Tag: वित्त प्रेस

  • कागतीखेतीबाट तीन महिनामै ९ लाख आम्दानी गर्दै पोखराका टुकाराम 

    कागतीखेतीबाट तीन महिनामै ९ लाख आम्दानी गर्दै पोखराका टुकाराम 

    गण्डकी । कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन् । पोखरा महानगरपालिका–३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै नौ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन्।

    एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५०० सोना जातका कागतीका बिरुवाले चार वर्षको अवधिदेखि निरन्तर उत्पादन दिन थालेको र यस वर्षको भदौ, असोज र कात्तिकमा मात्र कागती बिक्रीबाट नौ लाख आम्दानी गरेको कृषक लामिछानेले जानकारी दिए।

    कृषि ज्ञान केन्द्र स्याङ्जाबाट उपलब्ध गराइएका २०० ठूलो लेमनका बिरुवाले राम्रो उत्पादन दिए पनि बजारमा बिक्री नभएपछि सबै बोट हटाएर सो स्थानमा सोना जातका बिरुवा रोपेको बताउँदै उनले भने, “उत्पादन भएको कागती बिक्री हुँदैन कि भन्नु पर्दैन, यतिखेर बजारमा कागती प्रतिकिलो २०० देखि २५० का दरले बिक्री हुने गरेको छ ।”

    उमेरले ६५ काटेका कृषक लामिछाने परम्परागत खेती प्रणाली अपनाउँदा बाँदर र अन्य जङ्गली जनावरले नष्ट गर्न थालेपछि विकल्पका रुपमा सुरु गरेको व्यावसायिक कागतीखेती पछिल्लो समय मुख्य आम्दानीको श्रोत बनेको बताउँछन्।

    बेगनासतालको जलाधार क्षेत्रमा पर्ने सो स्थानमा लिप्टिङ प्रविधिमार्फत सिँचाइको राम्रो प्रबन्ध मिलाइएका कारण कागतीका बोटमा बाह्रै महिना फल लाग्ने गरेको बताउँदै उनले वार्षिकरुपमा १५ लाखभन्दा बढी आम्दानी हुने गरेको जानकारी दिए ।

    कागतीको एउटै बोटमा वर्षमा एक क्वीन्टलसम्म फल्ने गरेकामा खुशी व्यक्त गर्दै उनले भने “यो तीन महिनाको अवधिमा दैनिक ४० देखि ५० किलो उत्पादन भएको थियो, कागतीको बोटमा कुनै पनि विषाधि प्रयोग गर्नुपरेको छैन, बजारमा अर्गानिक उत्पादनको महत्व बढेको छ ।”

    पछिल्लो समय तातोपानी, चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागतीखेती सुरु गरेको दाबी गर्ने लामिछानेले भने, “राज्यकातर्फबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।”

    कागती अन्तरबालीका रुपमा तरुल, अकबरे खुर्सानी, टिमुर, अमला, ओल, एभोकाडो, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केरा, मेकानियानट जस्ता विभिन्न जातका फलफुलका बोटबिरुवा फष्टाएका छन् । परिक्षणका लागि लगाएको एउटा स्याउको बोटमा ५०-६० वटा फल लागेको भए पनि सबै बाँदरले खाएको उनले बताए ।

    “यदी सरकारले किसानको फर्मबाट नै उत्पादित कागतीलगायत कृषिजन्य उत्पादन खरिद गर्ने व्यवस्था गरिदिए कृषक अझ बढी उत्साहित हुने थिए”, कृषक लामिछानेले भने, “उत्पादित कागती पोखराका बजारमा सञ्चालित रेष्टुरेन्ट तथा तरकारी पसलमा  बिक्री गर्ने गरेको छु, कागती पुर्‍याउने र पैसा उठाउने समय फर्ममा लगाउन पाउने हो भने आम्दानी निश्चितरुपमा बढ्ने थियो ।”

    कागतीको बोटबाट टिपेको फल बजारमा बिक्री गर्ने र पाकेर झरेका फल सङ्कलन गरेर पेलेर अमिलो उत्पादन गरेर बिक्री गरेर थप आम्दानी गर्दै आएको जनाउँदै उनले गतसाल ४८ माना अमिलो बिक्रीबाट रु ७२ हजार आम्दानी गरेको उनले बताए। उनले पकाएको अमिलो प्रतिमाना एक हजार ५०० र काचो रस प्रतिमाना ५०० का दरले बिक्री गर्दै आएका छन् ।

    साथै उनले अमिलो बनाएर निस्केको कागतीको छोक्रा, वनमारा, असुरो, भेली लगायतका विभिन्न बनस्पति सङ्कलन गरेर दुई हजार लिटरको हिल ट्याङ्कीमा जैविक मल उत्पादन गरेका छन् । उत्पादिन मल मार्फत प्रत्येक बोटमा राख्ने व्यवस्थासमेत मिलाइएको उनको भनाइ छ ।

    मुलुकमा वन क्षेत्रको विस्तारसँगै बाँदर र जङ्गली जनावरको आतङ्कले धेरै किसान खेतीबारी छाड्न बाध्य भएको वर्तमान अवस्थामा लामिछानेको कागतीखेतीले नयाँ सम्भावना र प्रेरणा दिएको पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन् ।

    -रासस

  • सुनको मूल्य निरन्तर उकालाे, आज पनि तोलामा झण्डै ६ हजारले बढ्यो

    सुनको मूल्य निरन्तर उकालाे, आज पनि तोलामा झण्डै ६ हजारले बढ्यो

    काठमाडौं । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

    बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

  • पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

    पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

    तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर लामो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।

    सडक खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ । २९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।

    चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । शहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।

  • बैंक तथा वित्तीय संस्थामा पैसा पर्याप्त भएपनि लगानी नहुँदा समस्या उत्पन्नः गभर्नर पौडेल

    बैंक तथा वित्तीय संस्थामा पैसा पर्याप्त भएपनि लगानी नहुँदा समस्या उत्पन्नः गभर्नर पौडेल

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा .विश्वनाथ पौडेलले पैसा धेरै हुँदा पनि समस्या हुने गरेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले पैसा प्रर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको बताए ।

    ‘सबै तिरबाट पुस गर्दा पनि गाह्रो छ । अहिले हामीसँग प्रर्याप्त पैसा छ । तर,लगानी हुन सकेको छैन, क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षेत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन । सबै क्षेत्र त्यस्तै शिथिल छ । कहिले पैसा नभएर समस्या कहिले पैसा धेरै भएर समस्या भयो,’ उनले भने ।

    लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनले बताए । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ ।

    ‘विगतमा बैंक, बीमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गा लगायत क्षेत्रमा लगानी गरिन्थ्यो । तर, पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ । कित्ताकाट पनि बन्द गरेपछि रियलस्टेट सुस्त भयो । विद्यालयल, हस्पिटल लगायत सबै बन्द भयो । अब के मा लगानी गर्ने त ?,’ उनले भने, ‘निजी क्षेत्रलाई अनुमति दिनु पर्यो भन्ने लाइसेन्सका लागि मारामार हुन्छ । त्यसैले कन्फिडेन्स छैन ।’

    साथै, पछिल्ला विभिन्न घटनाहरूले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण ९ब्यालेन्ससिट० बिग्रिएको उनले बताए । बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था नदेखिएको समेत उनको भनाइ छ ।

  • २८ किस्तामा विद्युत् महसुल तिर्न सहमत भएपछि लाइन काटिएका सबै उद्योग प्रतिष्ठानमा विद्युत् सुचारु

    २८ किस्तामा विद्युत् महसुल तिर्न सहमत भएपछि लाइन काटिएका सबै उद्योग प्रतिष्ठानमा विद्युत् सुचारु

    काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका सबै उद्योग प्रतिष्ठानहरुले किस्ताबन्दीमा विद्युत् महसुल बझाएपछि देशभर लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति सुचारु गरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता तिरेका उद्योगहरुमा लाइन वितरण भएको हो ।

    बक्यौता नतिरेको भन्दै प्राधिकरणले देशभरका २५ उद्योगमा विद्युत् लाइन बन्द गरेको थियो । लाइन काटिएकामध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले भुक्तानी गरेका छैनन् । ती दुवै उद्योग बन्द छन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले हालका लागि प्रिमियम बक्यौताका कारण मात्रै कुनै उद्योगको लाइन काटिएको अवस्था नरहेको बताए ।

    प्राधिकरणले असोज १२ गते पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ दिन समय दिएको थियो । किस्ताबन्दी सुविधामा १४ करोड रुपैयाँभन्दा धेरै बक्यौता रहेको हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ बुझाएको थियो । सिमरामा रहेको अशोक स्टिल्सले पनि पहिलो किस्ता ६३ लाख रुपैयाँ भुक्तान गरेको छ ।

  • कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

    कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

    म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो ।

    बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज बिहीबार फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ ।

    ‘१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ,’ उनले भने ।

    यसअघि मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो ।

    मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

  • ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

    ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सम्पन्न भएको छ । बुधवार बैंकको १९औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको हो ।

    साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

    सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु. ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु. ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।

    साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए । बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको उनले सुनाए ।

  • जगदम्बा स्टिलले तिर्‍यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुलको पहिलो किस्ता

    जगदम्बा स्टिलले तिर्‍यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुलको पहिलो किस्ता

    बारा । पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधवार तिरेको छ ।

    पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधवार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ ।

    जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।

    बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।

  • कृषि कर्जाको मोटो हिस्सा ‘कागजी किसान’ को हातमा, उत्पादन भने घट्दो

    कृषि कर्जाको मोटो हिस्सा ‘कागजी किसान’ को हातमा, उत्पादन भने घट्दो

    काठमाडौं । सामान्यतया: कृषि कर्जाले खेतीयोग्य जमिन, किसान र उनीहरूको पसिनाको तस्बिर देखाउँछ । तर, पछिल्ला तथ्यांकले फरक चित्र देखाएको छ । नेपालमा कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न दिइने कृषि कर्जाको ठूलो हिस्सा खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौं जिल्लामा प्रवाह भएको पाइएको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बागमती प्रदेशको कुल कृषि कर्जाको आधाभन्दा बढी हिस्सा काठमाडौंमा प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कूल कर्जामा काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा धेरै छ ।

    यो तथ्यांकले बागमती प्रदेशमा प्रवाह हुने कुल कृषि कर्जाको करिब ५२.६ प्रतिशत काठमाडौंमा गएको छ । जसले गर्दा वास्तविक कृषकभन्दा पहुँचवाला तथा व्यवसायीको हातमा कृषि कर्जा पुगेको आशंका बढेको छ । राष्ट्र बैंकको बागमती प्रदेशको जिल्लागत कृषि कर्जासम्बन्धी तथ्यांकले यसको यथार्थलाई पुष्टि गर्छ ।

    काठमाडौंको यो तथ्यांकलाई बागमती प्रदेशका अन्य जिल्लाहरूसँग तुलना गर्दा कृषि कर्जाको असमानताको खाडल छर्लङ्ग पारेको छ । कृषिको प्रचुर सम्भावना बोकेको चितवन जिल्लामा कूल कर्जाको २३.१ प्रतिशत कर्जा प्रवाह भएको छ । जुन हिस्सा काठमाडौंको भन्दा आधा भन्दा कम हो ।

    अर्कोतर्फ अधिकांश जनसङ्ख्या कृषिमा आश्रित रहेको दोलखा र रसुवा जिल्लाहरूमा कुल कर्जाको ०.५ प्रतिशत मात्रै पुगेको छ । यस्तै, कृषि कर्जामा रामेछापको हिस्सा ०.६ प्रतिशत रहेको छ भने सिन्धुपाल्चोकको हिस्सा ०.९ प्रतिशतमा सीमित छ ।

    आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाबाट बागमती प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा यो वर्ष सामान्य वृद्धि भएको छ । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भई एक खर्ब २१ अर्ब पुगेको छ । गत वर्ष यस्तो कर्जा ५.१ प्रतिशतले घटेको थियो ।

    बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कुल कृषि कर्जा मध्ये बागमती प्रदेशमा प्रवाह भएको कृषि कर्जाको हिस्सा ३६.१६ प्रतिशत रहेको छ ।

    तर, बागमती प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल भने घटेको छ । यस प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको क्षेत्रफल ५.८ प्रतिशतले घटेको प्रतिवेदनमा देखिन्छ । गत वर्ष यस्तो क्षेत्रफल १.० प्रतिशतले वृद्धि भएको थियो ।

    यस प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल ७.५ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो बालीले ढाकेको क्षेत्रफल १.४ प्रतिशतले बढेको थियो ।

    धान बालीले ढाकेको क्षेत्रफल २.९ प्रतिशतले घट्दा गहुँ बालीले ढाकेको क्षेत्रफल ५.० प्रतिशतले घटेको छ । कोदो बालीले ढाकेको क्षेत्रफल ५.१ प्रतिशतले, मकै बालीले ढाकेको क्षेत्रफल ६.६ प्रतिशतले, फापर बालीले ढाकेको क्षेत्रफल १६.१ प्रतिशतले र जौ बालीले ढाकेको क्षेत्रफल २५.६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा कोदो बालीले ढाकेको क्षेत्रफल ७.० प्रतिशत र जौ बालीले ढाकेको क्षेत्रफल १४.२ प्रतिशतले बढेको थियो भने धान बालीले ढाकेको क्षेत्रफल १.१ प्रतिशत, मकै बालीले ढाकेको क्षेत्रफल ०.२ प्रतिशत, गहुँ बालीले ढाकेको क्षेत्रफल ९.४ प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफल ८.१ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी, आलु बालीले ढाकेको क्षेत्रफल ११.९ प्रतिशतले घट्दा तेलहन बालीले ढाकेको क्षेत्रफल १९.८ प्रतिशतले घटेको छ । दलहन बालीले ढाकेको क्षेत्रफल २४.५ प्रतिशतले र भटमास बालीले ढाकेको क्षेत्रफल २६.२ प्रतिशतले घटेको छ ।

    तरकारी तथा वागवानी बालीले ढाकेको क्षेत्रफल ५.१ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो क्षेत्रफल १.१ प्रतिशतले बढेको थियो । मसला बालीले ढाकेको क्षेत्रफल ४५.५ प्रतिशतले बढ्दा फलफूल बालीले ढाकेको क्षेत्रफल ५.९ प्रतिशतले घटेको छ ।

    खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी रहेको छ । जसको हिस्सा १३.१ प्रतिशत छ । यस्तै, भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (१.७ प्रतिशत) रहको छ ।

    तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा काभे्रपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी (१९.८ प्रतिशत) र भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (१.८ प्रतिशत) रहेको छ । फलफूलले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (२८.६ प्रतिशत) र मकवानपुर जिल्लाको हिस्सा नगन्य रहेको छ ।

    मसला बालीले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी (२३.९ प्रतिशत) रहको छ भने भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम (०.३ प्रतिशत) रहेको छ ।

    खाद्य तथा अन्य बालीको उत्पादनमा काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी रहेको छ । जसको हिस्सा १६.९ प्रतिशत छ । यस्तो हिस्सा भक्तपुर जिल्लाको सबैभन्दा कम २.७ प्रतिशत रहेको छ ।

    तरकारी तथा बागवानी उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी २१.३ प्रतिशत रहँदा  रामेछाप जिल्लाको हिस्सा सबैभन्दा कम १.२ प्रतिशत रहेको छ ।

    फलफूल उत्पादनमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी ४०.५ प्रतिशत रहेको छ । मसला उत्पादनमा मकवानपुर जिल्लाको हिस्सा सबैभन्दा बढी २५.७ प्रतिशत रहँदा भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम १.० प्रतिशत रहेको छ ।

    सर्वाधिक कृषि कर्जा लगेको काठमाडौं जिल्लामा खाद्य तथा अन्य बालीको उत्पादनको हिस्सा अत्यन्तै न्यून देखिन्छ । यस जिल्लाको खाद्य तथा अन्य बाली उत्पादनको हिस्सा ३.६ प्रतिशत मात्रै रहेको छ ।

    कृषिबाली उत्पादनमा काठमाडौंले गरेको योगदानको प्रतिशत झिनो छ । कंक्रिटले भरिएर खेतीयोग्य जमिन तीव्र गतिमा घटिरहेको काठमाडौंमा यति ठूलो रकम कृषि प्रयोजनका लागि प्रवाह हुनुले गम्भीर प्रश्नहरू खडा गरेको छ । यो कर्जा साँच्चै किसानको हातमा पुगेको छ वा पहुँचवाला सीमित वर्गले यसको दुरुपयोग गरिरहेको छ भन्ने प्रश्न उब्जिएको छ ।

    यस प्रदेशमा पशुपन्छी तथा माछा उत्पादन पनि घटेको छ । यो प्रदेशमा दुध उत्पादन १.२ प्रतिशत र मासु उत्पादन २.९ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ । माछा उत्पादन पनि २.८ प्रतिशतले घटेको छ ।

    बागमती प्रदेशको जिल्लागत तथ्यांक हेर्ने हो भने काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा बढी दुध उत्पादन हुने गरेको देखिन्छ । जहाँ दुध उत्पादनको हिस्सा २२.३ प्रतिशत छ । दुध उत्पादन रसुवा जिल्लामा सबैभन्दा कम (०.३ प्रतिशत) भएको छ ।

    मासु उत्पादनमा चितवन जिल्लाकोहिस्सा सबैभन्दा बढी (१८.६ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (१.१ प्रतिशत) रहेको छ ।

    अण्डा उत्पादनमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी (४२.२ प्रतिशत) र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम (०.१ प्रतिशत) रहेको छ ।

    त्यस्तै, माछा उत्पादनमा चितवन जिल्लाकोहिस्सा सबैभन्दा बढी (८३.८ प्रतिशत) र रसुवा जिल्लामा कम रहेको छ ।

    कृषि क्षेत्रका लागि प्रवाह गरिने कर्जा वास्तविक किसानसम्म नपुगी टाठाबाठा र पहुँचवालाले नै त्यस्तो कर्जाको दुरुपयोग गरिरहेको विज्ञले औँल्याएका छन् । कृषि विज्ञ कृष्णप्रसाद पौडेलले कृषि कर्जाका नाममा भइरहेको दुरुपयोगले वास्तविक किसान सधैँ मारमा परेको र कृषि उत्पादनमा समेत सुधार हुन नसकेको जिकिर गर्छन् ।

    उनी भन्छन्, ‘नेपालमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा र प्रतिफलमा आकाश जमिनको फरक छ । कर्जा धेरै लगेका जिल्लाहरूमा उत्पादन निकै नै कम छ । पहुँचवालाले लगेको कर्जा कृषि क्षेत्रमा सदुपयोग नै नगरेको देखिन्छ ।’

    विज्ञ पौडेलका अनुसार सरकारले कृषिमा लगानी बढाउँदै विभिन्न सहुलियतका कार्यक्रम पनि ल्याएको छ । तर, जति पनि कृषि कर्जा र सहुलियतका कार्यक्रमहरू हुँदै आएका छन् ती कहिल्यै पनि वास्तविक किसानको हातमा पुग्न सकेका छैनन् ।

    ‘काठमाडौंमा बस्ने र कृषि कर्ममा संलग्न नै नभएका मानिसहरूको पहुँचमा जब कर्जा पुग्छ, उनीहरूले त्यसलाई अन्यत्र लगेर दुरुपयोग गरिरहेका छन्’, पौडेल भन्छन् ।

    कृषि कर्जाको सबैभन्दा ठूलो हिस्सा राजधानी काठमाडौंमा नै लगानी हुनुले यसको दुरुपयोगलाई थप पुष्टि गरेको पौडेलको भनाइ छ । ‘काठमाडौंका अधिकांश मानिसहरूको कर्म कृषि होइन । तर ठूलो परिमाणमा कृषि कर्जा यहीँ खपत भएको देखिन्छ’, उनी भन्छन्, ‘जहाँ धेरै कर्जा लगानी भएको छ, त्यहाँ उत्पादन शून्य जस्तै छ । यसले कर्जाको चरम दुरुपयोग भएको स्पष्ट पार्छ ।’

    खेती गर्छु भन्ने आधारमा कर्जा दिइए पनि त्यसको सही सदुपयोग भए/नभएको बारे कुनै अनुगमन समेत नहुने गरेको उनले गुनासो गरे । कृषि कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरूको भूमिकामाथि पनि विज्ञ पौडेलले गम्भीर प्रश्न उठाएका छन् ।

    बैंकहरूले कर्जा दिने बेलामा ऋणीको पृष्ठभूमि र उसको वास्तविक कृषि योजनाको बारेमा कुनै अध्ययन नै नगर्ने गरेको उनको आरोप छ । ‘ऋण लिने मानिसले कति घुस दिन सक्छ भन्ने आधारमा कर्जा दिने गरिएको भेटिन्छन् । बैंकहरूको यही कमजोरीका कारण पहुँचवालाले सजिलै कर्जा पाउँछन् र त्यो रकम कृषि उत्पादनमा लगानी हुँदैन’, उनले भने ।

    कृषि कर्जाको सही सदुपयोग नहुँदा नेपालको कृषि क्षेत्र असफलतातर्फ उन्मुख भएको उनको विश्लेषण छ । कृषि कर्जा र उत्पादनको तथ्यांकले कृषि कर्जाको नीति र यसको कार्यान्वयनमा गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाई छ ।

    ‘जबसम्म कर्जाको प्रभावकारी अनुगमन हुँदैन र वास्तविक किसानको पहुँच सुनिश्चित गरिँदैन तबसम्म कृषि क्रान्तिको नारा केवल नारामा मात्र सीमित रहनेछ’, विज्ञ पौडेलले भने, ‘सरकार र नियामक निकायले किसानको नाममा छुट्याइएको अर्बौँको रकम उनीहरूकै खेतबारीमा पसिना सिञ्चित गर्न प्रयोग होस्, पहुँचवालाको व्यापारिक स्वार्थ पूरा गर्न होइन ।’

    उनका अनुसार कृषि प्रधान देश भनिने नेपालमा वास्तविक कृषकको बसोबास ग्रामीण क्षेत्रमा छ । तर तथ्यांक हेर्दा काठमाडौंका ‘कागजी कृषक’हरू सक्रिय देखिन्छन् । काठमाडौंमा बढेको यो कृत्रिम कृषि कर्जाले वास्तविक किसान र समग्र कृषि अर्थतन्त्रलाई थप कमजोर बनाउने विज्ञ पौडेलको भनाई छ ।

  • हायत होटलद्वारा सबै कर्मचारी बर्खास्त

    हायत होटलद्वारा सबै कर्मचारी बर्खास्त

    काठमाडौँ । हायत रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ ।

    होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिएका छन् । उनले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गरिएको बताए ।

    उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको आन्दोलनक्रममा होटलमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागीजन्य क्रियाकलाप गरेका कारण होटल पूर्णरुपमा बन्द छ, आगलागी र तोडफोडका कारण होटल क्षतिग्रस्त भई पूर्णरूपले मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था समेत छैन, होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकी ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाइते भई उपचारको क्रममा ज्यान गएको तथा होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिको लगेज तथा सरसामान समेत आपराधिक समूहले लुटपाट तथा आगो लगाएको घटनाले अन्तरराष्ट्रिय जगतमै होटलको ख्यातिमा नकारात्मक प्रभाव पारेको छ ।’

    महाप्रबन्धक कुमारले भनेका छन्, ‘कोभिड १९ का कारण लामो समय होटल तथा पर्यटन क्षेत्र बन्द भइ ठूलो आर्थिक क्षति हुँदा भदौ २४ गतेको घटनाका कारण पुनः होटललाई ठूलो आर्थिक क्षति भएको र मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने तथा मर्मत अवधिभर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले होटल थप ठूलो आर्थिक चुनौती भोगिरहेको छ ।’

  • सोनापुर मिनरलले तिर्यो विद्युत महसुल, विद्युत लाइन जोडियो

    सोनापुर मिनरलले तिर्यो विद्युत महसुल, विद्युत लाइन जोडियो

    दाङ । घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयलले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ।

    पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ ।

    सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता थियो । बक्यौता २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

  • बागमती प्रदेशः कुल गार्हस्थ्य उत्पादन २२ खर्ब ३० अर्ब बढी हुने, प्राकृतिक प्रकोपको उच्च जोखिम

    बागमती प्रदेशः कुल गार्हस्थ्य उत्पादन २२ खर्ब ३० अर्ब बढी हुने, प्राकृतिक प्रकोपको उच्च जोखिम

    काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१–८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, बागमतीमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई रोकथाम गर्दै ती प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ ।

    बागमती प्रदेशका केही चुनौतीहरु उल्लेख गर्दै अध्ययनमा भनिएको छ, ‘शिक्षामा गुणात्मक विकास गर्ने कार्य तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुका साथै सहज पहुँच विस्तार गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।’ शहरी क्षेत्रमा बढ्दो जनसङ्ख्या वृद्धिले कृषियोग्य भूभाग सङ्कुचन हुनुका साथै पहाडी तथा हिमाली क्षेत्रमा बसाइसराइका कारण जमिन बाँझो हुने प्रवृत्तिका कारण कृषियोग्य जमिनको संरक्षण तथा उपयोगमा सन्तुलन मिलाउने कार्य चुनौतीपूर्ण रहेको अध्ययनमा देखाइएको छ ।

    जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपका कारण कृषि, जलविद्युत्, पूर्वाधार, उद्योग, सेवा क्षेत्रमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि आवश्यक लगानी बढाउने कायलाई पनि जटिलताको रुपमा लिइएको छ । कृषिमा आश्रित जनसङ्ख्यालाई पूर्णकालीन रोजगारीका अवसर सिर्जना गर्ने र कृषि उत्पादन बृद्धि गर्ने कार्यलाई पनि केन्द्रीय बैंकले चुनौतीको रुपमा ठहर गरेको छ ।

    उपत्यकालगायत आसपासका क्षेत्रमा जग्गाको मूल्यमा वृद्धि भएसँगै उद्योग स्थापनाका लागि निजी क्षेत्रले अधिक मूल्यमा जग्गा लिजमा लिनुपर्ने र सोकारण उत्पादित वस्तुतथा सेवाको उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउने कार्यलाई जटिलताका रुपमा लिइएको छ । बागमती प्रदेशमा चुनौती मात्रै होइन सम्भावना पनि उत्तिकै रहेको अध्ययनमा समावेश छ । काठमाडौँ, भक्तपुर, ललितपुरजस्ता ऐतिहासिक स्थललाई धार्मिक सांस्कृतिक पर्यटनमा ठूलो योगदान पु¥याउन सक्ने सम्भावना छ ।

    नेपालको अन्तरराष्ट्रिय विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल यसै प्रदेशमा रहेको र अन्य प्रदेशको तुलनामा पर्याप्त पर्यटकीय पूर्वाधार रहकाले पनि छिट्टै आर्थिक विकास हुन सक्ने केन्द्रीय बैंकको अध्ययनमा समावेश छ । पर्यटन क्षेत्रको विकासमार्फत प्रदेशको चौतर्फी विकास गर्ने सम्भावना रहेको र यस प्रदेशमा उपलब्ध भौगोलिक विविधता तथा अन्य प्रदेशको तुलनामा कृषि, पर्यटन, जलविद्युत् तथा व्यापारका क्षेत्रमा रहेको लगानीका कारण रोजगारीको अवसर र आर्थिक वृद्वि हासिल गर्ने सम्भावना उच्च छ ।

    सूचना प्रविधि तथा बढ्दो सञ्जालीकरणले उपलब्ध गराएको अवसरको उपयोगमार्फत प्रदेशमा दिगो आर्थिक वृिद्व हासिल गर्ने सम्भावना उच्च रहेको अध्यनमा देखिएको छ । यस प्रदेशमा रहेका उच्च बहावयुक्त नदी एवम् जलस्रोतको उच्चतम प्रयोगमार्फत जलविद्युत् उत्पादनको ठूलो सम्भावना रहेको छ ।

    कृषि क्षेत्रमा नवीनतम प्रविधि, गुणस्तरीय बिउ बीजन एवम् प्राविधिक सहजीकरणको उपयोग गरी कृषिमा व्यावसायीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने तथा भौगोलिक अवस्थिति अनुसार जडिबुटीको खेती गरी कृषकहरूको आयआर्जन एवम् उत्पादनहरूलाई अन्तिम वस्तुका रूपमा प्रशोधन गर्ने उद्योग स्थापना गरी बहुआयामिक लाभ लिन सक्ने सम्भावना रहेको अध्ययनमा उल्लेख छ ।

    पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटकीय गतिविधिसँग सम्बन्धित सेवामूलक उद्योग स्थापना गरी प्रत्यक्ष तथा परोक्ष रुपमा पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटकीय गतिविधिसँग सम्बन्धित सेवामूलक उद्योग स्थापना गरी प्रत्यक्ष तथा परोक्ष रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहको अध्ययनमा देखाइएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशत रहने अनुमान छ । गत वर्ष यस्तो वृद्धिदर तीन दशमलव सात प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१–८२ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) २२ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ पुग्ने अनुमान छ । समीक्षा वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११ दशमलव आठ प्रतिशत, ११ दशमलव एक प्रतिशत र ७७ दशमलव एक प्रतिशत रहने अनुमान छ ।

    समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा बागमती प्रदेशको अंश क्रमशः १७ दशमलव एक प्रतिशत, ३१ दशमलव सात प्रतिशत र ४५ दशमलव चार प्रतिशत रहने अनुमान छ । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमध्ये थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको अंश सबैभन्दा बढी रहेको छ ।

    घरजग्गा कारोबारको अंश १५ दशमलव दुई प्रतिशत, कृषि, वन तथा मत्स्यपालनको अंश ११ दशमलव आठ प्रतिशत, वित्तीय तथा बीमाको अंश ११ दशमलव दुई प्रतिशत, यातायात तथा भण्डारणको अंश नौ दशमलव तीन प्रतिशत तथा उत्पादनमूलक उद्योगको अंश चार दशमलव नौ प्रतिशत रहको छ ।

  • जेनजी आन्दोलनको क्षतिपछि तीन अर्ब ६८ करोड बढी बिमा भुक्तानी

    जेनजी आन्दोलनको क्षतिपछि तीन अर्ब ६८ करोड बढी बिमा भुक्तानी

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीमध्ये हालसम्म निर्जीवन बिमा कम्पनीले करिब रु तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी गरेका छन् ।

    नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार सो आन्दोलनका क्रममा परेका बिमा दाबी कूल रु २३ अर्ब ४६ करोड ९१ लाख रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए ।

    ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको रु १९ अर्ब चार करोड नौ लाख रकममध्ये करिब रु दुई अर्ब ९२ करोड ८६ लाख, मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको करिब रु तीन अर्ब ४७ करोड सात लाखमध्ये रु ६८ करोड ६१ लाख भुक्तानी भएको कार्यकारी निर्देशक सुवेदीले बताए ।

    त्यसैगरी, इञ्जीनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको करिब रु ५४ करोड ७५ लाखमध्ये रु ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब रु एक करोड ६८ लाखमध्ये रु ४७ लाख र अन्य बिमातर्फ ४२ वटा दाबीको करिब रु ३९ करोड ३० लाखमध्ये रु २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

    यसैबीच जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब रु दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।

    नेपाल पुनःबिमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनःबिमा दाबी दर्ता भई सोको कूल रकम करिब रु १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ । बिमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बिमा कम्पनी र पुनःबिमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताए ।

  • लामो समयदेखि रोकिएको आईपीओ निष्काशनको काम सेबोनले पुनः थाल्यो, सोलु हाइड्रोलाई दियो अनुमति 

    लामो समयदेखि रोकिएको आईपीओ निष्काशनको काम सेबोनले पुनः थाल्यो, सोलु हाइड्रोलाई दियो अनुमति 

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनादेखि रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को स्वीकृति प्रक्रिया पुनः थालेको छ । कर्मचारी आन्दोलनका कारण ठप्प रहेको बोर्डको कामकारबाही सुचारु भएसँगै लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूका लागि आईपीओ निष्काशनको बाटो खुलेको हो ।

    सेबोनले सोलु हाइड्रोपावर लिमिटेडलाई आइपिओ निष्कासन अनुमति दिएको छ। कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको हो ।

    सेबोनका अनुसार कम्पनीलाई दुई करोड कित्ता शेयर निष्कासन गर्न अनुमति प्रदान गरिएको छ। यस कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरले आईपीओ निष्काशन गर्नेछ ।

    कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।

  • जल्पामा फस्टाउँदै सामूहिक किवि खेती

    जल्पामा फस्टाउँदै सामूहिक किवि खेती

    पाल्पा । पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं.२ जल्पाका किसानले गरेको सामूहिक किवि खेती फस्टाउँदै गएको छ । जल्पाको वातावरण किवि खेती उत्पादन सुहाउँदो छ भन्ने थाहा पाएपछि यहाँका किसानले गरेको सामूहिक किवि खेती फस्टाउँदै गएको हो ।

    यहाँका किसानले केही वर्ष पहिले सुरु गरेको किवि खेतीले अहिले सबैको ध्यान तानेको छ । ‘फलहरुको राजा’ ‘द सुप्रिम फ्रुट’ को उपाधि पाएको यो फलको खेती जल्पालीको लागी वरदान सावित भएको छ । मेहेनत गर्ने कहिल्यै असफल हुँदैनन् भन्ने कुरा जल्पालीहरुले पुष्टी गरेको पुर्वखोला गाउँपालिका वडा नं. २ जल्पाका वडाध्यक्ष निर बहादुर सारुले बताए ।  उनले रोजगारी कसरी सिर्जना गर्ने रु प्राकृतिक सम्पदाको सदुपयोग र प्रयोग कसरी गर्ने रु आयस्रोत कसरी वृद्धि गर्ने भन्ने कुराको उदाहरण जल्पाका किसानहरुले प्रस्तुत गरेको बताए ।

    ३७ घरधुरी मिलेर सुरुमा १० वटा विरुवा बाट सुरु गरेको किवि खेती अहिले ३५ रोपनी क्षेत्रफलमा विस्तार गरिएको छ । यहाँको सामूहिक खेतीलाई पुर्वखोला गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष सहयोग गर्दै आइरहेको छ । किवि खेती एक पटक लगाएपछि २५ वर्ष सम्म निरन्तर फल प्राप्त गर्न सकिने दीर्घकालीन आयश्रोतको रुपमा मानिन्छ । यहाँका किसानले स्थानीय नागरिकहरुको जग्गा लिजमा लिएर सामूहिक खेती गरिरहेका छन् ।

    अघिल्लो वर्ष ४ लाख रुपैँयाको किवि बिक्री गरेका यहाँका किसानले यसवर्ष १० लाख रुपैँया बराबरको उत्पादन बिक्री गर्ने लक्ष्य राखेको जल्पादेवी कृषक समूहका अध्यक्ष भीम बहादुर सारुले बताए । उनले यहाँ सञ्चालित ढोलीमारा सामुदायिक होमस्टेमा आउने पाहुनाहरुलाई किविको स्थानीय रक्सी बनाएर बिक्री गर्ने र समूहको आयस्तर बढाउने समेत लक्ष्य रहेको बताए ।

    किविको नियमित सेवनले मधुमेह, मुटुसम्बन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा राख्ने पुर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । सबै उमेर समूहका व्यक्तिहरुका लागि उपयुक्त फल विशेष गरी गर्भवती महिलाको लागि बढी फाइदाजनक हुने उनले बताए । यसको फलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाई उपयुक्त समयमा खान सकिने उनको भनाई छ ।

    नेपालमा कृषि गर्नेहरुका लागि धेरै राम्रो सम्भावना र अवसर छ भन्ने जल्पाका किसानहरुले प्रमाणित गरेको पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए । उनले बजारको भाउ र कृषकले बेच्दा पर्ने मूल्यमा धेरै अन्तर पर्ने भएकाले यस विषयमा गाउँपालिकाले योजना बनाएर काम गरिरहेको बताए ।

  • घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    काठमाडौं । लामो समदेखि रोकिएको घरजग्गा कित्ताकाट खुलेको छ । सोमबार मन्त्रिपरिषद बैठकले भू-उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेर कित्ताकाट खुलाएको हो । योसँगै खस्किएको घरजग्गा व्यवसाय उकालो लाग्ने आशा गरिएको छ ।

    पालिकाहरूले जग्गा वर्गीकरण नसकेकाले पाँच सय पालिकामा कित्ताकाट भइरहेको थिएन । भू-उपयोग नियमावली जारी भएको तीन वर्ष बिते पनि सात सय ५३ मध्ये २५३ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेर सकेका छन् ।

    २०८१ भदौ २७ मा भू-उपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असार मसान्तसम्मको समय दिइएको थियो । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

    के हो नक्सासहितको वर्गीकरण ?

    जग्गा डिजिटल प्रणालीमा हेर्दा के हो, त्यही देखिने व्यवस्था नियमावलीमा थियो । यो वर्गीकरणमा राजमार्ग, शाखा सडक या कृषि क्षेत्रको जग्गा भन्ने पहिचान हुन्छ । जग्गाको नक्सामा क्लिक गर्दा जग्गा जे हो, त्यही देखिन्छ । यसले कसैको पनि जग्गामा कसैले बदमासी गर्न सक्दैन । स्थानीय तहहरुले नक्सासहितको वर्गीकरणको काम गरिरहेका छन् । असार मसान्तसम्ममा यो काम सकिनु पर्ने हो । तर, अहिलेसम्म काम भइरहेको थियो । अन्तिम पटक असार मसान्तमा म्याद थपिए पनि पालिकाहरुले काम नसक्दा घर जग्गा कित्ताकाट रोकिएको थियो ।

    नक्सासहितको वर्गीकरणको कामले जग्गा व्यवस्थित हुन्छ, कारोबार पनि व्यवस्थित हुन्छ, यो कामले स्थानीय तहसँग आफ्ना जनतासँग भएको जग्गाको विवरण पनि पारदर्शी हुन्छ, कस्तो जग्गा कुन प्रयोजनका लागि चाहिन्छ र कुन पालिकासँग उपलब्ध हुन्छ भन्ने जानकारी पनि हुन्छ ।

    तर, सरकारले घरजग्गा व्यवसायीलाई हित हुने गरी यस्तो महत्वपूर्ण भइरहेकामा हठात् नियमावली संशोधन गरेर कित्ताकाट खुलाएको छ ।

  • सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

    सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

    काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनी सचिव रुद्रप्रसाद बन्जराका अनुसार नवनियुक्त सीईओ आचार्यले आगामी माघ १२ गतेदेखि कार्यभार सम्हाल्नेछन् । बैंकका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ ।

    बैंक सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

  • सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने सूचना

    सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने सूचना

    काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स) विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ ।

    ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको,सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

    आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल-रमण जेभीले कार्यसम्पादन जमानतबापत राखेको २ अर्ब ४० करोड रुपैयाँ र अग्रिम भुक्तानीको १ अर्ब २० करोड रुपैयाँसहित ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आयोजनामा निर्माणमा अस्वाभाविक ढिलाई देखिएपछि ७ असोजमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख,परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । सुरुङ निर्माण सम्पन्न भइसकेको तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका आयोजनालाई नयाँ सिराबाट अगाडि विकल्प नहरको बताएका थिए ।

    आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पटेल–रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९बाट काम शुरु गरेको थियो । असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ ।

    हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । आयोजनाको १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१ मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइने छ । हाल सिँचाइ भएको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।

    सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत् उत्पादन गरिने छ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादकत्वको वृद्धि र किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युतसमेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्टिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।

  • कोरलाबाट मानसरोवर जाने मार्ग खुलाउन पहल

    कोरलाबाट मानसरोवर जाने मार्ग खुलाउन पहल

    म्याग्दी । मुस्ताङमा रहेको कोरलानाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ ।

    कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार गएको बताए ।

    कोरलानाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी छन् । यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताए ।

    ‘नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरलानाका हुँदै मानसरोवर पुग्ने धार्मिक पर्यटकीय मार्गको सम्भाव्यता अध्ययनका लागि आएका हौँ,’ उनले भने, ‘हाम्रो पहलले सार्थकता पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौँ ।’

    कोरलानाका हुँदै कैलाश मानसरोवर, ल्हासा तिब्वत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरलानाका भएर लुम्बिनीमा ल्याउन यो छोटो मार्ग हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार कोरलानाकादेखि कैलाश मानसरोवर तीन सय किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा रहेको छ ।

    कैलाश मानसरोवरको दर्शनका लागि कोरलानाकाबाट निकै छोटो, कम खर्चिलो र सहज हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले बताए । हाल भारतीय र नेपाली पर्यटकहरू हुुम्ला हुँदै मानसरोवर दर्शनका लागि जाने गरेका छन् ।

    अहिले भारतीय मार्ग हुँदै जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति दुई लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरलानाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने बताइएको छ । विसं २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरलानाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियोभने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ ।

    पोखरा र काठमाडौँबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै कोरालानाका हुँदै सवारीसाधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् । मुस्ताङको बाटो हुँदै कैलाश मानसरोवर जान काठमाडौँबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र चार सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरलानाका पुग्न सकिन्छ । हवाईमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दूरी पार गरेपछि लोमान्थाङ हुँदै करिब साढे चार घण्टामा कोरला पुग्न सकिन्छ ।

    नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट तीन सय किलोमिटरको यात्रापछि छ घण्टामा कैलाश तथा मानसरोवरमा पुगिने अध्यक्ष गुुरुङले बताए । तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधनसमेत आधुनिक भएकाले यात्रा निकै सहज रहेको उनले बताए । हिन्दू धर्ममा शिवको बासस्थान भनिने कैलाश समुद्र सतहबाट छ हजार ६ सय  ३ मिटर उचाइमा रहेको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ ।

    कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जना जनप्रतिनिधिको टोली कोरलानाका हुँदै एक साताका लागि चीन गएका बताउनुभयो । नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि एक सय ५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराउनेछ । सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि पाँच सय डलर प्रवेश शुल्क तोकेकाले चुुनौतीका रूपमा रहेको छ ।

  • अनिवार्य ‘फुल अडिट’ स्थगनले ठूला करदातालाई राहत, ‘फेसलेस’ मा जाने अर्थमन्त्रीको योजना

    अनिवार्य ‘फुल अडिट’ स्थगनले ठूला करदातालाई राहत, ‘फेसलेस’ मा जाने अर्थमन्त्रीको योजना

    काठमाडौं । सरकारले ठूला करदाताहरूको पूर्ण लेखापरीक्षण (फुल अडिट) गर्नुपर्ने व्यवस्था तत्काललाई हटाएको छ । अनिवार्य रूपमा फुल अडिट गर्नु नपर्ने भएपछि ठूला करदाताहरूले राहतको सास फेरेका छन् ।

    अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र सबै कर कार्यालयहरूलाई परिपत्र गर्दै फुल अडिटको प्रक्रिया रोक्न निर्देशन समेत दिइसकेको छ । सरकारले यो निर्णय दशैँ अगाडि गरेर अहिले कार्यान्वयनमा गएको हो ।

    व्यवसायीहरूले सरकारले पाउने राजस्वभन्दा बढी आफूहरूलाई लागत पर्ने गरेको गुनासो गर्दै आएका थिए । सरकारले सही तरिकाले राजस्व संकलन गर्न खोजेको अर्थमन्त्री खनालको भनाई छ ।

    ‘केही समयमा लागि पूर्ण लेखा परीक्षण स्थगन गरेका छौँ । यसको रिभ्यू गर्छौँ र त्यसपछि फेसलेसको व्यवस्था गर्ने छौँ’, अर्थमन्त्री खनालले भने, ‘जहाँ मानवीय सम्पर्क नहुने बित्तिकै लेनदेनको अवस्था उत्पन्न हुँदैन, लेनदेन नहुने बित्तिकै भ्रष्टाचार नहुने भइहाल्यो ।’

    आन्तरिक राजस्व विभागका सूचना अधिकारी वासुदेव पौडेलका अनुसार विभागले सबै करदाताको फुल अडिट नगर्नू भनेर ठूला करदाता र मध्यमस्तरीय करदाता कार्यालयलाई असोजमा लिखित निर्देशन पठाइसकेको छ ।

    करदातालाई जोखिमका आधारमा मात्र फुल अडिटमा राख्ने व्यवस्था गरिएको छ । यसअघि अधिकांश ठूला करदाताको पूर्ण लेखापरीक्षण हुँदै आएको थियो । नयाँ व्यवस्था अनुसार भने जोखिम देखिएका ठूला करदाताको मात्रै फुल अडिट गर्ने व्यवस्था गरिएको छ, जसमा बहुराष्ट्रिय कम्पनीदेखि बैंक तथा वित्तीय संस्था पर्छन् ।

    यस वर्ष ठूला तथा मध्यमस्तरीय करदाता कार्यालयहरूले चार वर्षको लेखा परीक्षण अवधि पूरा हुन लागेका कम्पनीहरूलाई प्राथमिकतामा राखेर पूर्ण लेखा परीक्षणका लागि छनोट गरिएको विभागका सूचना अधिकारी पौडेलले बताए ।

    उनले भने, ‘यस वर्ष ठूला तथा मध्यमस्तरीय करदाता कार्यालयबाट चार वर्षको म्याद नाघ्न लागेका कम्पनीलाई फुल अडिट लागि छनौट गरिएको छ । केही कम्पनीहरूको हकमा भने सम्बन्धित कर कार्यालयले जोखिमको विश्लेषणका आधारमा छनोट गर्नेछ ।’

    उनका अनुसार विशेषगरि वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने ठूला कम्पनीहरू र ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने मध्यमस्तरीय कम्पनीहरू लगभग हरेक वर्ष फुल अडिटको दायरामा पर्ने गरेका छन् । कानुनी रूपमा पनि प्रत्येक कम्पनीले कम्तीमा चार वर्षमा एक पटक पूर्ण लेखा परीक्षण गराउनै पर्ने हुन्छ ।

    नेपालको कर प्रणाली मूलतः स्वघोषणाको सिद्धान्तमा आधारित छ । जसअनुसार सरकारले करदाताले आफैँ प्रस्तुत गरेको आय–व्ययको विवरणलाई विश्वास गरी कर संकलन गर्दछ । यही सिद्धान्तमा रहेर कर अधिकृतहरूले करदाताले बुझाएका कागजातहरूको परीक्षण गर्ने गर्छन् ।

    यद्यपि, ठूला करदाताहरूको हकमा भने यो प्रक्रिया केही फरक हुन जान्छ । कर अधिकृतहरूले उनीहरूले पेस गरेको विवरणबाहेक थप प्रमाण र कागजातहरू माग्ने अधिकार राख्छन् । यही व्यवस्थाको फाइदा उठाउँदै कर अधिकृतहरूले ठूला व्यवसायीहरूलाई अनावश्यक दुःख दिने गरेको गुनासो बारम्बार सुनिँदै आएको थियो ।

    सरकारले गरेको नयाँ व्यवस्थाबारे निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ । व्यवसायीहरूले ‘फुल अडिट’का नाममा अनावश्यक दुःख झेल्नुपरेको गुनासो गर्दै आएका पूर्ण लेखा परीक्षण कतिपय कम्पनीहरूमा हरेक वर्ष दोहोरिने गरेको थियो । जसले गर्दा व्यवसाय सञ्चालनमा नकारात्मक असर परेको उनीहरूको तर्क थियो ।

    सरकारको यो निर्णयले व्यवसायीलाई राहत मिल्ने बताउँछन्, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल । सरकारको यो निर्णयलाई निजी क्षेत्रले स्वागत गरेको उनले बताए ।

    ‘लामो समयदेखि निजी क्षेत्रले सरकारसँग माग राख्दै आएको विषय हो यो । ढिलै भएपनि सम्बोधन भएको छ । सरकारले यो निर्णयलाई निजी क्षेत्रले खुलेर स्वागत गर्छ’, अध्यक्ष अग्रवालले भने ।

    सरकारको यो निर्णयले नेपालको कर प्रशासनमै सुधारको विन्दु शुरु हुने उनको भनाई छ । यस निर्णयले व्यवसायीको मनोबल बढेको र राहतको महसुस भएको उनले बताए ।

  • शिवम् सिमेन्टले तिर्‍यो विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

    शिवम् सिमेन्टले तिर्‍यो विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

    काठमाडौं । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको छ ।

    पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबार जडान गरिएको छ ।

    शिवमले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

    शिवमको ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवमले २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

  • राजस्व बक्यौता उठाउन ग्राहकहरूलाई ‘एसएमएस’

    राजस्व बक्यौता उठाउन ग्राहकहरूलाई ‘एसएमएस’

    चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो ।

    कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको छ ।

    उनले भने, “बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ । ग्राहकहरू आउनुहुनेछ भन्ने विश्वास छ ।”

    कर सङ्कलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडाअनुसार करदाताको सूची तयार गरेर पत्राचार गर्ने, सङ्कलन भ्रमण गर्ने लगायतका कामहरू गरिएको उनले बताए । बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकमध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकामा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन् ।

    यस कार्यालयले असोज मसान्तसम्म ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले तोकेको लक्ष्यको ९७ दशमलव ४७ प्रतिशत राजस्व उठाउन सफल भएको उनले बताए।

    उनका अनुसार विभागले ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । जेनजी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ । यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उनले बताए ।

    -रासस

  • राष्ट्र बैंकले गर्‍यो दुई बैंकलाई कारबाही

    राष्ट्र बैंकले गर्‍यो दुई बैंकलाई कारबाही

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको कारण सचेत गराएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण कुमारी बैंकलाई सचेत गराइएको छ ।

    एकीकृत निर्देशनको व्यवस्था अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न पाउने छैन । तर, कुमारी बैंकले उक्त व्यवस्थाको अनुपालना नगरेकोले कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको राष्ट्र बैंकको कारबाहीमा उल्लेख छ ।

    त्यस्तै, राष्ट्र बैंकको निर्देशन विपरीत प्राइम बैंकले कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको पाइएको कारण कारबाही गरिएको छ ।

    निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिम केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइएको छ ।

    सोही निर्देशनको बमोजिम केही कर्जाहरूलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको केही कर्जाहरूको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेसवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको छ ।

    राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई सचेत गराइको छ ।

  • तल्लो हेवा खोला जलविद्युत आयोजनामा ९८ करोड लगानी सम्झौता

    तल्लो हेवा खोला जलविद्युत आयोजनामा ९८ करोड लगानी सम्झौता

    काठमाडौँ । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

    आयोजानमा सिद्धार्थ बैंकले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत एक अर्ब ४० करोड २५ लाख रुपैयाँ बराबर छ ।

    कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४० दशमलव ८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

    आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको तीन दशमलव आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ । पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण श्ुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

  • नयाँ शहर आयोजनाको २० किलोमिटर सडक कालोपत्र

    नयाँ शहर आयोजनाको २० किलोमिटर सडक कालोपत्र

    तनहुँ । नयाँ शहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ शहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

    कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिए । आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस–१, २, ३, ४ र साविकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२–७३ बाट नयाँ शहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।

    शर्माका अनुसार गत आर्थिक वर्षमा १ दशमलब ५ किलोमिटर ढलान र १ दशमलब ४ किलोमिटर नाला निर्माण गरिएको छ । सडक ग्राभेल र सडक कालोपत्रको काम आर्थिक वर्षमा नभएको उनले बताए ।

    आर्थिक वर्ष २०८०–८१ मा ० दशमलब ७८ किलोमिटर सडक ग्राभेल, १ दशमलब २४ किलोमिटर ढलान, १ दशमलब ६ किलोमिटर कालोपत्र र ३ दशमलब ६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

    यस्तै आयोजना शुरुभएदेखि आर्थिक वर्ष २०७९–८० सम्म ३४ किलोमिटर सडक ग्राभेल, १८ दशमलब ७ किलोमिटर सडक कालोपत्र र ४१ किलोमिटर नाला निर्माण भएको जनाइएको छ । आयोजनाले गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक सरकारी भवन मर्मत सम्भार, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरेको छ भने चार सय ३४ सौर्य बत्ती जडान गरेको छ ।

    आयोजनालाई गत आर्थिक वर्षमा चालुतर्फ एक करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन भएकामा ७५ लाख रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ११ करोड ७७ लाख रुपैयाँ विनियोजन भएकामा चार करोड ७४ लाख रपैयाँ खर्च भएको छ ।

    कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया शुरु गरेको छ । त्यसका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको छ । त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ गते अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको छ ।

  • साढे तीन अर्बमा बुटवलमा सुरु भयो पाँचतारे हायात प्यालेस

    साढे तीन अर्बमा बुटवलमा सुरु भयो पाँचतारे हायात प्यालेस

    रुपन्देही । सबैतिर लगानीमा निराशा छाइरहेका बेला बुटवल साढे ३ अर्ब लगानीमा पाँच तारे होटल हायात प्यालेस सञ्चालन भएको छ । यस क्षेत्रको व्यावसायिक घरानामा दर्ज भएका पौडेल र मालपानी दुई परिवारको लगानीमा यो होटल सुरु भएको हो । बुटवलका व्यवसायीको लगानीमा होटल हायातको ब्राण्डसहित त्यही स्ट्याण्डर्टमा यो होटल सञ्चालन भएको हो ।

    रुपन्देहीको बुटवलमा अब पर्यटक, उद्योगपति र उच्चस्तरीय सम्मेलनका सहभागीहरूका लागि अन्तर्राष्ट्रिय मापदण्डको पाँचतारे होटलको विकल्प तयार भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमै करिब साढे तीन अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हायात प्यालेस बुटवल शनिवारदेखि सञ्चालनमा आएको छ । होटल सञ्चालक समितिका अध्यक्ष चुन्नप्रसाद पौडेलका अनुसार यसमा ग्लोबल आइएमई बैंकले ६५ प्रतिशत लगानी गरेको छ ।

    शनिवार वैदिक परम्पराअनुसार पञ्चकन्याहरू सहित विधिवत् पूजा–अर्चना गरी होटल सञ्चालनको शुभ साइत गरिएको हो । यससँगै होटल सभा–सम्मेलन, बैंक्वेट, र विभिन्न सामाजिक कार्यक्रमका लागि पनि खुला गरिएको छ । सञ्चालकका अनुसार हायात प्यालेस बुटवलको ग्रान्ड ओपनिङ नोभेम्बर २४ मा भव्य रूपमा आयोजना गरिने तयारी छ ।

    यो होटल बुटवलकै पहिलो र रुपन्देही जिल्लाको पाँचौँ पाँचतारे होटल हो । यसअघि भैरहवा, तिलोत्तमा र लुम्बिनी क्षेत्रमा पाँचतारे होटल सञ्चालनमा आइसकेका थिए । तर, बुटवलमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल सञ्चालनमा आउनुले यहाँको पर्यटन र व्यावसायिक क्षेत्रका लागि नयाँ युगको सुरुवात भएको सञ्चालकहरूको भनाइ छ ।

    सफ्रोन सिके प्रालिमार्फत निर्माण गरिएको होटलको व्यवस्थापन प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल चेन हायात समूहले लिएको हो । नेपालमा काठमाडौंपछि राजधानी बाहिर पहिलो पटक हायात प्यालेस ब्रान्डको होटल बुटवलमा सञ्चालनमा आएको हो ।

    लगानीकर्ताको दृष्टि: बुटवललाई पर्यटन हब बनाउने लक्ष्य

    होटलमा रुपन्देहीका स्थापित उद्योगी–व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी, र नितेश मालपानीको लगानी छ । यही समूहले नेपालकै लोकप्रिय करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालि र बुटवल हस्पिटल प्रालि पनि सञ्चालन गर्दै आएको छ ।

    सफ्रोन सिके प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलका अनुसार करिब २५ कट्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । ‘बुटवलमा स्वास्थ्य, शिक्षा र यातायात पूर्वाधार द्रुत गतिमा विकसित हुँदैछ । अब यो सहरलाई पर्यटन हब बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो’ अध्यक्ष पौडेलले भने ।

    उनले थपे, ‘देशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन हो । त्यसैले हायात प्यालेस बुटवललाई हामीले सहरको गहना र प्रदेशको गौरवको रूपमा लिएका छौं ।’

    होटल जमिनमुनि दुई तला पार्किङ र जमिनमाथि १० तला रहेको आधुनिक संरचना हो । कुल ५ हजार ७४६ वर्गमिटर क्षेत्रफलमा फैलिएको होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जहाँ एकै पटक २५० जना पाहुनालाई उच्चस्तरीय सेवा उपलब्ध गराउन सकिने अध्यक्ष पौडेलले जनाए ।

    होटलमा आधुनिक रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङ्क्वेट हल, ४ वटा सेमिनार हल, स्पा, र क्यासिनो जस्ता विश्वस्तरीय सुविधा छन्। करिब ३६ हजार स्क्वायरफुट क्षेत्रमा फैलिएको क्यासिनो निर्माण अन्तिम चरणमा पुगेको छ ।

    होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध हुने अध्यक्ष पौडेलले बताए । ‘हामीले होटलमार्फत रोजगारीका नयाँ अवसर सिर्जना गर्दै स्थानीय युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रशिक्षण दिने योजना बनाएका छौं,’ उनले भने ।

    होटलको स्थान बुटवलको केन्द्रीय व्यावसायिक क्षेत्र सुख्खानगरमा रहेको छ । यहाँबाट नेपाल–भारत सीमा बेलहिया २८ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २५ किलोमिटर टाढा मात्र छ । होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल रहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सहज पहुँच उपलब्ध भएको छ ।

    पौडेलका अनुसार यो होटल केवल बसाइको गन्तव्य मात्र होइन, सम्मेलन, सेमिनार र विवाह समारोहदेखि व्यापारिक मेला सञ्चालनसम्मका लागि एउटा पूर्ण गन्तव्य हो ।

    कोभिड अघि २०७७ सालमा होटल निर्माण सुरु गरिएको थियो । सुरुवाती योजना अनुसार २०७९ सालभित्रै सञ्चालन गर्ने तयारी थियो तर कोभिड–१९ महामारी र त्यसपछि सुस्त बनेको अर्थतन्त्रका कारण निर्माणमा ढिलाइ भयो र लगानी पनि त्यसै गरी थपियो ।

    ‘हामीले महामारीको चुनौती पार गर्दै पनि निर्माणलाई निरन्तरता दियौँ’ अध्यक्ष पौडेल भन्छन्, ‘आज यो होटल सञ्चालनमा आउनु देशकै निजी क्षेत्रको दृढ इच्छाशक्तिको प्रतीक हो ।’

    होटल सुरु भएपछि यो क्षेत्रको पर्यटन क्षेत्रमा नयाँ उचाइ थपिएको छ । उद्योगीहरूले बुटवल–लुम्बिनी–तानसेन–पोखरा मार्गलाई दक्षिण एसियाको ‘गोल्डेन ट्रायाङ्गल टुरिज्म सर्किट’ बनाउन सकिने सम्भावना देखेका छन् ।

    बुटवलबाट लुम्बिनी, रामग्राम, तिलौराकोट र पोखराजस्ता विश्वस्तरीय धार्मिक तथा प्राकृतिक गन्तव्य नजिकै छन् । यसले बुटवललाई ट्रान्जिट होइन, ‘स्टे डेस्टिनेशन’ बनाउन ठूलो भूमिका खेल्ने विश्वास पर्यटन व्यवसायीहरूको छ ।
    पर्यटन व्यवसायी भन्छन्, ‘हायात प्यालेस सुरु हुनु बुटवलका सबै होटल व्यवसायीका लागि प्रेरणादायी कदम हो। यसले शहरलाई अन्तर्राष्ट्रिय मापदण्डको पर्यटन केन्द्रका रूपमा उभ्याउनेछ ।’

    भारतीय पर्यटक लक्षित योजना

    बुटवल भारतको उत्तर प्रदेशसँग नजिक रहेकोले यहाँ भारतीय पर्यटकहरूको आकर्षण बढ्दो छ । अध्यक्ष पौडेलले भने, ‘भारतको उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्या छ। त्यसको केही प्रतिशत मात्र पर्यटकका रूपमा ल्याउन सकियो भने पनि नेपालको पर्यटन क्षेत्र धानिन्छ ।’ उनका अनुसार, धार्मिक, स्वास्थ्य तथा व्यावसायिक पर्यटनका लागि भारतबाट आउने पर्यटकलाई लक्षित गर्दै होटलले विशेष प्याकेज र सेवा योजना तयार गरेको छ ।

    सञ्चालकका अनुसार राजधानी काठमाडौं बाहिर हायात प्यालेस बुटवललाई उत्कृष्ट होटलका रूपमा हेरिएको छ । लुम्बिनीको पवित्र भूमिबाट करिब ३० किलोमिटर दूरीमा रहेको यो होटलले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्ने विश्वास राखिएको छ ।

    होटल सुरु भएपछि बुटवल मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेशले पर्यटन क्षेत्रको नयाँ दिशा पाएको छ। अन्तर्राष्ट्रिय ब्रान्ड हायातको व्यवस्थापनमा बुटवलको नाम विश्व नक्सामा थपिने निश्चित छ ।

    साढे तीन अर्ब रुपैयाँको लगानीमा बनेको यो हायात प्यालेस बुटवल केवल एक होटल होइन— यो लुम्बिनी प्रदेशको पर्यटन र आर्थिक सम्भावनाको नयाँ संरचना हो ।

    होटलका अध्यक्ष पौडेलले बजारमा यो होटलमा केही नेताको लगानी भएको हल्ला चलाउन थालिएको भन्दै यसमा दुई परिवार र बैंकबाहेक कसैको लगानी नभएको प्रष्ट पारेका छन् । ‘हामीले केही हल्ला पनि सुनेका छौं, यस्ता गलत हल्ला छिटो फैलिनसक्छन्, हामी यसमा पौडेल र मालपानी दुई परिवारको लगानी छ, बाँकी ग्लोबल बैंकको लगानी छ, अरू कोही नेताको लगानी छैन, भ्रममा कोही नपर्नुहोला, यस्ता गलत सूचनाले कसैलाई राम्रो गर्दैन ।’ उनले भनेका छन् । सञ्चालकहरूका अनुसार होटल हायातको ब्राण्डले नै यसलाई चलाउन सकिने आधार देखेको जनाएका छन् ।

  • आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

    आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

    धुलिखेल । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् ।

    आज बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र भएकाले त्यसको सुरक्षाका लागि राज्यले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनको उद्देश्य आक्रमण नभएको उल्लेख गर्दै उहाँले आन्दोलनका नाममा घुसपैठ गर्नेलाई कारबाही हुनुपर्ने माग गरे ।

    अध्यक्ष ढकालले अब नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा नेपालका घरेलु पुँजी परिचालन गरेर ठूला आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि सबै व्यवसायी सहभागी हुने गरी रु १० अर्बको लगानीमा नेपाल डेभेलपमेन्ट कम्पनी सञ्चालनमा ल्याएको बताए। जसबाट नेपालमा आफ्नै पुँजी परिचालन गरेर धेरै काम गर्न सकिने आत्मविश्वास बढाउने काममा टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे ।

    “नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गरेको अवस्थामा उद्योग वाणिज्य महासङ्घको पहलमा यसखालको काम अगाडि बढाइएको छ, कुनै पनि व्यक्तिले आफ्नो व्यवसाय अगाडि बढाउन खोजेको अवस्थामा पैसाको आवश्यक पर्दा उक्त कम्पनीले लगानी गरिदिन्छ”, उनले भने ।

    त्यस अवसरमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो व्यवसायहरु जलिरहेको अवस्थामा व्यवसायीहरु पीडा बोकेर हिँड्नुपरेको अवस्था दुःखद् भएको बताए ।

    काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रताप वैद्यले जिल्लाको व्यापारिक नगरी बनेपा, पनौती, धुलिखेलमा हाल अरनिको राजमार्ग विस्तारका क्रममा व्यावसायिक कठिनाइ भोगिरहनु परेको बताउँदै व्यावसायिक वातावरण बनाइ राख्नका लागि छुट्टै व्यावसायिक स्थान, कृषि क्षेत्र, औद्योगिक क्षेत्र निर्माण गर्न राज्यलाई आग्रह गरे ।

    उनले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) र मण्डनदेउपुरमा निर्माण भइरहेको औद्योगिक ग्रामलाई पर्याप्त बजेटको व्यवस्थापन गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई आग्रह गरे।

     

  • पहिलो त्रैमासमै ‘अस्वस्थ’ देखिए वाणिज्य बैंक, किन बिग्रियो ब्यालेन्स सिट ?  

    पहिलो त्रैमासमै ‘अस्वस्थ’ देखिए वाणिज्य बैंक, किन बिग्रियो ब्यालेन्स सिट ?  

    काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमै वाणिज्य बैंकहरूको वित्तीय स्वास्थ्य ‘अस्वस्थ’ देखिएको छ । जसले गर्दा नेपालका वाणिज्य बैंकहरुको वित्तीय स्वास्थ्यमा गम्भीर चुनौती देखा परेको हो ।

    चालू आवको पहिलो त्रैमासमै बैंकहरुको वासलात (ब्यालेन्स सिट) बिग्रँदै गएको वित्तीय विवरणहरूले देखाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये पाँच बैंकले मात्रै नाफा कमाउन सके । बाँकी १४ वटाको नाफामा गिरावट आएको छ भने एक बैंकले नोक्सानी व्यहोरेको छ ।

    चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । जबकी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरुले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

    जेनजी आन्दोलनपछि बैंकहरु थप दबाबमा परेका छन् । अधिक तरलतादेखि असुलीमा समस्या हुँदा बैंकहरुको नाफामा गिरावट आएको बैंकरहरुको भनाई छ । बढिरहेको खराब कर्जा र त्यसका लागि छुट्याउनु पर्ने रकमको कारण पनि बैंकहरुको नाफा प्रभावित बनेको हो ।

    केही वर्ष यतादेखि बैंकहरु अधिक तरलताको चापमा छन् । कर्जाको माग बढ्न सकेको छैन । यसअघि लगानी गरेको कर्जा पनि उठाउन नसक्दा बैंकहरुको खराब कर्जाको ‘ग्राफ’ निरन्तर उकालो लागिरहेको छ ।

    जेनजी आन्दोलनपछि वाणिज्य बैंकहरुको खराब कर्जा उल्लेख्य बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणको ‘रिपोर्ट’मा सबैजसो बैंकहरुको खराब कर्जा बढेको देखिन्छ ।

    चालु आवको पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ४.८६ प्रतिशत पुगेको छ । जबकी गत आवको पहिलो त्रैमासमा यस्तो खराब कर्जा औसतमा ४.०४ प्रतिशत थियो ।

    हिमालयन बैंकको खराब कर्जा ७ प्रतिशत नाघेको छ । यस बैंकको खराब कर्जा चालू आवको तेस्रो त्रैमाससम्म आइपुग्दा ७.३९ प्रतिशत रहेको पुगेको छ । जबकी गत आवको सोही अवधिमा यस्तो कर्जा ४.९८ प्रतिशत थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार ५ प्रतिशतभन्दा कम खराब कर्जा भएको बैंकलाई तुलनात्मक रूपमा सुरक्षित मान्ने गरिन्छ । तर, चालु आवको पहिलो त्रैमासमा ९ वटा बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ । जसमा हिमालयनसहित एनआईसी, कुमारी, सिटिजन्स, प्राइम, प्रभु, नेपाल इन्भेष्टमेन्ट, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन् ।

    खराब कर्जामा भएको वृद्धिसँगै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन रकम समेत बढेकाले बैंकहरुको नाफा प्रभावित बनेको देखिन्छ ।  बैंकहरुले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकहरुले अर्बौँ रुपैयाँ कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन रकम छुट्याउनु परेको छ ।

    कर्जाको माग नहुँदा वित्तीय प्रणालीमा तरलता थुप्रिएर बसेको छ । वित्तीय संस्थाहरूमा थुप्रिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ । सातामै दुई पटकसम्म निक्षेप तान्ने गरिएको छ ।

    अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मेहम्मे परिरहेको छ । बैंकिङ प्रणालीबाट निक्षेप (प्रशोचन) तानिरहेको राष्ट्र बैंकले अहिले दीर्घकालीन लगानीको वातावरणको खोजीमा जुटेको छ । लगानीको वातावरण बढाउनका लागि  गभर्नर डा. विश्व पौडेल आफै विभिन्न निकायहरूमा छलफलमा जुटिरहेका छन् ।

    ‘यस्तो बेलामा सरकारसँगै निजी क्षेत्रले पनि खर्च गर्ने मार्गहरू खोज्नुपर्छ । वित्तीय प्रणालीमा रहेको पैसालाई पूर्वाधार निर्माणमा कसरी खर्च गर्ने भन्नेबारे निरन्तर छलफलमा जुटिरहेका छौँ’, गभर्नर पौडेलले एक कार्यक्रममा भने ।

    उनका अनुसार यस वर्ष मात्रै ब्याजदरको तल्लो करिडोर सीमा व्यवस्थापनका लागि करिब २५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने स्थिति छ ।

  • बेमौसमी वर्षाले कोशी प्रदेशमा दुई अर्बभन्दा बढीको धानबाली नष्ट

    बेमौसमी वर्षाले कोशी प्रदेशमा दुई अर्बभन्दा बढीको धानबाली नष्ट

    विराटनगर : अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो ।

    जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् चार करोड बराबरको तरकारीमा क्षति पुगेको निर्देशालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिए।

    सूचना अधिकारी गुरुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा १२५ हेक्टर जग्गामा लगाइएको धानबालीमा वर्षाले क्षति पुगेको छ ।

    कोशी प्रदेशमा कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पुर्‍याएको जनाइएको छ ।

    जिल्लागत रुपमा मोरङमा ७८ करोड ११ लाख ५६ हजार, सुनसरीमा ४५ करोड ३१ लाख ७२ हजार, उदयपुरमा चार करोड, उदयपुरमा चार करोड ६२ लाख ५३ हजार, इलाममा तीन करोड २१ लाख ४१ हजार, पाँचथरमा एक करोड २२ लाख १७ हजार, ताप्लेजुङमा एक करोड २२ लाख ४३ हजार, धनकुटामा एक करोड ३९ लाख ४० हजार, तेह्रथुममा एक करोड ३३ लाख २० हजार, भोजपुरमा दुई करोड ६४ लाख ९२ हजार, खोटाङमा एक करोड ६१ लाख १० हजार, ओखलुढुङ्गामा रु ६८ लाख दुई हजार, सोलुखुम्बुमा १४ लाख ६६ हजार र सङ्खुवासभामा एक करोड ११ लाख ८७ हजार मूल्य बराबरको धानबालीमा नोक्सान भएको हो ।

    -रासस

  • रासायनिक मलमा ‘अनलाइन सिस्टम’ ल्याइने

    रासायनिक मलमा ‘अनलाइन सिस्टम’ ल्याइने

    वीरगञ्ज । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणाली किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्न आवश्यक पर्ने अनलाइन संरचना विकास गर्न लागिएको बताएका छन् ।

    पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाटमा उनले रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले वितरण प्रणाली वास्तविक कृषकमैत्री बनाउन खोजेको जानकारी दिए ।

    ‘सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तविक किसानले सहज र न्यायोचित ढङ्गले प्राप्त गर्न नसकिरहेको गुनासा आइरहेका छन् । त्यस्ता खालका गुनासालाई सम्बोधन गर्न अनलाइन प्रणालीबाट कुन किसानले कति परिमाणको मल प्राप्त गर्नुभयो भन्ने अनलाइन प्रणाली विकास गर्न जुटेका छौँ । सम्भवतः सो कार्य छिट्टै सञ्चालनमा ल्याइनेछ,’ उनले भने, ‘सरकारले ठूलो धनराशिको रासायनिक मल खरिद गरेर किसानलाई अनुदानका रूपमा सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । तर, अनुदानको मल वितरण प्रणालीमा कतै न कतै समस्या कायमै छ । कमजोरी सुधार्न खोजिरहेका छौँ ।’

    मन्त्री परियारले मल बिक्री वितरण गर्न सहजीकरण गर्ने पालिका र मल वितरणका लागि अनुमति वा ‘डिलरसिप’ प्राप्त गरेका सहकारी संस्था, फर्म वा कम्पनीको बदमासीका कारणले वास्तविक किसानले रासायनिक मल प्राप्त गर्न नसकिरहेको जानकारी दिए ।

    ‘कुन–पालिकाका किसानले कति मल प्राप्त गर्नुभयो भन्ने वितरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्दैछौँ । यो प्रणालीले मल प्राप्त गर्ने र नगर्नेको मूल्याङ्कन गर्न पनि सहज हुनेछ,’ उनले भने, ‘मल वितरण प्रणालीमा अहिले पहुँचवालाको मनलाग्दीलाई पनि अन्त्य गर्न सहयोग पुग्नेछ,’ मन्त्री परियारले अनुदानको मल वितरणमा भएको त्रुटिलाई दीर्घकालीन रूपमा सम्बोधन गर्नेगरी अनलाइन प्रणालीको विकास गर्न लागेको बताए ।

    सरकारले युरिया मल आयात विन्दुको मूल्य १४ रुपैयाँ प्रतिकिलोग्राम तोकेको छ । त्यस्तै डिएपीको प्रतिकिलोग्रामका लागि ४३ रुपैयाँ र पोटास प्रतिकिलोग्रामका लागि ३१ रुपैयाँ तोकेको छ । मन्त्री परियारले सरकारले निकै महँगो मूल्यमा रासायनिक मल खरिद गरेर किसानलाई सस्तो मूल्यमा अनुदानको मल उपलब्ध गराउँदै आइरहेको दाबी गरे ।

    कृषिमन्त्री परियारले उखु किसानको विगतमा प्रतिक्विन्टल ७० रुपैयाँ दिँदै आएको अनुदानलाई निरन्तरता दिन मन्त्रिपरिषद्मा लगिसकेको जानकारी दिए ।

  • रुपन्देही उद्योग संघको अध्यक्षमा पराजुली निर्वाचित

    रुपन्देही उद्योग संघको अध्यक्षमा पराजुली निर्वाचित

    रुपन्देही । रूपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुलीसहित सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । रुपन्देहीका १ हजार ६९ उद्योगी आवद्ध रहेको संघको शनिबार २४ औं अधिवेशनबाट अध्यक्षसहित सबै पदमा निर्विरोध चयन भएको निर्वाचन समितिका सदस्य दिनेश पाण्डेले जानकारी दिए ।

    बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदवारी परेपछि शुक्रबार नै निर्विरोध निर्वाचित गरिएको पाण्डेले जनाए । दोहोरो उम्मेदवारी परेका केही पदमा शुक्रबार उम्मेदवारी फिर्ता लिने समयअगावै उम्मेदवारले दाबी फिर्ता लिएपछि निर्विरोध घोषणा गरिएको हो ।

    संघको वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन बस्याल, कोषाध्यक्षमा विशाल बेलवासे, सचिवमा अशोक कुँवर र सहकोषाध्यक्षमा राजु घिमिरे निर्वाचित भएका छन् । पदाधिकारीको सचिव (महिला) पद भने खाली छ । सो पदमा शारदा रेग्मी ९भट्टराई०को उम्मेदवारी परे पनि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएपछि पद नै खाली भएको हो ।

    त्यस्तै सदस्यमा आजीवनतर्फ इञ्जिनियर किरण खरेल, एसोसिएटतर्फ अखिलेश गुप्ता कसौधन, संस्थागतमा तेजप्रसाद पराजुली निर्वाचित भएका छन् । खुला सदस्य ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिशकुमार कसौधन र थानेश्वर पाण्डे निर्वाचित भएका छन् ।

    त्यस्तै दुई महिला सदस्य पदमा पार्वती गिरी र दिलु शाही, सदस्य (बुटवल औद्योगिक क्षेत्र) मा प्रज्ज्वल थान्जु, बुटवल उपमहानगरपालिकातर्फ दुई जनामा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य (तिलोत्तमा र ओमसतिया) तर्फ दुई जनामा घनश्याम पौडेल शर्मा र शतिश सापकोटा, सदस्य (देवदह नगरपालिका, रोहिणी गाउँपालिका)मा चक्रपाणी तिवारी, सदस्य (सैनामैना नगरपालिका, कञ्चन र गैडहवा गाउँपालिका)तर्फ कृष्णप्रसाद पोखरेल, सदस्य (शुद्धोधन र सियारी गाउँपालिका) बाट टंकनारायण आचार्य निर्वाचित भएका छन् ।

    सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट एक जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकाबाट एक जना निर्वाचित हुने भए पनि कसैको उम्मेदवारी नपरेकाले ती पद खाली रहेको निर्वाचन समितिले जनाएको छ ।

    ३३ सदस्यीय कार्यसमिति रहने संघमा ३१ जना अधिवेशनबाट निर्वाचित हुने र दुई जना अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । खाली रहेका पदहरूमा समितिको पहिलो बैठकबाट मनोनीत गर्ने तयारी भएको छ ।

    शनिबार आयोजित ४७ औ साधारण सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रदेश अध्यक्ष एजाज आलम, बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेय, नेपाल चेम्बर अफ कमर्शका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीलगायतले सम्बोधन गरेका थिए । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाका अनुसार शनिबार राती नै नयाँ निर्वाचित कार्यसमितिको पदस्थापन गर्ने कार्यक्रम रहेको छ ।

  • चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

    चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

    काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट आज शनिवार बिहानदेखि पुनःसञ्चालनमा आएकाे छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो।

    केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन्।

    गत भदौ २४ गतेको घटनाका क्रममा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।

    त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।

    चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गरे। अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि
    काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत  गरे ।

    सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुइ हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए । चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ।

  • वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

    वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

    वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् ।

    गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् रु ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने रु एक खर्ब ८३ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको तीन महिनामा आयात ह्वात्तै बढेको जानकारी दिए ।

    वीरगञ्ज नाका हुँदै तीन महिनामा रु ३८ अर्ब नौ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ । रु १९ अर्ब ८४ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु १५ अर्ब ५७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । रु १४ अर्ब ८० करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

    त्यस्तै रु १२ अर्ब ८१ करोड मूल्य पर्ने मलखाद आयात भएको छ । रु १२ अर्ब १६ करोड मूल्य पर्ने सबै प्रकारका कपडा आयात भएको छ । रु १२ अर्ब छ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तीनका पार्टपुजा आयात भएका छन् । सोही अवधिमा रु १० अर्ब १२ करोड मूल्य पर्ने यातायातका साधन र तिनका पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

  • ‘वर्ल्ड ट्राभल मार्केट’ मा सहभागी पर्यटन व्यवसायी बोर्डसँग असन्तुष्ट, आतेजाते र स्टलको खर्च फिर्ता मागे

    ‘वर्ल्ड ट्राभल मार्केट’ मा सहभागी पर्यटन व्यवसायी बोर्डसँग असन्तुष्ट, आतेजाते र स्टलको खर्च फिर्ता मागे

    काठमाडौं । बेलायतको लन्डनमा हरेक वर्ष आयोजना हुने प्रतिष्ठित ‘वल्ड ट्राभल मार्केट’ (डब्लुटीएम) मा सहभागी नेपाली पर्यटन व्यवसायीले असन्तुष्टि पोखेका छन् ।

    नेपाल पर्यटन बोर्डले छनोट गरेको स्टल अनुपयुक्त भएको र त्यसले नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा नकारात्मक असर पारेको भन्दै उनीहरूले गुनासो गरेका हुन् ।

    कार्यक्रममा सहभागी व्यवसायीले पर्यटन बोर्डका अध्यक्षसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई ज्ञापन-पत्र बुझाउँदै खर्च भएको सम्पूर्ण रकम भर्पाई गर्न माग गरेका छन् । उनीहरूले कार्यक्रममा सहभागी हुनका लागि खर्च भएको सम्पूर्ण रकम फिर्ता गर्न माग गरेका हुन् ।

    नेपालका ट्राभल तथा ट्रेकिङ कम्पनीहरूले संयुक्त रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई पत्र लेख्दै ‘बोर्डले अपायक र गलत स्थान छनोट गरेका कारण आफूहरूलाई व्यावसायिक र आर्थिक क्षति पुगेको’ जनाएका छन् ।

    ‘विगत लामो समयदेखि बेलायतको राजधानी लन्डनमा हरेक वर्ष आयोजना हुने डब्लुटीएममा यस वर्ष मध्यमार्गी संस्थामार्फत अत्यन्त अपायक र अँध्यारो कुनामा, गलत स्थान छनोट गरी नेपालको गन्तव्य प्रवर्धनमा अत्यन्त प्रतिकूल अवस्था सिर्जना भएको संयुक्तपत्रमा उल्लेख छ ।

    पत्रअनुसार निजी व्यवसायीहरूको समय, आर्थिक तथा व्यवसायिक क्षति हुन पुगेको बताइएको छ । उचित पहल र व्यवस्थापनमा गम्भीर त्रुटि गर्न पुगेका कारण पर्यटन बोर्ड व्यवस्थापनले नैतिक जिम्मेवारी लिनुपर्ने व्यवसायीको भनाइ छ । निजी व्यवसायीद्वारा बोर्डलाई स्टलबापत भुक्तानी गरेको रकम तथा आवतजावत साथै बसोबासका लागि भएका सम्पूर्ण खर्च समेत फिर्ता गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

  • बैंकहरूको नाफामा गिरावट- ५ वटाको उकालो लाग्दा कुनको कति ?

    बैंकहरूको नाफामा गिरावट- ५ वटाको उकालो लाग्दा कुनको कति ?

    काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनासम्म आइपुग्दा बैंकको नाफा उल्लेख्य घटेको हो ।

    बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् ।

    यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । जबकी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रूपैयाँ नाफा कमाएका थिए ।

    चालू आवको तीन महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले नाफा कमाएको छ । सो अवधिमा यस बैंकले १ अर्ब ८५ करोड ५८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।

    ग्लोबलले सर्वाधिक नाफा कमाउँदा अन्य १४ बैंकको भने नाफामा गिरावट आएको छ । ग्लोबलसहित पाँच वटा बैंकको नाफा बढ्दा यो अवधिमा सिटिजन्स बैंकले २२ करोड ४ लाख नोक्सानी व्यहोरेको छ ।

    चालू आवको तेस्रो त्रैमाससम्म पाँच बैंक अर्ब क्लबमा पुगेका छन् । यो अवधिमा एक अर्ब भन्दा बढी नाफा कमाउनेहरूमा ग्लोबलसहित नबिल बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कुमारी बैंक रहेका छन् ।