Tag: मोरङ

  • मोरङमा कांग्रेस र एमालेले जिते आठ-आठ वडा (सूचीसहित)

    मोरङमा कांग्रेस र एमालेले जिते आठ-आठ वडा (सूचीसहित)

    विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले र एमालेले बराबरी वडा जितेका छन् ।

    प्रदेश निर्वाचन कार्यालय विराटनगरको पछिल्लो प्राप्त मतपरिणाम अुनसार कांग्रेस र एमालेले आठ–आठ वडामा जितेको छन् । नेकपा माओवादी केन्द्रले एक वडामा जित हासिल गरेको छ ।

    नेपाल कांग्रेसबाट कानेपोखरी गाउँपालिका वडा नम्बर १ मा रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरन्डी, मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा पर्वत राई, मिक्लाजुङ २ मा बलबहादुर श्रेष्ठ, सुनवर्षी नगरपालिका वडा नम्बर १ मा वीरबहादुर राई र सुनवर्षी नगरपालिका वडा नम्बर २ मा विनोकुमार राजवंशी विजयी भएका छन् । लेटाङ नग।पालिका ९ नन्दप्रसाद खतिवाडा, बेलबारी नगरपालिका १ मा मणि पुलामीले जितेका छन् ।

    अहिलेसम्म मोरङमा एमालेका आठजना वडाअध्यक्ष विजयी भएका छन् । कटहरी गाउँपालिको वडा नम्बर १ मा हरिनायारण राजवंशी, केराबारी गाउँपालिका १ मा शरण थापा, कानेपोखरी गाउँपालिका ७ मा मोहन प्रसाद अधिकारी, ग्रामथान गाउँपालिका वडा नम्बर ७ मा वीरेन्द्र चौधरी, लेटाङ नगरपालिका वडा नम्बर १ मा विष्णु मगर, कटहरी गाँउपालिक २ सुरेन्द्र राजवंशी, केराबारी गाँउपालिका १० पुर्ण मगर र सुनबर्षी नगरपालिका ३ मा अतनकुमार बुढाथोकी विजयी भएका छन् ।

    माओवादी केन्द्रबाट धनपालथान गाउँपालिका वडा नम्बर १ मा खाजाहुसेन मियाँ विजयी भएका छन् । अहिलेसम्म वडाका पदाधिकारीतर्फ ५३ जना विजयी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • मोरङ कांग्रेसलाई कार्यकर्ता मान्ने कि नेता भन्ने चिन्ता, ‘मिनी गठबन्धन’को मुडमा माओवादी र नेकपा एस

    मोरङ कांग्रेसलाई कार्यकर्ता मान्ने कि नेता भन्ने चिन्ता, ‘मिनी गठबन्धन’को मुडमा माओवादी र नेकपा एस

    विराटनगर । आगामी स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा पनि मोरङमा गठबन्धनमा रहेका दलहरूबीच उम्मेदवारको भागबण्डा मिलाउन सकस भएको छ ।
    केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि मोरङमा मूलतः चार दलीय गठबन्धन हुने देखिएको छ । तर, उनीहरूबीच पनि भागबन्डामा कुरा मिलेको छैन ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले मोरङका १७ स्थानीय तहमध्ये १० स्थानीय तहमा दाबी गरेको छ ।

    ‘हामीले १० स्थानीय तहमा दाबी गरेका छौँ । अन्तिममा आठसम्ममा सहमति हुन सक्छ’ नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले भने, ‘त्योभन्दा कमजोर अवस्थामा त कसरी गठबन्धन गर्ने त ?’ उनले कार्यकर्ताको भावना बुझनुपर्ने एकातर्फको बाध्यता र अर्कोतर्फ केन्द्रको निर्णय मान्नुपर्ने अवस्थाले समस्या भएको बताए ।

    नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्नो हैसियतभन्दा बढी दाबी गरिरहेको कांग्रेसको आरोप छ । कमजोर संगठन र फुटबाट भर्खरै निर्माण भएको एकीकृत समाजवादीले त १७ वटा पालिका रहेको मोरङमा ४ वटा पालिका माग गरेको बताइएको छ ।

    कांग्रेसले आफूले विगतमा जितेका स्थानीय तहमा दाबी गरिरहँदा नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले विगतमा एमालेले जितेका पालिकामा गठबन्धनभित्र दाबी गरेको छ । यद्यपि, एमाले पार्टी विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले अघिल्लो निर्वाचनमा एमालेले हासिल गरेको सफलताको प्रतिफल गठबन्धनभित्रबाट खोज्नु उचित नहुने अन्य घटकको भनाइ छ ।

    यस्तै माओवादी केन्द्रले ६ वटा पालिका माग गरेको छ । जसपाले पनि विराटनगरसहित ४ वटा पालिका माग गरेको छ ।

    मोरङमा भने कांग्रेसले विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, सुन्दरहरैचा नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, कटहरी गाउँपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा जितेको थियो ।

    सत्ता साझेदार दलहरुमा मात्र होइन, प्रमुख प्रतिपक्षी एमालेमा पनि एक्लै प्रतिस्पर्धामा जाने कि विपक्षी अरु दलसँग गठबन्धन बनाउने भन्ने निश्चित भइसकेको छैन । सत्ता पक्षीय पाँच दलले गठबन्धन गर्ने भए आफ्नो विरासत जोगाउन गठबन्धन गर्नैपर्ने बाध्यतामा एमाले देखिन्छ । केन्द्रमा राप्रपासंग चुनावी तालमेल गरेपनि जिल्लातहमा भने तालमेलमा विषयले प्रवेश पाएको छैन ।

    सत्ता गठबन्धनलाई सबैभन्दा ठूलो सकस विराटनगर महानगरपालिकामा देखिन्छ । महानगरमा कांग्रेस र जनता समाजबादी पार्टीले नेतृत्वमा दाबी गदै आएका छन् ।
    केन्द्रीय तहबाटै महानगरको प्रमुखको बिषय टुंग्याउने भनेपनि स्थानीयस्तरमा केन्द्रले गरेको निर्णयलाई कांग्रेस र जनता समाजवादी पार्टीले नमान्ने अवस्था देखिएको छ ।
    समाजवादी पार्टी, संघीय परिषद् सदस्य उमेश यादवले विराटनगर महानगर आफ्नो पार्टीले एक्लौटी रुपमा जित्न हासिल गर्ने भएकाले महानगरको नेतृत्वमा आफनो दाबी रहने बताए ।

    उनले कांग्रेसले नेतृत्व दाबी नछाडे माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मिनी गठबन्धन हुने बताए ।

    कांग्रेसभित्र स्थानीय तहको चुनावमा एक्लै जानुपर्ने मत पनि उतिकै रहेको छ । विराटनगरमा कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गठबन्धन अस्वीकार्य भनिरहँदा सत्ता साझेदारबीच केन्द्रमा बनेको सहमति नै धरापमा पर्ने देखिन्छ ।

    माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रतीले मोरङ जिल्लामा गएको स्थानीय तहको मत परिणमले माओवादी केन्द्रको बलियो उपस्थिति रहेकाले अबको स्थानीय तहमा पनि मोओवादीले कम्तिमा पाँच वटा स्थानीय तह पाउनुपर्ने बताए ।

    ‘गठबन्धन भित्र छलफलकै चरणमा छौं’सचिव उप्रेतीले भने, ‘कम्तिमा पाँच स्थानीय तह माओवादी केन्द्रको भागमा पर्नुपर्छ, यो बटमलाइन हो ।’
    एकीकृत समाजवादी पार्टीले भने एमालेले जितेका स्थानीय तहमा आफनो दाबी गरे पनि यी सबै बिषयमा सत्ता गठबन्धन दलबीचको छलफलबाट टुंगोमा पुग्ने सकिने बताउँदै आएको छ ।

    एकीकृत समाजवादीका नेता महेश रेग्मीले गठबन्धनभित्रका दलहरुको पनि आ–आफनो दाबी विरोध भए पनि छलफलका माध्यमबाट निकास खोजिने बताए ।
    विराटनगर महानगरपालिकामा सत्ता साझेदारमध्ये कस्ले उम्मेदवारी दिन पाउने भन्ने अहिलेसम्म अन्योल छ ।

    माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दाबी गरेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता विपक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्ष पनि गठबन्धन बनाएरै भए पनि विरासत जोगाउने कसरतमा छ ।

  • बिचौलिया काम गरेको आरोपमा विराटनगरबाट २ जना पक्राउ

    बिचौलिया काम गरेको आरोपमा विराटनगरबाट २ जना पक्राउ

    मोरङ । मोरङको विराटनगरमा बिचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्द कुमार साह रहेको प्रहरीले बताएको छ ।

    उनीहरूले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तहरूलाई भेटी ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन’ भन्ने जस्ता अफवाह फैलाउने गरेको प्रहरीले बताएको छ ।

    बिरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने बिचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने गरेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआईटी समूहको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको प्रहरीले बताएको जानकारी दिएको हो ।

    पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।