Tag: मधेस आन्दोलन

  • मधेस आन्दोलनमा लागेका क-कसको मुद्दा फिर्ता भयो ? (सूचीसहित)

    मधेस आन्दोलनमा लागेका क-कसको मुद्दा फिर्ता भयो ? (सूचीसहित)

    काठमाडौं । सरकारले जसपाको महन्थ ठाकुर पक्षसँगको सहमतिअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका विभिन्न १२० जनाको मुद्दा फिर्ता लिएको छ ।

    अदालतले सजाय तोकिसकेका रेशम चौधरीहरूको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ ।

    हेर्नुस् मुद्दा फिर्ता भएकाको सूची:

  • मधेस आन्दोलनका घाइतेले एक वर्षसम्म चेक साट्न पाएनन्

    मधेस आन्दोलनका घाइतेले एक वर्षसम्म चेक साट्न पाएनन्

    जनकपुरधाम । मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूलाई थप उपचार गर्न प्रदेश सरकारले गत वर्ष नै चेक दिए पनि रकम भने अझै पाएका छैनन् । उनीहरूको अवस्था अनुसार रकम सहयोग गरिएको छ । चेक पाएकाहरूको बैंक खाता र नागरिकता नहुँदा रकम भुक्तानी हुन नसकेको हो ।

    प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव चेक नसाटिएका १०/१२ जना रहेकोले उनीहरूलाई नयाँ चेक उपलब्ध गराउन लागिएको छ ।

    आन्दोलनका सहिद परिवारलाई भने बलिदानी दिवसको अवसर पारेर प्रदेश २ सरकारले आर्थिक सहयोग र सम्मान गरेको छ ।

    सोमबार जनकपुरमा एक कार्यक्रम गरेर ६० सहिद परिवारलाई २५ हजारका दरले राहतस्वरूप रकम दिइयो। प्रमुख अतिथि जसपा बरिष्ठ नेता राजेन्द्र महतोले उनीहरूलाई सम्मानसँगै सहयोग रकम हस्तान्तरण गरे ।

    आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरूप प्रदेश सरकारले सहिद परिवारहरूका लागि सहयोगलाई निरन्तरता दिनुपर्ने महतोले बताए ।

    कार्यक्रममा जसपा नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह सहभागी थिए । उनीहरुले सहिदको सपना पूरा नभएसम्म संघर्ष जारी राख्ने  प्रतिबद्धता जनाएका छन् ।