Tag: मन्त्रिपरिषद पुनर्गठन

  • मन्त्रिपरिषद पुनर्गठन : एक मन्त्री र राज्यमन्त्री हटे, कसलाई कुन मन्त्रालय ?

    मन्त्रिपरिषद पुनर्गठन : एक मन्त्री र राज्यमन्त्री हटे, कसलाई कुन मन्त्रालय ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् ।

    हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।

    पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् ।

    त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

    जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

    यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

    यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

    त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । यसै बिच नवमन्त्रीहरुको शीतल निवासमा शफत ग्रहण भएको छ।

    यो पनि पढ्नुहोस्

    मन्त्रीहरुको सपथग्रहण सम्पन्न, कसले कुन मन्त्रालय पाए (सूचीसहित)

     

  • आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी, को थपिएलान् सातजना मन्त्री ?

    आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी, को थपिएलान् सातजना मन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्न लागेको उच्च स्रोतले जनाएको छ ।

    आजै मन्त्रिपरिषद विस्तारको तयारी रहेको स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । नेताहरुसँग परामर्श टुंगिएमा आजै नयाँ मन्त्री थपिने स्रोतले बतायो ।

    २५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । त्यस्तै रक्षा मन्त्रालय पछिल्लो समय प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ ।

    प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।

    उनीहरुको ठाउँमा अब सबै ओली नेतृत्वको नेकपाका मन्त्रीहरु थपिने भएका छन् । प्रधानमन्त्रीले ककसलाई मन्त्री बनाउँछन् भन्ने निकटस्थहरुले पनि अनुमान लगाउन सकेका छैनन् ।

    माओवादी समूहबाट ओलीलाई साथ दिएका टोपबहादुर रायमाझी मन्त्री बन्ने पक्का भए पनि अरुको बारेमा अनुमान मात्र लगाउन सकिने एक नेताले बताए । अहिले भइरहेका मन्त्रीहरुलाई यथावत राख्ने संकेत प्रधानमन्त्रीले दिएका छन् ।