Tag: लहान मालपोत

  • लहान मालपोतमा बम विस्फोट, ७ जना घाइते

    लहान मालपोतमा बम विस्फोट, ७ जना घाइते

    जनकपुरधाम । सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।

    विस्फोटमा परी ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।

    घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

    सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेपाल प्रेसलाई बताएका छन् ।

    ‘म घटनास्थलतर्फ जाँदैछु । विस्तृत विवरण आउनेक्रममा छ । गम्भिर घाइतेलाई काठमाडौं पठाउन गृहमन्त्रालयसँग हेलिकप्टर मगाएका छौं ।

     कार्यालयको मुख्य कागजात राखिएको कोठामा बम विस्फोट भएको छ । बम विस्फोटपछि कर्मचारी र सेवाग्राही त्रसित बनेका छन् ।

    बम कसले विस्फोट गराएको विषयमा केही खुल्न सकेका छैन ।