Tag: राष्ट्रिय स्वास्थ्यकर्मी संघ

  • १५ बुँदे माग पूरा गर्न प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको ज्ञापनपत्र

    १५ बुँदे माग पूरा गर्न प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको ज्ञापनपत्र

    काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ,नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएर कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुको १५ बुँदे माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् । स्वास्थ्यकर्मी संघले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने र नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सरकारी तथा सम्पूर्ण क्षेत्र लाग्न आग्रह गरेका छन् ।

    स्वास्थ्यकर्मीहरुबाट बढी भन्दा बढी सेवा लिनका लागि स्वास्थकर्मीका १५ बुँदे मागहरु पूरा गर्नुपर्ने संघले बताएको छ । संघले जारी गरेको विज्ञप्तीमा सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तुरुन्त उपलब्ध गराउन, सो सुविधा उपलब्ध नगराउने सस्थाहरुलाई कारवाहीको दायरामा ल्याउन, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा सक्रमित भएका सबै स्वास्थ्यकर्मीहरुका लागि उचित किसिमको आइसोलेशनको व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीको निशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्यकर्मीहरु र अग्रस्थानमा खटिने कर्मचारीहरुको यथाशिघ्र वीमाको व्यवस्था गर्न समेत माग गरेका छन् ।

    यस्तै नेपाल सरकारले कोभिड -१९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हाल सम्म पनि पूरा नदिएकाले तुरुन्त दिइने व्यवस्था मिलाउन, स्वास्थ्यकर्मीहरुलाई प्रयाप्त स्वास्थ्य सुरक्षा सामाग्रीहरुको व्यवस्था र निःशुल्क पीसीआर टेस्टको व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

    यसैगरी खोप केन्द्रहरुमा देखिएको भिडभाड नियन्त्रणको लागि पर्याप्त मात्रामा स्वयम सेवक सुरक्षाकर्मी परिचालन गरि भिड नियन्त्रण गर्ने कार्य अवलम्बन गर्न, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमा हुने भिडभाड, तोडफोड र हातपात गर्नेहरुलाई तुरुन्तै कारवाहीसँगै पिडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपूर्तिको व्यवस्था गरिदिन समेत आग्रह गरेका छन् ।

    करारमा नियुक्ति भई निरन्तर काम गरिरहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको म्याद थप साथै खोप सेवा र कौभिड १९ को महामारीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न समेत स्वास्थ्यकर्मी संघले आग्रह गरेको अध्यक्ष राम बहादुर चन्दले बताए ।

  • राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतमा नयाँ नेतृत्व

    राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतमा नयाँ नेतृत्व

    सुर्खेत । नेकपा एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल सुर्खेतमा नयाँ नेतृत्व आएको छ । विहीबार सम्पन्न तेस्रो हस्तराज गिरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

    संघको उपाधक्ष्यमा कर्णबहादुर आचार्य, उपाध्यक्षमा नरेश्वरी शाही, सचिवमा यमप्रसाद अधिकारी आएका छन् । गगनसिंह पाण्डे सहसचिव र अर्चना न्यौपाने कोषाध्यक्ष बनेका छन् ।

    नवनिर्वाचित अध्यक्ष गिरीले पेशागत हक हित र अधिकार कार्यान्वयन गर्न र गराउन आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।