Tag: युवकको डुबेर मृत्यु

  • पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

    रुपन्देही । गर्मी छल्न तिनाउ नदीमा पौडी खेल्न गएका बुटवलका एक युवाको डुबेर मृत्यु भएको छ ।

    पाल्पाको तिनाउ गाउंपालिका तल्लो सिद्धबाबा नजिकै तिनाउ नदीमा पौडी खेल्न गएका बुटवल उपमहानगरपालिका ८ तिनकुने बस्ने २२ वर्षीय हेमन्त शर्माको डुबेर मृत्यु भएको हो ।

    गोलपार्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हिराबहादुर महतका अनुसार चारजना साथीसंगै पौडी खेल्न गएका शर्माको डुबेर मृत्यु भएको हो ।

    पौडी खेल्न गएका पाँच जनामध्ये चारजना खोलामा डुबेपनि पौडी खेल्न जानेका एकजनाले बाँकी तिनजनालाई उद्धार गर्न सफल भएपनि शर्माको भने उद्धार गर्न नपाउंदै मृत्यु भएको महतले बताए ।

    प्रहरीले मृत्यु भएका शर्माको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ ।