Tag: वडा सदस्य

  • पाल्पाको रम्भा गाउँपालिकाका वडा सदस्यको डेंगुबाट मृत्यु

    पाल्पाको रम्भा गाउँपालिकाका वडा सदस्यको डेंगुबाट मृत्यु

    रूपन्देही । डेंगु रोगबाट पाल्पाको रम्भा गाउँपालिका-१ मा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुमबहादुर सिंजालीको मृत्यु भएको छ ।

    गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार रम्भा-१ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको हो । ५७ वर्षीय सिंजालीको उपचारका क्रममा बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको हो ।

    आइतबार हात दुख्ने समस्या देखिएर स्याङ्जाको गल्याङ सामुदायिक अस्पताल पुगेका उनलाई सामान्य उपचारपछि घर पठाइएको थियो । निको नभएपछि तानसेनको युनाइटेड मिसन अस्पताल हुँदै सिंजालीलाई बुटवल ल्याइएको थियो ।

    वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकामा शोक बिदा दिइएको छ ।

  • काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य २ लाख घुससहित अख्तियारको नियन्त्रणमा

    काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य २ लाख घुससहित अख्तियारको नियन्त्रणमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख घुस लिने काठडमौं महानगरपालिकाका एक जना वडा सदस्यलाई नियन्त्रणमा दिएको छ । महानगरपालिकाका वडा नम्बर १४ का एक वडा सदस्य वसन्त महर्जनलाई अख्तियारको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको आयोगले जनाएको हो ।

    महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत कार्यालयलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई घुस लिएको रकमसहित कलंकीको खसीबजारबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार महर्जनमाथि आयोगले थप अनुसन्धान गरिरहेको छ ।

  • वडा सदस्यले श्रीमती स्वीकार गरेको भोलिपल्टै मृत भेटिइन् अञ्जिता

    वडा सदस्यले श्रीमती स्वीकार गरेको भोलिपल्टै मृत भेटिइन् अञ्जिता

    कैलाली । कैलालीको गौरीगंगाा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी २२ वर्षीया प्रेमिका अञ्जिता चौधरी मृत अवस्थामा फेला परेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिवार परिवारले वडा सदस्यको घरमा अञ्जितालाई छाडेर फर्केका थिए । आइतवार बिहान उनी झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

    लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निरज र अञ्जिताबीच विहे नहुँदै निरजले अर्की महिलालाई घरमा भित्र्याएपछि परिवारले उनलाई निरजको घरमा जिम्मा लगाएका थिए ।

    दुवै पक्षबीच छलफलपछि अञ्जितालाई पत्नी बनाएर राख्न स्वीकार गरेका निरज सो घटनापछि फरार छन् । अर्की महिलासँग झगडा परेको भनेर माइतीमा खबर गरेकी अञ्जिता विहान मृत फेला परेपछि परिवारले किटानी जाहेरी दिएका छन् ।