Tag: यती एयरलाइन्स

  • दक्षिण अमेरिकाकै अग्लो चुचुरोमा यती एयरलाइन्सका अध्यक्ष शेर्पाले फहराए नेपालको झण्डा

    दक्षिण अमेरिकाकै अग्लो चुचुरोमा यती एयरलाइन्सका अध्यक्ष शेर्पाले फहराए नेपालको झण्डा

    काठमाडौं । यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोना शेर्पाले अर्जेन्टिनाको सबैभन्दा अग्लो माउन्ट अकोन्कागुवा हिमालको सफल आरोहण गरेका छन् ।

    ६ हजार ९६२ मिटर उचाइको सो हिमाल दक्षिण अमेरिकाकै अग्लो हो । जनवरी २४ को विहान ११ बजेर ३० मिनेटमा उनले माउन्ट अकोन्कागुवाको शिखरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।

    सोलुखुम्बका स्थायी बासिन्दा शेर्पाले हालसम्म विश्वका उच्चमध्येका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । अबको लक्ष्य सगरमाथा आरोहण गर्नु रहेको उनले बताएका छन् ।

    थामसेर्कु ट्रेकिङ तथा पर्वतारोहण समूहका समेत प्रमुख रहेका शेर्पालाई यती यरलाइन्सले पछिल्लो सफल आरोहणका लागि बधाई दिएको छ

    यो पनि हेर्नुस् :

    यति समूहका अध्यक्षको पहिलो अन्तर्वार्ता- हाम्रो परिवारलाई ‘भिक्टिम’ बनाइयो, अब मुख खोल्छु

  • यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति

    यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति

    काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ ।

    प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विहीबार यतीलाई अनुमति दिएको हो ।

    ननसेड्युल तथा चार्टर्ड उडान गर्न सक्ने गरी एओसी पाएको प्रवक्ता बर्तौलाले जानकारी दिए । अब यतीले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुकमा उडान गर्ने तयारी गरेको उनले बताए ।

    अहिले यतीसँग एटीआर ७२ र ट्वीनअटर जहाजहरू छन् ।

  • यती एअरलाइन्सको सहयोगमा एयरपोर्ट गेटमा ट्राफिक बत्ती

    यती एअरलाइन्सको सहयोगमा एयरपोर्ट गेटमा ट्राफिक बत्ती

    काठमाडौं । यती एअरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाइट जडान गरेको छ ।

    एअरलाइन्सले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मूल प्रवेशद्वारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो । एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले उक्त ट्राफिकबत्तीको संयुक्त उद्घाटन गरे।

    यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विगतमा यस क्षेत्रमा हुने लामो ट्राफिक जामका कारण हवाई यात्रुहरू समयमै विमानस्थल पुग्न कठिन भएकाले महाशाखासँगको सहकार्यमा ट्राफिक लाईट जडान गरेको जानकारी दिए ।

    एअरलाइन्सले यसअघि पनि ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा ट्राफिक आयल्याण्ड निर्माण, उक्त क्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुका साथै ट्राफिक सूचना बोर्ड निर्माण गरी हस्तान्तरण गरेको थियो । त्यसैगरी, ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोसेन्ट ज्याकेट समेत वितरण गरेको बर्तौलाले बताए ।

  • यती एयरलाइन्सकाे आजका सबै उडान यथावत

    यती एयरलाइन्सकाे आजका सबै उडान यथावत

    काठमाडौं । अग्रणी हवाई संस्था यती एयरलाइन्स र तारा एयरले आजकोलागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको छ ।

    यस अघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीचको छलफलपछि उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा उडानको कोटा तय गर्दा यतीले १० वटा मात्र उडान गर्ने कोटा पाएको थियो ।

    हिजै साँझको मन्त्रीपरिषदको बैठकले सोमबार राति १२ बजेपछि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेसँगै यात्रुको सुविधालाई ध्यानमा राखेर आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको यती एयरलाइन्सले जनाएको छ । साथै उडानका लागि यथाशीघ्र सम्पर्क गर्न पनि यात्रुहरुलाई आव्हान गरेको छ ।

    यती एअरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरु बन्द हुने भएपछि यात्रुबाट आज उडान भर्ने माग बढेकोले उनीहरुको सुविधालाई मध्यनजर गर्दै उडान सुरक्षा र स्वास्थ्य मापदण्डलाई अनुसार सम्पूर्ण उडानहरु यथावत गरेको हो ।

    ‘कोटा प्रणालीअनुसारको उडानतालिकामा कतिपय गन्तव्यका हाम्रा उडानहरु बन्द गर्नुपरेको थियो, अब आज सम्पूर्ण उडान यथावत रहनेछ’, बर्तौलाले भने ।

    आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यका लागि यति एयरलाइन्सले २५ र तारा एअरले ८ वटा उडान तालिका निर्धारण गरेको छ ।

    यसैबीच आन्तरिक उडानका सबै एयरलाइन्सले आजको पूर्वनिर्धारित उडान तालिका यथावत राखेका छन् । बुद्ध एयर, श्री एयर, सौर्य एयर लगायतको नियमित उडानहरु पनि प्रभावित हुने छैनन् ।

    वायुसेवा सन्चालक संघका प्रवत्ता योगराज कँडेलका अनुसार भोलिदेखि हवाई सेवा पनि बन्द हुने भएपछि विमानमा यात्रुको चाप अत्याधिक छ । बैशाख १६ गतेदेखि राजधानी काठमाडौं उपत्यकामा लगाइएको निशेधाज्ञायता सडक यातायात बन्द छ ।