Tag: मनसँग मन

  • कोरोना त्रास : फिल्म ‘मनसँग मन’को रिलिज पनि स्थगित

    कोरोना त्रास : फिल्म ‘मनसँग मन’को रिलिज पनि स्थगित

    काठमाडौं । कोरोनाभाइरसको जोखिम बढ्न थालेपछि फिल्म गतिविधि पुनः प्रभावित हुन थालेको छ । रिलिज तयारीमा रहेका फिल्मले प्रदर्शन स्थगित गर्न थालेका छन् ।

    चैत २७ गते रिलिज तयारीमा रहेको ‘लप्पन छप्पन २’ ले स्थगित गरेको थियो । कोरोना त्रासको यो मेसोमा थपिएको छ फिल्म- ‘मनसँग मन’ ।

    भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन र सरकारले ५० प्रतिशत अकुपेन्सी कायमै राखेकाले पोस्टपोन्ड गर्नुपरेको निर्माता कम्पनी सौरभ इन्टरटेनमेन्टले जनाएको छ ।

    वितरकसँगको सल्लाहमा फिल्मको नयाँ मिति घोषणा गरिने जनाइएको छ । प्रदर्शन मिति सारिएपनि फस्टलुक भने सार्वजनिक गरिएको छ । फस्टलुकमा नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

    फिल्ममा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । साथमा, एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।

    चैत २७ गते रिलिज हुने फिल्म ‘कृष्णलीला’को प्रदर्शन पनि अन्यौल छ । निर्देशक दीपक ओलीले केही दिनमा रिलिजबारे टुंगो लगाउने जानकारी दिए । नेपाली नयाँवर्षमा फिल्मको लाइनअप रित्तो हुने सम्भावना बढेको छ ।

  • सकियो ‘मनसँग मन’को छायांकन, रोमान्टिक बने पुष्प र वर्षा

    सकियो ‘मनसँग मन’को छायांकन, रोमान्टिक बने पुष्प र वर्षा

    काठमाडौं । फिल्म ‘मनसँग मन’को छायांकन सकिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार कालिञ्चोकका रमणीय स्थानमा फिल्ममा समावेश एक गीतको सुटिङ गरेसँगै सम्पूर्ण छायांकन सकिएको हो ।

    ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतको छायांकन कालिञ्चोकमा गरिएको हो । कैलाश राइको निर्देशनमा तयार भएको यो फिल्ममा अरुण तामाङको लगानी छ । गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।

    अर्जुन जीसीको सम्पादन रहेको चलचिमा सन्तोष खवासको एक्सन छ । फिल्म चैत्र २७ गतेबाट रिलिज हुने बताइएको छ ।

    फिल्ममा पुष्प खड्का र वर्षा शिवाकोटीको मुख्य भूमिका छ । कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन् ।