Tag: रामप्रसाद गौतम

  • रुपन्देहीका ४ सय होटल आइसोलेशन र क्वारेन्टिन बनाउनका दिने

    रुपन्देहीका ४ सय होटल आइसोलेशन र क्वारेन्टिन बनाउनका दिने

    रुपन्देही । कोरोना संक्रमितको संख्या बढ्दै गएको रुपन्देहीमा व्यवसायीहरुले ४ सय होटल आइसोलेसन बनाउन दिने भएका छन् । उनीहरुले कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर १ हजारभन्दा बढी कोभिड संक्रमितहरुलाई राख्न सक्ने गरी तयारी गरेको जानकारी दिएका छन् ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले कोभिडको दोस्रो चरणको माहामारी फैलँदै गएसंगै जिल्लाका ४ सय होटलहरुलाई आइसोलेशन र क्वारेन्टाइन बनाउनका लागि राज्यलाई सहयोग गर्न तयार रहेको अध्यक्ष रामप्रसाद गौतमले बताए ।

    उनले महामारीको संकटमा राज्यलाई थप आर्थिक संकटमा नपार्नका लागि संघले संस्थागत निर्णय गरेको बताए । गौतमले कोभिडको महामारीमा व्यवसायीहरुलाई राहात प्रदान गर्न सरकारले गतवर्ष नै घोषणा गरेको व्यवसायीहरुलाई विद्युत डिमाण्डको चार्ज मिनाह गर्ने निर्णय गरेतापनि विद्युत प्राधिकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएकोमा सरकारको ध्यान जान जरुरी रहेको औल्याए ।

    संघले कोभिडको माहामारीको अग्रभागमा खटिने होटल व्यवसायी र कर्मचारीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । सरकार र स्थानीय तहसंग सहकार्य गरि कोभिड विरुद्धको सचेतना कार्यक्रम गर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ ।

    संघले कोभिड संक्रमित भएका १ हजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा न्युनतम शुल्कमा राख्न सक्ने गरि तयारी गरिएको संघ महासचिव माधवकुमार खनालले बताए ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार बढी व्यवसायी आवद्ध रहेको र करिव ४० अर्व भन्दा बढी लगानी रहेको छ ।

  • होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघको अध्यक्षमा ओली पक्षका गौतम निर्वाचित

    होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघको अध्यक्षमा ओली पक्षका गौतम निर्वाचित

    रुपन्देही । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघको अध्यक्षमा नेकपा ओली पक्ष निकट रामप्रसाद गौतम निर्वाचित भएका छन् । संघको निर्वाचनमा नेकपा ओली पक्ष निकट बाहेक सबै दलको एउटै प्यानल बने पनि निर्वाचनको परिणाम भने ओली पक्ष निकट व्यवसायीले हात पारेका हुन्।

    सोमबार भएको निर्वाचनमा निकटम प्रतिस्पर्धी जीवनप्रसाद श्रेष्ठलाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित भएका हुुन् । श्रेष्ठ प्रचण्ड–नेपाल, नेपाली कांग्रेससहितका ४ दलको समर्थनमा चुनाव लडेका थिए ।

    वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्धितीय उपाध्यक्षमा रोमकान्त पाण्डे निर्वाचित छन् ।

    महासचिवमा माधवकुमार खनाल निर्वाचित भएका भने कोषाध्यक्षमा टंक प्रसाद पराजुली निर्वाचित भएका छन् । सचिवमा अर्जुन थापा र स हकोषाध्यक्षमा खिमराज पोखरेल भने निर्विरोध चयन भएका छन् ।

    सदस्यमा अर्जुन पोखरेल, थम्मन भण्डारी, उमेश सापकोटा, तुलसीराम पराजुली, माधव ढकाल, टंकप्रसाद पोखरेल, रामबहादुर न्यौपाने, कृष्ण प्रसाद पाण्डे, डिल्लीराज अर्याल केशवराज कंडेल, खुमराज ज्ञवाली विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिए ।