Tag: महानिर्देशक डा. मतिना जाेशी

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशककाे जिम्मेवारी पुन जाेशीलाई

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशककाे जिम्मेवारी पुन जाेशीलाई

    काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशककाे जिम्मेवारी पुनः डा. मतिना जाेशीले पाएकी छन् । प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रवार वैद्यलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् । वैद्यलाई महानिर्देशकको जिम्मेवारी दिइएसँगै महानिर्देशकको जिम्मेवारीमा रहेका उपेन्द्र रायलाई मन्त्रालय सरुवा गरिएको छ ।

    दुग्ध विकास संस्थान (डीडीसी)को म्याद सकिएको बटर काण्डदेखि विभागमा असोज १ गतेदेखि गर्ने भनिएको विषादी जाँच गर्न नसकेको, युनिलिभरको म्याद सकिएको चिया पत्तिको विषयमा उठीरहेको विवादलगायतबारे मन्त्रालय असन्तुष्ट भएपछि उनलाई मन्त्रालयमा तानेर यस अघि महानिर्देशको जिम्मेवारी सम्हालिसकेको वैद्यलाई महानिर्देशकको जिम्मेवारीमा पठाइएको मन्त्रालयले जनाएको छ ।

    यस्तै विभागको काम भन्दा पनि बाहिरको काममा बढी चाहाना देखाएको र बिचौलियासँग मिलेर कर्मचारी चलाउन खोजेको संकेत देखिएपछि केही समय अघि उनले सहमतिका लागि पठाएको कर्मचारी सरुवाको फाइलसमेत मन्त्रालयमा रोकिएको थियो ।