Tag: मित्रसेन दाहालको निधन

  • कांग्रेस नेता दाहालको निधन

    कांग्रेस नेता दाहालको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ ।

    ओखलढुंगामा कांग्रेसका तर्फबाट प्रदेशससभा सदस्यको प्रत्याशी रहेका दाहाल जेपी प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

    लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट ग्रसित दाहालको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

    पछिल्लो समय उनले काठमाडौंका साँखुमा जेष्ठनागरिक आश्रम निर्माण गरेका थिए ।

    २०७४ सालको निर्वाचनमा उनी ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । उनी नेकपाका अम्बिरबाबु गुरुङसँग पराजित भएका थिए ।