Tag: रविलाल पन्थ

  • सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    काठमाडौं । सहसचिव रविलाल पन्थ सचविमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जेष्ठताको आधारमा रबिलाल पन्थको नाम मात्रै सिफारिस गरेको थियो ।

    पन्थको नाम यस अघि २ पटक बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस भइसकेको थियो । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा तीन सहसचिवको नाम बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस हुने गरेको भए पनि जेष्ठताको आधारमा भने पन्थको नाम मात्र सिफारिस भएको थियो ।

    निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन जना सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ ।

    पन्थ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवका जिम्मेवारीमा थिए । बढुवा भएपछि सम्भवत उनलाई कुनै पनि प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइने छ भने प्रदेशमा रहेका एक जना प्रमुख सचिवमा संघीय मन्त्रालयमा तानिने छ ।

    युवा तथा खेलकुल मन्त्रालयका तत्कालिन सचिव केदार न्यौपानेले असोज १२ गते अनिवार्य अवकाश पाएपछि एक सचिवको पद रिक्त रहेको थियो ।

  • सचिव बढुवाका लागि सहसचिव पन्थको नाम सिफारिस

    सचिव बढुवाका लागि सहसचिव पन्थको नाम सिफारिस

    काठमाडौं । एक रिक्त रहेको सचिवमा बढुवाका लागि सहसचिव रविलाल पन्थको नाम सिफारिस भएको छ । सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जेष्ठताको आधारमा रबिलाल पन्थको नाम सिफारिस गरेको हो ।

    पन्थको नाम यस अघि २ पटक बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस भइसकेको छ । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा तीन सहसचिवको नाम बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस हुने गरेको भए पनि जेष्ठताको आधारमा भने पन्थको नाम मात्र सिफारिस भएको हो ।

    निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन जना सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्नेछ ।

    पन्थ अहिले लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवका जिम्मेवारीमा छन् । बढुवा भएपछि सम्भवत उनलाई कुनै पनि प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइने छ ।