Tag: वायु प्रदूषण

  • पोखराको वायु उच्च प्रदूषण, सेती किनारमा जलाइएको शवको धुवाँ मुख्य कारक

    पोखराको वायु उच्च प्रदूषण, सेती किनारमा जलाइएको शवको धुवाँ मुख्य कारक

    काठमाडौं । पोखरामा वायु प्रदूषण बढेको छ । पोखराको गण्डकी माध्यमिक विद्यालय क्षेत्रमा राखिएको स्टेशनले प्रदूषणको मापन दर अत्याधिक देखिएपछि वातावरण विभागको टोलीले त्यस क्षेत्रको निरीक्षण गरेको छ ।

    निरीक्षणको क्रममा सेती नदी किनारमा जलाइएका शवको धुवाँले प्रदूषण बढेको टोलीको निष्कर्ष छ । ‘आर्यघाटनको शवदाहको धुवाँले बढी प्रदूषण देखिएको छ । त्यसलाई रोक्न हामीले योजना सुरू गरेका छौं’, विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिए ।

    यसअघि तराईका मुख्य सहरमा वायु प्रदूषण उच्च हुने भए पनि पोखराको प्रदूषण यसरी बढेको थिएन । विभागको तथ्यांकअनुसार पोखरामा पार्टिकुलेट म्याटर २.५ आकारको धुलोको प्रदूषण २४ घण्टामा २०५ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ । यसअघि २३० सम्म पुगेको थियो ।
    यो प्रदूषणले मानव शरीरमा असर पुग्ने विज्ञको भनाइ छ । प्रदूषण वृद्धि हुनुमा चिसो छल्न दाउरा बढी जलाउने गर्नाले बढी प्रदूषण हुने गरेको विभागले जनाएको छ ।

    वायुको गुणस्तर स्वास्थ्यका लागि अतिहानिकारक तहमा पुगेको भन्दै वातावरण विभागले आवश्यकताबिना बाहिरी क्षेत्रमा हिँड्डुल नगर्न अनुरोध गरेको छ । सरकारले २४ घण्टामा वायुको गुणस्तरलाई ४० माइक्रोग्राम प्रति घनमिटरसम्मलाई राष्ट्रिय मापदण्ड तोकेको छ ।

  • नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन विज्ञको सुझाव

    नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन विज्ञको सुझाव

    काठमाडौं । विज्ञहरुले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् ।

    बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही शहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए ।

    डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाडौं लगायत देशभरका केही शहरहरुमा वायुको गुणस्तर कम भएको बताए । दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने उनको भनाइ छ ।

    डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताए । विराटनगर, धनगढी, महेन्द्रनगर लगाएत स्थानमा वायु प्रदुषणको स्तर बिग्रिँदै गएको छ ।

    जलवायुविज्ञ डा. उप्रेतीले भने,‘अहिले खास अरेबियन सागर र बंगालको खाडीको सदन पार्टमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबियन सागरमा र पूर्वी बंगालको खाडीमा उत्पन्न हुने एक खालको सिस्टमले दक्षिण भारतमा ठूलो वर्षा गराउँदैछ, त्यहाँ २ सय १५ मिलिमिटर भन्दा बढीको वर्षा (खतरा) भएकाले रेड अलर्ट जारी गरेको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । हिजोदेखि आजसम्मको अवस्था हेर्ने हो भने रेड अलर्ट छ, हावाको खतरा तह पुगिसकेको छ, अहिलेको जस्तै हो भने काठमाडौंमा पनि यसको असर बढ्न सक्छ, यसले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी रोगहरुदेखि मानव स्वास्थ्यमा यसको ठूलो असर देखिन्छ, यसले डेथ पनि गराउन सक्छ ।’

    डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए । उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताए ।

  • वायु प्रदूषण : घरबाहिर ननिस्कन विज्ञको सुझाव

    वायु प्रदूषण : घरबाहिर ननिस्कन विज्ञको सुझाव

    काठमाडौं । काठमाडौसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

    वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका हुन् ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे।

    उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे ।

    वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

    उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे ।

    बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे ।

    गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ ।

    यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो । रासस

  • वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै विरोध गर्नेहरू पक्राउ

    वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै विरोध गर्नेहरू पक्राउ

    काठमाडौं । डढेलो र प्रदूषण रोक्नमा सरकार मौन बसेको भन्दै प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बुधबार नागरिकहरूले सिंहदरबार गेटअघि सरकारको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

    विरोधको क्रममा सिंहदरबारअघि उभिनेबित्तिकै प्रहरीले उनीहरूलाई पक्राउ गरिएको थियो ।

  • मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

    मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ ।

    तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन् भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन् हावाको गति बढ्नुपर्छ । बुधबार काठमाडौँ उपत्यकामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।

    पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको साथै बाँकी भूभागमा बदली नरहे तापनि तुवाँलो रहेको छ ।

    दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

  • स्वास्थ्य मन्त्रालयले भन्योः मर्निङ वाक नगर्नूस, सवारीसाधन सकभर नचलाउनूस्

    स्वास्थ्य मन्त्रालयले भन्योः मर्निङ वाक नगर्नूस, सवारीसाधन सकभर नचलाउनूस्

    काठमाडौं । विभिन्न जिल्लामा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा चरम प्रदुषण फैलिएपछि जनस्वास्थ्य जोखिममा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी सचेतता अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी यस प्रदूषणबाट श्वासप्रश्वास लगायत विभिन्न समस्या उत्पन्न हुन सक्ने जनाएका छन् । प्रदूषणको प्रभावलाई रोकथाम गर्न उनले चार बुँदे निर्देशन पनि दिएका छन् ।

    घरबाहिर खुल्ला स्थानमा नबस्न, मर्निङवाक नगर्न र घरबाहिर गएर शारीरिक व्यायाम नगर्न विज्ञप्तिमा भनिएको छ । ‘बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं,’ मन्त्रालयले भनेको छ ।

    यसैगरी फोहोरको उचित व्यवस्थापन गर्न तर फोहोर जलाउने काम नगर्न मन्त्रालयले सल्लाह दिएको छ । घरबाहिर सकभर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न तथा कोभिड १९ का मापदण्ड पालना गर्न विज्ञप्तिमा भनिएको छ ।

    धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय र निर्माण कार्य केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अत्यावश्यक काम नभइ सवारीसाधन नचलाउन पनि भनिएको छ ।

  • काठमाडौं उपत्यकामा वायु प्रदूषण

    काठमाडौं उपत्यकामा वायु प्रदूषण

    हिजोदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

    यसले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामीलाई यसबाट उच्च जोखिम बढेको छ ।

    उनीहरूलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वातावरण विभागले आह्वान गरेको छ।