Tag: माओवादी संसदीय दल

  • एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक जारी (तस्बिरहरू)

    एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक जारी (तस्बिरहरू)

    काठमाडौं। एमसीसीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

    आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो ।

    माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

    संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । हिजो प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका थिए ।

    संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ ।

    तस्बिरहरू : उमेश कार्की ।

  • माओवादी संसदीय दलको बैठक दुई घण्टा सर्यो, १० बजे बस्ने

    माओवादी संसदीय दलको बैठक दुई घण्टा सर्यो, १० बजे बस्ने

    काठमाडौं। नेकपा माओवादी केन्द्रले अहिले ८ बजेका लागि बोलाएको बैठक दुई घण्टा पर सारेको छ । बैठक १० बजे बस्दैछ । आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच संसद बैठक बस्नुअघि माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो । आन्तरिक तयारीका लागि बैठक सारिएको माओवादीले जनाएको छ ।

    बैठकमा एमसीसीबारे माओवादीले निर्णय लिने सम्भावना छ । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

    संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । हिजो प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका थिए ।

    संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ ।

  • संसद बैठकअघि माओवादी संसदीय दलको बैठक बस्दै, एमसीसीबारे निर्णय लिने

    संसद बैठकअघि माओवादी संसदीय दलको बैठक बस्दै, एमसीसीबारे निर्णय लिने

    काठमाडौं। संसद बैठक बस्नुअघि नेकपा (माओवादी केन्द्र)को संघीय संसदीय दलको बैठक बस्दैछ । आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादी केन्द्रले बिहान ८ बजे माओवादीको संसदीय दल बैठक बस्न लागेको हो ।