Tag: भारत भ्रमण

  • भारतीय सेनाको मानार्थ महारथीको दर्जा लिन शर्मा दिल्ली प्रस्थान, कार्की कामु प्रधानसेनापति (भिडिओ)

    भारतीय सेनाको मानार्थ महारथीको दर्जा लिन शर्मा दिल्ली प्रस्थान, कार्की कामु प्रधानसेनापति (भिडिओ)

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा आज दिल्ली प्रस्थान गरेका छन् ।

    श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण दलकासाथ शर्मा मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्न त्यसतर्फ लागेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

    भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र अन्य राष्ट्रका सैनिक सहचरीहरुको पनि उपस्थिति थियो ।

    प्रधानसेनापतिको नियुक्तिपछिको पहिलो विदेश भ्रमणको रुपमा हुन लागेको यस भ्रमणका क्रममा शर्मालाई मंसिर २४ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    शर्माले दिल्लीमा आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भीआर चौधरीसँग भेटघाट गर्नेछन् ।

    प्रधानसेनापति महारथी शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

  • प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

    प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा जान लागेका हुन् ।

    प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाल र भारतबीच एक-अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

    प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

  • पूर्वराजारानी भारत जाँदै, हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुने

    पूर्वराजारानी भारत जाँदै, हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुने

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल आउँदो चैत्र २६ गते भारत भ्रमणमा जाने भएका छन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन उनीहरु त्यहाँ जान लागेको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ ।

    सचिवालयका अनुसार पूर्वराज दम्पत्तिलाई महाकुम्भ मेला २०२१ विशेष समितिबाट सहभागिताका लागि आमन्त्रण प्राप्त भएको थियो ।