Tag: रौतहट

  • एमाले महाधिवेशनमा रौतहटबाट २८ जना प्रतिनिधि, प्रभु साहकी पत्नीदेखि सांसद रेखा झासम्म (सूचीसहित)

    एमाले महाधिवेशनमा रौतहटबाट २८ जना प्रतिनिधि, प्रभु साहकी पत्नीदेखि सांसद रेखा झासम्म (सूचीसहित)

    रौतहट । नेकपा एमालेको १०औं महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन भएका छन् । चितवनमा १० देखि १२ मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन गरिएको हो ।

    जसमा माओवादीबाट एमालेमा आएका नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साहदेखि संघीय सांसद रेखा झासम्म छन् । रेखा झा हालै सभामुखमाथि माइकले प्रहार गर्न खोजेर चर्चामा आएकी थिइन् ।

    उपेन्द्र प्रसाद साह, राजकिशोर यादव, उमाशंकर साह, गीतादेवी साह, कुमारी बबिता साह क्षेत्र नम्बर एकबाट छन् ।

    क्षेत्र नम्बर २ बाट मनोजकुमार यादव, अबुल कलाम आजाद, त्रिभुवन साह, कपिलदेव पटेला, परनिया देवी, शैलेन्द्र साह छन् ।

    त्यसैगरी क्षेत्र नम्बर ३ बाट सियाराम कुशवाह, मणिशंकर निधि, पलट चौधरी, नरेश साह नुरहा, विजय यादव, रिना साह, कान्तिदेवी महतो छन् ।

    क्षेत्र नम्बर ४ बाट तुलसीराज गिरी, उद्धव प्रसाद रेग्मी, बिना साह, राजु धामी, वैद्यनाथ सहनी चयन भएका छन् ।

    दलिततर्फ राजनाथ माझी, चन्द्रेश्वर वैठा, ठगा दास, मन्दुतिया देवी रहेका छन् ।

  • पदमुक्त गर्ने माओवादीको पत्रबारे उपप्रमुख महतो- प्रचण्डलाई शहीदको श्राप लाग्छ

    पदमुक्त गर्ने माओवादीको पत्रबारे उपप्रमुख महतो- प्रचण्डलाई शहीदको श्राप लाग्छ

    गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ती देवी महतोले प्रचण्डलाई शहीदको श्राप लाग्ने टिप्पणी गरेकी छन् ।

    रौतहट जिल्लाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा लागेपछि पद रिक्त गराउन माओवादीले प्रक्रिया अघि बढाएको थियो । 

    एमालेमा लागेको आरोपमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेको पत्र निर्वाचन आयोगलाई लेखेपछि महतोले आक्रोश जनाएकी हुन् ।

    प्रचण्डले शहिदको रगत र जनयुद्धमा आफुहरूको योगदान बिर्सेको आरोप लगाउँदै उनले भनिन्, ‘जनताको मतबाट आएकी मलाई पदबाट हटाउन खोज्नु एक महिलामाथिको निरंकुश कदम हो ।’

    उनका पति श्याम महतोले माओवादी जनयुद्धमा ज्यान गुमाएका थिए । कान्तिदेवीले विज्ञप्तिमा प्रचण्डले शहीद र फतुवा विजयपुरका जनताको अपमान गरेको भन्दै पदको लोभले माओवादीमा नफर्किने बताएका छन् । विज्ञप्तिमा भनिएको छ–म एक शहिद परिवार । मेरो श्रीमान श्याम महतो जनयुद्धको मैदानमा शहिद हुनुभएको थियो । मजस्ता हजारौंको बलमा आज प्रचण्ड नेता बनेका हुन् । तर म एउटा गरिब परिवारको सदस्य, पविारका सदस्य गुमाएँ प्रचण्डको पक्षमा लाग्दा । म जस्तो एक शहिदको पत्नीको पद पनि प्रचण्डलाई नपचेको यो कस्तो बिडम्बना हो । अब प्रचण्डको पतन निश्चित छ ।

    उनले जनयुद्धका शहिदलाई शहिद घोषणा नगराउने, घाइतेको उपचार नगरी अलपत्र पार्ने, जनमुक्ति सेनाको पैसाले आफ्नो परिवार पाल्ने र अरुलाई सडकमा पुर्याउने काम प्रचण्डले गरेको आरोप समेत लगाएकी छन् ।

    उनले भनेकी छन्–आफ्नो छोरीलाई चुनाव जिताउन कांग्रेस संग मिल्ने, आफू चुनाव जित्न एमाले संग मिल्ने प्रचण्ड चाहिं माओवादी हुने । तर हामी आफ्नो बलमा जनताको साथले चुनाव जित्दा माओवादी नहुने ?

    यो पनि पढ्नुहोस् :