Tag: युवा पत्रकारिता पुरस्कार

  • नेपाल प्रेसकर्मी भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

    नेपाल प्रेसकर्मी भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

    काठमाडौं । नेपाल प्रेसका बरिष्ठ सम्वाददाता केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि उनी छानिएका हुन् ।

    भुललाई पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट गरिएको हो । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले चार पत्रकारलाई आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्न लागेको छ ।

    पुरस्कार प्राप्त गर्ने अन्य पत्रकारमा पुर्णबहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । चारै जनलाई एक कार्यक्रममाविच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ ।

    २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार-चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।

     

  • युवा पत्रकारिता पुरस्कारबाट चारजना सम्मानित

    युवा पत्रकारिता पुरस्कारबाट चारजना सम्मानित

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित गरेको छ ।

    पुरस्कृत हुनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभाट, तरङ्ग राष्ट्रिय पाक्षिकका राधा नेपाली र जनता टेलिभिजनमा कार्यरत शिवकुमार अधिकारी छन् । उनीहरूलाई जनही ५० हजार रूपैयाँको दरले मन्त्रालयमा सम्मान गरिएको छ ।

    पुरस्कार प्रदान समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राज्यको हरेक निकायमा पुरानो पुस्तालाई बिदाई गर्दै युवा पुस्तालाई समेट्न सके देशको विद्यमान समस्याको समाधान हुने भन्दै युवा पत्रकारहरुको भूमिका राज्यको हरेक निकायमा युवाहरुको प्रतिनिधित्व आवश्यक छ भन्ने वकालत गर्नु रहेको बताए ।

    पुरस्कृत पत्रकारहरूले आफुहरूले मोफसलमा रहेर युवाहरूको विषयलाई प्राथमिकतामा राखी पत्रकारिता गरिरहेको उल्लेख गर्दै यो सम्मान सुनौलो अवसर भएको बताएका छन् ।