Tag: मनसुन

  • शनिबारसम्म देशभर वर्षा हुने

    शनिबारसम्म देशभर वर्षा हुने

    काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमा मौसमविद् मिनकुमार आर्यालले बताए । ‘आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ’, उनले भने ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।

    राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव छ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

  • आजदेखि मौसममा क्रमशः सुधार

    आजदेखि मौसममा क्रमशः सुधार

    काठमाडौं । केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः सुधार हुँदै आएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव तीन डिग्री सेल्सियस छ ।

    त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस छ

  • मनसुनबाट हुने सम्भावित जोखिमका लागि तयार रहन गृहमन्त्री खाँडको निर्देशन

    मनसुनबाट हुने सम्भावित जोखिमका लागि तयार रहन गृहमन्त्री खाँडको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणँले मनसुन बाँकी रहेकाले सम्भावित विपदको जोखिम हुन सक्ने क्षेत्रमा पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

    शुक्रबार मन्त्रालयबाट जारी विज्ञप्तीमा बाढीका कारण सडक पुल लगायतका भौतिक संरचनाहरू क्षति भएकाका स्थानमा पुनर्निर्माण र पुनर्स्थापना गर्नसमेत मन्त्री खाँडले निर्देशन दिएको उल्लेख छ ।

    उनले विपद् घटनाका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई तत्काल राहत उपलब्ध गराई, घाईतेको उपचार व्यवस्था मिलाउन भनेका छन् । साथै घरवारविहीनलाई सुरक्षित स्थानमा राखी आवासको पुनर्निर्माणको प्रकृया आरम्भ गर्न भनेका छन् ।

  • एक साता देशभर मनसुन सक्रिय हुने : यी स्थानमा भारी वर्षाको सम्भावना

    एक साता देशभर मनसुन सक्रिय हुने : यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

    महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको सक्रियताले गएरातिदेखिनै देशका पहाडी भेगमा वर्षा हुनुको साथै हाल तराई क्षेत्रमा वर्षा भइरहेको छ । उक्त क्षेत्रमा आज दिनभर वर्षा हुनेछ ।

    मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म वर्षा हुने मौसमविद् पौडेलले बताए । विशेषगरी राति र बिहानको समयमा वर्षा हुनेछ । दिउँसोतिर केही आकाश खुलेपनि रातिको समयमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

    महाशाखाले आज जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको छ । प्रदेश नं १ वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित /चट्याङ र भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    भोलि मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । भदौ ९ गते बुधबार पनि देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

  • मनसुन पुनः सक्रिय, साताभर मौसम प्रतिकुल रहने

    मनसुन पुनः सक्रिय, साताभर मौसम प्रतिकुल रहने

    काठमाडौं । मनसुनी वायु पुनः सक्रिय हुँदा देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको छ । न्यूनचापीय रेखा नेपालभन्दा केहि तल रहे पनि बंगालको खाडीबाट आएको बायुका कारण आइतबार रातीदेखि वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले अहिले कर्णाली र सुदूरपश्चिमबाहेक अन्य सबै प्रदेशमा वर्षा भइरहेको र ती प्रवेशका तराईका भूभागमा धेरै वर्षा भइरहेको जानकारी दिए ।

    ‘अहिले काठमाडौं उपत्यकासहित प्रदेश १ देखि लुम्बिनीका तराई क्षेत्रमा धेरै वर्षा भइरहेको छ । यो क्रम दिउँसोसम्म चल्नेछ,’ उनले नेपाल प्रेससँग भने, ‘अपराह्नतिर वर्षा रोकिए पनि रातीको समयमा पुनः वर्षा हुनेछ ।’

    मौसमविदु पौडेलले यो साताभरि नै मौसम प्रतिकुल रहने अनुमान गरे । ‘अहिले मनसुनको समय हो । यो समयमा पनि मनसुन कहिले सक्रिय हुने त कहिले निश्क्रिय हुने हुन्छ । समग्रमा भन्नुपर्दा यो साताभरि नै मनसुन सक्रिय रहनेछ । विहीबार र शुक्रबार झन् ठूलो वर्षा हुनसक्छ,’ उनले थपे ।

    नेपालमा जुन १३ देखि अक्टोबर २ सम्म मनसुनी समय हो । यसो हुँदा नेपालमा अझै करिव डेढ महिना मनसुनको समय छ । पौडेलले साताभर मनसुन सक्रिय हुँदा जोखिम क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई सजग रहन आग्रह गरेका छन् ।

     

  • देशभर केही दिन मनसुन सक्रिय हुने

    देशभर केही दिन मनसुन सक्रिय हुने

    काठमाडौं । अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

    ‘न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण अझै मनसुन सक्रिय भएको हो, मौसमविद् श्रेष्ठले भने ।

    विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • बिहीबारदेखि मनसुन सक्रिय हुने

    बिहीबारदेखि मनसुन सक्रिय हुने

    काठमाडौं । आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही दिनदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

    बिहीबार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र लुम्बिनी प्रदेशको एक– दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

  • मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    काठमाडौं । मनसुनी वायुको प्रभावले अहिले देशभर बदली र केहि स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत वागमती प्रदेशका केहि ठाउँमा वर्षा भइरहेको मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि स्थानहरुमा वर्षा हुने मौषमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

    उनका अनुसार हिजो र आजको तुलनामा मंगलबार (भोलि)देखि मौसम सक्रिय रहनेछ । देशभरि नै पानी पर्ने सम्भावना रहेको र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना रहेको नगरकोटीले जानकारी दिइन् ।

    आज प्रदेश–१ र सुदूरपश्चिममा वर्षा भारी वर्षा हुनसक्ने भएकाले पहिरोको जोखिम तथा तटीय क्षेत्रका बासिन्दालाई सजग रहन महाशाखाले आग्रह गरेको छ ।

  • सोमबारदेखि मनसुन सक्रिय हुने, अधिकांश स्थानमा मध्यम वर्षा

    सोमबारदेखि मनसुन सक्रिय हुने, अधिकांश स्थानमा मध्यम वर्षा

    काठमाडौं । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

    ‘आज रातिसम्म उक्त रेखा नेपालको तराई भू-भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो’, मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोे छ ।

    सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

  • यसवर्षको मनसुन दशैंसम्म लम्बिने

    यसवर्षको मनसुन दशैंसम्म लम्बिने

    काठमाडौं । यसवर्षको मनसुन लम्बिने भएको छ । मौसम ११३ दिन सक्रिय हुने भनिएपनि जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन दशैंसम्मै लम्बिने जनाएको छ ।

    यो वर्ष असोजको मध्यसम्म मनसुन लम्बिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । दशैंसम्म यसपटक मनसुन लम्बिने सम्भावना रहेको उनको भनाई छ । यो वर्ष घटस्थापना असोज २१ गते परेको छ ।

    यसवर्ष असोज १६ गतेलाई मनसुनको अन्तिम मिति मानिएको थियो तर, मौसमको प्यार्टन बदलिएसँगै मनसुन पनि पछि धकेलिन थालेको हो । विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने घोषणा पहिल्यै गरिसकेको थियो ।

  • शनिबारदेखि मनसुन सक्रिय हुने

    शनिबारदेखि मनसुन सक्रिय हुने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याइएको छ । देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २.२ मिलिमिटर वर्षा भएको छ ।

  • भोलिदेखि मनसुन पुनः सक्रिय हुने, देशभर वर्षाको सम्भावना

    भोलिदेखि मनसुन पुनः सक्रिय हुने, देशभर वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा अहिले मनसुनको प्रभाव रहेको छ । दुई दिनदेखि कमजोर बनेको मनसुन बुधबारदेखि पुनः सक्रिय रहने र त्यसले देशभर मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार भोलिदेखि वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गर्दैछ र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ ।

    ‘आज काठमाडौं उपत्यकामा घाम लागेको छ । बाँकी प्रदेशमा आंशिकदेखि पूर्णए बदली छ,’ वासीले नेपाल प्रेससँग भनिन्, ‘भोलिदेखि मनसुन पुनः सक्रिय रहनेछ । प्रदेश नम्बर १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । केहि स्थानमा भारी र एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।’

    न्यूनचापीय रेखा पूर्वबाट पश्चिमतर्फ सर्दै जाने भएकाले विहीबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताइन् ।

    गत विहीबारदेखि आइतरबारसम्मको निरन्तर वर्षाले देशको मध्य तथा पश्चिम क्षेत्रमा बाढी, पहिलो र भूक्षयले ठूलो क्षति गरेको थियो । राजमार्गहरु अबरुद्ध भएका थिए ।

  • मध्य तराईमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पानी पर्न कम हुने

    मध्य तराईमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पानी पर्न कम हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अहिले देशभरको मौसम प्रतिकुल बनेको छ । खासगरी मध्य र पूर्वी क्षेत्रमा चार दिनदेखि वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार देशको मध्य क्षेत्रहरु गण्डकी र बागमती प्रदेशमा आज पनि वर्षा निरन्तर रहनेछ ।

    मानसुनी न्यूनचापीय रेखा तराई क्षेत्रको नजिकै रहेको र मध्य तराईको छेउछाउ रहेकाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेश पूर्ण वदली रही केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

    मौसमविद् पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अहिले वर्षा भइरहेको छैन । त्यहाँको तापक्रम बढिरहेको देखिएको छ ।

    महाशाखाले जारी गरेको मौसम बुलेटिनमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना औल्याइएको छ । आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिक बदली रहनेछ । मंगलबार गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ ।

  • मनसुनको कम प्रभाव रहे पनि केही ठाउँमा भारी वर्षाको सम्भावना अझै

    मनसुनको कम प्रभाव रहे पनि केही ठाउँमा भारी वर्षाको सम्भावना अझै

    काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले विगत तीन दिनदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै सबैजसो भूभागमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको छ ।

    मनसुनी वायुको प्रभाव कहिलेसम्म रहन्छ भन्ने यकिन जवाफ मौसमविदसँग पनि छैन । केही दिनदेखिको निरन्तर वर्षा र बदलीले देशका कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना पनि भए । पछिल्लो तीन दिन लगातार बदली र वर्षा भयो कतिपय क्षेत्रमा भारी÷थेरै भारी वर्षासमेत भएको छ ।

    यसै सन्दर्भमा मनसुनी प्रभाव र मौसम सुधारका सवालमा राखिएको जिज्ञासामा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलले अघिल्ला दिनको तुलनामा मनसुनी वायुको कम प्रभाव रहने तर मनसुनी वायुको प्रभाव कमजोर मात्रामा भए पनि केही दिन रहिरहने बताए ।

    उनले भने, ‘मनसुनी वायुको सक्रिय प्रभावले तीन दिनयता निरन्तर वर्षा र कतिपय स्थानमा भारी वर्षासमेत भएको छ, अबका दिनमा पनि मौसममा कहिले सुधार आउँछ भनेर यकिन भन्न सकिने अवस्था नरहेको र अघिल्ला दिनको तुलनामा मनसुनको कम प्रभाव हुने विश्लेषण गरिएको छ ।’

    मौसमविद् पोखरेलले मनसुनको कम प्रभाव रहे पनि अझै देशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताए । अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डितरूपमा पुनः बदली र वर्षाको सम्भावन रहिरहन्छ ।

    काठमाडौँ उपत्यकाको हकमा विगत तीन दिनदेखि आंशिकदेखि पूर्ण बदली र हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ६६ मिलीमिटर वर्षा भएको छ । हिजो शुक्रबार ४६ मिलीमिटर वर्षा भएको थियो । सबैभन्दा धेरै सिमरामा १५३, विराटनगरमा १०७, जनकपुरमा ८५, ताप्लेजुङमा ५८, भैरहवामा ५३ र पोखरामा ५५ मिलीमिटर वर्षा भएको छ ।

    आज काठमाडौँको अधिकतम २३ दशमलव चार र न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्रि सेल्सियस रहेको छ । अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहिरहनुका साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।

  • मनसुन भित्रिएको १६ दिनमै २७ जनाले गुमाए ज्यान

    मनसुन भित्रिएको १६ दिनमै २७ जनाले गुमाए ज्यान

    काठमाडौं । नेपालमा मनसुन भित्रिएको १६ दिनमा प्रकोपमा परेर २७ जनाको मृत्यु भएको छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्मको अवधिमा बाढी पहिरो र भारी वर्षाका १ सय ४४ घटनामा परेर २७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।

    प्राधिकरणका अनुसार यस अवधिमा मनसुनजन्य ३ वटै प्रकारका घटनामा परेर ३६ जना बेपत्ता र २२ जना घाइते र र ६ सय ७६ परिवार विस्थापित भएका छन् । बाढीका घटनामा परेर १५ जनाको मृत्यु, ७ जना घाइते र २५ जना बेपत्ता भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

    पहिरोका ६७ घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । यस्तै १४ जना घाइते र ३७ परिवार विस्थापित भएका छन् । त्यसैगरी ४४ वटा भारी वर्षाका घटनाबाट एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । ५५ परिवार विस्थापित भएका छन् ।

    अघिल्लो वर्षभन्दा ५० प्रतिशत बढीले गुमाए ज्यान

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्षको तुलनामा मनसुनजन्य घटनाबाट ५० प्रतिशत बढीको मृत्यु भएको छ । अघिल्लो वर्ष यस अवधिमा १८ जनाको मृत्यु भएको थियो । तर यो वर्ष २७ जनाले ज्यान गुमाएका छन् ।

    अघिल्लो वर्ष यही अवधिमा एक जना पनि बेपत्ता भएका थिएनन् । तर यो वर्ष भने २६ जना बेपत्ता भइसकेका छन् । अघिल्लो वर्ष १५ जना घाइते हुदाँ यस वर्ष २२ जना भइसकेका छन् । मनसुनजन्य घटना नै अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बर छन् । अघिल्लो वर्ष यस अवधिमा ७२ वटा मनसुनजन्य घटना भएकोमा यस वर्ष उक्त अवधिमा एक सय ४४ वटा घटना भएका छन् ।

    ४ सय ६२ घरमा पूर्ण क्षति, १ सय १० मा आंशिक

    प्रकोपबाट ४ सय ६२ घरमा पूर्ण क्षति पुगेको छ भने १ सय १० घरमा आंशिक क्षति पुेको छ । यस्तै २१ वटा सरकारी कार्यालय, १९ वटा झोलुंगे पुल, ७ वटा पक्की पुल, ५ वटा सामुदायिक विद्यालय र १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

    घटनाबाट सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा ठूलो जनधनको क्षति पुगको छ । अहिलेसम्म मनसुनजन्य घटनाबाट ३६ जिल्ला बढी प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

    बाढी, पहिरो र भारी वर्षाका कारण मुलुकभरका ६ वटा सडकमा पनि क्षति पुगेको छ । जसमा सिन्धुपाल्चोकको हाइड्रोपावर जाने सडक भोटेकोशी गाउँपालिका-२स्थित लिपिङमा पूर्णरुपमा अवरोध भएको छ भने सिन्धुपाल्चोककै अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीमा सडक भासिएर अवरोध भएको छ ।

    मकवानपुरको भिमफेदी गाउँपालिका-६ गढीमा पहिरोका कारण बाटो पूर्णरुपमा अवरोध भएको छ । यस्तै लमजुङको बेँसीशहर–मनाङ सडकको मस्र्याङदी गाउँपालिका-४ च्याम्चे र रामबजार अवरुद्ध भएपछि खुलाउने कार्य जारीे छ ।

    मनाङको मनाङ-बेँसीहर सडकको चामे गाउँपालिका–३ कोतो, चामे, होम्देबजार पहिरोका कारण अवरुद्ध छन् । बाजुराको मातर्ड–कोल्टी सडक खण्डको बुढिनन्दा नगरपालिका २ दाङसाँघु खोलामा नदीले सडक कटान गरेकाले पूर्णरुपमा अवरुद्ध छ ।

    १६ सय भन्दा बढीको उद्धार

    गत जेठ ३१ गते राति भएको अविरल वर्षाका कारण जोखिममा वरेका मनाङ चामेका ३ सय र तालगाउँ का २ सयलाई सुरक्षित स्थानमा स्तानान्तरण गरिएको छ । मनाङका विभिन्न स्थानमा जोखिममा रहेका १ सय १८ जनाको हेलिकोप्टरबाट उद्धार भएको थियो ।

    सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा असार १ गते रातिदेखिको बाढी र पहिरोबाट जोखिममा रहेका हेलम्बुका ५ सय र मेलम्चीका ६ सयलाई स्थानीय प्रशासन र स्थानीय तहको पहलमा सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ । असार २ गते बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत् १ सय २३ जनाको सकुशल उद्धार गरिएको छ ।

    त्यसैदिन त्रिपाल २ सय ५० र टेण्ड १ सय, स्लिपिङ ब्याग ५० थान मेलम्ची पु¥याएर जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । असार ३ गते थप टेण्ट १ सय १० थान, त्रिपाल १ सय ५० थान सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पु¥याइएको थियो । हेलिकोप्टरबाट २ थान जेनेरेटर, १५ थान टेन्ट, ४५ थान ब्लाङकेट, २० थान स्लिपिङ ब्याग पठाइएको थियो ।

    असार ३ गते गोरखाको उत्तरी क्षेत्र जुमनुब्री सल्लेरीबाट विश्व खाद्य कार्यक्रमले २ जनाको हवाइइ उद्धार गरिएको थियो भने गृह मन्त्रालयबाट ४७ थान त्रिपाल र ३० थान प्लास्टिक सिट पठाइएको थियो । असार ७ गते सिम्रिक एयर हेलिकोप्टरबाट सुलिकोटमा ४ जनाको उद्धार गरिएको थियो ।

    ३ हजार भन्दा बढी त्रिपाल र १२ सय भन्दा बढी टेण्ट पठाइयो
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ७ वटै प्रदेशका ११ वटा जिल्लामा ३ हजार १ सय ६ वटा त्रिपाल र १ हजार २ सय २९ वटा टेण्ट प्रादेशिक गोदाम र जिल्लामा पठाइएको छ ।

    यस्तै ६० वटा प्लाष्टिक सिट, १० वटा कम्बल, १ सय ४४ वटा स्लिपिङ ब्याग, ८० वटा ब्लाङकेट, २ वटा जेनेरेटर, ५ सय थान ग्याविन तार र २ सय लिटर डिजेल पठाइएको हो ।

    जसमा मनाङ, सिन्धुपाल्चोक, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, सुनसरी, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पठाइएको हो ।

    अन्तर्राष्ट्रिय संघ संस्थाको पहलमा ३ वटा प्रदेशमा १ हजार ६ सय २७ म्याट्रेस, ९ सय ६९ ब्लाङ्केट, १ हजार ५ सय ९५ त्रिपाल, २ सय ६ टेण्ट, ६ सय ७ झुल र ३ सय ६७ वटा भाँडाकुडा वितरण भएको छ । जसमा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा वितरण गरिएको हो ।

    यस्तै नेपाल रेडक्रस सोसाइटीले २४ वटा गैरखाद्य सामग्री, ७६ वटा त्रिपाल, १ सय ५२ ब्लाङकेट, २ सय म्याट्रेस, १ सय ८ वटा हाइजिन किट, १० वटा स्क्विटिङग प्लेट, ५० वटा डिग्निटी किट, १ सय ८ वटा बाल्टिन, ७६ वटा डोरी, २० वटा सेल्टर किट, १ सय वटा झुल, एउटा टेन्ट र ३० वटा आपतकलीन शौचालय वितरण गरेको छ ।

    प्रथम किस्ता वापत् २० करोड रुपैयाँ निकासा
    निजी आवासको पुनर्निर्माणका लागि अहिलेसम्म २० जिल्लामा प्रथम किस्ता वापत् १९ करोड ९७ लाख ७३ हजार ७ सय ५० रुपैयाँ निकासा गरेर पठाइसकिएको छ ।

    आगामी वर्षमा खोज, उद्धार तथा आवश्यक सामाग्री खरिदका लागि बजेट पनि विनियोजन भएको प्राधिकरणले जनाएको छ ।

  • बुधबारदेखि तराई क्षेत्रमा मनसुन बढी सक्रिय, पहाडी भू-भागमा पहिरोको जोखिम

    बुधबारदेखि तराई क्षेत्रमा मनसुन बढी सक्रिय, पहाडी भू-भागमा पहिरोको जोखिम

    काठमाडौं । बुधबारबाट नेपालको तराई क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ ।

    मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक हुने भएकाले प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहने मौमम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

  • बुधबारदेखि मनसुन थप सक्रिय हुने

    बुधबारदेखि मनसुन थप सक्रिय हुने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।

    विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि-अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू-भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए ।

    उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ ।

    अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ ।

  • तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

    तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

    काठमाडौं । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष सुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

    ‘यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ’, मौसमविद् कँडेलले भनीन्, ‘त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।’ केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।

    मनसुन सुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ ।

    आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ । त्यसैले महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ ।

  • मनसुनको सुरुवातमै बाढीपहिरोबाट सातको मृत्यु, २५ बेपत्ता

    मनसुनको सुरुवातमै बाढीपहिरोबाट सातको मृत्यु, २५ बेपत्ता

    काठमाडौं । मनसुनको सुरुवातमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ ।

    विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पुर्‍याउन मद्दत गर्‍यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो । पूर्व सूचनाका बीच पनि सुरुवाती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।

    गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् । गत वर्ष भेलपहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपाली पनि मनसुनको सुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।

    प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म ३ जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा १/१ जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा मृत्यु भएकामा २ जना चिनियाँ नागरिक छन् । एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ ।

    सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क बिहीन रहेको जानकारी दिए । हराएका १८ मध्य चार जना सम्पर्कमा आइसकेका छन् । जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् । बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा १/१ जना वेपत्ता छन् ।

    सिन्धुपाल्चोकमा यसपाली पनि अप्रत्यासित रुपमा बाढी आएको हो । हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठुलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठुलो असर पुर्‍याएको छ । सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ । अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।

    मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए । उनका अनुसार अन्य विवरण संकलन जारी रहेको जनाइएको छ । भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण संकलन थालिएको छ ।

    जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा ४ हजार ८०० मिटरको उचाईमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो । जिल्लामा सात जना हराइरहेका छन् । घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन ।

    कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार पाटनमा गाइवस्तु लिन गएका ११ जना मध्य अन्य ४ जना भने सम्पर्कमा आएका छन् । विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ । सरकारले उनीहरुको उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको छ ।

    बाढी पहिरोले १२९ घर बगायो

    मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा बर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए ।

    उनका अनुसार बाजुरामा २, गोरखामा ४, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङगमा १८, अर्घाखाँचीमा १२, र कास्कीमा १८ घर पूर्ण क्षति भएको छ । अझै क्षतिको विवरण थपिने क्रममा रहेको छ । यस्तै विभिन्न जिल्लामा ११४ घर आंशिक क्षति भएको जनाइएको छ ।

    उद्धार र राहत वितरण जारी

    मनाङको चामे र तालगाउँ क्षेत्रका ५०० बढी प्रभावितहरुलाई यहाँको सिरनताललगायत अस्थायी आश्रयस्थलमा लगेर राखिएको छ ।

    यस्तै सिन्धुपाल्चोकको जोखिम क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ । त्यहाँ उद्धारमा नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरिएको थियो । घाइते भएका ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ललितपुरस्थित बीएण्डबी अस्पतालमा ल्याईएको छ ।

    सो क्षेत्रमा २५० त्रिपाल, १०० टेन्ट, ५० स्लिपिङ व्यागलगायत सामान काठाडौँबाट पठाइएको छ भने जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अन्य व्यवस्थापन कार्य जारी रहेको छ । दाङस्थित राप्ती नदीको टापुमा भैसी चराउन गएका बेला फसेका चार जनालाई सकुसल उद्धार गरिएको छ । यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित विस्थापित १८ परिवारलाई दुधपोखरी माविमा ल्याएर राखिएको आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

  • यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

    यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

    काठमाडौं । सरकारले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ । बाढी र पहिरो दुवै प्रकारको विपदबाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले गरेको हो ।

    नेपालमा वर्षेनी बाढी पहिरो लगायतका विपदमा परी सयौंको मृत्यु हुने गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा ७ सय ५२ जनाको बाढीजन्य घटनामा परेर मृत्यु भएको छ । १ हजार ५ सय ४ वटा बाढीको घटनामा परेका ४ सय ७७ जना अझैं वेपत्ता रहेका छन् ।

    एक दशकको तथ्यांक हेर्दा २०७४ सालमा सबैभन्दा बढी २ सय ३८ बाढीका घटनामा १ सय ६६ जनाको मृत्यु भएको थियो । २०७० र ०७१ मा दुवै वर्ष समान १ सय ३३ जना वेपत्ता भएका थिए ।

    स्थायी र अस्थायी नदीका लागि भौगोलिक प्रणालीमा आधारित बाढी विश्लेषण अनुसार बाढीबाट १६ लाख ८७ हजार ४ सय ८० घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा बढी सुनसरीमा ४ लाख ५ हजार ५ सय १० घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा रौतहटमा १ लाख ६८ हजार ८ सय ३७ घरपरिवार प्रभावित हुनेछन् ।

    तेस्रोमा कञ्चनपुरमा १ लाख ७ हजार ६ सय ४५, चौथोमा सर्लाहीमा १ लाख ४ हजार ६ सय ५६ जना घरपरिवार र पाचौँमा सिराहामा १ लाख २ हजार १ सय २८ घरपरिवार प्रभावित हुनेछन् ।

    विभिन्न जिल्लामा भारनयोग विधि प्रयोग गरेर निकालिए अनुसार पहिरोबाट मात्र १ लाख १७ हजार २ सय १७ घरपरिवार प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जनाएको छ ।

    जसमा सबैभन्दा बढी दोलखाका ८ हजार २ सय ९५ घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा सिन्धुपाल्चोकका ६ हजार ६ सय १३ जना घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए उनका अनुसार तेस्रोमा बाजुराका ६ हजार १ सय ४१, चौथोमा धादिङका ६ हजार ३८ र पाँचौंमा प्यूठानमा ४ हजार ४ सय ५८ जना प्रभावित हुनेछन् ।

    विगत ९ वर्षको अवधिमा पुर्ण तथा आंशिक गरेर १ अर्ब ६ करोड ३४ लाख ९५ हजार २ सय ४९ बराबरको अनुमानित क्षति भएको जनाइएको छ । जसमा ११ हजार ८२ घर पूर्ण रुपमा क्षति भएका छन् भने ४१ हजार ८ सय २७ घर आंशिक रुपमा क्षति भएका छन् । दुवै गरेर ५२ हजार ९ सय ९ वटा घरमा क्षति पुगेको छ ।

    पछिल्ला १० वर्षमा मुलुकभर बाढीबाट २ लाख ७३ हजार ७ सय ७६ जना प्रभावित भएका पनि प्राधिकरणले जनाएको छ । औषतमा सबैभन्दा बढी महोत्तरीमा १ लाख १ हजार ३ सय ७ जना प्रभावित भएका छन् भने दोस्रोमा मोरङमा ३४ हजार ८ सय ७७ जना प्रभावित भएका छन् ।

    विपद व्यवस्थापन कोषमा करिब १ अर्ब

    यस वर्षको मनसून आपत्कालीन कार्यका लागि पूर्वतयारी तथा प्रतिकार्यका लागि सातै प्रदेशका विपद व्यवस्थापन कोषमा करिव १ अर्ब जम्मा रहेको छ । प्राधिकरणका अनुसार ७ वटै प्रदेशको जोड्दा ९९ करोड ९० लाख ५८ हजार ५ सय ६२ रुपैयाँ मौज्दात रहेको छ ।

    जसमा सबैभन्दा बढी प्रदेश २ मा ४५ करोड ६९ लाख ९ हजार ४ सय ७९ रुपैयाँ जम्मा रहेको छ भने दोस्रोमा बागमती प्रदेशमा २५ करोड ४८ लाख ८४ हजार ६ सय ३३ रुपैयाँ जम्मा छ । यस्तै क्रमशः लुम्बिनी प्रदेशमा १० करोड २ लाख २४ हजार १ सय ९४,प्रदेश नं १ मा ६ करोड ४९ लाख ८३ हजार ७ सय ८७, सुदूरपश्चिम प्रदेशमा ६ करोड ३१ लाख ७४ हजार ११, गण्डकी प्रदेशमा ३ करोड ४२ लाख ५० हजार १ सय ६४ र कर्णाली प्रदेशमा २ करोड ४६ लाख ३२ हजार २ सय ९४ रुपैयाँ मौज्दात छ ।

    ९ जिल्लाका ३६ स्थानीय तहमा पूर्व सूचना प्रणाली विकास

    प्राधिकरणका अनुसार सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालीकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङ्ग गरी ९ जिल्लाका अति जोखिमयुक्त ३६ स्थानीय तहमा पहिरो प्रभावमा आधारित मनसुन पूर्व सुचना प्रणालीको विकास गर्न सुरुवात गरिएको छ ।

    अहिलेसम्म वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही शहरी क्षेत्रका १ सय ५५ वटा स्वीकृत खुला क्षेत्र र समुदायले प्रयोग गरिरहेका अन्य सामान्य १ सय ९१ खुला स्थानको अभिलेखलाई प्रणालीमा ल्याइएको छ ।

  • जेठ १८ देखि नेपालमा मनसुन सुरु हुँदै, यसपटक सरदरभन्दा बढी वर्षा हुने

    जेठ १८ देखि नेपालमा मनसुन सुरु हुँदै, यसपटक सरदरभन्दा बढी वर्षा हुने

    काठमाडौैं । मनसुनका समयमा यसपालि मुलुकका धेरैजसो भू-भागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।

    उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने अनुमान गरिएको विभागको जलवायु विश्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले जानकारी दिइन् । यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ । जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरीे सार्वजनिक गरेको हो ।

    औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ । विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठ गत वर्ष बाढी पहिरोले क्षति पुर्‍याएको ठाउँमा र भूकम्पले असर गरेको क्षेत्रमा यसपाली पनि विशेष सावधानी अपनाउन सुझाव दिएकी छन् ।

    प्राप्त विवरणमा लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भूभागमा सरदर वर्षा ९३५ देखि ४५ प्रतिशत हुने, र प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । यसपाली आगामी जेठ १८ देखि नेपालमा मनसुन भित्रिँदै छ । यसको अवधी असोज १४ सम्म रहने जनाइएको छ । गत वर्ष मनसुन शुरु भएको दिनदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो ।

    प्रदेश नं १ र २ तथा वाग्मती प्रदेशको केही भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने तथा परासी, नवलपुर, पाल्पाका केही भूभागमा बाहेक देशका अन्य भूभागमा सरदरभन्दा कम तापक्रम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ र २ को पूर्वी भाग, गण्डकी, सुदुरपश्चिम प्रदेशको अधिकांश भागमा न्यूनतम तापक्रम सदरदभन्दा बढी र लुम्बिनी प्रदेशको तराई क्षेत्र बाहेकमा सरदरभन्दा कम तापक्रम हुने अनुमान गरिएको छ ।

    विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायू सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जलतथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायू दृष्टिकोण मञ्चको आँकलनको आधारमा उक्त निष्कर्ष निकाली सार्वजनिक गरेको जनाएको छ ।

    नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायू प्रारूपको मनसुन अवधिको आँकलन, यूरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी उक्त आँकलन तयार पारिएको हो ।

    ‘यद्यपि पनि जलवायु प्रणाली विभिन्न ऋतुगत सामुद्रिक तथा वायूमण्डलीय प्रणाली, भूउपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारूपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न कठिन हुन्छ, हामी बेलाबेलामा पुर्वानुमान अपडेट गराउँदै जानुपर्छ, त्यो गर्छौँ ’ , डा. कँडेलले भने ।

    यसरी आँकलन निर्माणका लागि यही वैशाख १५ गते दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको भर्चुअल बैठक भएको थियो । त्यसमा नेपाल, भारत, म्यान्मालगायत ९ देशका मौसमविद्को सहभागिता थियो । उक्त सम्मेलनमा विश्व मौसम सङ्गठन, त्यसको क्षेत्रीय लजवायु केन्द्र भारत, युके मेट अफिस वेलायत, रिम्स थाइल्याण्ड, ईन्टरनेशनल रिसर्च इन्स्टिच्युट अमेरिका, जापान मेट्रोलोजिकल एजेन्सीलगायत संस्थाका विज्ञको सहभागिता थियो । वरिष्ठ मौसमविद् बरुण पौडेल यसपालीको प्रिमनसुन र जाडोको समयमा खडेरी भए पनि अबको मनसुनमा हुने वर्षा आँकलनले सावधानी अपनाउनु पर्ने आवश्यकता औँल्याएको बताउछन् । ‘पहाडी भूभाग र जोखिम क्षेत्र भनेर पहिचान भएको क्षेत्रमा पहिरो जान सक्छ, सम्बन्धित निकाय आजैदेखि तयारीमा जुट्नुपर्छ, सर्वसाधारंण पनि चनाखो हुनुपर्छ ’, पौडेलले भने ।

    दक्षिण एसियाको पनि वर्षा आँकलन

    विज्ञहरूले दक्षिण एसियाका धेरै मुलुकमा मनसुनका अवधिमा सरदरभन्दा बढी वर्षा हुने निष्कर्षका साथ साझा दृष्टिकोण सार्वजनिक गरेका छन् । दक्षिण एसियाका उत्तर-पश्चिम, हिमालका काख, उत्तर–पूर्व भेगका केही भू-भाग तथा मध्य भागका धेरै भूभागमा सरदरभन्दा बढी वर्ष हुने आँकलन गरिएको छ । सुदुर उत्तर-पश्चिम, र उत्तर-पूर्वका भागका धेरै स्थानमा सरदरभन्दा कम वर्षा हुने आँकलन छ ।

    प्राप्त विवरणअनुसार गत वर्ष सन् २०२० को जुलाइबाट प्रशान्त महासागरमा शुरु भएको मध्यमस्तरको ‘लानिना’ हाल आएर अत्यन्तै कमजोर भई झण्डै तटस्थ अवस्थामा रहेको र आगामी मनसुन अवधिमा ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तटथ नै रहे पनि मनसुनको अवधिको अन्त्यतिर ऋणात्मक विकसित हुने आँकलन गरिएको छ ।