Tag: मृत्यु प्रकरण

  • हिरासतमा युवाको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टपछि अरु प्रक्रिया अघि बढ्ने

    हिरासतमा युवाको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टपछि अरु प्रक्रिया अघि बढ्ने

    चौतारा । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालबाट पोष्टमार्टम रिपोर्ट आएपछि अरु प्रक्रिया अघि बढाउन सहमती जनाएका छन् ।

    शुक्रबार पोस्टमार्टम गर्न खोजीएपनि समय अभावको कारणले सम्भव नभएको र शनिबार मात्रै पोष्टमार्टमको रिपोर्ट आउने जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । मृतकका आफन्तहरुबाट जाहेरी आएको छ, पोष्टमार्टमको रिपोर्टमा प्रहरीको कुटपिटबाट मृत्यु भएको देखियो भने कानुन अनुसार कारवाही हुनुर्ने जाहेरीमा छ । डीएसपी बस्नेतले भने-‘अब अरु सबै प्रक्रिया पोष्टमार्टम रिपोर्ट पछि मात्रै सुरु हुन्छ ।’

    हिरासत भित्र युवकको मृत्यु भएपछि गाउँका सयौँ स्थानीय प्रहरी कार्यालयमा आएका थिए । हामीले घटनाको बारेमा सबै जानकारी गराएका छौं, सीसीटीभी फुटेज पनि देखाएका छौं, घटनाको अनुसन्धानमा खटिएको डीएसपी बस्नेतले भने-‘पक्राउ परेको भोलिपल्ट पनि उनी बिरामी भएपछि आफन्तलाई जानकारी गराएर अस्पतालमा लगेका थियौं ।’

    चोरी आरोपमा इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतामा रहेका बाह्रविसे नगरपालिका-७ घुम्थाङका युवाको उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

    बाह्रविसेका मेयर भन्छन् : निष्पक्ष छानविन होस्

    प्रहरी हिरासतमा आफ्नो नगरको स्थानीय मृत्यु भएपछि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले घटनाको निष्पक्ष छानविनका लागि अनुरोध गरेका छन् । मेयर शेर्पाले सामाजिक सञ्जाल मार्फत मानवअधिकारकर्मी, सञ्चारकर्मी, पीडित पक्ष सबैलाई सहभागी गराएर निष्पक्ष छानविन समिति गठन गर्न आग्रह गरेका छन् ।

    प्रहरीको कडा सुरक्षा घेरा भित्र हिरासत कक्षमा रहेका युवाको मृत्यु हुनु दुःखद हो, बाह्रविसे नगरपालिका यस घटनाप्रति दुःख व्यक्त गर्दछ । घटनाको निष्पक्ष छानबिनका लागि हामी अनुरोध गर्दछौ मेयर शेर्पाले भनेका छन् ।

    बाह्रविसे नगरपालिकाको न्यायिक समितिले पनि घटनाको बारेमा अध्ययन गर्ने बताउदै मेयर शेर्पाले पोष्टमार्टम रिपोर्ट दिएपछि त्यही रिपोर्टको आधारमा सत्यतथ्य बाहिर आउने विश्वास गरेका छन् । पोष्मार्टमाको रिपोर्टबाट सबै कुरा थाहा हुने भएकाले त्यो रिपोर्ट नआउदासम्म कोही पनि उत्तेजित नहुनका लागि सबैमा विनम्र अनुरोध गर्दछु मेयर शेर्पाले भनेका छन् ।

  • सुजिता भण्डारी मृत्यु प्रकरण : ८ घण्टापछि राजमार्ग खुल्यो

    सुजिता भण्डारी मृत्यु प्रकरण : ८ घण्टापछि राजमार्ग खुल्यो

    चितवन । मृत भेटिएकी सुजिता भण्डारीको परिवारलाई न्याय दिनुपर्ने माग सहित करिब ८ घण्टा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ । घटनाको निष्पक्ष छानविन गर्ने सहमतिपछि राजमार्ग सुचारु गर्न स्थानीय तयार भएका हुन् ।

    इलाका प्रहरी कार्यालय भण्डारामा मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, चितवन प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, मृतकका परिवारसहितको छलफलपछि सहमति बनेको हो ।

    राप्ती-३ झुरझुरे स्थित पेट्रोलपम्प नजिकै स्थानीयले हत्यारालाई कडा कारवाही हुनुपर्ने ग्यारेण्टी गर्नुपर्ने मागसहित दिनभर नाराबाजी गरेका थिए । प्रदर्शनस्थलबाट करिब ४ किलोमिटर उत्तरतर्फको बह्रमस्थानी सामुदायीक बनको खोल्सामा शव भेटिएको थियो । उनको घरभने प्रदर्शनस्थलबाट दक्षिणतर्फ करिब ५ किलोमिटर टाढा पर्छ ।

    आइतबार मृत भेटिएकी सुजिताको शव जंगलबाट एम्बुलेन्समा प्लास्टिकले बेरेर राजमार्ग क्षेत्रमा प्रहरीको रोहबरमा ल्याइएको थियो । मेयर प्रभा बरालले शवको पोष्टमार्टम गरेर छिट्टै निष्पक्ष छानविन गर्ने र दोषिलाई कडा कारबाही गर्ने प्रतिवद्धतापछि राजमार्ग सुचारु भएको बताइन् । चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले चितवन प्रहरीले शतप्रतिशत रिजल्ट दिने गरी अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाइने बताए । शवलाई पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिदै छ ।