Tag: महन्थ

  • महन्थजीलाई स्वागत गर्न पाउँदा विजयी महसुस गरेको छु : हृदयेश

    महन्थजीलाई स्वागत गर्न पाउँदा विजयी महसुस गरेको छु : हृदयेश

    रुपन्देही । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आफ्नो लाइनले राजनीतिक नेतृत्वको दुरदर्शीतालाई पुष्टि गरिसकेकाले अब छिट्टै नयाँ दल दर्ता गर्ने बताएका छन् ।

    शुक्रबार गृहजिल्ला पश्चिमनवलपरासी आएका त्रिपाठीले नयाँ दल दर्ताबारे कसैसँग पनि छलफल भने नभएको बताए । जनता सामाजवादी पार्टीका नेता महन्थ ठाकुर समूहसँग मिलेर नयाँ पार्टी दर्ता गर्न लागेको भन्नेबारेको चर्चा निराधार हल्ला मात्र भएको मन्त्री त्रिपाठीको भनाइ छ ।

    ‘महन्थजीसँग भेटघाट भइरहेपनि दल दर्ताबारे कुनै छलफल भएको छैन’, उनको भनाइ छ । आफूले तत्कालीन एमालेसँग गठबन्धन गर्दा आरोप लगाउने महन्थ ठाकुर र उपेन्द्र यादवहरू क्रमशः आफूले अंगिकार गरेको राजनीतिक लाइनमा आएको दावी गरे ।

    जसपाका महन्थ ठाकुर पक्ष सरकारमा सामेल हुने तयारीका सन्दर्भमा त्रिपाठीले भने, ‘१९ महिना सरकारमा बसेर जानुभएका उपेन्द्रजीलाई बिदाई गरेपछि अहिले महन्थजीलाई स्वागत गर्न पाउँदा नैतिक र राजनीतिरूपमा विजयी महसुस गरेको छु ।’

  • महन्थ र माधवले ओलीलाई सघाएको तीन दलको निष्कर्ष

    महन्थ र माधवले ओलीलाई सघाएको तीन दलको निष्कर्ष

    काठमाडौं । वैकल्पिक सरकार निर्माणमा भएका असफलताबारे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले समीक्षा गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितले राजनीतिक समीक्षा गरेका हुन् ।

    सो क्रममा वैकल्पिक सरकार निर्माणमा भएका प्रयत्न र कमजोरीबारे चर्चा भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री केपी ओलीको निरन्तरताको कारक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

    ‘महन्थ र माधवजीको भूमिकाले ओलीलाई मद्दत पुगेको निष्कर्ष रह्यो । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा पनि सामान्य छलफल भयो’, बैठकमा सहभागी कांग्रेस नेताले भने । ती नेताका अनुसार ३ दलबीचको राजनीतिक संवाद र सहकार्य निरन्तर राख्न शीर्ष नेताहरू सकारात्मक छन् । ‘गठबन्धन नै त नभनौं फेरि पनि राजनीतिक सहकार्य हुनसक्ने विषयमा खुल्ला छलफल भएको छ’, ती नेताले भने ।

  • महन्थ ठाकुर र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

    महन्थ ठाकुर र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

    काठमाडौं । वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसेका छन् ।

    बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसमेत सहभागी छन् । वैकल्पिक सरकार गठनमा निर्णायक देखिएको जसपाको ठाकुर पक्षले तटस्थ रहने बताउँदै आएको छ ।

    ठाकुर पक्षलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने देखिन्छ । उता जसपानिकट स्रोतले भने एमालेको माधव नेपाल पक्षले राजीनामा दिने सम्भावना टर्दै गएकोले वैकिल्प सरकार जसपाकै नेतृत्वमा बनाउनेबारे बैठकमा प्रस्ताव हुनसक्ने जनाएको छ ।