Tag: भत्ता

  • राष्ट्र बैंकले कानून विपरित वितरण गर्‍यो १ अर्ब २४ करोड ४५ लाख भत्ता

    राष्ट्र बैंकले कानून विपरित वितरण गर्‍यो १ अर्ब २४ करोड ४५ लाख भत्ता

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको मितव्ययिता सम्वन्धी निर्देशिका पालना नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।

    नेपाल राष्ट्र बैंकले सरकारी खर्च मितव्ययिता सम्वन्धी निर्देशिका, २०७५ को बुँदा नम्बर २६ उल्घंन गर्दै १५ प्रकारका भत्ता वितरण गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

    महंगी भत्ता, लुगा भत्ता र स्थानीय भत्ता बाहेक अन्य सबै प्रकारका भत्ता वितरणमा उक्त निर्देशिकाले रोक लगाएको छ ।

    तर, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा निर्देशिका विपरित केन्द्रीय बैंक भत्ता , खाजा भन्ता, बार्षिकोत्सव भत्ता, क्लोजिङ्ग भत्ता , ईन्टरनेट भत्ता, आउटस्टेसन भत्ता, कर्मचारी कल्याण कोष सहित १५ प्रकारका भत्ता वापत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।

    नेपाल सरकारको निर्देशन पालना गर्न महालेखा परिक्षकको कार्यालयले राष्ट्र बैंकलाई भनेको छ ।

  • कर्णाली सरकारले सहिद परिवार र घाइतेलाई मासिक दुई हजार भत्ता दिने

    कर्णाली सरकारले सहिद परिवार र घाइतेलाई मासिक दुई हजार भत्ता दिने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले सदनमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा सहिद परिवार र माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा आपांगता भएकाहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने उल्लेख छ ।

    सरकारको उक्त कार्यक्रम अनुत्पादक र कार्यकर्ता रिझाउन ल्याइएको भन्दै कतिपयले आलोचना गरेका छन् । कर्णाली प्रदेशमा सहिद परिवार र घाइते तथा अपांगता भएकालाई मासिक दुई हजार भत्ता दिँदा करिब १३ करोड रुपैयाँ खर्च हुनेछ ।

    नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी जितेन्द्रका अनुसार प्रदेशमा दुई हजारभन्दा बढी सहिद परिवार र २५ सयभन्दा बढी घाइते तथा आपांगता भएकाहरु छन् ।

    सरकारको कार्यक्रमबाट सहिद परिवार, घाइते र आपांगता भएकाहरु खुसी छन् । तर यसले प्रदेशमा व्ययभार थपिने भन्दै कतिपय सांसदले चिन्ता व्यक्त गरेका छन् ।

    सांसद सुशील थापा प्रदेश सरकारले आफ्नो आयस्रोत हेरेर मात्रै यस्ता कुरामा लगानी गर्नुपर्नेमा जोड दिन्छन् । ‘मासिक दुई हजार दिने कुराले केही मात्रामा युवालाई खुसी पार्न त सरकारले सक्ला तर यो दीर्घकालीन हुन सक्दैन ।

    यसरी बाँडिएको रकमले उनीहरुको क्षमतामा कुनै पनि परिवर्तन आउँदैन’, उनी भन्छन्, ‘उनी भन्छन्, ‘यो वितरणमुखी कार्यक्रम हो । यो कार्यक्रमले माछा मारेर दिने तर माछा मार्न नसिकाउने प्रवृत्ति हावी गराउँछ र प्रदेशको ठूलो रकम खेर जाने सम्भावना हुन्छ ।’ उनले १५ करोड आन्तरिक आम्दानी भएको प्रदेशले यस्ता कार्यक्रम धान्न नसक्ने बताए ।

  • कोभिड दाहसंस्कारमा जुट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता : पर्यटनमन्त्री

    कोभिड दाहसंस्कारमा जुट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता : पर्यटनमन्त्री

    काठमाडौं । दोस्रो पटक पुनःनियुक्ति भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस महामारीमा मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेका छन् ।

    दोस्रो कार्यकालको शुक्रबार पदभार ग्रहण गर्दै शव व्यवस्थापन गर्ने कर्मचारीलाई प्रत्येक शव बापत १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निणर्य उनले गरेका हुन् । यसअघि सरकारले जोखिम भत्ता दिँदै आएको भएपनि शव दाहसंस्कारमा सहभागी हुने पशुपति आर्यघाटका कर्मचारीलाई यस्तो भत्ता दिएको थिएन ।

    अबदेखि भने उनीहरुले प्रत्येक शव जलाएवापत प्रोत्साहन भत्ता पाउने छन् । साथै मन्त्री ढकालले कोभिडका कारण थला परेको पर्यटन व्यवसायलाई राहत मिल्ने गरी नीति निर्माण गर्न पनि निर्देशन दिएका छन् ।

    साथै अहिले पर्यटन क्षत्रको विकास भन्दा पनि उद्धार गर्ने समय भएकाले उद्धार र राहतमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।