Tag: मृत्यु

  • करेन्ट लागेर महिलाको मृत्यु

    रुपन्देही । करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–३ हिरापोखराकी ३४ वर्र्षीया निरा विकको करेन्ट लागेर मृत्यु भएको हो ।

    गीत बजाउने क्रममा वुफरको तार विद्युतको बोर्डमा जोड्दा नाङ्गो तार छोएपछि करेन्ट लागेको पाल्पा प्रहरीले जनाएको छ ।

    करेन्ट लागेर घाइते भएकी विकको पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

  • विषाक्त घरेलु मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

    विषाक्त घरेलु मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

    सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ पडरियामा आठ जनाको मृत्यु भएको छ ।

    नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए ।

    मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदूर हुन् ।

    मदिरा सेवन गरेका थप तीन जना स्थानीयवासी बिरामी परेका छन् । उनीहरु उपचारपछि निको भएर घर फर्किएको गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताए । जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आए पनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाण्डौंमा पठाउने तयारी गरिएको जानकारी दिए ।

  • ट्रकले किच्दा गुल्मीमा सह-चालकको मृत्यु

    रुपन्देही । गुल्मीको मदाने गाउँपालिकामा ट्रकले किचेर सह-चालकको मृत्यु भएको छ ।

    मदाने गाउँपालिका-२, बाँझकटेरीमा ना २ ख ५७६५ नम्बरको ट्रकको पांग्राले शनिवार बिहान सोही ट्रकका सहचालक प्युठानका २० वर्षिय गगन घर्तिको मृत्यु भएको हो ।

    होम पाईप लगायतको सडकको निर्माण सामग्री बोकेर अर्घाखाँचीतर्फबाट आएको उक्त ट्रक ओरालोमा रोकिएको र सह-चालक घर्तीले पछाडि ओँट लगाउने क्रममा उनलाई पांग्राले किचेको थियो ।

  • चारतले घर भत्कँदा मुम्बईमा ८ बालबालिकासहित ११ जनाको मृत्यु

    चारतले घर भत्कँदा मुम्बईमा ८ बालबालिकासहित ११ जनाको मृत्यु

    मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईस्थित एक आवासीय भवन भत्कँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका छन् ।

    लगातारको झरीको कारण उक्त चारतले भवन भत्किएको अधिकारीहरुले जनाएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीले राज्य सरकारको लापर्वाहीले उक्त घटना भएको आरोप लगाएको छ ।

    बीजेपीले उक्त घटनालाई हत्या भनेको छ ।

    थप मानिसहरु उक्त घरको भग्नावशेषमा पुरिएको हुनसक्ने र उद्धारकर्ताहरु जुटिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

  • भारतमा कोरोनाबाट एकैदिन ६१ सयको मृत्यु

    भारतमा कोरोनाबाट एकैदिन ६१ सयको मृत्यु

    दिल्ली । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा भारतमा एकैदिनमा सर्वाधिक जनाको मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार विहिबार त्यहाँ ६,१४८ जनाको मृत्यु भएको छ । यो संख्या विश्वमै एकैदिनमा सर्वाधिक मृत्यु हुनेको संख्या हो ।

    तर, संक्रमण भने लगातार तेस्रो दिन एकलाख भन्दा कम छ । पछिल्लो २४ घण्टामा ९४ हजार ५२ जना संक्रमित थपिएका छन् ।

    केही पूर्वी राज्यले घर र अस्पतालमा मृत्यु हुनेको संख्या अपडेट गर्दा ती मृतक थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • भेरी नदीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

    भेरी । नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका-१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो । जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए ।

    गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
    -रासस

  • पाकिस्तानमा दुई रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु

    पाकिस्तानमा दुई रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानमा यात्रुवाहक दुईवटा एकापसमा जुध्दा ३० जनाको मृत्यु भएको छ भने दर्जर्नौ घाइते भएको अधिकारीहरुले बताएका छन् ।

    एउटा रेल लिकबाट बाहिरिएपछि दास्रो रेल त्यसमा ठोक्किन पुगेपछि दुर्घटना भएको बताइएको छ ।

    घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ भने अवस्था अत्यन्तै गम्भिर रहेको बताइएको छ । दुर्घटनामा आठवटा डिब्बा ध्वस्त भएको कारण फसेका यात्रुहरुलाई निकाल्न कठिनाइ भएको जनाइएको छ ।

    सोमबार कराँचीबाट आइरहेको रेल लिकबाट बाहिरिएको थियो । लगत्तै रावलपिण्डीबाट आइरहेको रेल त्यसमा ठोकिएको हो । के कारणले रेल सडकबाट बाहिरियो भन्ने पत्ता नलागेको बताइएको छ ।

  • रंगरोगन गर्ने क्रममा मेसिन विस्फोट हुँदा एकको मृत्यु

    रुपन्देही । रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।

    नेपालगञ्ज-२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर-१९ का २५ वर्षीय साविराज मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काले बताए ।

    घटनामा सोही मिलमा कार्यरत मजदुर इसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भइरहेको खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

  • कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

    कैलाली । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ३ गोकुलपुरका २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

    शनिबार दिउँसो आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युत्को मूल लाइनमा छोएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

  • उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

    उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

    उदयपुर । कोरोना संक्रमणका कारण रौतामाई गाउँपालिका-७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।

    आज बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

    यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका कारण मृत्यु भएको जिल्लाकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताए । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    रासस

  • कोरोनाबाट एक ३५ वर्षीय चिकित्सकको मृत्यु

    कोरोनाबाट एक ३५ वर्षीय चिकित्सकको मृत्यु

    रूपन्देही । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सो अस्पतालमा कार्यरत कपिलवस्तुका ३५ वर्षीय पशुपति रजौरियाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

    अस्पतालका प्रशासन प्रमुख शुशिल गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डाक्टर रजौरियाको संक्रमणकै कारण मृत्यु भएको हो । उनले कोरोनाविरूद्वको खोप लगाएका थिएनन् । भर्खरै विवाह गरेका श्रीमान श्रीमति नै कोभिडसंगै लडिरहेका थिए ।

    श्रीमति डा. हसिना वानुले कोभिड परास्त गरेपनि डा. रजौरियाले हारेका छन् । उनीहरु दुवै जना भैरहवाको सोही अस्पतालमा कार्यरत थिए । श्रीमति वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो ।

    छोटो समयमै राम्रो पहिचान बनाईसकेका डा रजौरियाको निधनले यस क्षेत्रका स्वास्थ्यकर्मीहरु स्तब्ध बनेका छन् । निकै राम्रो र लगनशिल डाक्टर गुमाउनु परेकोमा अस्पताल परिवार स्तब्ध रहेको गुरुङले बताए ।

  • पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते

    काठमाडौं । चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा बुधवार दुईजनाको मृत्यु भएको हो ।

    महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिए ।

    मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन् ।

    घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।
    -रासस

  • भारतमा कोरोना संक्रमण ओरालो लाग्दै, मृत्युदर भने स्थिर

    भारतमा कोरोना संक्रमण ओरालो लाग्दै, मृत्युदर भने स्थिर

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । १ लाख ९६ हजार ४ सय २७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख २६ हजार ८ सय ५० जना डिस्चार्ज भएका छन् ।

    भारतमा कोरोना संक्रमण दर केहि दिनयता ओरालो लाग्दै आएको छ भने मृत्युदरमा भने कमी आएको छैन । भारतमा कूल संक्रमित हुनेको संख्या २ करोड ६९ लाख भन्दा बढी रहेको छ भने २ करोड ४० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ ३ लाख ७ हजार २ सय ३१ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ८६ हजार ७ सय ८२ जना संक्रिय संक्रमित रहेका छन् ।

  • भारतमा ४४ सयको मृत्यु, २ लाख २२ हजार नयाँ संक्रमित थपिए

    भारतमा ४४ सयको मृत्यु, २ लाख २२ हजार नयाँ संक्रमित थपिए

    दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको कारण ४ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । २ लाख २२ हजार ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् भने २४ घण्टामा ३ लाख २ हजार ५ सय ४४ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ६७ लाख भन्दा बढी रहेको छ भने २ करोड ३७ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    भारतमा हालसम्म ३ लाख ३ हजार ७ सय २० जनाको मृत्यु भइसको छ भने २७ लाख २० हजार ७ सय १६ जना सक्रिय संक्रमित रहेका छन् ।

  • चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

    चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

    चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ ।

    प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन् ।

    चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो ।

    प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ ।

    पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए ।

    घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।
    -रासस

  • भारतमा ४१ सयको मृत्यु, २ लाख ५७ हजार संक्रमित थपिए

    भारतमा ४१ सयको मृत्यु, २ लाख ५७ हजार संक्रमित थपिए

    दिल्ली । कोरोनाभाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १ सय ९४ जनाको मृत्यु भएको छ ।
    २ लाख ५७ हजार २ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ५७ हजार ६ सय ३० जना डिस्चार्ज भएका छन् ।

    भारतमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ करोड ६२ लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ३० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    हालसम्म २ लाख ९५ हजार ५ सय २५ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या २९ लाख २३ हजार ४ सय जना रहेका छन् ।

  • भारतमा २ लाख ७६ हजार नयाँ संक्रमित, ३ हजार ८ सयको मृत्यु

    भारतमा २ लाख ७६ हजार नयाँ संक्रमित, ३ हजार ८ सयको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा ३ हजार ८ सय ७४ जनाको मृत्यु भएको छ । २ लाख ७६ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ६९ हजार ७७ हजार डिस्चार्ज भएका छन् ।

    भारतमा अहिले कोरोना संक्रमण दर भने घट्दै गइरहेको छ । अहिलेसम्म भारतमा २ करोड ५७ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड २३ लाख संक्रमण मुक्त भएका छन् ।

    अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ८७ हजार १ सय २२ जनाको मृत्यु भइसकेको छ भने ३१ लाख २९ हजार ८ सय ७८ जना
    सक्रिय संक्रमित रहेको छ ।

  • तमोर करिडोरमा निर्माणाधीन पुलबाट खसेर एक मजदुरको मृत्यु

    ताप्लेजुङ । तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको खसेर मृत्यु भएको छ ।

    ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा खसेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ । घटनास्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ ।
    -रासस

  • ब्राजिलमा कोभिड-१९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

    ब्राजिलमा कोभिड-१९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

    ब्राजिल । कोभिड १९ बुधबार कोरोनाभाइरस संक्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।

    गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

    ब्राजिलको साओ पाउलो सब भन्दा बढी कोरोनाभाइरस प्रभावित राज्यको रुपमा रहेको पनि सो समाचारमा जनाइएको छ । विश्वमा कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ ।

    कोरोनाबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । तर धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ । विश्वमा कोरोना भाइरसका सबैभन्दा धेरै नागरिक अमेरिकामा, दोस्रोमा भारत र तेस्रोमा ब्राजिलमा संक्रमित भएका छन् ।

  • बाँकेमा १४ घण्टा भित्रमा १७ संक्रमितको मृत्यु

    बाँकेमा १४ घण्टा भित्रमा १७ संक्रमितको मृत्यु

    दाङ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अवधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन ।

    जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगञ्ज १८ की ७३ बर्षिया महिलाको भेरी अस्पतालमा हिजो बेलुका ५ः१५ बजे मृत्यु भएको छ । गढवा ७ दाङकी ३० बर्षिया महिलाको पनि हिजो बेलुका ५ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

    त्यसैगरी, सानोभेरी ११ रुकुमका ३६ बर्षका पुरुषको हिजो राती साढे ८ बजे मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । सोही अस्पतालमा कोहलपुर १२ का ४१ बर्षिय पुरुषको हिजो राती ८ः३५ बजे मृत्यु भएको छ । बढैयाताल २ बर्दियाका ८४ बर्षिय पुरुषको मंगलबार राती ८ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । हिजो राती ९ बजे नेपालगञ्ज ६ का ४५ बर्षिय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

    मेडिकल कलेज कोहलपुरमा राप्तीसोनारी २ बाँकेका ५९ बर्षिया महिलाको गएराती ११ः३० बजे मृत्यु भएको छ । टिकापुर १६ कैलालीका २८ बर्षिय पुरुषको भेरी अस्पतालमा आज बिहान २ बजे मृत्यु भएको छ । कोहलपुर ११ बाँकेकी ५८ बर्षिया महिलाको बिहान ३ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    त्यसैगरी,नेपालगञ्ज ३, बाँकेका ६१ बर्षका पुरुषको मेडिकल कलेज कोहलपुरमा बिहान ४ बजे मृत्यु भएको छ । सोही अस्पतालमा त्रीवेणी १ रुकुमकी २७ बर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ । नेपालगञ्ज ४ का ६७ बर्षिय पुरुषको बिहान ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर ४ बाँकेका ४२ बर्षिय पुरुषको आज बिहान ४ः१५ बजे मृत्यु भएको छ ।

    ठाकुरबाबा ९ बर्दियाका ६३ बर्षिय पुरुषको बिहान ५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा ठाकुरबाबा १ बर्दियाकै ३८ बर्षिया महिलाको बिहान ५ः१५ बजे मृत्यु भएको छ । भेरी अस्पतालमै तुलसीपुर २ दाङका ६५ बर्षिय पुरुषको बिहान ५ः३० बजे र लम्की चुहा ५ कैलालीकी ६८ बर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५३ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

  • भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

    भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

    दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण भारतमा अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।

    दैनिक मृत्यु हुनेको संख्यामा भारतले अमेरिकालाई समेत उछिनेको छ । संक्रमण दर घटेपनि भारतमा मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

    थप २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ लाख ८९ हजार ८ सय ५१ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म २ करोड ५४ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड १९ लाख जना संक्रमण मुक्त भएका छन् ।

    मुत्यु हुनेको कूल संख्या २ लाख ८३ हजार २ सय ४८ रहेको छ भने संक्रिय संक्रमित संख्या ३२ लाख २६ हजार ७ सय १९ छ ।

     

  • भारतमा एकैदिन ४३ सयको मृत्यु, २ लाख ६३ हजार संक्रमित

    भारतमा एकैदिन ४३ सयको मृत्यु, २ लाख ६३ हजार संक्रमित

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा ४ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । २ लाख ६३ हजार ५ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् भने ४ लाख २२ हजार ४ सय ३६ जना डिस्चार्ज भएका छन् ।

    भारतमा हालसम्म २ करोड ५२ लाख २८ हजार ९ सय ९६ जना कोभिड-१९ बाट संक्रमित भएका छन् भने २ करोड १५ लाख ९६ हजार ५ सय १२ जना संक्रमण मुक्त भएका छन् ।

    हालसम्म भारतमा मृत्यु हुनेको संख्या २ लाख ७८ हजार ७ सय १९ जना पुगेको छ भने संक्रिय संक्रमितको संख्या ३३ लाख ५३ हजार ७ सय ६५ रहेको छ ।

     

  • कोरोना संक्रमित पत्रकारको मृत्यु

    कोरोना संक्रमित पत्रकारको मृत्यु

    दाङ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ ।

    रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए ।

    ६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतको निमोनिया भएपछि स्वास्थ्य जटिल बनेको थियो ।

  • इजरायल-प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या २०० पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

    इजरायल-प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या २०० पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

    जेरुसेलेम । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १९७ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व सोमबार आठौं दिनमा प्रवेश गरेको छ ।

    मृत्यु हुनेमा ५८ बालबालिका तथा ३४ महिला रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

    हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ ।

    १२ सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।इजरेलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन् ।

    इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेष्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । शनिबार राति दुबै देशका नेताहरुसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

    बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बाससँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरायली र प्यालेस्टिनीबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ ।

    पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा एपी तथा अल जजिरालगायत विदेशी सञ्चारमाध्यमका कार्यालय रहेको टावरलाई पनि इजरायलले निशाना बनाएको छ ।

    आक्रमणमा ती सञ्चारमाध्यमका कार्यालय रहेको भवन ध्वस्त भएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आइतबारका लागि बोलाइएको छ ।

  • सुदूरपश्चिममा शनिवार दिन १६ संक्रमितको मृत्यु

    सुदूरपश्चिममा शनिवार दिन १६ संक्रमितको मृत्यु

    कैलाली । सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा सबै भन्दा धेरै ९ जनाको मृत्यु भएको छ । कंचनपुरमा ४ जना, बैतडी, डोटी र बझाङमा १/१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

    यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३३३ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ७१७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा १४९ जना संक्रमण मुक्त भएका छन् ।

  • रुपन्देहीमा शनिबार ४८६ जनामा संक्रमण, ९ जनाको मृत्यु

    रुपन्देहीमा शनिबार ४८६ जनामा संक्रमण, ९ जनाको मृत्यु

    रूपन्देही । संक्रमणको केन्द्र बनेको रूपन्देहीमा तीन दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ हजार ३२५ जनाको कोरोना परीक्षण गर्दा ४८६ जनामा संक्रमण देखिएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार एक सय १ पुगेको छ ।

    आज पनि जिल्लामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ९५ महिला र ११३ जना पुरुष गरी २०८ जनामा संक्रमण देखिएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १०४, सिद्धार्थनगर नगरपालिकामा ४८, देवदह नगरपालिकामा ३८, सैनामैना नगरपालिकामा ३४ र ओमसतिया गाउँपालिकामा १४, कञ्चनमा गाउँपालिकामा ८, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिकामा ७/७, मायादेबी गाउँपालिकामा ५, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४, मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ३/३ जना र गैडहवा गाउँपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    यस्तै जिल्लामा पछिल्लो २४ घण्टा भित्र ९ जनाको मृत्यु भएको छ । यससंगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ भने र सक्रिय संक्रमितको संख्या ७ हजार १ सय १ जना पुगेको छ । रुपन्देहीमा शुक्रबार ५१४ जनामा संक्रमण देखिएको थियो भने विहीबार ४९४, बुधबार ९०७ जनामा संक्रमण देखिएको थियो ।

  • कैलालीमा शनिवार ६ संक्रमितको मृत्यु, ५३५ जनामा संक्रमण

    कैलालीमा शनिवार ६ संक्रमितको मृत्यु, ५३५ जनामा संक्रमण

    कैलाली । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका ५ जना र कंचनपुरका १ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

    कैलालीको गोदावरी नगरपालिकाका ३ जना , धनगढी र बर्दगोरियाला १/१ जनाको मृत्यु भएको छ । कंचनपुर भिमदत्त नगरपालिकाका १ जनाको मृत्यु भएको छ ।

    ५३५ जनामा संक्रमण

    पछिल्लो २४ घण्टामा कैलालीका ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८३५ जनाको परीक्षण गर्दा कैलालीका ५३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढी उपमहानगरपालिका भित्रका २७२ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका अन्य स्थानीय तहमा २६३ जना संक्रमित भएका छन् ।कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको छ ।

    अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा १०८ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये १ जना भेन्टिलेटरमा र १४ जना आइसीयूमा छन् । पछिल्लो २४ घण्टामा कोहि पनि निको भएका छैनन् भने १६ जन अस्पताल भर्ना भएका छन् ।

  • गण्डकी प्रदेशमा शनिबार ७७० संक्रमित थपिए, १४ जनाको मृत्यु

    गण्डकी प्रदेशमा शनिबार ७७० संक्रमित थपिए, १४ जनाको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा शनिबार एकैदिन ७७० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा म्याग्दीमा मात्र सर्वाधिक २३० संक्रमित थपिएका छन् । कास्कीमा १६८ र नवलपरासी पूर्वमा १४७ जनामा भाइरस पुष्टि भएको छ । सोही अवधीमा १४ जनाको मृत्यु भएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । पछिल्लो २४ घन्टामा गण्डकीमा मृत्यु भएकामध्ये कास्कीका ६ जना, पर्वत ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १-१ जना छन् ।

    निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसा १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखामा र १ जनाको होइम आइसोलेसनमा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ देखि ७८ वर्ष उमेरका छन् ।

    योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ । शुक्रबार हालसम्मकै धेरै २३ जना संक्रमितको मृत्यु भएको थियो ।

  • कोरोना संक्रमणले ममता बेनर्जीका भाइको मृत्यु

    कोरोना संक्रमणले ममता बेनर्जीका भाइको मृत्यु

    दिल्ली । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका कान्छा भाइ असीमको शनिबार कोरोनासंक्रमणले मृत्यु भएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार उनी कोलकाताको मेडिका सुपरस्पेसिलिटी अस्पतालमा उपचाररत थिए ।

    पारिवारिक स्रोतका अनुसार असीमाको शवलाई कोरोना प्रोटोकल अनुसार दाहसंस्कार गरिने भएको छ ।

    मेडिका अस्पतालका अध्यक्ष आलोक रायले असीमको मृत्यु भएको पुष्टि गरे ।

  • कैलालीमा कोरोनाबाट ८ जनाको मृत्यु, ४३३ जनामा संक्रमण

    कैलालीमा कोरोनाबाट ८ जनाको मृत्यु, ४३३ जनामा संक्रमण

    कैलाली । पछिल्लो २४ घण्टामा ८ जना कोरोन संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका ५ जना, कंचनपुरका २ जना र दार्चुलाला १ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

    कैलालीका पनि ३ जना धनगढी उपमहानगरपालिका भित्रैका रहेका छ । १ जना गोदावरी र १ जना लम्की चुहाका रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    कैलालीमा पछिल्लो २४ घण्टामा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परिक्षण गर्दा कैलालीका ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढी उपमहानगरपालिका भित्रका २५ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका अन्य स्थानीय तहमा ४०८ जना संक्रमित भएका छन् ।

    कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा १०१ जनामा संक्रमण पुष्टि भएको छ । अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा ९८ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये २ जना भेन्टिलेटरमा र १६ जना आइसीयूमा छन् । पछिल्लो २४ घण्टामा २ जना निको भएका छन् भने ७ जन अस्पताल भर्ना भएका छन् ।

  • भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

    भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

    नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ ।

    मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।

    भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ ।

    कोरोनाभाइरस महामारी शुरु भएयता भारतमा कूल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    गत जनवरीबाटै खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ ।

  • माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

  • लुम्बिनी प्रदेशमा १४ संक्रमितको मृत्यु

    लुम्बिनी प्रदेशमा १४ संक्रमितको मृत्यु

    लुम्बिनी । दाङ र बाँकेमा गरी १४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका ६ र बाँकेका ८ छन् ।

    कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा ५, शिक्षण अस्पताल कोहलपुरमा२ र १ जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए ।

    उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका-१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका-६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका-३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

    यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका-२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका-१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति ओलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।

     

  • जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताए ।

    चालू आर्थिक वर्ष २०७७र७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिए ।

    वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको अधिकारीको भनाइ छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आक्रमण गरेको अधिकारीले बताए।

    वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका अन्य घटनामध्ये बाघको आक्रणबाट तीन, गैंडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक÷एक जना रहेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दीका क्रममा अनावश्यकरूपमा जंगल क्षेत्रमा प्रवेश नगर्नसमेत निकुञ्जले अपील गरेको छ ।

  • भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ ।

    मन्त्रालयका अनुसार दैनिक कोभिड-१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

    भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कर्फु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।

    सरकारले कोभिड-१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् ।