Tag: मधेस प्रदेश

  • भुक्तानी समस्याबारे मधेस प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

    भुक्तानी समस्याबारे मधेस प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

    जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का सांसद शैलेन्द्रप्रसाद यादवले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयले असार २५ गतेसम्ममात्र योजनाको भुक्तानी गर्न दिएकाले धेरै उपभोक्ता र ठेकेदार भुक्तानीबाट बञ्चित भएको भन्दै सांसद यादवले प्रदेशसभामा सो प्रस्ताव पेश गरेका हुन् ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६-७७ को नियामावली र व्यवस्था सबैलाई समान रूपमा लागु गराउनुपर्नेमा सो नगरेकोले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रदेशसभा कार्यसञ्चालन नियामावली, २०७५ को उपनियम ७१ बमोजिम पेस गरेको सांसद यादवले उल्लेख गरेका छन् ।

    उक्त प्रस्तावमा सत्तापक्ष र प्रतिपक्ष सबै दलले समर्थन गरेका छन् ‌। प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद प्रमेश्वर साहले महालेखा नियन्त्रक कार्यालयले त विभेद गरेकै हो तर प्रदेश सरकारले पनि लापरवाही गरेको बताए । उनले भने, ‘सदनमा भुक्तानी समस्याबारे सचेत गराउदा मुख्यमंत्री लालबाबु राउतले समस्या नहुने बताएका थिए । तर किन समस्या भयो ? अब काम गरेका उपभोक्ता र ठेकेदार कहिले भुक्तानी पाउने ? यसबारे मुख्यमंत्री राउतले जवाफ दिनुपर्छ ।’

    असार २५ गतेसम्म मात्र भुक्तानी दिएपछि काम गरिसकेको तर, कागजात मिलाउन समय लागेका कारण पनि भुक्तानी पाउनबाट धेरै उपभोक्ता र ठेकेदार बञ्चित बनेको भन्दै असार मसान्तसम्म भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सरकारसंग माग गरेका थिए ।

  • मधेस प्रदेशमा ८२ प्रतिशतले लगाए पूर्ण खोप

    मधेस प्रदेशमा ८२ प्रतिशतले लगाए पूर्ण खोप

    जनकपुर । मधेस प्रदेशमा करिब ८२ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् ।

    सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको स्वास्थ्य निर्देशक विजयकुमार झाले बताए ।

    यस्तै मधेस प्रदेश कोरोनासंक्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको संख्या शून्यमा झरेपछि प्रदेश संक्रमणमुक्त बनेको हो ।

    कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ संक्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ । सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको स्वास्थ्य निर्देशक झाले जानकारी दिए ।

    संक्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१ , सिरहामा १३५ , धनुषामा १३२ , पर्सामा १३२ , रौतहटमा १२९ , सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ ।रासस

     

  • म्यादी प्रहरीमा युवा आकर्षण, पहिलाे दिनमै पाँचहजार बढी आवेदन

    म्यादी प्रहरीमा युवा आकर्षण, पहिलाे दिनमै पाँचहजार बढी आवेदन

    जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।   प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको भिड लागेको थियो ।

    मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पहिलो दिन नै प्रदेशका आठवटै जिल्लामा पाँच हजार दुई सय १४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । त्यसमध्ये पाँच सय ९८ जना महिला छन् ।  मधेस प्रदेशमा बेरोजगारीको संख्या उच्च रहेकाले पनि म्यादी प्रहरी भर्नामा युवाहरूको आकर्षण बढी देखिएको सर्वसाधारणको भनाइ छ ।

    धनुषा मिथिला नगरपालिका ढल्केवरका बलबहादुर केसी काेराेना महामारीले भारतमा राेजगारी गुमाएका व्यक्ति हुन् । ‘पहिला भारतको दिल्लीमा बसेर लामो समयदेखि काम गरिरहेका थिएँ तर कोरोना महामारीले रोजगार गुमेपछि घरमै बसेकाे थिएँ । अब ४० दिनकै लागि भए पनि रोजगार पाउने आशामा निवेदन दिन आएको छु,’ उनले भने ।

    मिथिला नगरपालिका जमुनिवासकी इन्द्रमाया श्रेष्ठले यसअघि पनि म्यादी प्रहरीमा जागिर खाइसकेकी छन् । ‘घरमा कामधन्दा छैन, पाँच वर्षपछि पुनः म्यादी प्रहरी सरकारी जागिर खान आवेदन दिन आएकी छु,’ ४५ वर्षीया उनले भनिन् । यसबाट आउने पैसाले घरपरिवारलाई धेरै राहत हुने उनकाे आशा छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिन नै युवाहरूको उच्च रहेको बताए । ‘पहिलो दिन नै युवाहरूको संख्या उच्च थियो,’ उनले भने, ‘दोस्रो, तेस्रो दिन झन् उच्च रहने हाम्रो अनुमान हो । धनुषामा करिब साढे तीन हजार म्यादी प्रहरी चाहिएकोमा पहिलो दिन नै १८ सयभन्दा बढीले निवेदन दिइसकेका छन् । अरु त समय नपाएर भोलि आउने भनेर घर फर्काएका छौं ।’

    म्यादी प्रहरीमा भर्ना हुनेले प्रहरी जवानले पाउने मासिक तलब पाउँछन् । म्यादी प्रहरीले ४० दिन तलब पाउने छ । यस हिसाबले म्यादी प्रहरीले ४० दिनको ३० हजार २४० रुपैयाँ र रासनको सात हजार दुई सय, पाेसाक तथा अन्य खर्च ६ हजार र निर्वाचनको अवधिमा यातायातको खर्चबापत एक हजार गरी कुल ४४ हजार ४४० रुपैयाँ पाउने छ  । म्यादी प्रहरीमा छनाेट भएकालाई १० दिन तालिम दिने छ ।

    म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्मको म्याद तोकिएको छ । मधेस प्रहरी कार्यालयका अनुसार प्रदेशभरिमा २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गरिने छ । धनुषामा तीन हजार ४८६, सप्तरीमा तीन हजार १३९, सर्लाहीमा तीन हजार ८८, महोत्तरीमा दुई हजार ७३६, रौतहट दुई हजार ५८९, बारा दुई हजार ५२८, सिरहामा दुई हजार ३३१ र पर्सामा एक हजार आठ सय एकजना म्यादी प्रहरी भर्ना गरिने प्रहरी प्रधान कार्यालयबाट परिपत्र आएको मधेस प्रदेशका प्रहरी प्रमुख उमेश रंजितकारले बताए ।

    सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमै राखिने निर्णय भएको उनले बताए । कुल म्यादी प्रहरी २२ प्रतिशत मधेस प्रदेशमै खटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

  • मधेस प्रदेशभित्रको ‘छोटा मधेस’

    मधेस प्रदेशभित्रको ‘छोटा मधेस’

    प्रदेशसभाको दुईतिहाइ बहुमतबाट प्रदेश नम्बर २ को नाम ‘मधेस प्रदेश’ र राजधानी जनकपुर कायम भएको छ । यसबारे सामाजिक सञ्जालसँगै नागरिक वृत्तसम्म मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

    पूर्व‘मधेसवादी दल’ जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका नेताहरुले समेत मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले सामाजिक सञ्जालमा कृत्रिम खुसी मात्रै व्यक्त गरेको पाइन्छ ।

    लोसपा र जसपाका प्रदेशसभा सदस्यहरुको ‘जेस्चर पोस्चर’ हेर्दा लाग्छ, मानौं उहाँहरु २०६३ को वसन्त विद्रोह र २०७२ को मधेस आन्दोलनले खोजेको ‘समग्र मधेस, एक प्रदेश’ भनेकै प्रदेश दुईको नाम मधेस रहनु हो ।

    केही वर्ष पहिला एक अन्तरवार्तामा जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसवादबारे आफूलाई थाहा नभएको बताएका थिए । मधेसवाद थाहा नहुनेलाई मधेस प्रदेश नामाकरणले कति क्यारेट उत्साह थप्यो होला, त्यो उहाँले नै बुझ्नुहोला । उहाँकै पार्टीबाट मुख्यमन्त्री बनेका मोहम्मद लालबाबु राउत गद्दीजीले प्रदेशको नाम र राजधानी तोकिएको उपलक्ष्यमा प्रदेशभरी सार्वजनिक विदा नै दिनुभयो ।

    तराई मधेस लोकतान्त्रिक पार्टी गठनको बेला महन्थ ठाकुरले उद्घोष गर्नुभएको थियो, ‘मरे तो मुक्ति, जिये तो मधेस ।’ आज तमलोपाले आफ्नो स्वरुप परिवर्तन गरेको छ । तमलोेपाबाट तराई र मधेस दुवै शब्द विस्थापित भइसकेको अवस्थामा मधेस प्रदेश नामाकरण भएको प्रगतिलाई राजनीतिक उपलब्धी भन्दै गर्दा ठाकुरजी रोमाञ्चित भइहाल्ने आधारहरु अनुकुलतामा परिभाषित गर्न सकिएला । तर ८ जिल्लाको ‘छोटा मधेस’ घोषणा भएको अवस्थामा ठाकुरजीहरुको खुशीको दायरा त मधेस आन्दोलनको माग बुझ्नेले निर्धारण गरेकै छन् ।

    अर्कातर्फ मधेस प्रदेश हुनु हुँदैन भन्ने मान्यताका साथ मिथिला, जनकी जस्ता नामहरु समेत प्रस्ताव गरिएको थियो । मधेसइतर नाममा सहमति राख्ने विभिन्न अभियन्ताहरुले पनि आफ्ना दलीलहरु पेस गर्दै आएका थिए ।

    केही यस्ता विचारधारा राख्नेहरु पनि छन्, जसले अब ८ वटा जिल्लाको अलग राष्ट्र बनाउने खेल हुन सक्छ ! एकजना वरिष्ठ पत्रकारले फेसबुक वालमै यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको थियो । मधेस प्रदेश नै हुन हुँदैन भनी चर्का अभिव्यक्ति दिनेहरु नै अहिले समग्र मधेस एक प्रदेश हुनुपर्ने बताइरहेका छन् ।

    अर्कातर्फ मधेस प्रदेश हुनु हुँदैन भन्ने मान्यताका साथ मिथिला, जनकी जस्ता नामहरु समेत प्रस्ताव गरिएको थियो । मधेसइतर नाममा सहमति राख्ने विभिन्न अभियन्ताहरुले पनि आफ्ना दलीलहरु पेस गर्दै आएका थिए ।

    संघीयतालाई नै देश विखण्डनको पहिलो चरण भनी कुण्ठा पोख्ने पर्वते बुद्धजिवी र देशको शासन व्यवस्थामा पञ्चायती मानसिकता लाद्न खोज्नेहरुको छटपटी हेर्दा पनि शासकीय सोच प्रष्ट हुन्छ ।

    विदीतै छ कि, नेपालको संविधान घोषणापूर्व रचिएको १६ बुँदे सम्झौतालाई अदालतले चौनौती दिएपश्चात नै संविधानमा संघीयता समेटिएको थियो । संविधानमा अदालतको आदेशलाई संवोधन गर्नैपर्ने वाध्यता थियो, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई ।

    २०७२ सालको भूकम्पपश्चात रचिएको १६ बुँदे प्रपञ्चको एकमात्र उद्देश्य थियो, दु्रत गतिमा एकथान संविधान बनाउने । आन्दोलनका मर्मको ठाडो अपमान गर्दै संघीयता नै नदिने विषयमा विजय गच्छदारसहित कांगे्रस, एमाले, माओवादी जस्ता दलबीच उक्त सम्झौता भएको थियो । तत्कालीन नेपाल–भारत बीचको ‘नोमेन्सल्याण्ड’मा राज्यको बन्दुकको रक्षात्मक प्रतिकार गर्न वाध्य देखिन्थे, आन्दोलनरत दलहरु ।

    नेपालमा संघीयतासहितको निर्णायक युद्ध गरेका आन्दोलनकारी मधेसीहरु न उपविजेता जस्तो देखिन्थे न त पूर्णरुपमा पराजय भोगेका जस्ता । किनकि यिनले चाहेको खाकाअनुसार प्रदेशको सीमा नकोरिएको भए पनि संघीयता शब्दले सार्थकता पाएको छ । माओवादीभन्दा पनि संघीयताको मुद्दा बोक्ने अब्बल दल हामी हौं भनी आत्मरति पाल्दै आएका थिए, तत्कालीन मधेसवादी दलहरुले, जो अहिले पनि छन् ।

    वर्तमान मधेस प्रदेश घोषणाले तत्कालीन मधेसवादी दलका नेताहरु मनैदेखि उत्साही भए जस्तो लाग्दैन । संविधान घोषणा भएर प्रदेशसभा गठनदेखि अहिलेसम्मका राजनीतिक क्रियाकलाप हेर्दा उनीहरु उत्साहित हुने नैतिक धरातलसमेत कामजोर भएको छ ।

    राजनीतिक वाध्यता र (अ)प्राप्त उपल्ब्धी रक्षाको आवरणमा आफ्ना कमजोरीलाई ढाकछोप गर्दै आएका छन्, मधेसवादी दलहरु । संघदेखि मधेस प्रदेशसम्मको राजनीतिमा विचलन आएको छ । आफ्नो दलको नाममा मधेस शब्द अनुचित देख्ने नेताहरु साविक मधेसबाट खण्डित आठ जिलाको ‘छोटा मधेस’ भएकामा खुसीको आयतन कमजोर छ ।

    प्रदेशको नामाकरण एउटा गम्भीर विषय हो– पहिचान र ऐतिहासिकताको दृष्टीकोणले । ‘मधेस प्रदेश’ भन्दै गर्दा मानिसको दिमागमा आठ जिल्लाको सानो आकार देख्ने मानसिकता विकास हुन्छ । मधेस प्रदेशमा देखिएको कुरीति, भ्रष्टाचार, अपराध र अन्य नकारात्मक सूचकलाई केन्द्रमा राखेर संघीयतामाथि नै प्रश्न उठ्ने खतरा हुन्छ ।

    संघीयतालाई नै देश विखण्डनको पहिलो चरण भनी कुण्ठा पोख्ने पर्वते बुद्धजिवी र देशको शासन व्यवस्थामा पञ्चायती मानसिकता लाद्न खोज्नेहरुको छटपटी हेर्दा पनि शासकीय सोच प्रष्ट हुन्छ ।

    देशमा संघीयता ल्याउन कस्ता आन्दोलन, क्रान्ति वा विद्रोहले भूमिका खेल्यो ? जसमा माओवादी जनयुद्ध र मधेस आन्दोलनको भूमिका अब्बल थियो भन्दा अतिशयोक्ति नहोला । आन्दोलनका बेला मधेसी जिल्लाका प्रत्येक सरकारी कार्यालयमा ‘मधेस सरकार’ लेखियो । नश्लीय आधारमा राज्य संचालन हुँदै आएका बेला मधेसले काठमाडौंलाई चुनौती दिएको थियो ।

    वेदानन्दको ‘तराई कांग्रेस’देखि गजेन्द्र नारायण सिंहको ‘सद्भावना परिषद्’ हुँदै पछिल्ला मधेस विद्रोहले मधेसभित्र मिथिलालगायत अन्य कथित अभियन्ताहरु सल्बलाएका थिए । खासगरी काठमाडौंमा थातथलोसहित बस्ने सिमित अभियानीहरु आज मिथीला प्रदेश किन नामाकरण गरिएन ? भनी राग अलापी रहेका छन् ।

    मिथिला एउटा सभ्यता हो, यसको बिरासत छ । त्यहीं भएर प्रदेशको नाम मिथिला राख्नुपर्छ भनी दलील दिनेहरु अहिले क्रान्तिकारीताका कुरा गर्दैछन् । ती महानुभावहरुको नजरमा मधेस शब्द कै औचित्य छैन रे ! समग्र मधेस एक प्रदेशको लागि गरिएको मधेस आन्दोलनको माग पूरा भएको भए मिथिलाको कुरा गर्ने ठाउँ नै रहँदैनथ्यो ।

    मधेस आन्दोलनपश्चात नै हो, हरेक मधेसीले अपमानविरुद्ध आवाज उठाउन सक्ने भएको । मधेश आन्दोलनलाई कुनै हालतमा नस्वीकार्ने स्थायी सत्तालाई संविधानमा मधेस शब्द उल्लेख गर्न वाध्य तुल्याएको ।

    कम विवादमा राजधानी चयन

    राजधानीका विषयमा खासै विवाद देखिएन । प्रदेशसभा र प्रदेश सरकारले औपचारिकता पाउने थलो नै जनकपुर थियो । प्रदेशसभा र प्रदेशका मन्त्रालय स्थापना जनकपुरमा गरी अस्थायी राजधानी जनपुर घोषणा भएको दिन नै प्रदेशको स्थायी मुकाम जनकपुर नै रहनेबारे धेरैले बुझेका थिए ।

    बीरगंजका केही खास व्यक्ति, नेता तथा व्यपारीहरुले बीरगंज नै प्रदेश राजधानी हुनुपर्ने भन्दै शान्तिपूर्ण आवाज उठाएका थिए । त्यो स्वभाविक थियो । भौतिक संरचनाका हिसाबले पनि जनकपुर नै राजधानीका लागि उपयुक्त स्थान हो ।

    दूरीका हिसाबमा बीरगञ्ज–जनकपुर १५७ किलोमिटरमा छ । जनकपुरदेखि राजविराज १२२ किलोमिटरमा पर्छ । अहिले जनकपुरदेखि ढल्केबरसम्मको सडक स्तरोन्नति भएपश्चात यो सडक हुँदै यात्रा गर्न सहज भएको छ ।

    जनकपुर राजधानी घोषणा भएलगतै बीरगंजका एकजना नेता कम, व्यापारी बढी भएको मित्रसँग सोधेको थिएँ, ‘राजधानीका लागि आन्दोलन ?’ उहाँको जवाफ थियो, ‘के गर्ने, चुनाव आउँदैछ । र यो एउटा टड्कारो मुद्दा हुनसक्छ हाम्रो लागि ।’ जनकपुर राजधानीमा उहाँ दुखी हुनुहुन्नथ्यो, तर राजनीतिका लागि मुद्दा भएको उहाँको बुझाइ थियो ।

    मिथिला एउटा सभ्यता हो, यसको बिरासत छ । त्यहीं भएर प्रदेशको नाम मिथिला राख्नुपर्छ भनी दलील दिनेहरु अहिले क्रान्तिकारीताका कुरा गर्दैछन् । ती महानुभावहरुको नजरमा मधेस शब्द कै औचित्य छैन रे ! समग्र मधेस एक प्रदेशको लागि गरिएको मधेस आन्दोलनको माग पूरा भएको भए मिथिलाको कुरा गर्ने ठाउँ नै रहँदैनथ्यो ।

    नामाकरणको सवालमा देखिएका विमतिलाई मधेस सरकारले सम्बोधन गर्नसक्नुपर्छ । दुईतिहाइ बहुमतको लालमोहर लगाउने मधेस सरकारका प्रदेशसभा सदस्यहरुले इतर माग राखेका नेता, अधिकारकर्मीलगायत सबैलाई वोध गराउन सक्नुपर्छ कि, मधेस विद्रोहलाई सम्बोधन गर्न संघीयता आयो । अब प्रदेश सरकारले मिथिलालगायत अन्य सम्पूर्ण बिरासतको संरक्षण र विकास गर्नु पर्दछ ।

    मधेस शब्दकै औचित्य नदेख्नेहरुलाई प्रश्न छ– संविधानतः मधेसीको पहिचान प्राप्त गरी राज्यले दिने थप सुविधा कसरी लिने होला ? प्रदेशको नामै तोक्न पनि गठबन्धन सरकार चाहियो, लोसपा र जसपाले नसकेकै हो ?

    जे होस्, अब मधेस प्रदेश प्रमाणित भएको चारकिलाको दायरा फराकिलो बनाउने बाटो खुलेको छ । याद रहोस्, मधेस शब्दले नै विद्रोहको भाव बोक्छ । अहिले ‘छोटा मधेस’ भए पनि यसको विद्रोही पहिचानले नेपालको स्थायी राज्यसत्ता तरंगित भएको छ ।

    (लेखक शान्ति विकास अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुन् ।)

  • जनकपुरमै ‘मधेस प्रदेश’को विरोध, सांसदको पुत्ला जलाइयो (भिडिओ)

    जनकपुरमै ‘मधेस प्रदेश’को विरोध, सांसदको पुत्ला जलाइयो (भिडिओ)

    जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।

    स्थानीय सुशील कर्णको नेतृत्वमा यूवाले विरोध प्रदर्शन गरेका हुन् । सांसदको पुत्ला जलाउँदै यूवाहरुले ‘८ जिल्लाको मधेस प्रदेश मान्दैनौं, प्रदेश सांसद मुर्दावाद, मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ जस्ता नारा लगाएका छन् ।

    प्रदेशसभा गठन भएको चार वर्षपछि सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको हो । ‘मधेस प्रदेश’ नाम र जनकपुरधाम राजधानी तय भएको खुशियालीमा सोमबार साँझ अर्को एक युवाको समूहले दीपावली गरेको थियो ।

    मधेस सरकारले आज यहाँ सार्वजनिक विदासमेत दिएको छ ।

  • प्रदेशसभामा माओवादीको प्रस्ताव– प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राखौं

    प्रदेशसभामा माओवादीको प्रस्ताव– प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राखौं

    जनकपुरधाम । प्रदेश २ को नाम मधेस प्रदेश राख्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र पनि सहमत देखिएको छ । माओवादी सांसद जगत यादवले प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताव गरेका हुन् ।

    प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै माओवादी प्रदेश २ का उपनेतासमेत रहेका उनले भने, ‘प्रदेशको नामाकरण पहिचानसहितको हुनुपर्छ । त्यसैले मधेस नाम राखौं ।’ उनले सहिदहरुले प्राण त्याग्ने बेलामा पनि ‘मधेस जिन्दावाद, मधेस जिन्दावाद’ भनेको बिर्सन नहुने भन्दै प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने बताए ।

    उनले मधेस प्रदेश नाम राखेपछि मात्र आन्दोलनका सहिद, घाइते तथा अपांगहरुको सपना पूरा हुने बताए । उनले प्रदेशको राजधानी पनि बृहत् जनकपुरधाम हुनपर्नेमा जोड दिए । उनले राजधानी र नामको टुंगो लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि बचाउनुपर्ने बताए ।

    उनले मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भ्रष्टाचार भएको भनेर अख्तियारले छापा मारेकोप्रति आपत्ति जनाए । उनले प्रतिगमनकारीबाट परिचालितहरुले मुख्यमन्त्री र प्रदेश सरकारलाई बदनाम गर्न छापामारी गरेको बताए ।