Tag: बोरिस जोन्सन

  • कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

    कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएको बताइएको छ ।

    उनले सो पत्रकार सम्मेलनमा भनेका थिए- सुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोनाभाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।

    सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

    तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए ।

    उनले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।

  • बेलायती राजकुमार फिलिपको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

    बेलायती राजकुमार फिलिपको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति समवेदना व्यक्त गर्दै नेपालले एक असल साथी गुमाएको बताएका छन् ।

    फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधान भएको थियो । महारानी एलिजाबेथका द्वितीय पति फिलिपले १९४७ मा उनीसँग विवाह गरेका थिए ।

    उनको निधन पश्चात प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना व्यक्त गर्दै फिलिपको निधनले एक असल साथीसँगै ‘सोसियल वेलफेयर’का च्याम्पियन गुमाएको बताएका छन् ।

  • बेलायती प्रधानमन्त्रीले पनि लगाए नेपालमै प्रयोग गरिएको अक्सफोर्डको खोप

    बेलायती प्रधानमन्त्रीले पनि लगाए नेपालमै प्रयोग गरिएको अक्सफोर्डको खोप

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् ।

    “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उनले लेखेका छन् ।

    खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिदै उनले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए ।

    प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए । बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ ।

    कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो ।

  • जोन्सनको पहिलो विदेश भ्रमण भारतदेखि, इन्डो-प्यासेफिक बेलायती विदेश नीतिको केन्द्रमा

    जोन्सनको पहिलो विदेश भ्रमण भारतदेखि, इन्डो-प्यासेफिक बेलायती विदेश नीतिको केन्द्रमा

    लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पहिलो अन्तराष्ट्रिय भ्रमणको सुरुआत भारतबाट गर्ने भएका छन् । बेलायती प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तीअनुसार जोन्सनले अप्रिलको अन्त्यमा दिल्ली भ्रमण गर्न लागेका हुन् ।

    युरोपेली युनियनबाट बेलायत अलग भएपछि पहिलोपटक जोन्सनको विदेश दौडाहा हुन लागेको हो । इन्डो–प्यासेफिक क्षेत्र बेलायतको नयाँ विदेश नीतिको केन्द्रमा हुने समेत विज्ञप्तीमा जनाइएको छ । ‘इन्डो–प्यासेफिक क्षेत्र विश्वकै केन्द्र भन्ने तयारीमा छ’ उल्लेख छ ।

    दक्षिण-पूर्वी एसियाली मुलुकसँग बेलायतले मित्रता स्थापना गर्न चाहेको र क्वीन एलिजाबेथ करियर चाँडै उक्त क्षेत्रमा परिचालित हुने समेन जोन्सनले जनाएका छन् । विश्वको नयाँ शक्ति सन्तुलन र बदलिँदो भूराजनीतिअनुसार बेलायतको उपस्थितीको व्याख्या गर्दै जोन्सनले विज्ञप्ती जारी गरेका हुन् ।

    जी-सेभेन र जलवायु परिवर्तन सम्मेलन कोप–२६ मार्फत बेलायतले विश्वको नेतृत्व गर्ने उल्लेख गर्दै जोन्सनले बेलायती सुरक्षा र चासोको संवद्र्धन पुरानो विश्व प्रणालीले नहुने जनाएका छन् । गत नोभेम्बरमा जोन्सनले शीतयुद्धपछिकै ठूलो परिमाणमा सैन्य शक्तिमा खर्च गर्ने घोषणा गरेका थिए ।

    जोन्सनले बेलायतलाई आउने शताब्दीकै विज्ञान र प्रविधिको महाशक्ति बनाउने योजना पनि अघि सारेका छन् ।