Tag: मीरा खड्का

  • मीरामैयाँको किर्ते प्रकरण- कल्याणले प्रमाणित गरेको पहिलो नागरिकता किन लुकाइन् ?

    मीरामैयाँको किर्ते प्रकरण- कल्याणले प्रमाणित गरेको पहिलो नागरिकता किन लुकाइन् ?

    काठमाडौं । जागिर अवधि लम्ब्याउन नागरिकता र उमेरमै किर्ते गरेकी सर्वोच्च अदालतको न्यायाधीश मीरामैयाँ खड्काले पहिलोपटक लिएको नागरिकता लुकाउन खोजेकी छन् ।

    नेपाल प्रेसले न्यायाधीश खड्काले नागरिकतामा किर्ते गरेको तथ्यसहितको समाचार सम्प्रेषण गरेपछि उनले खण्डन वक्तव्य निकालेर आफूले २०३३ माघ २८ गते ललितपुर जिल्ला प्रशासनबाट लिएको नागरिकताबाहेक अन्य कुनै नागरिकता नलिएको दाबी गरेकी थिइन् ।

    तर, खड्काले खण्डनमा समेत किर्ते प्रयास गरेकी छन् । आफूले एकमात्र नागरिकता लिएको र उमेर फरक हुनुमा न्यायपरिषद दोषी रहेको भनेर उम्किन खोजे पनि उनले २०३२ माघ २८ गते पहिलोपटक नागरिकता लिएको अभिलेख ललितपुर जिल्ला प्रशासन कार्यालयमा भेटिएको छ ।

    खड्काले २०३२ माघ २८ गते नागरिकता लिएको बेला १९ वर्ष उमेर लेखिएको छ । उनले दोस्रोपटक २०३३ माघ २८ मा नागरिकता लिएको विवरण पेस गरेकी छन् । त्यसमा पनि उमेर १९ वर्ष छ ।

    २०३२ सालमा १९ वर्ष भएको व्यक्ति एक वर्षपछि पनि १९ वर्ष नै कसरी हुन्छ ? यो प्रश्नमा मीरामैया प्रवेश गर्न चाहेकी छैनन् । अझ रोचक कुरा चाहिँ के छ भने, मीरामैयाँले २०३२ सालमा पाएको नागरिकताको प्रमाणपत्रमा तत्कालीन शाखा अधिकृत कल्याण श्रेष्ठले प्रमाणित गरेका छन् ।

    हाल मीरामैयाँ लगायत केही हड्ताली न्यायाधीशमार्फत सर्वोच्च अदालत कब्जा गर्ने अभियानको नेतृत्वमा रहेका कल्याण श्रेष्ठले २०३७ साल कात्तिक २७ गते मीरामैयाको नागरिकताको कपीमा प्रमाणित गरेको प्रमाण भेटिएको छ ।

    खड्काले २०३२ माघ २८ गते नागरिकता लिएको बेला १९ वर्ष उमेर लेखिएको छ । उनले दोस्रोपटक २०३३ माघ २८ मा नागरिकता लिएको विवरण पेस गरेकी छन् । त्यसमा पनि उमेर १९ वर्ष छ । २०३२ सालमा १९ वर्ष भएको व्यक्ति एक वर्षपछि पनि १९ वर्ष नै कसरी हुन्छ ? यो प्रश्नमा मीरामैया प्रवेश गर्न चाहेकी छैनन् ।

    त्यसबेला नागरिकतामा शाखा अधिकृत वा सो भन्दा माथिल्लो ओहोदाका सरकारी कर्मचारीले प्रमाणित गरेर कार्यालयको छाप लगाउनुपर्थ्याे । अनिमात्र सो नागरिकताका आधारमा काम हुन्थ्यो ।

    मीरामैयाँ २०३८ सालमा न्याय सेवामा प्रवेश गरेको रेकर्डमा देखिन्छ । त्यसबेला सर्वोच्च अदालतका शाखा अधिकृत श्रेष्ठले प्रमाणित गरेको उनको नागरिकता २०३२ साल माघ २८ गते ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी भएको थियो ।

    याे पनि पढ्नुस् : हड्ताली श्रीमानको नागरिकतामै किर्ते, गोपाल पराजुलीको नजिर मीरामैयामा लागू होला कि नहोला ? (प्रमाणसहित)

    साबिक ललितपुर नगर पञ्चायत वडा नम्बर १६ सहाल टोल बस्ने बद्रीनाथ श्रेष्ठका छोरी वर्ष १९ की मीरामैयाँ श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी नन्दनकुमार कार्कीले नागरिकता प्रदान गरेका थिए ।

    मीरामैयाँ श्रेष्ठ पछि पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट अवकाश भएका शम्भुवहादुर खड्काको दोस्रो श्रीमती बनेपछि श्रेष्ठबाट खड्का थर लेख्न थालेको देखिन्छ । बारा जिल्लाका बासिन्दा खड्काले पहिलो पत्नीसँग सम्बन्ध बिच्छेद नगरी मीरामैयाँसँग बस्न थालेपछि बहुविवाहको मुद्दा लाग्ने भएपछि पहिलोसँग सम्बन्ध बिच्छेद गरेर उनीसँग विहे दर्ता भएको निकटस्थहरु बताउँछन् ।

    २०३२ सालमा लिएको नागरिकता मीरामैयाँले किन लुकाउन खोजिन् ? प्रष्ट छ उनी सो नागरिकता अनुसार एक वर्षअघि नै अवकाश हुनुपर्ने थियो । तर जागिर खाने बेला उनले २०३३ साल माघ २८ गते लिएको दोस्रो नागरिकता पेश गरेको न्यायपरिषदको बुलेटिनमा भेटिन्छ ।

    पुनरावेदन अदालतको न्यायाधीश हुन्जेल उनले २०३३ माघ २८गते जन्म मिति राखेकी थिइन् । तर, मुख्य न्यायाधीश हुने बेला उनको जन्म मिति २०१४ जेठ २ गते कायम भएको अभिलेखमा पाइएको छ ।

    यसरी एउटा नागरिकता नै गायब पारेर अर्को नागरिकताको आधारमा जागिर खाएर अन्तिममा उमेर नै फेरेर सर्वोच्च अदालतमा जागीर अवधि लम्ब्याउन खोज्ने किर्ते न्यायाधीशमाथि न्यायपरिषदले किन छानबिन गर्दैन ? अहिले न्याय सेवाका कर्मचारीहरूले प्रधानन्यायाधीशसमक्ष समेत दबाब बढाएका छन् ।

    खड्कामाथि उमेर ढाँटेर जागिर खाएकोमात्र होइन नागरिकता नै किर्ते गरेको अभियोगमा पनि छानबिन हुनसक्छ । यसअघि तत्कालीन प्रधान न्यायाधीश गोपाल पराजुलीको पनि यस्तै दुईथरी नागरिकताको उमेर विवादमा न्यायपरिषदका तत्कालीन सचिव नृपध्वज निरौलाले पत्र लेखेर अवकाश दिएका थिए ।

    न्यायपरिषद्को अर्थपूर्ण मौनता

    न्यायाधीश खड्काको उमेर विवाद र नागरिकता किर्ते प्रकरणमा नेपाल प्रेसले प्रमाण बाहिर ल्याएपछि अन्य केही मिडियाले पनि त्यसलाई साभार गरेपछि उनले खण्डन गरिन् । तर, अहिलेसम्म न्यायपरिषद् भने मौन छ ।

    न्यायाधीश खड्काले अवकाशको अवधि लम्ब्याउन बनाइएको नागरिकता र फरक मिति रहेका प्रमाणहरू नेपाल प्रेसले सार्वजनिक गरिसकेका छ ।

    न्याय सेवामा प्रवेश गर्दा कर्मचारीका रूपमा भरिएको सिटरोलदेखि पुनरावेदन अदालतको न्यायाधीश हुने बेलाको सिटरोलमा एक वर्ष घटाएको प्रष्ट देखिन्छ ।

    न्यायाधीश खड्का पुरानै मिति अनुसार कायम भए आउदो माघ २८ गते अवकाश लिनैपर्ने हुन्छ । तर, केही महिना बढाउन न्यायाधीश खड्काले जन्ममिति २०१४ साल जेठ २ गते कायम गरेको देखिन्छ ।

    कर्मचारीको रूपमा सेवामा प्रवेश र न्यायाधीश नियुक्तिका बेला पनि सिटरोल भन्नुपर्छ । यस्तो सिटरोलामा शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र भिडाएर राखिन्छ ।

    तर न्यायाधीश खड्काले कर्मचारी हुँदा र पुनरावेदन अदालतको न्यायाधीश हुँदा २०१३ साल माघ २८ गते कायम गरेर भरेको सिटरोल कसरी र के का आधारमा कायम गरिएको हो भन्ने बिषयमा सरोकारवाला निकाय न्याय परिषद् मौन छ ।

    भलै २०३२ सालको नागरिकताबारे न्यायपरिषदको कार्यक्षेत्र नपर्न सक्छ । तर जागिर प्रवेशको नागरिकताबारे बोल्नुपर्ने न्यायपरिषद किन बोलिरहेको छैन ?

    नियमानुसार नै न्यायाधीशहरुको जन्ममिति विवाद भएमा जुन पहिलो मिति छ त्यहि दिन अवकास हुने व्यवस्था छ ।

    यस बिषयमा जिज्ञासा राख्दा एकजना पूर्वन्यायाधीशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय सम्झँदै भने, ‘कुनै पनि न्यायाधीशको विषयमा विवाद आउनै हुँदैन । त्यस्तो विवाद आएमा न्यायिक स्वच्छताका लागि यस प्रकारका विषयहरुको निरुपण तर्कपूर्णरूपमा तत्काल गरिनुपर्छ ।’

    न्याय सेवामा प्रवेश गर्दा कर्मचारीका रूपमा भरिएको सिटरोलदेखि पुनरावेदन अदालतको न्यायाधीश हुने बेलाको सिटरोलमा एक वर्ष घटाएको प्रष्ट देखिन्छ । न्यायाधीश खड्का पुरानै मिति अनुसार कायम भए आउदो माघ २८ गते अवकाश लिनैपर्ने हुन्छ । तर, केही महिना बढाउन न्यायाधीश खड्काले जन्ममिति २०१४ साल जेठ २ गते कायम गरेको देखिन्छ ।

    सुशीला कार्कीले गोपाल पराजुलीको बिषयमा निर्णय गर्दा मीरा खड्का पनि सर्वोच्च अदालतमा नियुक्त भैसकेकी थिइन । त्यतिबेलै यो बिषय उठेपछि सकिसक्नुपर्ने थियो । यदी यो विवाद होईन भने न्यायपरिषद्ले यसको जानकारी दिईसक्नपर्नेमा परिषद्को मौनतालाई अर्थपूर्ण रुपमा बुझ्नुपर्छ ।

    यतिबेला सबैको प्रश्न न्यायपरिषद्तर्फ सोझिएको छ । कुनै समयमा बहालवाला प्रधानन्यायाधीशलाई अवकासको मिति थमाएको न्यायपरिषद्ले न्यायाधीशका विषयमा आएको विवादमा मौन बस्न मिल्दैन ।

    हुन त न्यायाधीशहरू गोपाल पराजुलीलाई जस्तै अन्तिम समयमा अवकाश पत्र थमाउने गरी बसेको हो भन्ने अनुमान पनि गर्छन । यदि यसो हो भने पनि आवश्यक रुपमा बोल्नुपर्थ्याे । न्याय परिषद् पनि नबोल्नु दुखद् छ । यसरी अन्यौलतमा परिषद् बस्नुले सर्वोच्च अदालतका न्यायाधीशहरूमा गोपाल पराजुली प्रकरण दोहोरिने अनुमान पनि गरिएको छ ।

  • हड्ताली न्यायाधीशको किर्ते प्रकरण- न्याय परिषदलाई दोष दिएर उम्किने प्रयास

    हड्ताली न्यायाधीशको किर्ते प्रकरण- न्याय परिषदलाई दोष दिएर उम्किने प्रयास

    काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो नागरिकता तथा उमेरसम्बन्धी विवादमा न्याय परिषदलाई दोष दिएर उम्किन खोजेकी छन् ।

    नेपाल प्रेसले हड्ताली न्यायाधीश खड्काको दुईवटा नागरिकता र तीनथरी उमेरको प्रमाणसहित समाचार प्रकाशन गरेपछि अन्य केही अनलाइनले पनि सो समाचार साभार गरेका थिए ।

    खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले जागिर प्रवेश गरेदेखिनै जन्म मिति २०१४ जेठ २ गते कायम गरेको तर न्याय परिषदको बुलेटिनमा त्रुटिवश आफ्नो जन्म मिति २१३ माघ २८ उल्लेख भएको दावी गरेकी छन् ।

    खड्काको विज्ञप्तिमा भनिएको छ- ‘न्याय परिषदले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायधाीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको चरित्रमा प्रश्न उठाइनु उचित होइन ।’

    यो पनि पढ्नुहोस् : हड्ताली श्रीमानको नागरिकतामै किर्ते, गोपाल पराजुलीको नजिर मीरामैयामा लागू होला कि नहोला ? (प्रमाणसहित)

    खड्काले न्यायपरिषदको बुलेटिनलाई दोष दिएर उम्किन खोजे पनि उनको २०३२ माघ २८ मा लिएको पहिलो नागरिकतामा १९ वर्ष उमेर लेखिएको छ ।

    दोस्रोपटक २०३३ माघ २८ मा उनले १९ वर्ष नै कायम गरेर दोस्रो नागरिकता लिएको अभिलेख ललितपुर जिल्ला अदालतमा छ । जुन अभिलेख नेपाल प्रेसले बाहिर ल्याइसकेको छ ।

    खड्काले २०३८ मा सेवा प्रवेश गरेदेखि पुनरावेदन अदालतको न्यायाधीश हुने बेलासम्म जन्म मिति २०१३ माघ २८ राखेकी छन् । तर, मुख्य न्यायाधीश भएपछि भने २०१४ जेठ २ कायम गरिएको छ ।

  • हड्ताली श्रीमानको नागरिकतामै किर्ते, गोपाल पराजुलीको नजिर मीरामैयामा लागू होला कि नहोला ? (प्रमाणसहित)

    हड्ताली श्रीमानको नागरिकतामै किर्ते, गोपाल पराजुलीको नजिर मीरामैयामा लागू होला कि नहोला ? (प्रमाणसहित)

    काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हटाउने ‘नेता न्यायाधीश’ समूहको नेतृत्वमा रहेकी न्यायाधीश मीरा मैया श्रेष्ठ (खड्का) ले अवकाशको अवधि लम्ब्याउन तीनवटा फरक मिति राखेर नागरिकता बनाएको भेटिएको छ ।

    जागिर प्रवेश गर्दा भरेको सिटरोलदेखि पुनरावेदन अदालतको न्यायाधीश हुँदासम्म कायम रहेको उमेरलाई मुख्य न्यायाधीश हुने बेला एक वर्ष घटाएर अवकाशको बढाउन खोजेको पाइएको हो । न्यायाधीश खड्काले कायम गरेको पछिल्लो नागरिकताको जन्म मिति अनुसार उनी २०७९ जेठ २ गते अवकाश हुनेछिन् ।

    सर्वोच्च अदालतका न्यायाधीशहरुको जन्म मितिसम्बन्धी विवरणमा मीरा खड्काको जन्म २०१४ साल जेठ २ गते कायम छ । तर उनी पुनरावेदन अदालतको न्यायाधीश हुँदाको विवरणमा जन्म मिति २०१३ माघ २८ देखिन्छ ।

    तर त्यसअघि न्यायपरिषदको बुलेटिन र सिटरोलमा रहेको जन्म मिति र पहिलोपटक बनाएको नागरिकता अनुसार भने उनी यहि माघ २८ गते अवकाश हुनुपर्नेछ । यसअघि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई यस्तै दुईथरी नागरिकता र उमेर विवादमा न्यापरिषद सचिवले पत्र लेखेर अवकाश दिएको नजिर समाउने हो भने खड्का पनि किर्ते प्रकरणमा कारवाहीसहित अवकाश हुनेछिन् ।

    सर्वोच्च अदालतका न्यायाधीशहरुको जन्म मितिसम्बन्धी विवरणमा मीरा खड्काको जन्म २०१४ साल जेठ २ गते कायम छ । तर उनी पुनरावेदन अदालतको न्यायाधीश हुँदाको विवरणमा जन्म मिति २०१३ माघ २८ देखिन्छ । मुख्य न्यायाधीश हुने बेला उनले अर्को जन्म मिति कायम गरेको न्यायपरिषद स्रोतले जनाएको छ ।

    खड्काले पहिलोपटक २०३२ साल माघ २८ गते नागरिकता प्रमाणपत्र लिएको अभिलेख भेटिएको छ । त्यसबेला जन्म मितिको साटो नागरिकता लिएको बेलाको उमेर लेख्ने प्रचलन थियो ।

    पुनरावेदन अदालतकाे न्यायाधीश हुँदासम्म कायम रहेकाे मीरा मैयाकाे जन्ममिति ।

    पहिलोपटक नागरिकता लिँदा उनको उमेर १९ वर्ष देखिन्छ । सोही अनुसार उनको जन्म मिति २०१३ माघ २८ कायम भएको हो । सोही नागरिकता अनुसार २०३८ सालमा मीरा न्याय सेवामा प्रवेश गरेकी थिइन् ।

    ललितपुर नगरपालिका तत्कालीन १६ नम्बर वडाकी बासिन्दा मीरा मैया श्रेष्ठ पूर्वन्यायाधीश शम्भुवहादुर खड्काको दोस्री श्रीमती भएपछि उनको थर खड्का कायम भएको थियो ।

    न्यायाधीश खड्काले २०४४ सालमा दोस्रो पटक नागरिकता लिएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको ढड्डामा भेटिएको अभिलेख अनुसार उनले नागरिक लिएको मिति २०३३ र उमेर १९ वर्ष नै कायम छ ।

    यदि दोस्रो नागरिकतालाई आधार मान्ने हो भने उनको जन्म मिति २०१४ माघ २८ गते मान्नु पर्ने हुन्छ । दोस्रोपटक लिएको नागरिकतामा प्रमाणित गर्ने अधिकारी र जारी भएको महिना र गते माघ २८ नै छ । तर नागरिकता प्रमाणपत्र नम्बरको पछाडि ३३/३४ उल्लेख भएकाले दोस्रो नागरिकता २०३३ सालमा लिएको मान्नुपर्छ ।

    तेस्रो नागरिकता अनुसार उनको उमेर २०१४ जेठ २ कायम भएको र सोही विवरण हाल न्यायपरिषदमा रहेको छ । त्यसलाई नै आधार बनाएर आगामी जेठ २ मा अवकाश पाउने भनिएको छ ।

    सर्वाेच्च अदालतकाे न्यायाधीश भएपछि कायम गरिएकाे जन्ममिति ।

    सर्वोच्च अदालतका न्यायाधीशको अवकाश हुने उमेर ६५ वर्ष कायम छ । अहिले न्यायपरिषद बुलेटिनमा कायम भएको खड्काको उमेर अनुसार उनी आगामी जेठ २ गते अवकाश हुनेछिन् । तर न्यायाधीश खड्काले मिति सच्याएर तीनवटा नागरिकता लिएको विषय भने नागरिकता ऐन अनुसार दण्डनीय कसूर हो ।

    सर्वोच्च अदालतमा रहेको जन्म मिति विवरणमा मीरामैयाका मार्कसिट र सिटरोलमा २०१४ जेठ २ कायम गरिएको छ । नागरिकतामा भने २०३३ माघ २८ गते १९ वर्ष उमेर रहेको भनिएको छ ।

    अहिले न्याय प्रशासन ऐन २०७३ को सहारा लिन खोजिए पनि उनको दुईथरी नागरिकता र दुईथरी उमेरको विवाद भने नागरिकता ऐन बमोजिम समाधान हुनुपर्ने सर्वोच्च स्रोतले जनाएको छ ।

    उनले पहिलो नागरिकता भने २०३२ साल माघ २८ गते लिएको अभिलेख छ । यसबाट पनि नागरिकता र जन्म मिति आफू अनुकुल सच्याइएको बुझ्न पर्याप्त आधार छन् ।

    अहिले न्याय प्रशासन ऐन २०७३ को सहारा लिन खोजिए पनि उनको दुईथरी नागरिकता र दुईथरी उमेरको विवाद भने नागरिकता ऐन बमोजिम समाधान हुनुपर्ने सर्वोच्च स्रोतले जनाएको छ ।

    नागरिकता र जन्म मितिका फरक फरक विवरणबारे प्रतिक्रिया लिन पटकपटक फोन गर्दा न्यायाधीश खड्का सम्पर्कमा आउन चाहिनन् । न्यायपरिषद सचिवालयले भने न्यायपरिषद ऐन २०७३ अनुसार न्यायाधीशहरुको पछिल्लो उमेर कायम भएको जनाएको छ ।

    न्यायपरिषदका प्रवक्ता मानवहादुर कार्कीले नेपाल प्रेससँग भने, ‘त्यसबेला उहाँहरुको जन्म मिति नागरिकतामा एउटा, शैक्षिक प्रमाणपत्रमा एउटा र सिटरोलमा एउटा हुने समस्या थियो । न्यायपरिषद ऐन २०७३ अनुसार नागरिकता र प्रमाणपत्रमा एक वर्षको फरक फरेको भने जुन पछिल्लो हुन्छ त्यहि कायम हुने भन्ने आयो उहाँहरुले त्यहि सुबिधा प्रयोग गर्नुभएको होला ।’

    तर मीरा खड्काले आफ्नो जन्म मिति भने न्यायपरिषद ऐन आउनुअघिनै अर्थात मुख्य न्यायाधीश भएकै बेला २०१३ माघ २८ सच्याएर २०१४ जेठ २ कायम गरेको पाइएको छ । सोही अनुसार न्यायपरिषद बुलेटिनमा पनि उनले सच्याउन लगाएको बुझिएको छ ।

    मुख्य न्यायाधीश भएपछि सच्याइएकाे जन्ममिति ।

    खड्काले जागिर खाने बेला भरेको सिटरोलमा जन्म मिति २०१३ माघ २८ नै रहे पनि पछि त्यसलाई सच्याइएको प्रष्ट छ ।

    पुस २७ देखि मीरा इजलासमा बस्न मिल्छ ?

    मीरा खड्काको हकमा तीनवटा जन्म मिति र एक वर्षभन्दा बढीको फरक देखिएकाले गोपाल पराजुलीको जस्तै पहिलो नागरिकताको जन्म मिति जुन हो सोही अनुसार अवकाश हुनुपर्ने सर्वोच्च प्रशासनका एक अधिकारीले बताए ।

    यो विषय विवादमा आइसकेपछि न्यायपरिषदले कुन कदम चाल्छ भन्ने प्रतीक्षाको विषय बनेको छ । तर प्रधानन्यायाधीश राणा आइसकेपछि कुनै पनि न्यायाधीशले अवकाश भन्दा एक महिनाअघिबाट इजलासमा नबस्ने प्रचलन बसाएका कारण मीराले यहि पुस २७ देखि विदामा बस्नुपर्ने हुन्छ ।

    उनले भने, ‘न्याय प्रशासन ऐन २०७३ बमोजिम न्यायाधीशज्यूहरुको १ वर्षभित्रको उमेर नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक हुँदा वा सिटरोलमा फरक हुँदा पछिल्लो कायम हुने भनिएको हो । तर मीरा श्रीमानको एक वर्षभन्दा बढी देखिन्छ । त्यसैले उहाँ यहि माघ २८ गते अवकाश हुनुपर्छ । नत्र पराजुलीलाई जस्तै न्यायपरिषद सचिवले अवकाशपत्र थमाउनुपर्छ ।’

    यो विषय विवादमा आइसकेपछि न्यायपरिषदले कुन कदम चाल्छ भन्ने प्रतीक्षाको विषय बनेको छ । तर प्रधानन्यायाधीश राणा आइसकेपछि कुनै पनि न्यायाधीशले अवकाश भन्दा एक महिनाअघिबाट इजलासमा नबस्ने प्रचलन बसाएका कारण मीराले यहि पुस २७ देखि विदामा बस्नुपर्ने हुन्छ ।

    पछिल्लो पटक प्रधानन्यायाधीश हटाउने अभियानमा दीपक कार्की र खड्काबीच दुवै प्रधानन्यायाधीश बन्नेगरी चाँजोपाँजो मिलाउने भद्र सहमति भएको चर्चा समेत अदालतमा चलेको थियो ।

    चोलेन्द्र शमसेर राणाको बहिर्गमनपछि सर्वोच्चका न्यायाधीशको अवकाश उमेर सम्बन्धी रिट दर्ता गराएर यसअघि संवैधानिक इजलासले संविधान नै संशोधन गरेकै नजिर टेकेर अवकाश उमेर बढाउने र कार्कीपछि मीरा पनि प्रधानन्यायाधीश हुनेसम्मको सहमति भएको चर्चा थियो ।