Tag: लुम्बिनी एमाले

  • लुम्बिनी एमालेले बनायो चुनावी रणनीति

    लुम्बिनी एमालेले बनायो चुनावी रणनीति

    रुपन्देही । नेकपा एमाले लुम्बिनीले आगामी चुनावका लागि रणनीति तय गरेको छ । पार्टीको केन्द्रीय स्कुल विभाग, केन्द्रीय स्थानीय तह विभाग र केन्द्रीय निर्वाचन विभागको आयोजना र एमाले लुम्बिनी प्रदेश कमिटीको व्यवस्थापनमा स्थानीय तहका प्रमुखउपप्रमुख, प्रदेशका सबै जिल्लाका पदाधिकारी, यहाँबाट केन्द्रमा रहेका नेताहरुलाई एकैठाउँमा राखेर रणनीति तयार गरिएको हो ।

    लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय स्थानीय विकास विभाग संयोजक देवेन्द्र दाहाल, कानून विभागका संयोजक रमेश बडालले प्रशिक्षण दिएका थिए ।

    प्रशिक्षणमा सबैभन्दा पहिला आफ्नो पार्टीको वर्तमान अवस्था अध्ययन गर्ने, दोस्रो नेता, कार्यकर्ताहरुलाई ऊर्जा दिनका लागि राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको विश्लेषण गर्ने, तेस्रो पार्टीका नेता, कार्यकर्ताहरुले स्थानीय पार्टी बलियो बनाउन अपनाउने रणनीतिक योजना तथा कार्यक्रम कसरी बनाउने, चौथो पार्टीले जनतासँग के–के विषय लिएर जाने र प्रतिस्पर्धीसँग कसरी मुकाबिला गर्ने, कस्ता उम्मेदवार कसरी चयन गर्ने र चुनाव कसरी जित्ने ? विषयमा रणनीति तयार गरिएको एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकले बताए ।

    कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, पालिका तथा जिससका निर्वाचित प्रमुख÷उपप्रमुख र पालिका कमिटिका अध्यक्षहरुको सहभागिता रहेकप्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।

  • लुम्बिनी एमाले पनि फर्कियो जेठ २ मैः प्रदेश अध्यक्षमा गिरी, सचिवमा ढकाल

    लुम्बिनी एमाले पनि फर्कियो जेठ २ मैः प्रदेश अध्यक्षमा गिरी, सचिवमा ढकाल

    रुपन्देही । नेकपा एमालेको लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गरेको छ ।

    बुटवलमा जारी प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सहसचिवमा दुर्गा थारुलाई जिम्मेवारी दिएको छ ।

    एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा जारी बैठकले प्रदेशका १२ वटै जिल्लाका सबै कमिटीलाई जेठ २ को अवस्थामा फर्काउने एमाले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने निर्णय गर्दै नेकपा एकतापछि जोडिएका नेता कार्यकर्तालाई उचित व्यवस्थापनको खाका बनाइएको छ ।

    १५ असारमा एमाले स्थायी कमिटी बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो ।

    सोही निर्णय जिल्लास्तरमा समेत कार्यान्वयनमा लैजाने गरी छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए ।

    यसो गर्दा २०७५ जेठ २ अघि जो जिल्ला अध्यक्ष र पदाधिकारी थिए उनीहरु नै पुनः स्थापित हुनेछन् ।

    प्रदेश कमिटीमा स्वतः सदस्य हुने जिल्ला अध्यक्षहरु राखेर केन्द्रलाई अध्यक्ष तोक्ने अधिकार दिने या बैठकबाटै टुंगो लगाउने भन्नेबारेमा छलफल चलिरहेको ती नेताले बताए ।

  • विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै एमालेद्वारा लुम्बिनी प्रदेशसभा अवरुद्ध

    विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै एमालेद्वारा लुम्बिनी प्रदेशसभा अवरुद्ध

    रुपन्देही । आफूहरुले कारवाही गरेका सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध पारेको छ ।

    सूर्य चिह्नबाट चुनाव लडेका सांसदद्वयलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेको थियो । तर प्रदेशसभा सचिवालयले कारवाही गर्नु नपर्ने बताएपछि लुम्बिनी एमाले आक्रोशित भएको छ ।

    लुम्बिनी एमालेले कारवाही गरेका सांसद वली र शाहीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान लिएको छ ।

    नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला विपक्षी एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएपछि प्रक्रिया नै अवरुद्ध भएको छ।

    बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।

  • सभामुखले राजनीतिक भीडन्त निम्त्याएको लुम्बिनी एमालेको आरोप, पदमा बसिरहन नमिल्ने ठहर

    सभामुखले राजनीतिक भीडन्त निम्त्याएको लुम्बिनी एमालेको आरोप, पदमा बसिरहन नमिल्ने ठहर

    रुपन्देही । आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदद्वय अजश शाही र विमला वलीलाई प्रदेशसभा सचिवालयले पदमुक्त नगर्ने बताएपछि लुम्बिनी एमाले आक्रोशित भएको छ । भीडन्त निम्त्याएको ठहर गर्दै एमालेले सभामुखलाई ‘संसदबाटै ठेगान लगाउने’ चेतावनीसमेत दिएको छ ।

    सभामुख घर्तीले पदअनुकुल आचरण नगरी माओवादी कार्यकर्ताको व्यवहार गरेको भन्दै एमालेले संसदबाटै ठेगान लगाउने चेतावनी दिएको हो । एमालेले कारवाहीका लागि पठाएको पत्रको जवाफमा प्रदेशसभाले ‘कारवाही गर्न नमिल्ने’ भनेपछि एमालेले आइतबार पत्रकार सम्मेलन गरी विवादित व्यक्ति संवैधानिक पदमा बस्न नमिल्ने जिकिर गरेको हो । आफूले माग गरेअनुसार प्रदेशसभा सदस्यद्वय वली र शाहीलाई पदमुक्त गर्नैपर्ने एमालेको अडान छ ।

    पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् सांसद बैजनाथ चौधरीले भने ‘सभामुखजस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पदअनुकुल आचरण नगर्नु आपत्तिजनक छ ।’

    चौधरीले सभामुख न्यायाधीश बन्न खोजेको आरोप लगाउँदै कानुनको खिल्ली उडाउनेलाई कानुनी सबक सिकाउने बताउँदै कारवाहीलाई अगाडि नबढाए प्रदेशसभा चल्न नदिने बताए ।

    एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले पदअनुकुलको आचरण सभामुखले देखाउन नसकेको बताए ।