Tag: माथिल्लो तामाकोशी

  • माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

    माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् ।

    देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् ।

    त्यसपछि खिम्ती जलविधुत आयोजनाको अवलोकन पनि आजै प्रधानमन्त्री देउवाले गर्ने उनको सचिवालयले जनाएको छ । माथिल्लो तामाकोशी र खिम्ती जलविधुत आयोजना निर्माण सम्पन्न हुने क्रममा छन् ।

  • डा. प्रकाशशरण महतको गुनासो : माथिल्लो तामाकोशी मैले अघि बढाएको हुँ, सरकारले जस दिएन

    डा. प्रकाशशरण महतको गुनासो : माथिल्लो तामाकोशी मैले अघि बढाएको हुँ, सरकारले जस दिएन

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा आफूले निभाएको भुमिकालाई सरकारले अवमुल्यन गरेको गुनासो गरेका छन् । आजभन्दा १० वर्षअगाडि उर्जामन्त्री छँदा आफूले पहलकदमी लिएर माथिल्लो तामाकोशीको काम शुरु गरेको उनको दावी छ ।

    तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको उनले बताए ।

    डा. महत भन्छन्, ‘अपर तामाकोशी आजभन्दा १० वर्ष अगाडि म ऊर्जामन्त्री भएको बेला अगाडि बढेको हो । त्यो बेलासम्म यसको लगानी कसले गर्ने पनि अनिश्चित थियो । त्यहाँको बाटो नै जोडिएको थिएन । बाटो नबनिकन ठेक्का लगाउने कुरा भएन । ठेकेदारहरुलाई बाटो बनाउन दिइएको थियो, तर उनीहरुले वर्षौं लट्काइरहेका थिए । मैले नै ठेक्का क्यान्सिल गराएर आर्मीले टेकओभर गरी बाटो जोडेपछि ठेक्का लगाउने परिस्थिति बनेको हो ।’

    उनले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको बताए । नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्वको लागत अनुमान गरिएको उनले जानकारी दिए । पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

    यसको लागत ४८/५० अर्ब भन्दा बढी नजाने भए पनि ढिलासुस्ती र मिलेमतो लगायतका कारणले लागत बढाइएको नेता महतले बताए ।

    आफूले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामलाई शुरु गरी योगदान गरेको भएपनि त्यसको मुल्यांकन नभएको उनको गुनासो छ ।

  • माथिल्लो तामाकोशी राष्ट्रिय प्रसारण लाइनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

    माथिल्लो तामाकोशी राष्ट्रिय प्रसारण लाइनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन गरेका छन् । बालुवाटारमा आयोजित भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले वटम थिचेर शिलान्यास गरेका हुन् ।

    स्वदेशी लगानी निर्माण भएको यो आयोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । ४५६ मेगावट क्षमता भएको यो आयोजना थालनी भएको १० वर्षपछि निर्माण सम्पन्न भएको हो । ३५ अर्ब लागतमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयावधि बढ्दा आयोजनाको लागत बढेर ८३ अर्ब पुगेको छ ।

    ६ वटा युनिटमध्ये १ युनिटबाट आज ७६ मेगावट जलविद्युतको परीक्षण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यस आयोजनाको शिलान्यास २०६८ साल जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले गरेका थिए । त्यो बेला ऊर्जा मन्त्री गोकर्ण विष्ट  थिए ।

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस आयोजनाले विद्युतमा आत्मनिर्भर बनाउने बताए । ‘आज एउटा टर्बाइन सञ्चालनमा आयो अब छिट्टै यो आयोजनाका ६ वटै टर्बाइन सञ्चालनमा आएपछी हामी पूर्ण क्षमतामा बिद्युत उत्पादन गर्छ । हामी २०७५ सालमा नेपाललाई लोडसेडिङमुक्त गर्‍यौँ अब यो आयोजनाले हामीलाई आत्मनिर्भर बताउँछ’, प्रधानमन्त्रीले भने ।

    प्रधानमन्त्रीले यो आयोजना निर्माणमा भएको ढिलाइले मुलुकलाई घाटा भएको बताएका छन् । ३५ अर्ब सावाँ र १४ अर्ब ब्याज आम्दानीमा निर्माण गर्ने भनिएको आयोजनाको लागत बढेर ८३ अर्ब पुग्नु दु:खद भएको उनले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई दोष दिएर आयोजना निर्माणको काममा ढिलाइ भयो भन्ने छुट नरहेको बताएका छन् ।
    कार्याक्रममा भएको ढिलाइप्रति व्यंग्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘दायाँतर्फ ऊर्जामन्त्री वायाँतर्फ ऊर्जा सचिव , प्राविधिक र ऊर्जा उत्पादकहरू भए पनि कार्यक्रममा प्राविधिक कारण देखाएर ढिलाइ भयो । सधैँ प्रविधिलाई दोष दिएर ढिलाइ गर्ने छुट छैन ।’

  • माथिल्लो तामाकोशीको ७६ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिँदै, भदौदेखि ४५६ मेगावाट नै जोडिने

    माथिल्लो तामाकोशीको ७६ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिँदै, भदौदेखि ४५६ मेगावाट नै जोडिने

    काठमाडौं । निर्माण सुरु भएको १० वर्षपछि माथिल्लो तामाकोशीको ७६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । ४५६ मेगावाट बिजुली उत्पादन हुने आयोजनाको एक युनिटबाट सोमबार ७६ मेगावाट प्रसारण लाइनमा जोडिने भएको हो ।

    छ वटा युनिटमध्ये अहिलेसम्म तीन वटाको सफल परीक्षण भएको र त्योमध्ये एक वटा युनिटबाट उत्पादित बिजुली प्रसारण लाइनमा जोड्ने तयारी भएको आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार अर्को साता दोस्रो युनिटबाट थप ६७ युनिट बिजुली प्रसारण लाइनमा जोडिनेछ ।

    न्यौपानेले भदौसम्ममा ४५६ मेगावाट नै बिजुली प्रसारण लाइनमा जोडिने बताए ।

    २०६८ साल जेठ ४ गते शिलान्यास भएको उक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवका आयोजनामध्येको एक हो । शिलान्यास भएको ५ वर्षभित्र ३५ अर्ब २९ करोड रुपैयाँ लागतमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, २०७२ सालको भूकम्प, तराई मधेस आन्दोलन तथा नाकाबन्दी, कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनलगायतले आयोजनाको काम प्रभावित भएको थियो ।

    समयमा नै निर्माण सम्पन्न हुन नसक्दा आयोजनाको लागत १३५ प्रतिशतले बढेर करिब ८३ अर्ब पुगेको छ ।

    आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न खिम्ती ढल्केबर २२० केभीको प्रसारण लाइनको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । त्यस्तै, खिम्तीदेखि गर्जाङसम्मको १३२ केभी प्रसारण लाइन परीक्षण अन्तिम चरणमा पुगेको शाक्यले बताए ।

    बिहीबार आयोजनाको पावर हाउसको परीक्षण भएको छ । पावर हाउसबाट क्रमशः लोड बढाउँदै बिजुली पठाउने शाक्यले जानकारी दिए । उनका अनुसार २५, ५० र १०० प्रतिशतका दरले लोड बढाइने छ ।

    आयोजनाले उत्पादन गरेको बिदुली नेपाल विद्युत् प्राधिकरणले औसत चार रुपैयाँका दरले खरिद गर्ने सम्झौता भएको छ ।

  • माथिल्लो तामाकोशीले वैशाखभित्रै उत्पादन थाल्ने, भदौदेखि ४५६ मेगावाट उत्पादन

    माथिल्लो तामाकोशीले वैशाखभित्रै उत्पादन थाल्ने, भदौदेखि ४५६ मेगावाट उत्पादन

    काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले वैशाखभित्रै विद्युत् उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु हुने जानकारी गराएका हुन् ।

    उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए । उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ । वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

    उनले बाँकी बिजुली जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लगिने बताए । आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए । उनले भने, ‘हरेक महिना ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत् सिस्टममा ल्याउँछौं ।’

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन शुरु गर्ने रहे पनि वैैशाखको ३१ गते नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको बताए । ‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन शुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्वीच गरेर वैशाख ३१ गते आशा गर्दैछौं’, उनले भने, ‘तर अहिलेको तालिकाअनुसार जेठ २ गते भनेका छौं । त्यस हिसाबले पहिलो युनिट आइसकेपछि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्त सम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ ।’

    आयोजनाको काममा ढिलाई भएको भन्ने गुनासो आएपछि आफू एक दुई दिनअघि मात्रै आयोजनास्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यहीं गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए । साउन मसान्त सम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत् उत्पादन शुरु भइसक्ने उनको भनाइ छ ।

     

  • प्रधानमन्त्रीले भने- माथिल्लो तामाकोशीमा अस्वभाविक ढिलाइ भयो, अब सहन्न (भिडियो)

    प्रधानमन्त्रीले भने- माथिल्लो तामाकोशीमा अस्वभाविक ढिलाइ भयो, अब सहन्न (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वभाविक ढिलाइ भएको बताएका छन् । अब यस्तो ढिलासुस्ती नसहने उनले चेतावनी दिए ।

    नापि विभागद्वारा आयोजित ‘मेरो कित्ता’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले अबको जोड पेट्रोल, डिजेलभन्दा विद्युततर्फ रहने बताए । यस सन्दर्भमा माथिल्लो तामाकोशीलाई सरकारले अब विशेष चासोका साथ हेर्ने उनको भनाइ छ ।

    ओलीले भने, ‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नु छ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’

    अब यस आयोजनालाई आफूले विशेष ध्यान राख्ने उनले बताए ।

    ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं । अपर तामाकोशीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडान गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन।’