Tag: मेरो सेयर

  • ‘मेरो सेयर’मा थपियो नयाँ फिचर, आफ्नो सेयरबारे थप जानकारी लिन सकिने

    ‘मेरो सेयर’मा थपियो नयाँ फिचर, आफ्नो सेयरबारे थप जानकारी लिन सकिने

    काठमाडौं । सरकारले बजेटमार्फत लगानीकर्ताले सेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेपछि केन्द्रीय निक्षेप प्रणाली सीडीएससीले ‘मेरो सेयर’ सफ्टवेयरमा नयाँ फिचर थप गरेको छ ।

    साउन १ गतेबाट नयाँ पुँजीगत लाभकर लागू भएपछि सीडीएससीले सेयर अवधि गणना गर्ने फिचर थप गरेको हो । आइतबार साँझ ७ बजेपछि सो फिचर ‘मेरो सेयर’मा देखिने छ ।

    लगानीकर्तालाई आफूले किनेको शेयर कति समय होल्ड गरें भन्ने कुरा सहजै थाहा होस् भनेर यो फिचर निर्माण गरिएको सीडीएससीले बताएको छ ।

    नयाँ पुँजीगत लाभकरमा लगानीकर्ताले एक वर्षभन्दा कम समयमा सेयर बेचे ७.५ प्रतिशत लाभकर र १ वर्षभन्दा बढी होल्ड गरेको छ भने ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ ।

  • कारोबार बढिरहँदा टीएमएसमा समस्या, सम्बन्धित निकाय उदाशीन भएको गुनासो

    कारोबार बढिरहँदा टीएमएसमा समस्या, सम्बन्धित निकाय उदाशीन भएको गुनासो

    काठमाडौं । धितोपत्र सम्बन्धि कारोबारलाई अनलाइन प्रणालीमा आवद्ध गराएपनि बेलाबेलामा यसमा समयमा हुने गर्दछ ।

    मंगलबार दिनभर ग्राहकको बढेको संख्यानुसार हार्डवेयर तथा सफ्टवेयर प्रणालीमा सुधार गर्न नसकेको भन्दै मेरो सेयर सञ्चालनमा आउन नै सकेन । आज पनि उक्त वेबसाइट राम्रोसँग खुलेको छैन । आज ब्रोकर एकाउन्ट टीएमएसमा समस्या देखिएको छ । बजार बढिरहेको समयमा टीएमएस नखुल्दा लगानीकर्ताहरू कारोबार गर्नबाट वञ्चित भएका छन् ।

    जहिले पनि बजार बढेको समयमा नेप्से तथा सीडीएससीका अनलाइन प्रणालीहरुमा समस्या देखिने गरेका छन् । कारोबार गरेवापत लगानीकर्ताहरूसँग रकम असुली गर्ने तर आफ्नो प्रणाली सुधार गर्नतर्फ सम्वन्धित निकायहरूले वास्ता नगर्दा दु: ख भोग्नुपरेको लगानीकर्ता गुनासो छ ।

    बारम्बार हुने टीएमएसको समस्यालाई नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रोनियार  ‘कहि नभएको जात्रा हाँडीगाउँमा’ भएकाे जस्तो बताउँछन् । ‘जब बजार बढ्छ लगानीकर्ताहरुले सेयर खरिदबिक्री गर्न सुरु गरेपछी मेरो सेयर, टिएमएसलगायतका अनलाईन प्रणालीले काम गर्दैन,’ उनले भने  ।

    ‘सेयर कारोबार गरेबापत डिपी चार्ज , सेवन चार्ज, ब्रोक्र कमिसन चर्को रकम असुल गर्छन तर सिस्टमले काम गर्दैन’ यो खर्च कहाँ  गर्छन ? खोज्ने बेला आएको छ उनी भन्छन्र  ‘प्रणालीले काम गर्दैन हाम्रो लगानी हराउने खतरा बढ्यो लगानी डुव्यो भने त्यसको जिम्मेवारी कसले लिने ? हामीले धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर यस बिषयमा कुरा गरेपनि उहाँले यसको सुधारमा चासो देखाउनु भएको छैन।’

    नेप्सेका कार्यकारी प्रमुख यसलाई प्राविधिक समस्या भएको बताउँछन् । उनका अनुसार नेप्सेको टिएमएसमा समस्या आएको हो । अहिले हल भइसकेको छ । मानवीयभन्दा पनि प्राविधिक समस्या भएकाले के भएको भनेर हामी छलफल भइरहेको छ ।

    ‘यो  समस्या मानवीय  त्रुटी नभई प्राविधिक समस्या भएकाले यसलाई के गर्न सकिन्छ र भन्नुहोस न । हामीले गर्न सक्ने भनेको अहिले कारोबारमा रोकिएको समय बराबर समय थप दिने हो । हामी त्यो समय आज थप्छौं’ , उनले भने।