Tag: लकडाउन

  • काेराेना बढेपछि चीनको अर्को सहरमा पनि लकडाउन

    काेराेना बढेपछि चीनको अर्को सहरमा पनि लकडाउन

    बेइजिङ । कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लकडाउन घोषणा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ ।

    सो अवधिसम्म सार्वजनिक सवारी साधनहरु पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ ।

    ‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने ।

    चीनभर संक्रमणमा बृद्धिले अधिकारीहरुलाई सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द गर्न बाध्य बनाएको छ । चीनका १८ ओटा प्रात ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेको छ । चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो । त्यसयता सरकारले शून्य–कोभिड नीति अंगिकार गर्दै आएको छ ।

    यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुनमा यसै साता लकडाउन घोषणा गरिएको थियो ।

  • कोभिड बढेपछि चीनको चाङ्गचुनमा शहरमा लकडाउन

    कोभिड बढेपछि चीनको चाङ्गचुनमा शहरमा लकडाउन

    बेइजिइ । कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ ।

    ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो ।

    चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ । नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ ।

    स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक ¥यापिड एन्टिजेन परीक्षण सुरु गर्दैछ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि भएको छ । हालसालै सांघाइले विद्यालयलाई अनलाइन सञ्चालन गर्न निर्देशन दिएको थियो । एजेन्सी

  • कोरोना फैलिन थालेपछि जापानका थप ८ प्रान्तमा आपतकाल, संवेदनशील क्षेत्र पनि थपिँदै

    कोरोना फैलिन थालेपछि जापानका थप ८ प्रान्तमा आपतकाल, संवेदनशील क्षेत्र पनि थपिँदै

    टोकियो । कोरोना भाइरसको नयाँ संस्करण डेल्टाको संक्रमण द्रूत गतिमा फैलन थालेको भन्दै जापान थप ८ प्रान्त (प्रिफेक्चर) आपतकाल घोषणा गर्ने क्रम अन्तिम चरणमा पुगेको छ ।

    टोकियो, ओसाका लगायतका १३ क्षेत्रमा यसअघिनै आपतकाल घोषणा गरेको जापानले होक्काइडो, मियागी, गिफु, आइची, मीए, शिगा, ओकायामा र हिरोशिमा गरी थप ८ प्रान्तमा आपतकाल घोषणा गर्न लागेको हो ।

    त्यसैगरी कोची, सागा, नागासाकी र मियाजाकी प्रात्तलाई संवेदनशील क्षेत्र घोषणा गरी संक्रमण फैलावट नियन्त्रणका लागि महत्वपूर्ण उपायहरु अवलम्वन गर्नुपर्ने सूचीमा राख्ने जापान सरकारले तयारी गरेको छ ।

    ‘संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ,’ क्याबिनेट मन्त्री निशिमुराले भने, ‘प्रतिदिन २५ हजारको हाराहारीमा सक्रमितहरु बढिरहेका छन् ।’ उनका अनुसार अगष्ट २७ देखि अर्को महिनाको १२ तारिखसम्म थप ८ क्षेत्रमा आपतकाल घोषणा गरिनेछ।

    सोही दिन देखि लागु हुने गरि कोची, सागा, नागासाकी र मियाजाकी अंचललाइ संबेदनशील क्षेत्रको सूचीमा राखी सक्रमण नियन्त्रणका महत्वपूर्ण उपाएहरु अपनाइने निशिमुराले बताएका छन् ।

    गर्मी बिदा सकिएपछि अनलाइन बाट पठन पाठन संचालन गर्न स्थानिय सरकारहरुलाई आग्रह गर्ने केन्द्रीय सरकारको तयारी छ । प्राथमिक र माध्यमिक बिद्यालयहरुलाई एन्टिजेन टेस्ट किट वितरण गर्ने बिषयमा पनि अहिले छलफल चलिरहेको ति मन्त्रीले जानकारी दिएका छन् ।

    २० देखि ५० वर्ष उमेर समुहका मानिसहरु बढी सक्रमित भएको भन्दै सकेसम्म कार्यालयका कामहरु अनलाइन गर्ने, घर बाहिर निस्कने मानिसहरुको संख्या आधा घटाउने, दैनिक उपभोग्य सामानहरु दिनमा १ पटक मात्र गर्ने गरि विज्ञहरु संग छलफल भैरहेको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

    विज्ञहरुले अघिल्लो बर्षको भन्दा यो बर्षको अबस्था थप जटिल रहेको भन्दै सक्रमण नियन्त्रणका लागि सम्भव भए सम्मका उपाएहरु अबलम्बन गर्न सरकारलाई आग्रह गरेका छन् ।

  • स्कुलदेखि सिनेमा हलसम्म, जहाँ १६ महिनादेखि निरन्तर ‘लकडाउन’ छ

    स्कुलदेखि सिनेमा हलसम्म, जहाँ १६ महिनादेखि निरन्तर ‘लकडाउन’ छ

    काठमाडौं । कोरोना संक्रमण र त्यससँगै भएको निषेधाज्ञाले देशको समग्र अर्थतन्त्रलाई नराम्ररी प्रभाव पारेको छ । निषेधाज्ञाका कारण उद्योग व्यवसाय चल्न सकेका छैनन् । निषेधाज्ञाको असर व्यवसायको क्षेत्रमा मात्रै परेको छैन, शिक्षासँगै आममानिसको दैनिकीलाई यसले प्रभावित बनाएको छ ।

    कारोनाको पहिलो लहरसँगै भएको लकडाउनका समयमा अत्यावश्यक सामग्रीको व्यापार र सेवाका लागि निश्चित समय र मापदण्ड तोकियो । पहिलो लहर कम भएसँगै कतिपय व्यापार व्यवसाय सञ्चालन गर्न दिइयो ।

    त्यतिबेला लकडाउनका कारण थला परेका व्यवसायीले थोरै भए पनि राहतको महसुस गर्न पाए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि निषेधाज्ञा भयो । तंग्रिने आश गरेका व्यवसायी फेरि थला परे ।

    त्यसपछि पनि निश्चित सामग्रीको व्यापार र सेवा क्षेत्रलाई मापदण्ड अपनाएर निश्चित समय खोल्न दिइयो ।

    राम्रोसँग सञ्चालनमा नआए पनि फाट्टफुट्टरुपमा यातायातका साधन सञ्चालन भएका छन् । दुवै लकडाउनको सुरुवातमा सार्वजनिक यातायात ठप्प भए पनि क्रमशः खुकुलो बनाउँदै यातायात सञ्चालन भइरहेको छ ।

    लकडाउन सुरु भएदेखि नै नखुलेका क्षेत्र

    केही यस्ता क्षेत्र छन्, जुन कोरोना संक्रमण सुरु भएर लकडाउन भएदेखि बन्द भएका थिए, त्यो अहिलेसम्म बन्द नै छन् ।

    शैक्षिक संस्था, होटल तथा पार्टी प्यालेस, रात्रिकालीन व्यवसाय, सीनेमा क्षेत्रलगायत विभिन्न व्यवसाय पहिलो लकडाउनपछि तंग्रिन नै पाएका छैनन् ।

    करिब डेढ वर्षदेखि निरन्तर व्यवसाय बन्द हुँदा व्यवसायीसँगै रोजगारदाता र सेवाग्राही नराम्ररी प्रभावित भएका छन् । कतिपय व्यवसायीलाई ‘अब उठ्नै पो नसकिने हो कि !’ भन्ने चिन्ताले सताउन थालेको छ ।

    शैक्षिक क्षेत्र

    पहिलो चरणको लकडाउनदेखि बन्द भएका विद्यालय अझै राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् । सरकारी विद्यालयले अनलाईनमार्फत् पढाएको भनिरहेका छन्, तर त्यो त्यति प्रभावकारी हुन नसकेको आमगुनासो छ ।

    पढाइ राम्रो नभए पनि सरकारी विद्यालयका शिक्षकले मासिक तलब पाइरहेका छन् । तर, निजी शैक्षिक संस्था र त्यहाँका शिक्षक, विद्यार्थीसँगै अभिभावकको पीडा दर्दनाक छ ।

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन)ले कोरोनाका कारण निजी विद्यालयको भविष्यमाथि नै प्रश्न उठेको बताएको छ । एन प्याब्सनका अध्यक्ष रित्तुराज सापकोटा भन्छन्– अनलाईन कक्षामा विद्यार्थीको सहभागीता एकदमै कम छ । सात सय विद्यार्थीमा दुई सय सहभागी हुन्छन्, त्योमध्ये एकजनाले मात्रै शुल्क तिर्छन् । यो स्थितिमा हामीलाई विद्यालय चलाउन र शिक्षकलाई पारिश्रमिक दिन नै धौधौ छ ।

    अनलाईनबाट दिइने शिक्षामा अभिभावकले विश्वास नगरेको उनको बुझाइ छ । अभिभावकले विश्वास छोराछोरीलाई नपढाउँदा र पढाएको शुल्क पनि नपाउँदा घरभाडा तिर्न नै मुस्किल भएको उनले बताए ।

    विद्यालयमा निजी क्षेत्रको ६ सय अर्ब लगानी भएको भन्दै उनले अहिले एन प्याब्सनमा जोडिएका विद्यालयहरुलाई प्रतिवर्ष ६० अर्ब रुपैयाँ घाटा भइरहेको बताए ।

    एन प्याब्सनमा आवद्ध विद्यालयहरुले अहिले शिक्षकलाई ४० देखि ५० प्रतिशत तलब दिइरहेका छन् । अहिले रोकिएको शिक्षकको तलब पनि नियमित विद्यालय सञ्चालन भएपछि दिने उनले बताए ।

    उनका अनुसार प्याब्सनमा आवद्ध २÷३ प्रतिशत विद्यालयले मात्रै मासिक शुल्क नियमित उठाउन सकेका छन् । प्याब्सनको शैक्षिक क्षेत्रमा दुई अर्ब रुपैयाँ प्रत्यक्ष लगानी छ । यस्तै स्थिति अझै कायम रहे निजी शैक्षिक संस्था उठ्नै नसक्ने गरी पछारिने सम्भावना रहेको उनको भनाइ छ ।

    प्याब्सनमा पाँच हजार विद्यालय आवद्ध छन् ।

    मारमा रात्रिकालीन व्यवसाय

    पहिलो चरणको लकडाउन सुरु भएदेखि नै रात्रिकालीन व्यवसाय बन्द छन् । ठमेल पर्यटन विकास परिषद्का महासचिव धुब्र अधिकारीले व्यवसाय ठप्प हुँदा ठमेलका सबै होटल, रेष्टुरेन्ट, डान्स, क्लब तथा दोहोरीमा चिनियाँले आँखा लगाइरहेको बताए ।

    ‘नेपालीले भाडा तिरेर सञ्चालन गर्नै नसक्ने स्थिति आएको छ’ अधिकारीले भने, ‘यहाँका होटल तथा अन्य व्यवसाय चिनियाँले किन्न थालेका छन् । यो निकै दुखद स्थिति हो ।’

    ठमेलमा १७ हजारले होटल तथा रेटुरेन्ट सञ्चालन गर्दै आएका थिए । पहिलोपटकको लकडाउनका कारण १७ प्रतिशत पर्यटन व्यवसायी विस्थापित भएका थिए । दोस्रो चरणको लकडाउनपछि करिब ३५ प्रतिशत विस्थापित भइसकेका छन् ।

    ठमेलमा पर्यटन र रात्रिकालीन व्यवसाय सञ्चालनबाट करिब ५० हजारले रोजगारी पाएका थिए ।

    चल्नै पाएनन् पार्टी प्यालेस

    कोरोनाको पहिलो लहर आएसँगै बन्द भएका पार्टी प्यालेसहरु लयमा फर्कन सकेका छैनन् । पार्टी प्यालेस चल्ने सिजनमा लकडाउन भएपछि उनीहरु नराम्ररी थलिएका छन् ।

    पहिलो र दोस्राे लकडाउनको बीचमा सरकारले विभिन्न मापदण्ड अपनाएर पार्टी प्यालेस सञ्चालन गर्न भनेको थियो । तर त्यो समयमा पनि कारोना जोखिमका कारण मानिसहरुको पार्टी प्यालेसप्रति खासै आकर्षण भएन ।

    नेपा बैंक्योटका संचालक कृष्ण गिरीले कारोनाका कारण व्यवसाय नै धरापमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘कोरोनाको कारणले भाडा तिर्न सक्ने अवस्था छैन । अहिले ऋण लिएर भाडा तिरिरहेका छौं । अब केही समयपछि खुल्ला भनेर आस गरेका छौं । निषेधाज्ञा खुकुलो भएपछि पनि पार्टी प्यालेस तथा बैंक्योटमा विवाह जस्ता कार्यक्रम भएका छैनन् ।’

    सिनेमा हलसँगै मनोरञ्जन क्षेत्र ठप्पै

    कारोनाका कारण सिनेमा हलसँगै मनोरञ्जन व्यवसाय नराम्ररी प्रभावित भएका छन् । पहिलो चरणको लकडाउनदेखि बन्द भएको सीनेमा हल बीचमा एकचोटि खोल्न अनुमति दिइयो । तर त्यतिबेला पनि दर्शक हलसम्म गएनन् । दोस्रो चरणको निषेधाज्ञापछि त सिनेमा हल बन्द नै छ ।

    डेढ वर्षदेखि हल बन्द भएपछि व्यवसायीहरु विस्थापित हुने स्थितिमा पुगेका छन् ।

    नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भने, ‘पहिलो लकडाउनपछि पनि सबैभन्दा पछि सिनेमा हल खुलेको थियो, अब त कहिले खुल्छ भनेर अनुमान गर्न पनि गाह्रो छ । करोडौं लगानी गरेका सीनेमा व्यवसायी निकै मारमा परेका छन् ।’

    सिनेमा हल सञ्चालनकसँगै सबै सिनेकर्मीलाई कोरोनाले असर गरेको छ । करोडौं खर्चिएर बनाइएको चलचित्र प्रदर्शन नहुँदा निर्माताहरु पनि पीडामा परेका छन् ।

  • व्यापार छैन, मोबाइल चलाएरै दिन काट्छन् असन-इन्द्रचोकका व्यापारी(भिडियाेसहित)

    व्यापार छैन, मोबाइल चलाएरै दिन काट्छन् असन-इन्द्रचोकका व्यापारी(भिडियाेसहित)

    काठमाडौं । इन्द्रचोकमा १३ वर्षदेखि चुरा-पोतेको व्यापार गर्दै आएका अम्बास अचेल निकै तनावमा छन् । यो सिजनमा अघिल्ला वर्षहरुमा व्यापार गरेर भ्याइनभ्याइ हुने उनी अहिले फुर्सदिला बनेका छन् । कोरोना संक्रमण बढेदेखि घटेको उनको व्यापार अहिले ठप्पप्रायः छ ।

    ग्राहक नआएपछि उनले पसल खोल्न भने छाडेका छैनन् । पहिला–पहिला एकाबिहानै खोल्ने पसल अचेल १० बजेपछि खोल्छन् । पसल खोले पनि ग्राहक नआएपछि मोबाइल चलाएर दिन कटाउँछन् । अनि, निराश हुँदै साँझ घर फर्कन्छन् । निराश हुँदै आलम भन्छन्– १३ वर्षमा योसाल जस्तो दिक्कलाग्दो व्यापार कहिल्यै भएको थिएन । कोरोनाले हामी जस्ता व्यापारीलाई उठ्नै नसक्ने गरी पछारिदिएको छ ।

    दुई वर्ष अघिको साउनमा अब्बासले खाना खानसमेत फुर्सद पाउँदैनथे । अहिले जतिबेलै फुर्सदैफुर्सद भएर उनलाई गाह्रो परेको छ । ‘भूकम्पको बेला पनि व्यापारमा यस्तो सुख्खा लागेको थिएन’, अम्बास भन्छन्, ‘अहिले त दिनमा एकदुई जना ग्राहक आउँदा पनि खुसी हुनुपर्ने अवस्था छ ।’

    वैशाख, जेठमा व्यापार नभए पनि साउनको व्यापारले तीन महिनासम्मको सटर भाडा तिर्न पुग्ने उनको अनुमान थियो । तर, साउनमा पनि उस्तै स्थिति भएपछि अम्बास चिन्तामा परेका छन् । भन्छन्, ‘अब सटर भाडा कसरी तिर्ने भन्ने कुनै टुंगो छैन । हामी जस्ता व्यापारी यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आएको छ ।’

    उनको होलसेल पसल हो । यहाँ सामान किन्न उपत्यका बाहिरका व्यापारीहरु आउने गर्थे । तर, कोरोना कहरसँगै भएको लकडाउनका कारण व्यापारीहरु आउँनै पाएनन् । यो सिजनमा व्यापार गर्नका लागि उनले सामान थप्ने गरेका थिए । तर यसपालि भएकै सामान पनि बिक्री भएको छैन । उनी अहिले स्कट सामान बेचेर ऋण तिर्न पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छन् ।

    सबैका लागि भएको लकडाउनले मान्छेहरुलाई खानलाउनै धौधौ भएकाले पनि उनको व्यापार नभएको अम्बासको बुझाइ छ । तीन महिना व्यापार गरेर वर्ष दिन टिक्नुपर्ने उनी अब यस्तै स्थिति रहे व्यापारबाट हात धुनुपर्ने बताउँछन् । तर, उनलाई यो अन्योल छ कि, भएको व्यापार पनि छाडेर कहाँ जाने के गर्ने ?

    असनमा पोतेका व्यापार गरिरहेका सविन खानको अवस्था पनि उस्तै छ । ‘साउनमा चाहिँ अलिअलि व्यापार हुन्छ कि भन्ने आश थियो, तर अहिले पनि मोबाइल चलाएर दिन काट्नु परेको छ’, निकै निराश मुद्रामा खानले भने, ‘अब तीजमा व्यापार हुन्छ कि भन्ने आश छ, हेरौं के हुन्छ !’

     

    उनले पनि गतवर्षकै स्टक सामान बेचिरहेका छन् । व्यापार नभएपछि उनले सामान थप मगाएनन् । ‘कहिले त दुई बजेसम्म बोहनी नै हुँदैन’ उनले पीडा पोखे, ‘सामान मात्रै थपेर पनि के गर्नु ? कोही किन्न आउने होइनन् !’

    ३५ वर्षदेखि चुराको पसल चलाइरहेकी पूर्णिमा दर्शनको पीडा पनि उस्तै छ । ‘साउनमा भएको हरिया, पहेंला चुराको व्यापारले अरु बेला नभएको व्यापारलाई पनि कभर गथ्र्यो, तर कोरोना आएदेखि कहिल्यै पनि व्यापार छैन’, पूर्णिमाले भनिन्, ‘तीनजना स्टाफलाई तलब खुवाउन त के, टिक्न नै नसकिने डर हुन थाल्यो ।’ कोरोना संक्रणको डर त छँदै छ, मान्छेलाई घर धान्नै मुस्किल भएकाले आफूहरुको व्यापार पनि नभएको उनको बुझाइ छ ।

    दिनको दुई बजेसम्म २५ रुपैयाँको चुरा बेचेर बसेकी लक्ष्मी श्रेष्ठ भन्छिन्, ‘फाट्टफुट्ट एकदुई जना ग्राह आउँछन्, यस्तो पाराले त टिक्नै नसकिने भइयो ।’

    व्यापार कम भएर पनि होला, यसपालि चुरापोतेको भाउ खासै बढेको छैन । कपनबाट चुरा किन्न असन आएकी लक्ष्मी खड्का भन्छिन्, ‘भाउ त खासै बढेको रहेनछ, तर धेरै भीडभाड हुने भएकाले सपिङ गर्न पनि डर लागिरहेको छ ।’

    यस क्षेत्रका पसलमा न त कुनै स्वास्थ्य मापदण्ड अपनाइएको छ, न त मास्क–सेनिटाइजरलाई अनिवार्य गरिएको छ । जसकारण ग्राहकहरु चाहेर पनि कोरोना संक्रमणको डरले बजार जान सकेका छैनन् ।

    यी त केही प्रतिनिधि व्यापारीको पीडा हो । कोरोना संक्रमण सुरु भएर लकडाउन भएदेखि नै यस क्षेत्रका सबै व्यापारीको हबिगत उस्तै छ । व्यापारीहरु पसल खोलेर बस्छन्, तर ग्राहक आउँदैनन् । अनि निराश हुँदै घर फर्कन्छन् । यस्तो स्थिति अझै केही समय लम्बिए यस क्षेत्रका धेरै व्यापारी व्यवसायी विस्थापित हुने सम्भावना छ, धेरैको रोजगारी गुम्ने छ ।

    सबै तस्बिर: सराेज बैजु/नेपाल प्रेस

  • तीन सीडीओको निर्णय : भोलिदेखि काठमाडौंमा सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने (आदेशसहित)

    तीन सीडीओको निर्णय : भोलिदेखि काठमाडौंमा सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने (आदेशसहित)

    काठमाडौं । उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् । नयाँ निर्णयअनुसार निषेधाज्ञा असार २१ गते मध्यरातसम्म कायम रहनेछ । 

    प्रशासनको निर्णयअनुसार जोर-बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन पाइनेछ ।  भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

    यातायात व्यवसायीको तीव्र दबाबपछि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा संचालनको अनुमति दिएका हुन् । अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन भैरहेका छन् ।

    निषेधाज्ञामा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध र खुकुलोका प्रावधानहरु भने कायमै रहेको ललितपुर सीडीओ निरौलाले बताए । ‘अहिलेलाई २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्दै चलाउन अनुमति दिने निर्णय भएको छ’ निरौलाले भने ।

    उपत्यकामा उल्लेखनीयरुपमा कोरोना संक्रमण नघटेकाले निषेधाज्ञालाई भने निरन्तरता दिइएको उनले बताए । ‘एकैपटक सार्वजनिक यातायात खुलाउँदा संक्रमण पुनः बढ्ने निष्कर्षको आधारमा अहिलेलाई केही खुकुलो मात्र तुल्याएका हौं’ निरौलाले भने ।

     

    काठमाडौं उपत्यकाको अवस्था कस्तो छ ?

    स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म उपत्यकाका तीन जिल्लामा ८ हजार ५०८ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार ३९१, भक्तपुरमा १ हजार ७३२ र ललितपुरमा २३८५ जना सक्रिय संक्रमित छन् । मन्त्रालयको आइतबार ४ बजेको तथ्यांकअनुसार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।

    मुलुकको सक्रिय संक्रमण ४० हजारमा झर्‍यो

    आइतबारसम्म नेपालमा भाइरस संक्रमण दर १९.१ प्रतिशत रहेको छ । २५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको छ ।

    आइतबार ९,८३६ नमुना (एन्टीजेन र पीसीआर) परीक्षण गर्दा १,९२० जना संक्रमित थपिएका छन् । मुलुकको सक्रिय संक्रमित संख्या ४० हजार ३३६ मा झरेको छ ।

  • कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने

    कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने

    ढाका । कोरोना संक्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सैक्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

    बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगमी सोमबारबाट सुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो ।

    बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी हालै दिएका थिए ।

    उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।

    बंगलादेशमा पछिल्लो चौविस घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

    अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।

  • लकडाउनमा १२ सयभन्दा बढी शिक्षक विद्यालयबाट निष्कासित !

    लकडाउनमा १२ सयभन्दा बढी शिक्षक विद्यालयबाट निष्कासित !

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर-८ स्थित लिटिल बड इङ्लिस सेकेण्डरी स्कूलमा वीरबहादुर धिमालले २५ वर्ष पढाए । ५० वर्षीय धिमालको आयस्रोत त्यही स्कूल थियो । तर, कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनका कारण उनले सदाका लागि रोजगारी गुमाएका छन् ।

    धिमालका अनुसार डेढ वर्षअघिदेखि नै स्कूलको व्यवस्थापकीय टीमले उनलाई अफ्ठ्यारो अवस्था सिर्जना गरिरहेको थियो । तर, लकडाउन सुरु भएपछि भने जागिर नै छाड्नुपर्ने अवस्था आएको गुनासो छ ।

    ‘मैले जीवनभरको समय स्कूललाई दिएँ, तर स्कूलको व्यवस्थापकीय टीमले मलाई अन्याय गर्‍यो,’ धिमालको दु:खेसो छ ।

    स्कूलमा २०६१ सालदेखि सहायक प्रिन्सिपलको पदमा कार्यरत धिमालको ०७६ सालमा नयाँ व्यवस्थापन आएपछि भूमिका खोसिएको थियो ।

    ‘मेरो तलब मासिक २२ हजार थियो । अघिल्लो पालिको लकडाउनमा त्यो तलबलाई आधा घटाइयो । यसले मेरो आर्थिकस्तर खानलाई घर चलाउन गाह्रो हुने गरी खस्क्यो,’ धिमाल सुनाउँछन्, ‘यही अवस्था स्कूल खुलेपछि पनि कायम रहिरह्यो ।’

    स्कूलको पेलान र घरको आर्थिक दबाबले गर्दा आत्महत्या गर्नेसम्म सोच पलाएको उनी बताउँछन् ।

    ‘तर, १० कक्षामा पढ्ने छोरोलाई सम्झेर मैले त्यो निर्णय लिन सकिनँ,’

    धिमाल भन्छन् । आधा तलबले छाक टार्न नै समस्या भएपछि उनले स्कूलबाट राजीनामा दिएका छन् ।

    प्याब्सन अध्यक्ष निस्कासन गरेको भन्ने कुरामा सहमत छैनन् । विशिष्ट परिस्थितिका कारण सञ्चालकहरू पनि मारको परेको उनको दावी छ । ‘अहिले स्कूल लागिरहेको छैन । शुल्क उठेको छैन । शिक्षकहरू खान पाइनँ मात्र भनेर हुन्छ ? निजी क्षेत्र आम्दानीबिना चल्न सक्दैन,’ उनी भन्छन्, ‘ विद्यालय सञ्चालन भइसकेपछि सबै कुरा ठीक हुन्छ ।’

    विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयमा ०६२ सालदेखि शिक्षण गरिरहेकी सम्झना पाण्डे पनि अघिल्लो सालको लकडाउनयता निष्कासनमा परेकी छन् । आफूसँगै उक्त स्कूलमा २२ जना शिक्षकहरू निकालिएको उनले बताइन् ।

    ‘अघिल्लो लकडाउन सुरू भएयता केही सेलेक्टेड शिक्षकलाई मात्र अनलाइन कक्षा सञ्चालन गर्न बोलाइयो । हामीलाई चाहिएको बेलामा मात्र बोलाउँछौ भन्नुभयो । स्कूल सञ्चालन हुँदा पनि हामीलाई बोलाइएन । एक वर्ष बढी भयो । न तलब पाएका छौं । न व्यवस्थापन टीमले कुनै निर्णय गरेको छ,’ सम्झना दु:खेसो पोख्छिन् ।

    सम्झनालगायत स्कूलका २२ जना शिक्षक यतिबेला मानसिक तनावमा छन् । न कतै जागिर पाउने अवस्था नै छ । ‘धेरै संगठनमा गएर न्याय माग्दा पनि कतैबाट पाएका छैनौं । स्कूलले बाँकी तलब पनि दिने छाँट देखाएको छैन,’ उनी भन्छिन् ।

    १२ सयभन्दा बढी शिक्षक निष्कासित

    संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले गरेको अनलाइन सर्भेका अनुसार गतसालको लकडाउन यता १२ सयभन्दा बढी शिक्षक निष्कासनमा परेका छन् । त्यसमध्ये अतिरिक्त खेलकुद पढाउने शिक्षक, नृत्य सिकाउने शिक्षक, बाध्यवाधन सिकाउने शिक्षक सबैभन्दा बढी मारमा छन् ।

    निष्कासित नभएका शिक्षकहरूले पनि अघिल्लो वर्षको चैत्रयताका तलब पाउन बाँकी हरेको इस्टुका अध्यक्ष होमकुमार थापा बताउँछन् । ‘भौतिकरूपले विद्यालय नखोलुन्जेलसम्म केही अनलाइन कक्षा चलाउने साथीहरूले २५ प्रतिशत पैसा पाए । तर, कसैले त त्यो पनि पाएका छैनन् । शिक्षकहरू सञ्चालकहरूबाट पीडित भएका छन्,’ अध्यक्ष थापा भन्छन् ।

    गिरिराजमणि पोखरेल शिक्षा तथा विज्ञान प्रविधि मन्त्री हुँदा उनीसँग इस्टु १२ पटक बैठकमा बस्यो । कति पटक त मन्त्रीको ढोकामै गएर शिक्षकहरूले घेर्नुपरेको थापा बताउँछन् ।

    ‘यति गर्दा पनि सरकार निरपेक्ष भएर समस्याप्रति अनुदार रह्यो । विद्यालय सञ्चालकहरू हामी आफैं समस्यामा छौं भनेर समस्या समाधान गर्ने बाटो भन्दा बाहेक तरिकाले गए,’ थापाको गुनासो छ ।

    इस्टुले गत साल लकडाउनकै बीचमा दुई पटक आन्दोलन गर्‍यो । तर पनि प्याब्सन एनप्याब्सनले उनीहरूको समस्या नसुनेको उनले बताए ।

    ‘फागुनदेखि लागू हुने गरी शिक्षकहरूलाई बेतलबी बिदामा राख्ने निर्णय प्याब्सनले गरेको थियो । पछि त्यो निर्णयमा उहाँहरू फिर्ता हुनुभयो । पछि एउटा संयन्त्र बन्यो । प्याब्सन, एनप्याब्सन, इस्टु र अभिभावकहरूको बीचमा । त्यो संयन्त्रले पनि कुनै काम गर्न सकेन । बाँकी भएको तलब दिने भनेको थियो । त्यो कहीँ पनि लागू गरिएन,’ थापाले भने ।

    उसो त निजी विद्यालयले शिक्षकहरूलाई कम तलबमा धेरै काम लगाएका उदाहरण प्रशस्त छन् । थापाका अनुसार विद्यालयहरू शिक्षा ऐन र नियमावलीअनुसार चल्न सकेका छैनन् । ‘व्यवस्थापन समिति गठन गर्नुपर्ने कुरा शिक्षा ऐनमा प्रष्ट देखिएको छ । तै पनि विद्यालयले व्यवस्थापन समिति गठन गरेको छैन । नेपाल सरकारले तोकेको तलब पनि दिएको छैन । सामाजिक सुरक्षा कोषमा पनि उदासिन छन्,’ उनी भन्छन् ।

    नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाका अनुसार यही पीडा सामुदायिक विद्यालयको निजी स्रोतका काम गर्ने शिक्षकहरूका पनि छन् । ‘सामुदायिक विद्यालयको निजी स्रोतमा काम गर्ने शिक्षकहरूको पनि तलब नपाएको गुनासो छ । यसको सम्बोधन मन्त्रालयले गरिदिनुपर्छ,’ उनी भन्छन् ।

    निजी विद्यालयले निस्कासन नै गरेका हुन् त ?

    प्याब्सन अध्यक्ष निस्कासन गरेको भन्ने कुरामा सहमत छैनन् । विशिष्ट परिस्थितिका कारण सञ्चालकहरू पनि मारको परेको उनको दावी छ । ‘अहिले स्कूल लागिरहेको छैन । शुल्क उठेको छैन । शिक्षकहरू खान पाइनँ मात्र भनेर हुन्छ ? निजी क्षेत्र आम्दानीबिना चल्न सक्दैन,’ उनी भन्छन्, ‘ विद्यालय सञ्चालन भइसकेपछि सबै कुरा ठीक हुन्छ ।’

    केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि निजी स्कूलका सबै ठाउँमा अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएको उनी बताउँछन् । यस्तो बेलामा पैसा दिनसक्ने अवस्था नभएको उनको तर्क छ ।

    एनप्याबसन अध्यक्ष ऋतुराज सापकोटा लकडाउनका कारण शिक्षकदेखि सञ्चालक सबै जना घरमा बस्नुपरेको बाध्यता सुनाउँछन् । स्कूलले शिक्षकहरूलाई निष्कासन गरेको र बेतलबी बिदामा राखेको प्रसंगमा उनी स्कूलको अवस्थाअनुसार निर्धारण हुने बताउँछन् । ‘शिक्षा मन्त्रालयले यो विषयमा हेक्का राख्नुपर्‍यो । स्थानीय सरकारले हेक्का राख्नुपर्‍यो । अनि मात्र कुन स्कूलले अन्याय गर्‍यो, गरेन थाहा हुन्छ । त्यसरी स्कूल नाफामा रहेछ भने दिनुपर्छ ।’

    विद्यालयमा अभिभावकहरूले पनि शुल्क तिर्न नसकेको उनको गुनासो छ । ‘यो १५ महिनामा जसरी परिवारको योगदान हुनुपर्छ, उनीहरूले पनि दिनसक्ने अवस्था छैन । बाँकी फण्डले पनि एक दुई महिना धान्छ, सधैं धान्न सक्ने अवस्था नभएरै यो समस्या आएको हो,’ उनी भन्छन् ।

    ‘अभिभावकसँग असुल्ने, शिक्षकलाई नदिने’

    काभ्रेको बनेपास्थित एभरेष्ट एकेडेमी नामक निजी विद्यालयबाट अभिभावकलाई वर्षभरिको बिल आयो । वर्षभरि जम्मा २ महिनामात्र पढाइ भए पनि बिलमा भने पूरै महिनाको शुल्क तिर्न विद्यालयले दबाब दिएको ती अभिभावकको गुनासो छ । ‘अनलाइन कक्षा पनि भएको थिएन । दुई महिनामात्र पढाइ भएको थियो । तर शुल्क भने १२ महिनाकै तिर्न दबाब छ,’ अभिभावकले भने ।

    इस्टुका अध्यक्ष थापा विद्यालयका सञ्चालहरूले गैरजिम्मेवारीपना देखाएको बताउँछन् । अभिभावकबाट पूरै शुल्क उठाएर शिक्षकलाई भने अलपत्र पार्ने नियत सञ्चालकहरूको रहेको उनी बताउँछन् । ‘त्यतिमात्र हैन, लकडलकडाउनअघि पनि अधिकांश विद्यालयले राम्रो आम्दानी गरेका छन् । तर घर, घडेरी, जग्गाजमिनमा लगानी गरेका छन् । खाली अभिभावकलाई दोष दिएर पन्छाउने र उठ्दै उठ्दैन भनेर बहाना पारिरहेका छन् । अभिभावकहरूले फि प्रशस्त तिर्दा पनि शिक्षकले पैसा नपाएको वर्ष छन्,’ उनले भने ।

    शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा पनि सय प्रतिशत शुल्क विद्यालयले अभिभावकबाट उठाएको कुरामा सहमत छन् । ‘निजी विद्यालयका सञ्चालकको यो मनोमानी मान्य छैन । हामीले आवाज उठाइरहेका छौं । छिटै सम्बोधन हुनुपर्छ,’ उनले भने ।

  • सिड्नीमा एकसाता लामो लकडाउन, डेल्टा प्रजातिको कोरोना फैलिएपछि प्रतिबन्धहरु लागू

    सिड्नीमा एकसाता लामो लकडाउन, डेल्टा प्रजातिको कोरोना फैलिएपछि प्रतिबन्धहरु लागू

    अष्ट्रेलिया । कोभिड-१९ संक्रमणमा वृद्धि भएपछि अष्ट्रेलियाको सिड्नी सहरमा लकडाउन लागू गरिएको छ । बीबीसीका अनुसार मध्य सिड्नी र बन्डी सामुन्द्रिक तटसहित पूर्वी क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।

    गत डिसेम्बयता सिड्नीमा लकडाउन लागू भएको हो । निकै संक्रामक मानिएको कोरोनाको डेल्टा प्रजाति भेटिएपछि अष्ट्रेलियाले भाइरस नियन्त्रणका लागि संघर्ष गरिरहेको छ ।

    शुक्रबार मात्र १७ नयाँ केस पहिचान भएका छन् । सिड्नीमा कूल ६५ केस पुष्टि भएको छ । सर्वसाधारणलाई घरमै बस्न भनिएको छ ।

    ‘हामी यो परिस्थितीलाई हप्तौं लामो समयसम्म लम्बिएको हेर्न चाहँदैनौं । हामी यो परिस्थिती ढिलोचाँडो सुधारिएको हेर्न चाहन्छौं’ न्यू साउथ वेल्स राज्यका प्रमुख ग्लाडिज बे्रजेकिलानले भनिन् ।

    सबै राज्यमा लकडाउन गर्नुभन्दा संक्रमण बढी देखिएका ठाउँमा मात्र लकडाउन गर्ने तयारी रहेको उनले जनाइन् । जुलाई २ सम्म रहने लकडाउनमा मानिसहरुले आगामी शनिबारदेखि अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन पाउने छैनन् ।

    सिड्नीबासीलाई अहिले सहर छाड्न रोक लगाइएको छ । अन्य अष्ट्रेलियाली सहर र राज्यमा सिड्नीबाट भ्रमण गर्न प्रतिबन्ध लगाइएको छ । गत डिसेम्बर यता सिड्नी उच्च दरमा संक्रमण वृद्धि भएको छ ।

  • लकडाउनले रोकिएका विदेशी र नेपाली चार्टर्ड उडानमा जान पाउने

    लकडाउनले रोकिएका विदेशी र नेपाली चार्टर्ड उडानमा जान पाउने

    काठमाडौं । निषेधाज्ञामा अनुमति दिइएका अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा अलपत्र विदेशीसँगै नेपाली पनि जान पाउने भएका छन् ।

    अहिले नेपालमा नियमिततर्फका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मात्रै पनि जो सुकै नेपाली नागरिक पनि चाटर्डमार्फत अन्य मुलुक जान सक्ने भनेर निर्णय समेत गरेको सह-प्रवक्ता प्रेम सुवेदीले बताए । उनका अनुसार यो निर्णयसँगै खाडी मुलुक जान ठिक्क परेका युवा चार्टर्ड फ्लाइटमा जान सक्ने छन् ।

    यसअघि पनि खाडी मुलुकका कामदारबाहेक अन्य देश जाने नेपाली वा एनआरएनएलाई प्रक्रिया पूरा गरेर आएको खण्डमा चार्टर्ड फ्लाइटमा जान रोकिएको थिएन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै अहिले नेपालमा रहेका कूटनीति नियोग, नेपाल घुम्न आएका पर्यटक, एनआरएनए, यूरोप अमेरिकालगायतका मुलुक जाने नेपाली नागरिकले जहाज चाटर्ड गरेर गइरहेको पर्यटन मन्त्रालयको भनाइ छ ।

    ‘अहिले नेपालबाट चार्टर्डमार्फत जान चाहने विदेशी नागरिक, गैरआवसीय नेपाली तथा नेपाली नागरिक भनेर छुट्याइएको छैन । सबैले जान पाउँछन् । तर, जाने नागरिकले सबै प्रक्रिया भने पूरा गरेको हुनुपर्छ,’ उनले भने ।

    अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालका अनुसार अहिले युएई र कुवेतका लागि जाने नागरिकलाई भिसा दिइएको छैन । ती मुलुकभन्दा बाँकी रहेका अन्य मुलुकमा जाने विदेशी वा नेपाली नागरिकले प्रक्रिया पूरा गरेर आएको खण्डमा अध्यागमनले सहजिकरण गरिरहेको ढकालको भनाइ छ । उनका अनुसार पर्यटन मन्त्रालयको निर्देशन अनुसार स्वदेशी तथा विदेशी दुवै नागरिकलाई अन्य मुलुक जानबाट बञ्चित गरिने छैन । आजैबाट अध्यागमनको अत्यावश्यक सेवा भने बन्द गरिएको छ ।

    विदेशीहरू धमाधम फर्किँदै

    उद्धार उडानमा जाने यात्रुमा अधिकांश विदेशी नागरिक रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । आइतबारमात्रै पर्यटन बोर्डको सहकार्यमा कतार एयरवेजबाट अमेरिकी र युरोपियन नागरिक गएका छन् । तीनमा धेरैजसो कूटनीतिक नियोगका छन् । यसैगरी हिमालय एयरलाइन्सले बंगलादेशीलाई लगेको छ ।

    रुसले आफ्ना १२८ नागरिक लैजान रुसी एयरलाइन्स एरोफ्लट आउँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आजै बिहीबार स्पेनले आफ्ना नागरिकलाई वाइड बडीमार्फत नेपालबाट लैजानका लागि अनुमति लिइसकेको छ । त्यस्तै, अमेरिकी र यूरोपका नागरिक पठाउनका लागि जेठ ८ र ११ गतेलाई कतारका लागि चार्टर्ड उडानको अनुमति दिइएको प्राधिकरणले बताएको छ ।

    विभिन्न जिल्लामा अलपत्र ४८४ पर्यटकलाई बोर्डले सहजीकरण गरेर काठमाडौं ल्याइसकेको निर्देशक लामिछानेले जानकारी दिए । तीमध्ये ५४ अमेरिकी नागरिक छन् । उनीहरूलाई ५ दिन होटल क्वारेन्टाइनमा राखेर सम्बन्धित दूतावासको समन्वयमा पठाइनेछ ।

    ‘राजधानीबाहिरका पर्यटकलाई ट्राभल लोकेटरमार्फत विवरण संकलन गरेका छौं’ , उनले भने ।

    नियमित उडान बन्द भएपश्चात १५ चार्टर्ड उडान भएका छन् । तर, यसमा धेरै चार्टर्ड भने भारतीय नागरिकलाई साउदी अरब लैजानका गरिएका छन् ।

  • निषेधाज्ञामा काठमाडौं : बिहान भीडभाड, दिउँसो सुनसान

    निषेधाज्ञामा काठमाडौं : बिहान भीडभाड, दिउँसो सुनसान

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाको तीन साता पुगिसकेको छ ।

    यतिखेर अत्यावश्यकीय बाहेकका सबै सेवा बन्द छन् । जोखिम कम गर्न नागरिकलाई घरभित्रै रहन आग्रह गरिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ गर्न स्थानीय प्रशासनले एकपछि अर्को निर्णय गरिरहेको छ । तर, पनि भीडभाड भने उत्तिकै देखिन्छ । बिहान-बेलुकाको तुलनामा दिउँसो भने सडक सुनसान प्राय: देखिन्छ ।

    तरकारी, खाद्यान्नलगायतका पसलहरूमा सर्वसाधारणले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम गर्न नसक्दा संक्रमण दर झन बढेको विज्ञहरूले बताउँदै आएका छन् ।

    
      
     
       
       
    
    
    
    
    
  • दिल्ली र ढाकामा थप एकसाता लकडाउन विस्तार

    दिल्ली र ढाकामा थप एकसाता लकडाउन विस्तार

    दिल्ली । भारत र बंगलादेशको राजधानीमा थप एकसाताका लागि लकडाउन विस्तार गरिएको छ । कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै मे २३ सम्म लकडाउन थपिएको हो ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनको समायवधी एकसातालाई थप गरिएको बताए । दिल्लीमा संक्रमितको संख्यामा कमी आएपनि मृत्युदर भने घटेको छैन ।

    बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो । दोस्रो लहरको कोभिड-१९ विरूद्ध लड्न बङ्गलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म बन्दाबन्दी घोषणा गरेको थियो । आठ दिनको बन्दाबन्दीलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म विस्तार गरिएको थियो ।

    पछिल्लो परिपत्र अनुसार राजस्व संकलनसम्बन्धी कार्यालय र संस्थालाई लकडाउनको दायरामा राखिएको छैन । यस अवधिमा होटल र रेष्टुरेन्टहरूले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पुर्‍याउन वा अनलाइन सेवाहरू प्रदान गर्न पाउने छन् ।

    मार्चदेखि फैलिएको कोभिडको दोस्रो लहरका कारण संक्रमण दरमा थप वृद्धि देखिएपछि शनिबार रातिदेखि बङ्गलादेशले सबै माध्यमिक र उच्च माध्यमिक शिक्षा संस्थानहरू बन्द गर्ने निर्णय गरेको छ ।

    देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घण्टामा ३६३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने २५ संक्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा १२ हजार १४९ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या सात लाख ८० हजारभन्दा बढी पुगेको छ ।

  • कास्कीमा जेठ ७ सम्म थपियो लकडाउन

    कास्कीमा जेठ ७ सम्म थपियो लकडाउन

    पोखरा। कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कास्कीले जेठ ७ सम्म लकडाउन लम्ब्याएको छ।

    अत्यावश्यक काममा प्रयोग हुने सरकारी सवारी साधनबाहेक अन्य सबै कामकाजमा रोक लगाइएको छ ।

    प्रशासनले विवाह ब्रतबन्धमा सवारी साधन आवश्यक परेमा केटा वा केटी पक्षले बढीमा ५ जनासम्ममात्रै चढ्न पाउने आदेश जारी गरेको छ ।
    फलफूल तथा तरकारीको थोक विक्रेताले खुद्रा बिक्रीसमेत रोक लगाएको छ ।

    ‘अत्यावश्यक संघसंस्थाका कर्मचारीहरु बिहान १ देखि १० र बेलुका ५ देखि ५ बजेभित्र परिचय र पोशाकका आधारमा आउजाय गर्न पाइने,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीको हकमा भने बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ बजेसम्ममात्रै हिँड्डुल गर्न छुट दिइएको छ ।

  • लकडाउन थपिएसँगै उपत्यकामा के-के नियम परिवर्तन भए (विज्ञप्तिसहित)

    लकडाउन थपिएसँगै उपत्यकामा के-के नियम परिवर्तन भए (विज्ञप्तिसहित)

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ ।

    बैशाख २९ गते मध्यरातदेखि जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ । थप गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन कडाइ गर्ने र अनुगमन गर्ने निर्णय प्रशासनहरुले गरेका छन् ।

    उनीहरुले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कनेलाई होल्डिङ सेन्टरमा राख्ने र संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय पनि गरेका छन् । होटल तथा पार्टी प्यालेसमा विहे तथा व्रतबन्धजस्ता कार्य गर्न रोक लगाइएको छ ।

    घर वा आफू बसेको स्थानमै बढीमा १० जना मात्र उपस्थित भएर बिहे गर्न दिने निर्णय प्रशासनले गरेका छन् । विहे वा व्रतबन्ध गर्दा २ वटा सवारी साधन प्रयोग गर्न पाइने र ब्यानरका आधारमा आवतजावत गर्न पाइने निर्णय पनि छ ।

    अत्यावश्यक खाद्य सामाग्रीका पसललाई बिहान १० बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ ।

  • उपत्यकाको लकडाउन जेठ १३ गतेसम्म थप्ने निर्णय

    उपत्यकाको लकडाउन जेठ १३ गतेसम्म थप्ने निर्णय

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा (लकडाउन)लाई जेठ १३ गतेसम्म लम्ब्याइएको छ ।

    मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको हो ।

    काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञालाई थप कडाइ गर्दै अवधी थप गर्ने निर्णय भएको बताए ।

    उपत्यकामा पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने

    होटल र पार्टी प्यालेसमा बिहे गर्न रोक, विहे भोजबाट भाइरस फैलिएको निष्कर्ष

  • उपत्यकामा लकडाउन थपिँदै, अलपत्र परेकालाई गन्तव्यसम्म लैजाने व्यवस्था

    उपत्यकामा लकडाउन थपिँदै, अलपत्र परेकालाई गन्तव्यसम्म लैजाने व्यवस्था

    काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्दै लम्ब्याउने तयारी भएको छ ।

    भोलि बस्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गर्ने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार एकसाता वा १५ दिन निषेधाज्ञा थप गर्ने भन्ने निर्णय भोलि बेलुका बस्ने बैठकले गर्नेछ । निरौलाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाको डीसीसीएमसीको बैठकले संक्रमण फैलने क्रममा रहेकाले निषेधाज्ञालाई लम्ब्याउने निष्कर्ष निकालेको छ ।

    निषेधाज्ञा लम्बिँदै जाँदा उपत्यकामा रोकिएका मजदूर तथा अलपत्र भएका व्यक्तिहरुलाई सुरक्षित ढंगमा गन्तव्यमा लैजानको लागि समेत केही व्यवस्था गर्ने तयारीमा सीडीओहरु छन् । भाइरस रोकथामका लागि जारी निषेधाज्ञको अवधी २९ गते सकिँदैछ ।

  • नेपालसँग सीमा जोडिएको विहार १५ मेसम्म पूर्ण लकडाउन

    नेपालसँग सीमा जोडिएको विहार १५ मेसम्म पूर्ण लकडाउन

    पटना । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा आगामी मे १५ सम्म पूर्ण लकडाउन हुने भएको छ ।

    मुख्यमन्त्री नितिशकुमारले लकडाउन गर्न लागिएको जानकारी दिएका हुन् । मंगलबार बस्ने कोभिड संकट व्यवस्थान समूहको बैठकले यसबारे निर्णय गर्ने उनले जानकारी दिएका छन् ।

    त्यहाँका विज्ञ, चिकित्सक र सीआइटी लगायतले पूर्ण लकडाउन गर्न माग गरिरहेका थिए । पटना उच्च अदालतले सोमबार यो मुद्दाका विषयमा सरकारसँग जवाफ मागेको थियो । मुख्यमन्त्री नितिशकुमारले संकट व्ववस्थापन समूहको बैठक बोलाएका छन् ।

    उक्त बैठकले लकडाउन घोषणा गर्ने तयारी छ । बिहारमा पछिल्ला दिन दैनिक १३ देखि १५ हजार नयाँ संक्रमितहरु थपिएका छन् । नेपालसँग सीमा जोडिएकाले पनि विहारसँग नेपालको चासो छ ।

  • उडान रोकिएपछि एयरपोर्टमा अलपत्र परे यात्रु

    उडान रोकिएपछि एयरपोर्टमा अलपत्र परे यात्रु

    काठमाडौं । हवाई मार्गबाट गन्तव्यमा पुग्न टिकट काटेका सयौं यात्रु त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा आज बिहानैदेखि अलपत्र छन् ।

    नयाँ भेरियन्टसहितको कोरोनाको बढ्दो जोखिमका कारण हिजोको मन्त्रिपरिषद् बैठकले आज रातिबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । उपत्यका र विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएका कारण यातायातको एकमात्र विकल्प हवाई सेवामार्फत आउनेजाने यात्रुहरूको चाप केही दिनदेखि बढेको थियो ।

    यात्रु बढेसँगै वायु सेवा संचालक संघ र नागरिक उड्डयन प्राधिकरणबीच आज ३६ उडान भर्ने गरी सम्झौता भएको संघका प्रवक्ता योगराज कँडेलले बताए । उनका अनुसार आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेको हो । टिकट भएर पनि उड्न नपाएका यात्रुहरू आक्रोशित बनेपछि विमानस्थलमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।

    पूर्वनिर्धारित उडान तालिकाअनुसार सोमबार दिनभर सेवा जारी रहने कतिपय हवाई कम्पनीले निर्णय समेत गरिसकेका छन् ।

             
    
       
  • पूर्ण लकडाउन गर्न भारतीय उच्च अदालतको निर्देशन

    पूर्ण लकडाउन गर्न भारतीय उच्च अदालतको निर्देशन

    दिल्ली । कोभिड संक्रमण भयावहरुपमा बढेको भन्दै भारतको उच्च न्यायलयले केन्द्र र राज्य सरकारलाई पूर्ण लकडाउन गर्न आदेश दिएको छ । विभिन्न चरणको सुनुवाइपछि अदालतको उक्त आदेश आएको हो ।

    ‘दोस्रो लहरको संक्रमण व्यापकरुपमा बढिरहँदा हामी भाइरस फैलने क्रमलाई रोक्न केन्द्र र राज्य सरकारलाई प्रतिबन्ध लगाउनेबारे निर्देशन दिन्छौं’ अदालतको आदेशलाई उध्दृत गर्दै जी-न्यूजले उल्लेख गरेको छ ।

    साथै अदालतले भाइरस फैलाउने खालका जमघट, भीड र सुपर-स्प्रेडर खालका कार्यक्रम रोक्न समेत भनेको छ । साथै, जनकल्याणका लागि लकडाउन लागु गर्नेबारे पनि विचार गर्नको लागि अदालतले सुझाव दिएको छ ।

    लकडाउन लागु गर्नुपूर्व सर्वसाधारणलाई राहत दिने खालका कार्यक्रम ल्याउन पनि अदालतले ध्यानाकर्षण गराएको छ ।

  • काठमाडौंमा लकडाउन उल्लघंन गर्ने १२ सय सवारी साधन होल्डमा

    काठमाडौंमा लकडाउन उल्लघंन गर्ने १२ सय सवारी साधन होल्डमा

    काठमाडौं । शनिवार निषेधाज्ञा उल्लघंन गर्ने करिब १ हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।

    सार्वजनिक बिदाको दिनमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    काठमाडौं उपत्यकाको तीनवटा जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा चेकजाँच कडा भइरहेको छ, आइतबारबाट निषेधाज्ञा अझ धेरै कडा गर्दे लगिनेछ पराजुलीले भने ।

  • भारतमा तत्काल लकडाउन गर्न बाइडेनका चिकित्सा सल्लाहकारको सुझाव

    भारतमा तत्काल लकडाउन गर्न बाइडेनका चिकित्सा सल्लाहकारको सुझाव

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनका चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले भारतमा नियन्त्रण बाहिर पुगेको कोरोना रोकथामका लागि केही साताको लकडाउन जरुरी रहेको बताएका छन् ।

    केही देशले तत्काल बन्द गर्न नचाहेपनि संक्रमणको चक्रलाई रोक्न केही साताको लागि लकडाउन गर्न जरुरी रहेको फाउचीको भनाई छ ।

    जसले गर्दा यो कठिन र निराशजनक स्थितीबाट बाहिर आउन भारतलाई तत्कालिन, मध्यमकालिन र दीर्घकालिन रुपमा फाइदा मिल्ने उनको विश्वास छ ।

    डाक्टर फाउची अमेरिकाका बरिष्ठ संक्रामक रोग विशेषज्ञ समेत हुन् । उनले सात अमेरिकी राष्ट्रपतिसँग मिलेर काम गरिसकेका छन् ।

    अंग्रेजी अखबार द इन्डियन एक्सप्रेससँग उनले भारतको पछिल्लो अवस्थाबारे कुरा गरेका छन् ।

  • बर्दियामा थप १२ दिन लकडाउन लम्बियो

    बर्दियामा थप १२ दिन लकडाउन लम्बियो

    बर्दिया । कोरोनाभाइरस रोकथामका लागि यहाँ लागु गरिएको लकडाउनको अवधी थप १२ दिन लम्बाइएको छ । जिल्ला प्रशासनले कार्यालयले विज्ञप्ती जारी गर्दै निषेधाज्ञा समय बढाएको हो ।

    यसअघि वैशाख १३ देखि १९ गतेसम्म निषेधाज्ञा गरेको थियो ।

    मानिसहरु निषेधाज्ञाको उल्लघन गर्दे भिडभाड हुने ठाँउमा घुमफिर गर्ने, पसलहरु खुल्ला गर्ने, निजि सवारीसाधन सञ्चालन गर्दै आएकोले निषेधाज्ञामा थप गर्ने निर्णय भएको हो ।

    एक सातामा करीब ३ सय जना कोरोना संक्रमित थपिएपछि शुक्रवार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

    अत्यावश्यक सेवा र विकास निर्र्माणबाहेक सबै यातायातका सवारी साधन बन्द गरेको छ । अनावश्यक रुपमा घरबाहिर निस्कने माथि कारबाही गरिने सुनारले बताए ।

  • त्यो लकडाउन, यो लकडाउन (फोटो/भिडियो)

    त्यो लकडाउन, यो लकडाउन (फोटो/भिडियो)

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर शुरु भएसँगै काठमाडौंमा आजबाट अघोषित लकडाउन शुरु भएको छ । कोरोना संक्रमण रोक्न भन्दै लगाइएको लकडाउनका कारण जनताले अनेक सास्ति भोगिरहेका छन् ।

    यसअघि अघिल्लो वर्ष पनि देशब्यापी लकडाउन गरिएको थियो । सुरुमा एक साताका लागि घोषणा गरिएको लकडाउन महिनौंसम्म लम्बियो । यद्यपि त्यतिबेलाको भन्दा अहिलेको लकडाउन खुकुलो देखिएको छ । त्योबेला जस्तो सन्नाटा अहिले छैन । आज बिहान अफिस टाइममा पासवाला सवारीसाधनहरु बाक्लै संख्यामा गुडेका थिए ।

    अघिल्लो वर्ष अत्यधिक त्राशले गर्दा मानिसहरु सडकमा निस्किन डराएका थिए । तर, यो पाली त्राश घटेको छ । सुरक्षा निकायले पनि पहिलेको लकडाउनमा जस्तो कडाइ यसपालि गरेको छैन ।

    पहिलेको लकडाउनमा अटेर गर्ने सवारीसाधन र सर्बसाधारणलाई प्रहरीले सडकमै होल्डिङमा राखी कारवाही गर्ने गरेका थिए । कतिपय ठाउँमा प्रहरीले लाठी चार्जसमेत गरेको थियो । इटहरी र सप्तरी लगायतका ठाउँमा प्रहरीले लाठीचार्ज गरेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    त्यसबेला प्रहरीले देशभर कडाइका साथ लकडाउन कार्यान्वयन गरेको थियो । लकडाउनको पालना नगरी खोलिएका खाजा घर, मदिरा पसलमा पनि छापा मारी बन्द गराइएका थिए । लोकल मदिरा प्रहरीले सडकमा खन्याई नष्ट गर्ने गरेको थियो ।

    केही तस्बिरमा हेनुस् ०७७ सालको लकडाउनः

    २०७७ चैतको लकडाउन उल्लङ्घन गर्नेलाई काठमाडौंको गौरीघाटमा लाठि चार्ज गर्दै प्रहरी ।
    
    
    
    
    
    
    
    
    

    सरकारले काठमाडौंमा आजबाट फेरी दुई साताका लागि लकडाउन गरेको छ । लकडाउनमा अत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, बैंकका कर्मचारी, फलफुल, तरकारी, मेडिकल, खाद्यान्न लगायतलाई आवतजावतमा रोक लगाइएको छैन ।

    आज लकडाउनको पहिलो दिन सडकमा एकैपटक धेरै मानिस र सवारीसाधन निस्किदा ठाउँ-ठाउँमा जाम समेत भएको थियो ।

    भिडियोमा हेर्नुस् त्यो लकडाउन, यो लकडाउन :

    तस्बिरमा हेर्नुस् लकडाउनमा काठमाडौंको आजको सडकः

     
     
     
    
     
     
      
    
     
     
     
      
     
    
    
    

    यो पनि पढ्नुस् :

    सडकमा परिचयपत्रधारी सवारी चालकको लावालस्कर, निषेधाज्ञा यसरी हुँदैछ निष्प्रभावी

    
    
  • ‘जनतालाई लकडाउनमा राखेर हामी आरामले सुतिरहेको स्थिति होइन’

    ‘जनतालाई लकडाउनमा राखेर हामी आरामले सुतिरहेको स्थिति होइन’

    काठमाडौ । कोरोना संक्रमण रोक्न भन्दै काठमाडौंका तीन सीडीओले आजबाट उपत्यकाव्यापी निषेधाज्ञा जारी गरेका छन् । आज बिहानैदेखि शुरू भएको निषेधाज्ञाका कारण उपत्यकाको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ ।

    सङ्क्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम प्रत्येक जिल्लाको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न पाउँछन् । त्यसै अनुसार आज बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि १६ गतेदेखि २२ गतेसम्म एक साता निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो । तर, मन्त्रिपरिषदको बैठकले त्यसलाई संशोधन गरी दुई साता लम्ब्याएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जनजीवन ठप्प पार्ने निर्णय आफूहरूको रहर नभई वाध्यता भएको बताउँछन् । सरकारले लागू गर्ने प्रावधानहरूबाट मात्रै कोरोना नियन्त्रण नहुने र व्यक्ति आफैं सचेत बन्नुपर्ने उनको भनाइ छ ।

    यसको कार्यान्वयनका विषयमा नेपाल प्रेस डटकमका लागि केशव भुलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग कुराकानी गरेका छन् । पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश नेपाल प्रेसको नेपाल टकमा ।

    निषेधाज्ञा त जारी भयो, यसको कार्यान्वयन कसरी गरिरहनुभएको छ ?

    यसमा कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनको मात्र होइन, सबैको हो । त्यसैले हामीले निषेधाज्ञालाई कार्यान्वयन गर्नका लागि सबै पक्षलाई अनुरोध गरेका छौं । किनभने यो स्वयम् व्यक्ति नै सचेत हुने विषय हो ।

    अब अहिले किन निषेधाज्ञा भन्ने कुरा आम नागरिकले र सरोकारवालाले पहिले बुझ्नुपर्छ । कोरोना संक्रमण दर घटाउनका लागि, रोग नियन्त्रणका लागि र भीडभाड कम गर्नका लागि हामीले यो निषेधाज्ञा जारी गरेको हो । त्यसैले स्वयम् व्यक्ति सचेत भएर अनावश्यक भीडभाडमा नजाने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किने, अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड पालना गर्ने, मास्क अनिवार्य रूपमा लगाउने, भौतिक दूरी कायम गर्ने गर्नुपर्छ ।

    बिहान अत्यावश्यक सामग्री खरिद गर्न जाँदा भौतिक दूरी कायम गर्ने लगायतका मापदण्डको पूर्ण पालना गर्नुपर्‍यो । अन्य अनावश्यक गतिविधि नगर्न र अनावश्यक भीडभाडमा नजानका लागि पनि हामी आग्रह गर्दछौं । यो हामीले भनेर मात्र होइन कि स्वयम् नागरिकले नै पालना गर्नुपर्ने विषय हो ।

    हामीले निषेधाज्ञा पालना भएको छ कि छैन भनेर अनुगमन गर्ने मात्र हो । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि परिचालनको व्यवस्था मिलाएका छौं । माइकिङको पनि व्यवस्था गरेका छौं । सबै नगरपालिका तथा गाउँपालिकालाई पनि हामीले निशेधाज्ञा कार्यान्वयनका लागि अनुरोध गरेका छौं । प्रहरीको पनि व्यापक रूपमा गस्ती गर्ने गरी परिचालन गरेका छौ । त्यसमार्फत सचेतना अभियान फैलाउने, अनुगमन गर्ने काम पनि हुन्छ ।

    अब आन्तरिक र बाह्य उडान के गर्ने र त्यहाँका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गृहकार्य आवश्यक छ । सार्वजनिक यातायातका साधनलाई रोक लगाएको अवस्थामा आन्तरिक उडान सुचारु राख्दा त्यसका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि छ । यी सबै कुरालाई हामीले सुझावका रूपमा लिएका छौं र सम्बन्धित निकायमा जानकारी पनि गराइसकेका छौं ।

    भीडभाड गर्नेलाई, मास्क नलगाउनेलाई पनि होल्ड गर्ने, नियन्त्रणमा लिने, जरिवाना गर्ने लगायतका काम पनि गर्छौं । यसमा सबै पक्ष जिम्मेवार भइसक्नुभएको छ । मलाई नै हिजो अस्ति तपाईंहरूले निशेधाज्ञा जारी गर्न किन ढिलो गर्नुभयो ? कोरोनाको संक्रमणदर एकदमै उच्च भइसकेको छ भनेर फोनमार्फत पनि सुझाव आइरहेको छ । त्यसो भएको हुनाले अहिलेको निषेधाज्ञा पूर्णरूपमा कार्यान्वयन हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।

    विगतमा कडा लकडाउन गर्दा पनि कोरोना फैलिन रोकिएन । अहिले फेरि त्यही असफल प्रयोग किन दोहोर्‍याउनुभएको ?

    यो हाम्रो रहर त होइन नि । यो त हामी सबैको बाध्यता हो । अहिले कोरोनाको संक्रमण दर नबढेको भए, अवस्था सामान्य भएको भए त निषेधाज्ञा जारी गर्नुपर्ने नै थिएन नि ।

    अब अहिले स्वास्थ्य अवस्था एकदमै भयावह भएको, अस्पतालमा बेडको अभाव र बिरामीको संख्या दैनिक वृद्धि, तथा औषधीउपचार गर्न नसकिने अवस्था आइरहेको छ । त्यसैले यो महामारीले ठूलो रूप नलियोस् भनेर सबैको सल्लाह, सुझावअनुसार नै निषेधाज्ञा जारी गरेको हो नि त ।

    यसअघि भएको लकडाउन र अहिलेको निषेधाज्ञामा फरक चाहीँ के हुन्छ ?

    अहिले आन्तरिक उडान र बाह्य उडान स्थगित गरिएको छैन । गत वर्ष भने सबै बन्द गरिएको थियो । फेरि गत वर्ष एकैपटक मुलुकभर नै लकडाउन गरिएको अवस्था थियो ।

    जस्तो अहिले काठमाडौं, भक्तपुर र ललितपुरले एकसाथ निषेधाज्ञा जारी गर्‍यौं तर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोकमा त्यो अवस्था छैन । त्यसैले गत वर्षभन्दा यस वर्ष धेरै फरक छ । जहाँ कोरोनाको संक्रमणदर तीव्ररूपमा बढेको छ, त्यहाँ मात्र निषेधाज्ञा जारी गरिएको छ ।

    उपत्यकाको सीमा नाकासम्म मात्र निषेधाज्ञा जारी मात्र भएकाले नाकासम्म सजिलै आउन सक्ने भए । त्यसपछि पैदलबाटै प्रवेश गर्ने बाटो त खुला रह्यो नि ?

    यो विषयमा मैले गृह मन्त्रालय र विशेषगरी गृह सचिवलाई पनि अनुरोध गरिसकेको छु । थानकोटमा आएका यात्रुलाई अथवा जगातीमा आएका यात्रुलाई उताबाट आउनबाट रोक्न सक्ने अवस्था हुँदैन ।

    त्यसो भएको हुनाले हामीले बाहिरबाट यात्रु भित्रिने सीमादेखै नै कडाई गर्न खोजेका छौ । काठमाडौं उपत्यकामा अहिले भीडभाड गर्न, आवतजावत गर्न र सवारीसाधन उपत्यका प्रवेश गर्न रोक लगाएका छौं । यात्रु र सवारीको शुरूआती विन्दु जस्तै विराटनगर, वीरगञ्जबाट लामो दूरीका यात्रुवाहक सवारीसाधन र यात्रु आउनुभएन । यस्तै चितवन, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली सबैले काठमाडौं उपत्यका प्रवेश गर्न नदिनका लागि त्यहीँबाट पहल गर्नुपर्ने हुन्छ । त्यो हामीले अनुरोध गरेका छौं ।

    मैले ७ वटै प्रदेशका मुख्यमन्त्री र अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग पनि त्यही अनुरोध गरेको छु । अहिले उपत्यका प्रवेशमा रोक लगाएको हुँदा त्यहाँबाट गाडी नछोड्न भनेका छौ । त्यसै अनुसार कार्यान्वयन हुन्छ ।

    बाहिरबाट काठमाडौं उपत्यकामा भित्रिनेले अनिवार्य आउनेलाई क्वारेन्टाइन बस्नुपर्ने भनिएको छ । यसको अनुगमन कसरी हुन्छ ?

    सबै क्वारेन्टाइनमा नै बस्नुपर्ने भन्ने पनि छैन । अहिले त होम आइसोलेसनमा पनि बस्न पाउने भनिएको छ । त्यसैले व्यक्ति आफै बढी सचेत हुनुपर्‍यो । अब कसैलाई रुघाखोकी लागेको छ, कोरोना संक्रमणको लक्षण देखिएको छ भने अरुलाई सार्नु भएन, आफै सचेत हुनुपर्‍यो । त्यस्तो सम्भावित व्यक्तिले लामो यात्रा पनि गर्नुभएन नि । यदि यात्रा गर्दागर्दै पनि बीच बाटोमा नै कुनै समस्या देखियो भने रोग नलुकाएरै आफैंले घोषणा गर्नुपर्‍यो र आइसोलेसनमा बस्नुपर्‍यो ।

    निषेधाज्ञा गरेर सरकार आरामले सुत्ने अनि नागरिकले दुःख पाउने प्रवृत्ति विगतमा देखिएको छ । यसपालि पनि त्यही त होला नि ?

    होइन, त्यस्तो हुँदैन । हो अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवा प्रभाव गर्न बन्द गरिएको छ । तर, तपाईंले हाम्रो कार्यालयमा छिर्दा (बुधबार) भीडभाड त उत्तिकै देख्नुभयो । हामीले आराम गरेर बसेका छौं त ? छैन नि ।

    आपूर्ति व्यवस्था पनि ठीक छ कि छैन, अरु के समस्या आउँछ भनेर र्‍यापिड रेस्पोन्स टिम बनाइएको छ । उद्योग मन्त्रालयमा पनि विभिन्न क्षेत्रका सहसचिवको एउटा टिम गठन भएको छ । गृह मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, वाणिज्य विभागको महानिर्देशक रहेको टिमले वाणिज्य-आपूर्ति लगायतको व्यवस्थापन हेर्नेछ । अन्य सरकारी संयन्त्रले पनि आ-आफ्नो क्षेत्रको अनुगमन गर्नेछन् । त्यसैले सरकारी संयन्त्र सुत्ने र नागरिकले दुःख पाउने भन्ने हुँदैन ।

    यसपटक निषेधाज्ञा गर्नु दुई दिन समय दिइयो । यो दुई दिन चाहिँ कोरोना सर्दैन भन्ने हो कि ? फेरि काठमाडौंबाट मानिसलाई गाउँ-गाउँ जान दिँदा कोरोना झन् देशव्यापी बन्दैन ?

    त्यस्तो पनि होइन । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफ्नो गन्तव्यमा जान दिनुपर्छ भन्ने मान्यता हो । फेरि १० दिन १५ दिन निषेधाज्ञा भयो भने मान्छेको रोजीरोटी गुम्ने, दैनिक ज्यालादारी गर्नेले के खाने के भन्ने चिन्ताको कुरा पनि हुन्छ । लामो समय निषेधाज्ञा भयो भने समस्यामा परेका सबैलाई सहयोग गर्न सक्ने अवस्था पनि नहुन सक्छ ।

    यदि कोही कसैलाई विदेश जानुपर्ने भयो तर राहदानी नवीकरण भएको छैन भने त्यो पनि गरिदिन्छौं, त्यो त्यति ठूलो कुरा पनि भएन । तर, अब अहिले विदेश जान सबै रोकिएको हुनाले नागरिकताको त्यति जरुरी पर्छ जस्तो लाग्दैन । यदि त्यस्तो केही समस्या पर्‍यो भने त्यो समस्याको सम्बोधन हामी गर्छौं ।

    त्यसैले आफ्नो घरबाट टाढा रहेर काम गर्नेलाई घरसम्म पुग्ने मौका पनि त दिनुपर्यो नि । अघिल्लोपटक एकाएक लकडाउन घोषणा गर्दा नागरिकले विभिन्न समस्या भोग्नु परेको तपाईं-हामीलाई थाहा नै छ नि । त्यसैले जानेले पक्कै पनि आफ्नो र घर/परिवारको ख्याल गरेर, जनस्वास्थ्यका मापदण्ड पालना गरेरै जानुभएको होला ।

    घर-घरमा गएर पक्कै पनि क्वारेन्टाइन र आइसोलेसनमा उहाँहरू बस्नुहुनेछ भन्ने आशा छ । बस्नका लागि म अनुरोध गर्दछु । त्यसैले गन्तव्यमा जान दियो भन्दैमा कोरोना फैलाएको भन्ने होइन, बरु कसरी फैलन नदिने भन्नेतिर सबैले ध्यान दिनुपर्छ र सबै सचेत हुनुपर्छ ।

    हवाई यातायात सञ्चालन छ, सडक यातायातमात्र बन्द गरिएको छ । हुनेखाने नागरिक यताउता जान सक्ने तर सामान्य नागरिक जान नपाउने देखियो । यस्तो विभेद किन ?

    तपाईंको कुरा एक हिसावले ठीकै हो । तपाईंले दिएको जस्तो सुझावलाई हामी ग्रहण गर्छौं र यो कुरा सम्बन्धित निकायसम्म जानकारी पनि गराएका छौ ।

    अब आन्तरिक र बाह्य उडान के गर्ने र त्यहाँका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गृहकार्य आवश्यक छ । सार्वजनिक यातायातका साधनलाई रोक लगाएको अवस्थामा आन्तरिक उडान सुचारु राख्दा त्यसका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि छ । यी सबै कुरालाई हामीले सुझावका रूपमा लिएका छौं र सम्बन्धित निकायमा जानकारी पनि गराइसकेका छौं ।

    निषेधाज्ञाका कारण दैनिक ज्यालादारी मजदुरले रोजगारी गुमाउनेछन् । उनीहरूलाई कसले हेर्ने ? रोगले भन्दा भोकले मर्ने अवस्था त नआउला ?

    हामीले समस्यामा परेका नागरिकलाई निःशुल्क खाना खुवाउने व्यवस्थाका लागि तयारी गर्न सबै स्थानीय तहलाई भनिसकेका छौं । अघिल्लो वर्ष विभिन्न सामाजिक संघ-संस्थाले खाना खुवाएको अवस्था थियो ।

    अहिले सबैभन्दा ठूलो कुरा रोग नै हो । भोग मेट्नका लागि त मानिसले चामल पनि खान सक्छ, दाल पनि खान सक्छ । तर, रोगको उपचार भएन भने मृत्युवरण नै गर्नुपर्छ । त्यसैले भोकभन्दा पनि रोगबाट कसरी बच्ने र बचाउने भन्ने नै मुख्य कुरा हो ।

    निषेधाज्ञा जारी भएको दिनदेखि जिल्ला प्रशासन कार्यालयमा अनुमति लिनेको घुइँचो छ । यसमा पनि पहुँचवालाले अनुमति लिएर हिँडडुल गर्ने र पहुँच नहुने मात्रै घरमा थन्किने अवस्था विगतमा देखियो । यसपाली पनि त्यस्तै त होला नि ?

    होइन, अहिले हामीले सबैको निवेदन लिइरहेका छौ । तर, अब अहिले अनुमतिलाई सकेसम्म निरुत्साहित नै गरेका छौ । जस्तै अब तपाई एउटा सञ्चारकर्मी हुनुहुन्छ, तपाईंलाई आफ्नै परिचय पत्रका आधारमा आवतजावत गर्न दिने भनेका छौ । कर्मचारीलाई आफ्नै परिचय पत्रका आधारमा आवतजावत गर्न दिने भनेका छौ । त्यसैले सबैलाई अनुमति दिएर हुँदैन ।

    हामीले अनुमति दिने विषयमा पनि सीमा तोकेका छौ । त्यसमा अब अत्यावश्यक परेको व्यक्ति सानो होस् वा ठूलो होस्, त्यसलाई हामीले समान रूपमा नै अनुमति दिन्छौं र दिइरहेका पनि छौं । त्यस्तो भेदभाव भएको पनि छैन र हुन पनि दिँदैनौ हामी ।

    आदेशको पहिलो बुदाँमा विवाह गर्नका लागि अनुमति जरुरी छैन भनिएको छ । यही बुदाँको पनि दुरूपयोग नहोला भन्ने के छ र ?

    होइन, अब कोही व्यक्तिले हिँडडुल गर्नकै लागि नक्कली बिहे त के गर्ला र ?

    नक्कली बिहे नगरे पनि बिहेको बहाना त गर्न सक्ला नि ?

    नक्कली विवाह गरेर, गाडी रिजर्व गरेर जान त्यति सजिलो छैन । जस्तै दुलाहा-दुलही बनाउन पर्‍यो, उनीहरूको ड्रेस र गरगहना बनाउन पर्‍यो । दुलहा र दुलही हो/होइन भन्ने कुरा प्रष्ट चिनिन्छ पनि । नक्कली र सक्कली के हो भनेर प्रहरीले चेकजाँच गरिहाल्छ नि । त्यसैले नक्कली भेटियो भने कारवाही हुन्छ ।

    सार्वजनिक सवारीसाधन बन्द भएपछि मान्छेले पैदल यात्रा गर्न पाउने कि नपाउने ?

    पैदल यात्रा त गर्न पाउने भए । तर, काम नै नभइ यत्तिकै पैदल यात्रा गर्न पाउने कुरा भएन । काम विशेषले मात्र गर्न पाइन्छ । जस्तो बिहानको समयमा हामीले अत्यावश्यक सामग्री तरकारी, फलफूल, खाद्यान्न खरिद गर्नका लागि ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको समय छुट्याइदिएका छौं । त्यो बीचमा हामी हिँडडुल गर्न दिन्छौं ।

    अन्य अवस्थामा प्रहरीले अनुगमन गरिदेला । प्रहरीले अनुगमन नगरेको ठाउँमा रोग त फैलिन्छ नि । अरु जेसुकै भए पनि व्यक्ति नै सचेत हुनुपर्‍यो । अनावश्यक भीडभाडमा जानु भएन । यदि गयो भने प्रहरीले होल्ड गर्ने, जरिवाना गर्ने र नियन्त्रण गरेर कारवाही गर्ने काम गर्छ ।

    छोटो समयका लागि मात्रै पसल खोल्दा भीडभाड भएर झन् कोरोना फैलिने डर हुँदैन ?

    होइन, बिहान हामीले ६ बजेदेखि १० बजेसम्म भनेपछि ४ घण्टाको समय दिएका छौं । यो पनि किनमेल गर्नका लागि पर्याप्त समय हो नि । ४ घण्टा पसल खुल्छ भने खाली भएको समयमा पनि आउन सकियो नि । त्यसैले किन बिहान ६ बजे नै भीड लाग्न पर्‍यो र ? बिहान भीडभाड नै भयो भने पनि साँझ ५ बजेदेखि ७ बजेसम्म जाँदा भयो ।

    अत्यावश्यक सामग्री बोक्ने बहानमा वा प्रेस पासको दुरूपयोग हुने सम्भावना कति देख्नुभएको छ ?

    यसमा पनि अनुगमन हुन्छ । हामीले प्रहरीलाई भनेका छौं । मलाई मिडियाको नक्कली परिचय पत्र जारी भएको खबर आएको छ । अब हामी सबै मिडियालाई तपाईंका कति जना कर्मचारी छन् भनेर विवरण माग्छौं । र त्यसलाई प्रमाणित गर्छौं । अनि त्यो विवरण प्रहरीलाई उपलब्ध गराउँछौं । यदि नक्कली भेटियो भने किर्तेमा कारवाही गर्छौं ।

    प्रहरीले सडकमा नै नक्कली र सक्कली कसरी छुट्याउँछ ?

    जस्तै तपाईंले नै काम गर्ने नेपाल प्रेस छ नि । तपाईंको परिचय पत्र आधिकारिक संस्था नेपाल प्रेसबाट नै जारी भएको हो कि होइन भनेर हामी प्रमाणित गछौ । अनि हामी मिडियामा पनि बुझ्छौ तपाइको कर्मचारी हो कि होइन भनेर । त्यो व्यक्तिको हाजिरी जेकजाँच गर्छौं । यदि वास्तविक कर्मचारी हो भने नियमित हाजिर भएको होला । उसको विवरण होला । उसले नियुक्ति पत्र प्राप्त गरेको होला । यति सबै कुरा बुझ्दा भेटिएन भने त्यो नक्कली परिचय पत्र जारी गर्ने व्यक्ति को हो, उसको खोजी गरेर किर्ते र अन्य प्रचलित कानूनअनुसार कारवाही गर्छौं ।

    निषेधाज्ञाका बीच जिल्ला प्रशासन लगायत अन्य कार्यालयबाट के-कस्ता सेवा प्रवाह हुन्छन् ?

    शान्ति सुरक्षा, मुद्दा-मामला तथा अत्यावश्यक सिफारिस हामी अहिले पनि गरिरहेका छौं । अरु हामीले जारी गर्ने भनेको त्यही राहदानी हो, नागरिकता हो । यदि कोही कसैलाई विदेश जानुपर्ने भयो तर राहदानी नवीकरण भएको छैन भने त्यो पनि गरिदिन्छौं, त्यो त्यति ठूलो कुरा पनि भएन । तर, अब अहिले विदेश जान सबै रोकिएको हुनाले नागरिकताको त्यति जरुरी पर्छ जस्तो लाग्दैन । यदि त्यस्तो केही समस्या पर्‍यो भने त्यो समस्याको सम्बोधन हामी गर्छौं ।

    निषेधाज्ञाको पालना नगर्नेलाई के-कस्तो कारवाही हुन्छ ?

    स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन २०२० अनुसार नै कारवाही हुन्छ । त्यसमा जरिवानाको व्यवस्था छ, कैदको व्यवस्था छ, सचेत गराउने व्यवस्था छ । त्यही नै हो ।

    अत्यावश्यक अवस्थामा सवारीसाधन चलाउनुपर्दा जिप्रकाले कसरी सहयोग गर्छ ?

    त्यस्तो व्यक्तिको हकमा हामी यातायात व्यवसायी संघसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउने सोचमा छौं । त्यसको व्यवस्थापन पनि हामी गर्छौं ।

  • विवाह-व्रतबन्धमा १५ जनासम्मलाई छूट, पार्टी प्यालेसका लागि अनुमति लिनुपर्ने

    विवाह-व्रतबन्धमा १५ जनासम्मलाई छूट, पार्टी प्यालेसका लागि अनुमति लिनुपर्ने

    काठमाडौं । विहीबारदेखि काठमाडौं उपयत्यकामा लागु हुन लागेको दुई साता लामो निषेधाज्ञा (लकडाउन)को बेला विवाह र व्रतबन्ध सांस्कृतिक गतिबिधि १५ जनामा सीमित राखेर गर्न पाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले थप आदेश जारी गर्दै दुलाहा-दुलहीसहित १५ जना सहभागी भएर ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गर्न पाउनेछन् । त्यसका लागि जिल्ला प्रशासनबाट अनुमति पास आवश्यक नपर्ने जनाइएको छ ।

    तर विवाह र ब्रतबन्ध गर्न पार्टी प्यालेस प्रयोग गर्नु परेमा भने जिल्ला प्रशासनबाट अनुमति लिनुपर्नेछ । तर पार्टी प्यालेसमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

    विवाहव्रतबन्धमा सहभागी भइ अरु जिल्ला फर्किनुपर्ने भएमा चालकसहित बढीमा सात जना सम्मको लागि सम्बन्धित स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने बताइएको छ । त्यस्तै मृत्यु संस्कार र विरामी कुरुवाको हकमा जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने छ ।

  • कास्कीमा आजदेखि निषेधाज्ञा- सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

    कास्कीमा आजदेखि निषेधाज्ञा- सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

    पोखरा  । कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले सोमबार १५ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

    अत्यावश्यक कामबाहेक सम्पूर्ण भिडभाडजन्य गतिविधिहरु बन्द गर्न आदेश दिए पनि यातायतामा भने जोरबिजोर प्रणाली लागू गरिएको छ ।

    निषेधाज्ञापछि बिहानैदेखि कास्कीको मुख्य शहरी क्षेत्र पोखरा सुनसानप्रायः छ । बजारका अत्यावश्यक बाहेकका कुनैपनि पसलहरु खुलेका छैनन् । बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।

    पोखराका मुख्यमुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकिङ गरिरहेका छन् । मास्क नलगाएकालाई सम्झाउने र ‘जोर’ अंकमा सवारी साधन चलाउनेलाई कारवाही गरिएको छ । निषेधाज्ञा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट ६ सय ३५ जना प्रहरी परिचालित छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डीएसपी सुवास हमालले मंगलबार बिहानमात्रै २ सय ८१ वटा दुईपांग्रे, ८४ वटा चारपांग्रे र निषेधाज्ञा अटेर गरेर खोलिएका २ सयभन्दा पसल बढी बन्द गराएको जानकारी दिए । ‘अहिलेसम्म मान्छेलाई चाहिँ नियन्त्रणमा लिएका छैनौं,’ उनले भने ।

    यातायातमा जोरबिजोर प्रणाली लागू भएपछि बाटोमा फाटफुट मोटरसाइकल, ट्याक्सी, सार्वजनिक बसलगायत सवारी साधन देख्न सकिन्छ । तर, बाटोमा भिडभाड गर्ने गरी मान्छेहरु हिँड्डुल गरेको देखिँदैन ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा मंगलबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार मंगलबारसम्म गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९ छ ।

    त्यसमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमामात्रै ७ सय २७ जना सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ । जसमध्ये कास्कीकामात्रै १ सय २० जना छन् ।

  • लकडाउनमा सर्वोच्चले जनस्वास्थ्यसँग सम्बन्धित रिटमात्र दर्ता गर्ने

    लकडाउनमा सर्वोच्चले जनस्वास्थ्यसँग सम्बन्धित रिटमात्र दर्ता गर्ने

    काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्ट संक्रमण बढ्न थालेपछि सरकारले भोलिदेखि राजधानीसहित उच्च संक्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा घोषणा गरेको छ ।

    निषेधाज्ञाको समयमा सर्वोच्च अदालतले पनि जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिटको मात्र दर्ता र सुनुवाई गर्ने भएको छ ।

    मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित मुद्दाहरुमात्र अगाडि बढ्न सक्ने निर्णय गरेको हो । त्यसबाहेकका सबै सेवा स्थगित हुनेछन् ।

    उच्च अदालत, जिल्ला अदालत र अन्य अदालतको हकमा स्थानीय परिस्थिति र जोखिमको मूल्यांकन गरी आफैंले निर्णय लिन सक्ने सुविधा दिइएको छ ।

    लकडाउनको समयमा वा सर्वोच्च अदालत बन्द भएको समयमा मुद्दा, रिट तथा निवेदनहरुमा रहेको हदम्याद, म्याद र तारेख नगुज्रिने पनि पूर्ण बैठकले निर्णय गरेको छ । अदालतको अर्को पूर्ण बैठक बैशाख ३१ गते बस्नेछ ।

     

  • लकडाउनमा वित्तीय संस्था र विवाहका सवारीलाई पास आवश्यक नपर्ने

    लकडाउनमा वित्तीय संस्था र विवाहका सवारीलाई पास आवश्यक नपर्ने

    काठमाडौं । विहिबारदेखि सुरु हुने लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको आदेशमा मंगलबार संशोधन गरी सो व्यबस्था गरेको हो । साथै विवाहमा सहभागी हुन व्यानर र दुलाह-दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ ।

  • दाङमा १७ देखि २५ गतेसम्म हप्ता लकडाउन हुने

    दाङमा १७ देखि २५ गतेसम्म हप्ता लकडाउन हुने

    दाङ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दाङमा १७ गतेदेखि लकडाउन हुने भएको छ ।

    सरोकारवाला संगको छलफल पश्चात् जिल्ला प्रशासन कार्यालयले आगामी १७ गतेदेखि २५ गतेसम्म पुर्णरूपमा लकडाउन गर्ने भएको हो ।

    प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले १७ देखि २५ गतेसम्म लकडाउन गर्ने र त्यसपछि अवस्था हेरेर थप कदम चाल्ने जानकारी दिएका छन् ।

  • लकडाउनमा दिइने सेवाबारे बैंकहरूको यस्तो छ तयारी

    लकडाउनमा दिइने सेवाबारे बैंकहरूको यस्तो छ तयारी

    काठमाडौं । सरकारले कोभिड-१९ दोस्रो लहर शुरू भएको भन्दै बिहीबारबाट काठमाडौं उपत्यकासहित प्रभावित ठाउँमा लकडाउन घोषणा गरेको छ ।

    अत्यावश्यक वस्तु तथा सेवा बाहेकका अन्य क्षेत्रहरूमा प्रतिबन्धात्मक बन्देज लगाएको छ । सरकारले वित्तीय सेवालाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा राखेपनि निषेधाज्ञाको अवधिमा बैंकिङ सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बेंकर्स संघले जनाएको छ ।

    बुधवार ९ बजे बस्ने बैंकर्स संघको बैठकले सञ्चालनको मोडालिटी तय गर्ने संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

    ‘बैंक कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सबैसंग सुझाव मागेका छौं । प्राप्त सुझावबारे भोली छलफल गरेर निर्णय लिन्छौं’ दाहालले नेपाल प्रेससँग भने । जिल्ला प्रशासन कार्यालयहरूको पत्र प्राप्त भएपनि सरकारको निर्णयको व्यहोरा प्राप्त नभएकाले आवश्यक निर्णय गर्न ढिलाई भएको उनले बताए । मन्त्रिपरिषदको निर्णय आज प्राप्त हुने भन्दै उनले बैंकिङ सेवा नरोकिने गरी लकडाउनमा पनि प्रभावकारी सेवा दिने प्रयास गरिने जानकारी दिए ।

    ‘अत्यावश्यक सेवा भएकोले बैंकिङ सेवा सुचारु राख्ने र लकडाउनमा पनि प्रभावकारी बनाउने गरी निर्णय लिन्छौं’, दाहालले भने ।

    मन्त्रिपरिषद्ले बैकिङ क्षेत्र सञ्चालनका लागि विशेष व्यवस्था नगरेपनि न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गर्ने बैंकहरुको तयारी छ । कोभिड १९ का लागि आवश्यक स्वास्थ्य मापदण्डहरू कडाईका साथ लागू गर्न राष्ट्र बैंकले गत वैशाख ६ गते नै ९ बुँदे निर्देशन जारी गरिसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकको निर्देशन पालना हुनेगरी बैंकहरुले सेवा सुचारु गर्नेबारे आफैं निर्णय लिनसक्ने बताए । सरकारले बैंकिङ सेवाबारे थप निर्णय गरे स्वतः कार्यान्वयनमा आउने ढकालले जानकारी दिए ।

    वैशाख ६ को निर्देशनमा के थियो ?

    नेपाल राष्ट्र बैंकले बैशाख ६ गते कोरोना महामारीको दोस्रो लहर बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूलाई ९ बुँदे स्वास्थ्य प्रोटोकल कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको थियो ।

    विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न केन्द्रीय बैंकले निर्देशनमा उल्लेख गरिएको छ । निर्देशनमा बैंकमा ग्राहकको भौतिक उपस्थिति कम गराउन डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भनिएको छ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै एटीएम बुथमा सेनिटाइजर र टिस्यूपेपर अनिवार्य राख्न भनिएको छ । गोष्ठी सेमिनारहरू भर्चुअल रूपमा गर्नपनि सूचित गरिएको छ ।

    बैंकका कर्मचारीहरुमा कोभिड संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गरी संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन र ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका कर्मचारीलाई क्वारेन्टिनको व्यवस्था गर्न समेत राष्ट्र बैंकले निर्देश गरेको छ ।

  • काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ ।

    मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।

    कोभिड-१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने ती मन्त्रीको भनाई छ । बैठकमा नेपाल-भारत सीमालाई बन्द गर्ने छलफल भएको पनि जनाइएको छ ।

  • काठमाडौंमा ‘लकडाउन’: के-के खुल्छन्, के-के खुल्दैनन् ?

    काठमाडौंमा ‘लकडाउन’: के-के खुल्छन्, के-के खुल्दैनन् ?

    काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंका तीनै जिल्लालाई एक हप्ता ‘लकडाउन’ मा राख्ने सरकारले निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णयमा ‘लकडाउन’ शब्द भने प्रयोग गरिएको छैन ।

    नेपाल प्रेसलाई प्राप्त काठमाडौंका प्रजिअको लिखित आदेश अनुसार आगामी वैशाख १६ गते बिहान ६ बजेदेखि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ ।

    अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने छैन । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाइ टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका हकमा सहजीकरण गर्न सकिने भनिएको छ ।

    यसैगरि, सरकारी कार्यालय लगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्वन्धित मन्त्रालय वा विभागको अनुमति लिइ सवारी साधन प्रयोग गर्न पाइनेछ ।

    अन्य व्यवसायका हकमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका साधन सञ्चालन गर्न पाइनेछ । यीबाहेक भिडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।

    सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्नका लागि बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम २ मिटरका भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ ।

    नेपाल सरकारका कर्मचारी बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । यस्तै, सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बन्धित संस्थाले जारी गरेको प्रेस पासका आधारमा आवतजावत गर्न सक्ने भनिएको छ ।

    काठमाडौं उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्यरुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्ने छ । अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा प्रवाह हाललाई स्थगित गर्ने सीडिओको आदेशमा उल्लेख छ ।

  • लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

    लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

    काठमाडौं । कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ । महामारी कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो भने थाहा हुन्छ । आम नागरिकले बेड, अक्सिजन, आइसीयु तथा रेमडेसेभिर लगायतका औषधि पाउन मुस्किल भएको छ ।

    कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ । हामीले गल्तीमाथि गल्तिको चांग थप्दै नगएको भए यो अवस्था आउने थिएन । हरेक समस्याको समाधान हुन्छ । समाधान रुखबाट झर्दैन । यसको लागि मनैदेखि लाग्नुपर्दछ ।

    सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने र गर्ने गर्थ्यौं ।

    १ बर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडिया लगायतका देशमा जस्तै दैनिक गतिबिधि गर्न सक्थ्यौं । नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही र सरकारको मापदण्ड पालना गराउन गृह मन्त्रालयलाई सक्रिय नगर्नुको कारण हो । सबैले राजनीति खाने, राजनीति सुत्ने अनि राजनीतिका गफ गर्ने देश संसारमा हाम्रो मात्रै होला ।

    अब हामीसँग बिकल्प साँघुरा हुँदैछन् । आम नागरिकको जीवनभन्दा ठूलो केहि हुँदैन । त्यो पर्नेलाई थाहा हुन्छ । १५ दिन पहिले गर्नुपर्ने लकडाउन अब हुँदैछ । गतसालको जस्तो कर्मकाण्डी लकडाउन गर्ने हो भने यसको कुनै अर्थ छैन ।

    लकडाउन गर्नु परे उल्लेखित मोडेलमा गरौँ अन्यथा भारतका धनाढ्यले जहाज चार्टर गरेर विदेश भागेझैं गाउँतिर लागौं ।

    • २/३ दिनको समय दिएर आफ्नो घर जाने वातावरण तयार गर्नुपर्छ ।
    • लकडाउन केवल ३ हप्ता गर्नुपर्छ । २० दिन पनि हैन, २२ दिन पनि हैन, ३ हप्ता भित्री बस्ती, गल्ली, चोक, बजार सबैतिर ब्यापक प्रहरी परिचालन गर्ने, माइकिंग गर्ने, पर्चा छर्ने, लापरबाही गर्नेलाई जरिवाना गर्ने काम ब्यापक गर्नुपर्दछ । त्यो ३ हप्ताको नेतृत्व गृह मन्त्रालयले लिनुपर्दछ ।
    • स्वास्थ्य मन्त्रालयले ३ हप्तामा परीक्षणको दायरा ब्यापक रुपमा फराकिलो गर्ने, अक्सिजन प्लान्ट थप्ने, मर्मत गर्ने, अक्सिजन सिलिन्डरको स्टक कायम राख्ने, अस्पतालका कोभिड बेड बढाउने, आइसीयु थप्ने, अक्सिजन बेड थप्ने, आइसीयु तथा भेन्टिलेटर अपरेट गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिने, अत्यावश्यक औषधि स्टक राख्ने, महामारी कम भएका जिल्लाका उपकरण तथा जनशक्ति महामारी बढी भएका क्षेत्रमा परिचालन गर्ने, आइसोलेसन केन्द्र थप्ने लगायतका काम गर्नुपर्दछ 
    • सुचना तथा संचार र शिक्षा मन्त्रालयले जनाचेताको लागि कार्यक्रम उत्पादन तथा प्रसारण र प्रकाशन गर्ने । परराष्ट्र मन्त्रालयले खोपको लागि चीन, रुस, कोभ्याक्ससंग कुटनैतिक पहल गर्ने तथा भारत लगायत देशमा फसेका नेपालीको उपचार र उद्दारको लागि पहल गर्ने गर्नुपर्दछ । मिडियाले खाली सडक र बन्द सटर देखाउने होइन, भित्री बस्ती र गल्ली र चोक आदिमा आवतजावत कस्तो छ ? प्रहरी परिचालन कस्तो छ ? त्यसको निगरानी राख्ने ।
    • सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायसंग समन्वय गरेर काम गर्ने ।
    • सिमानाका पूर्ण रुपमा शिल गर्नुपर्दछ ।
    • आम नागरिकले सरकारले जारी गरेका निर्देशन पालना गर्ने, लकडाउनको समयमा घरभित्र बस्ने, सामान किन्न निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, भीडभाड नगर्ने गर्नुपर्दछ ।
    • सामाजिक संस्था, टोल सुधार समिति, क्लब, वडा आदिले आफ्नो क्षेत्रमा अनुगमन र जनचेतना फैलाउने काम गर्नुपर्दछ । यसो गरेमा ३ हप्तामा संक्रमित कि घरमै ठिक हुन्छन् , कि अस्पताल जान्छन् । तर समुदायमा संक्रमण सार्न सक्दैनन् । यो कडाइले अहिलेसम्मको संक्रमण सेटल हुन्छ । ३ हप्तापछि आवतजावत नियमन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गराउने, दण्ड जरिवानाको ब्यबस्था गर्ने तथा कडाइलाई कायम गर्ने गर्नुपर्दछ ।
    • यो पटकको लकडाउन छोटो, कडा र परिणाममुखी बनाउन सबैले हातेमालो गरौँ । यसपटकको प्रजाति निकै संक्रामक र घातक छ । १ जनाले पनि नजरअन्दाज नगरौं ।
  • बर्दियामा आजदेखि लकडाउन

    बर्दियामा आजदेखि लकडाउन

    रूपन्देही । साेमबारदेखि बर्दिया जिल्लामा पनि लकडाउन गरिने भएकाे छ ।

    छिमेकी जिल्ला बाँकेमा काेराेना संक्रमण दर बढ्दै गएपछि बर्दिया लकडाउन गरिएको हाे ।

    नेपालगन्ज उपमहानगरमा दोस्रो हप्ता थपसहित बाँकेमा एक साताका लागि ‘लकडाउन’ घोषणा भएसँगै बर्दियामा सोमबारदेखि लागू हुने गरी ‘लकडाउन’ घोषणा गरिएको छ ।

    हरेक दिन कोरोना संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश सहित जिल्लाका अधिकाँस स्थानमा ‘लकडाउन’को सुचना जारी गरिएको छ ।

    स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा भनिएको छ । जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

    लकडाउनकाे आदेश गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

    प्रजिअ सुनारका अनुसार ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा पनि ‘लकडाउन’को निर्णय लागू हुनेछ ।                                                           

  • तत्काल लकडाउन नहुने, कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन (भिडियो)

    तत्काल लकडाउन नहुने, कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देश गरेका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताएका हुन् ।

    ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड-१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जाकमनकारी गारउनुभयो’, बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

    बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने , नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गरेका थिए । स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि बैठकमा चर्चा भएको थियो ।

    ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ’, ज्ञवालीले भने ।