Tag: भर्ना खुल्यो

  • नेपाल प्रहरीमा प्राविधिक तर्फ असईदेखि डीएसपीसम्म २२१ जनाका लागि भर्ना खुल्यो (सूचनासहित)

    काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ २ सय २१ जनाका लागि भर्ना खुलेको छ ।

    प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) सम्मका लागि दरखास्त माग गरिएको हो ।

    प्राविधकि समूह, स्वास्थ्य उपसमूह तर्फ नेपाल प्रहरी अस्पताल अन्तरगतका पद, इन्जिनियरिङ उपसमूहतर्फ सञ्चार निर्देशनालय अन्तरगर्तका पद, इन्जिनियरिङ उपसमूहतर्फ सूचना प्रविधि निर्देशनालय अन्तरगतका पद, इन्जिनियरिङ उपसमूहतर्फ भौतिक पूर्वाधार निर्देशनालय अन्तरगतका पद, केनाईन उपसमूहतर्फ केनाईन महाशाखा अन्तरगतका पद, हातहतियार (आरमर) उपसमूहतर्फ हातहतियार मर्मत शाखा अन्तरगतका पदका र विधि विज्ञान उपसमूहतर्फ केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोशाला अन्तरगतका पदका लागि भर्ना खुला गरिएको हो ।

    सूचना अनुसार भर्नाका लागि सार्वजनिक विदाको दिन बाहेक भदौ २८ गते बिहान १० बजेदेखि कात्तीक ७ गते साँझ ५ बजेसम्म ७ वटै प्रदेश प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।

  • नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो (सूचनासहित)

    नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो (सूचनासहित)

    काठमाडौं । नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना मातहतका विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदमा भर्नाका लागि आवेदन माग गरेको हो ।

    जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त र मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासीरजनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।

    नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने जनाइएको छ । ८ कक्षा उत्तीर्णले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारको हकमा भने अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

  • सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो, विभिन्न तहमा १ हजार ९५ जना माग (सूचनासहित)

    सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो, विभिन्न तहमा १ हजार ९५ जना माग (सूचनासहित)

    काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुला भएको छ । शसस्त्र प्रहरी बलको मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय अन्तरगतको भर्ना तथा छनौट शाखाले विभिन्न पदमा १ हजार ९५ जनाका लागि नयाँ भर्ना खुला गरेको हो ।

    भर्ना तथा छनौट शाखाले जारी गरेको सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक (इन्पेक्टर)देखि परिचरसम्म विभिन्न संख्या माग गरिएको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार सश्सत्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा १ सय ३७ जना, सशस्त्र प्रहरी जवान पदमा ७ सय ५५ जना माग गरिएको छ । यसैगरी भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि १ सय २८ जना माग गरिएको छ ।

    सबै पदमा खुला, अमर अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्तति, समावेशी महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पिछडिएको क्षेत्र पनि छुट्याईएको छ । भर्ना हुन चाहानेका लागि सशस्त्र प्रहरी बल, प्रधान कार्यालय स्वयम्भुदेखि ७ वटै प्रदेशमा दरखास्त फाराम बुझाउने व्यवस्था गरिएको छ । आवेदन शुल्क सबैभन्दा माथिल्लो तह इन्सपेक्टरका लागि १ हजारदेखि सबैभन्दा कम परिचरका लागि १ सय रुपैयाँसम्म तोकिएको छ ।

    इन्स्पेक्टरलाई २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको स्नातक तह उत्तीर्ण गरेको उम्मेदवार हुनुपर्ने जनाइएको छ भने असईका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको प्लस २ पास गरेको व्यक्ति हुनुपर्ने जनाइएको छ । त्यस्तै जवानका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको ८ कक्षा पढेको व्यक्तिले आवेदन दिन पाउने सूचनामा उल्लेख गरिएको छ ।