Tag: राहदानी

  • पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

    पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

    काठमाडौ । नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थालिएको छ । पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।

    राजधानीमा आज आयोजित औपचारिक समारोहबीच परराष्ट्रमत्री नारायण खड्काले १०२ वर्षीय जोशीलाई पासपोर्ट प्रदान गरे ।

    नेपालमा योसँगै तेस्रो पुस्ताको पासपोर्ट औपचारिक रूपमा प्रगोगमा आएको छ । यसअघि हस्तलिखित, एमआरपी राहदानी प्रचलनमा थियो । ई-पासपोर्टका लागि सर्वसाधारणले भने केही साता प्रतीक्षा गर्नुपर्ने भएको छ ।

  • सेवाग्राहीको  गुनासो: भिडमा बसेर राहदानी लिन बाध्य छाैं

    सेवाग्राहीको गुनासो: भिडमा बसेर राहदानी लिन बाध्य छाैं

    काठमाडौं । सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन ।

    मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिएका हुन ।

    छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैंले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोना कालमा पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

    उनले आफैले भौतिक दुरीमा बसेर काम गर्न नियम बनाउने सरकारले सेवाग्राहीलाई समेत भीडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गरे । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको हो ।

    उता, धनुषाबाट आएका धिरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गरे । उनले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको पनि बताए ।

    राहदानी नविकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उहाँले कोरोनाको जोखिम मोलेर पनि आफूहरु राहदानी लिन भीडमा बस्न बाध्य हुनु परेको पनि स्पष्ट पारे ।

    सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने बेलामा भिडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ । उनीहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन ।