Tag: रामेछाप एमाले

  • रामेछाप एमालेले चुनावबाटै पायो नयाँ नेतृत्व, कसलाई कति मत ?

    रामेछाप एमालेले चुनावबाटै पायो नयाँ नेतृत्व, कसलाई कति मत ?

    रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीको अध्यक्षबाहेक सबै पदमा निर्वाचन भएको छ । अध्यक्षमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । उपाध्यक्षमा इन्द्र तामाङले चुनावी प्रतिस्पर्धाबाट जितेका छन् ।

    त्यस्तै सचिवमा पनि पुरुषोत्तम कडरियाले गोपाल श्रेष्ठलाई पराजित गरेका छन् । कडरिया गत वर्ष नेकपा विभाजनपछि केही समय तत्कालीन केपी ओली पक्षले बनाएको नेकपाको जिल्ला सचिव थिए ।

    जिल्ला कमिटी उपसचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल निर्वाचित भएका छन् । कार्की यसअघि एमालेको जिल्ला प्रचार विभाग सदस्य तथा राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष थिए ।

    जिल्ला कमिटी सदस्यतर्फ मन्थली नगरपालिका र खाँडादेवी तथा लिखु तामाकोशी गाउँपालिकाबाहेक भूगोलबाट सदस्य सर्वसम्मत भएका थिए ।

    निर्वाचनबाट क-कसले जिते ? यस्तो छ- मत परिणाम :

  • रामेछाप एमालेका ७ पालिकामा नेतृत्व सर्वसम्मत, लिखु तामाकोशीमा चुनाव हुने (सूचीसहित)

    रामेछाप एमालेका ७ पालिकामा नेतृत्व सर्वसम्मत, लिखु तामाकोशीमा चुनाव हुने (सूचीसहित)

    रामेछाप । नेकपा एमालेले रामेछाप जिल्लाका ८ मध्ये सात स्थानीय तहमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । लिखु तामाकोशी गाउँपालिका कमिटीमा भने अध्यक्षसहित पदाधिकारीमा सहमति नभएका कारण कात्तिक २४ गते निर्वाचन तोकिएको जिल्ला कमिटीका पूर्वसचिव पुरुषोत्तम कडरियाले बताए ।

    दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा एमालेले एक नगरपालिकासहित ५ स्थानीय तह जितेको थियो । अधिवेशनबाट अधिकांश पालिकामा नयाँ अनुहार नेतृत्वमा आएका छन् ।

    सबै ठाउँमा सर्वसम्मत भए पनि लिखु तामाकोशीमा केही पदमा सहमति हुन नसकेकाले फेरि पनि सर्वसम्मत नेतृत्व चयनको पहल हुने जिल्ला सचिव आनन्द श्रेष्ठले बताए ।

    मन्थली नगर कमिटीमा सबै पदमा सर्वसम्मत भए पनि सचिवमा चुनाव भएको थियो । लिखु तामाकोशीमा पनि सदस्यहरु सर्वसम्मत भइसकेका छन् । अध्यक्षमा भीम तामाङ, लिला श्रेष्ठ र केशर पौडेलको उम्मेदवारी परेको छ ।

    ७ स्थानीय तहका अध्यक्ष र सचिव यस प्रकार छन् :-

    उमाकुण्ड गाउँपालिका

    अध्यक्ष-रुद्रमणी नेवार

    सचिव-चन्द्र खाती

    गोकुलगंगा गाउँपालिका

    अध्यक्ष-दीपक कार्की

    सचिव-तेम्बा शेर्पा

    मन्थली नगरपालिका

    अध्यक्ष-रामबाबु घिमिरे

    सचिव-राजु कार्की

    रामेछाप नगरपालिका

    अध्यक्ष-रोशन पाख्रिन

    सचिव- सुन्दर घिमिरे

    खाँडादेवी गाउँपालिका

    अध्यक्ष-पुष्करकुमार कार्की

    सचिव-मोतिलाल तामाङ

    सुनापति गाउँपालिका

    अध्यक्ष-ज्ञानकुमार योन्जन

    सचिव-रोज ग्यापक

    दोरम्बा गाउँपालिका

    अध्यक्ष-प्रेम लामा

    सचिव- देउबहादुर थापा मगर

  • जेठ २ मा फर्कियो रामेछाप एमाले, आनन्दले शान्तिलाई सुम्पिए अध्यक्षको जिम्मेवारी

    जेठ २ मा फर्कियो रामेछाप एमाले, आनन्दले शान्तिलाई सुम्पिए अध्यक्षको जिम्मेवारी

    मन्थली । नेकपा एमाले रामेछाप २०७५ जेठ २ अघिको अवस्थामा फर्किएको छ । प्रदेशसभा सदस्य समेत रहेका शान्ति प्रसाद पौडेल माधव नेपाल समूह छाडेर एमालेमै बस्ने भएपछि उनी अध्यक्षमा पुनर्बहाली भएका छन् ।

    नेकपा एकीकरणपछि माओवादीले अध्यक्ष पाउँदा पौडेल सचिव भएका थिए । सर्वोच्चको फैसलाले एमाले ब्युँतिए पनि पुस ५ पछि साविक नेकपाको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरिया चुनिएसँगै एमालेको नेतृत्व उनीहरुकै हातमा थियो ।

    पौडेल एमालेमै क्रियाशील भएसँगै सोमबार बसेको पदाधिकारी बैठकले १० बुँदे सहमतिअनुसार पार्टीका जिल्ला तथा स्थानीय संरचनाहरुलाई अघि बढाउने निर्णय गरेको जिल्ला अध्यक्षबाट सचिवको जिम्मेवारीमा फर्किएका आनन्द श्रेष्ठले जानकारी दिए ।

    सोमबारबाटै शान्ति पौडेल एमाले अध्यक्षको जिम्मेवारीमा फर्किएका छन् । जेठ २ अघिका जिल्ला इन्चार्ज देवशंकर पौडेल नेकपा एसमा लागेका कारण जिल्ला इन्चार्जको जिम्मेवारीमा भने कैलाश ढुंगेलकै निरन्तरता भएको छ ।

    ढुंगेलको उपस्थितिमा बसेको बैठकले भदौ २६ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको छ । अब एमाले जिल्ला अध्यक्ष पौडेल, उपाध्यक्ष प्रेम तामाङ, सचिव आनन्द श्रेष्ठ र उपसचिव झम्क कँडेल बहाल भएका छन् ।

    रामेछापबाट केन्द्रीय सदस्य देवशंकर पौडेल, मन्थलीका मेयर रमेश बस्नेत र एकजना वडाध्यक्षसहित केही व्यक्ति नेकपा एसमा सामेल भएका छन् ।