Tag: बालिका बलात्कार

  • बालगृहकी बालिका बलात्कारप्रति माओवादीको आपत्ति, दोषीलाई कारवाही गर्न माग

    बालगृहकी बालिका बलात्कारप्रति माओवादीको आपत्ति, दोषीलाई कारवाही गर्न माग

    सुर्खेत । रुकुम पश्चिममा बालगृहमा रहेकी बालिका बलात्कार भएको घटनाप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ । रुकुमपश्चिम माओवादी केन्द्रका संयोजक गोपाल शर्माले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न पनि माग गरेका हुन् ।

    कारवाहीका लागि आठबीस गाउँपालिकाले गरेको प्रयत्नप्रति आभार प्रकट गर्दै माओवादीले दोषीलाई कारवाहीको माग गरेको हो ।

    रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १० का वडाअध्यक्ष गंगाराम चनाराका छोरा कुश्माखर चनाराले बलात्कार गरेको भन्दै १५ वर्षीया बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।

    इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार बालगृहमा बस्दै आएकी बालिकाले आइतबार प्रहरीमा उजुरी दिएकी हुन् ।

    उजुरीमा बालिकाले कुश्माखरका बुवा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको पनि उल्लेख गरेकी छन् ।

    प्रहरीले जाहेरी लिएसँगै कुश्माखरको खोजी भएको जनाएको छ । बालिकाको पेटमा आठ–दश हप्ताको बच्चा हुर्किरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

    उनको निवेदनमा आफूलाई दुइ वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ–दश हप्ताको गर्भ रहेकोसमेत उल्लेख गरेकी छिन् ।

  • अखिल क्रान्तिकारीका नेताविरुद्ध बालिका बलात्कार आरोपमा उजुरी

    अखिल क्रान्तिकारीका नेताविरुद्ध बालिका बलात्कार आरोपमा उजुरी

    दाङ । नेकपा मा‌ओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका नेता विष्णु चौधरीविरुद्ध बालिका बलात्कार गरेको आरोपमा उजुरी परेको छ ।

    बिजौरी निवासी चौधरीले आफैंले चलाएको अनाथालयमा रहेकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो । दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले चौधरीविरुद्ध बालिका बलात्कारमा गएराति नै उजुरी प्राप्त भएको जानकारी दिए ।

    उनका अनुसार प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । यसअघि पनि देउखुरीकी युवतीमाथि बलात्कारको आरोपमा चौधरीले सजाय भोगिसकेका छन् ।