उनीहरूले आग्रह गरेका छन् ।

  • परीक्षा नरोक्न सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनको माग

    परीक्षा नरोक्न सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनको माग

    काठमाडौं । सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनले परीक्षा स्थगन गरेरमात्र समस्या समाधान नहुने भन्दै विद्यार्थीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेका छन् ।

    स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर उनीहरूले यस्तो आग्रह गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जनकारी दिए।

    स्वास्थ्य मापदण्डको पालना गरेर परीक्षा सुचारु गर्नुपर्ने उनकीहरूको माग छ । विद्यार्थीलाई परीक्षामा सहभागी हुन पनि विद्यार्थी संगठनको आव्हान छ ।

  • पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानविन गरियोस्

    पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानविन गरियोस्

    काठमाडौं । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

    दार्चुलाको व्यास गाउँपालिका वडा नं.२ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सीमा बलले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्सर्ना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जीपी मैनालीले जानकारी दिए ।

    यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन् । उपकूलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको उल्लेख गर्दै विद्यार्थीहरूका जायज मागहरू सम्बोधन गरी परीक्षा सूचारु गर्न संगठले माग गरेको छ ।

    यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरुले प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गरेका छन् ।

    प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्याइरहेकाले पढाई, बिरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको संगठनले बताएको छ । त्यसैले  उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।

  • शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक कार्यान्वयनको प्रतिवद्धता गर्न प्रचण्डलाई पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र

    शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक कार्यान्वयनको प्रतिवद्धता गर्न प्रचण्डलाई पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र

    काठमाडौं । शिक्षा, रोजगारी र स्वास्थ्यको मौलिक हकलाई कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता गर्न पाँच विद्यार्थी संगठनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन् ।

    आन्दोलनरत संयुक्त विद्यार्थी सांगठनका तर्फबाट रकारमा रहँदा वा नरहँदा शिक्षा, रोजगारी र स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउन बुधबार प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्।

    ‘नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस अनुसार संविधानतः कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ।’

    संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट रन्जित तामाङ, सुदेश पराजुली, विमल पोखरेल, राजिव ढुंगाना र रूपनारायण श्रेष्ठले ज्ञापन पत्र बुझाएका हुन्।

    ज्ञापन पत्र बुझ्दै प्रचण्डले विद्यार्थीहरुले परिस्थितिको सही मुल्याङ्कन गर्दा युवाहरुमा सही कुराको सम्प्रेषण हुने बताए । उनले केपी ओली र आफूहरु कुनै पनि कोणबाट उस्तै नभएको स्पष्ट गर्दै यसका लागि विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरुले प्रष्ट गरेको बताए।

  • विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

    विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

    काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शनको घोषणा गरेको छ ।

    नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (माधव नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) को संयुक्त बैठकले असार १६ गते ७७ वटै जिल्ला र असार १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    विपक्षी विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि संयुक्त ज्ञापन पत्र बुझाउने, शैक्षिक शुल्क वृद्धि गरिए आन्दोलन गर्नेलगायतका निर्णयसमेत गरेको छ ।

  • रोकिएका परीक्षा संचालनको वातावरण बनाउन विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनको माग

    रोकिएका परीक्षा संचालनको वातावरण बनाउन विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनको माग

    काठमाडौं । विपक्षी गठबन्धनसँग आवद्ध ७ विद्यार्थी संगठनले त्रिभुवन विश्व विद्यालय लगायत अन्य विश्व विद्यालयहरुले लकडाउनका कारण स्थगित गरेको सबै तहको परीक्षा संचालन माग गरेका छन् ।

    आइतबार बसेको विद्यार्थी संगठनहरुको बैठकले परीक्षा स्थगनले विद्यार्थीको भविष्यलाई अन्यौल बनाएको भन्दै सरोकारवालासँग छलफल गरी मापदण्डका आधारमा परीक्षाको वातावरण बनाउन माग गरेको हो ।

    विद्यार्थी संगठनले झापाको वि एण्ड सी मेडिकल कलेजलाई दिइएको स्म्बन्ध खारेज गर्न र निषेधाज्ञामा बन्द भएका विद्यालयहरुले शुल्क असुली गरिरहेको भन्दै यस्तो कार्य बन्द गर्न चेतावनी दिएका छन् ।

    बैठकले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको भत्र्सना गरेको एमालेको माधव नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए ।

    बैठकले मुल्यवृद्धि विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । बैठकपछि जारी विज्ञप्तिमा कांग्रेस निकट नेविसंघका अध्यक्ष राजीव ढुंगाना,माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ,माधव नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली,नेकपा मसाल निकट अखिल छैटौंका अध्यक्ष विमल पोखरेल लगायतले हस्ताक्षर गरेका छन् ।

  • संसद विघटनविरुद्ध प्रतिरोध गर्न विपक्षी गठबन्धनका विद्यार्थी संगठनको आव्हान

    संसद विघटनविरुद्ध प्रतिरोध गर्न विपक्षी गठबन्धनका विद्यार्थी संगठनको आव्हान

    काठमाडौं । विपक्षी गठबन्धननिकटका विद्यार्थी संगठनले संसद विघटन गर्ने सरकारको निर्णय देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा भएको बताएका छन् ।

    नेविसंघ, अखिल क्रान्तिकारी, माधव नेपालनिकटको अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौंले संयुक्त वक्तव्यमार्फत ‘सर्वोच्च अदालतले पुन:स्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती’ भएको टिप्पणी गरेका छन् ।

    ‘संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको छ’, संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ कोरोना भाइरस ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो ।’

    सरकारको कदमविरुद्ध एकजुट हुँदै आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्न पनि उनीहरूले आव्हान गरेका छन् ।