Tag: बहराइन

  • नेपाललाई रातो सूचीमा राख्दै बहराइनले लगायो यात्रा प्रतिबन्ध

    नेपाललाई रातो सूचीमा राख्दै बहराइनले लगायो यात्रा प्रतिबन्ध

    काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम भएकाले बहराइनले नेपालसहित एसियाका पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ ।

    नेपालसहित एसियाली मुलुकहरु भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन जान प्रतिवन्ध लगाइएको हो ।

    कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

    तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ ।

    पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ ।

    उनीहरुले पिसिआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाई छ । क्वारेन्टाइन वा पिसिआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो ।

    यसअघि क्यानडाले पनि भारत र पाकिस्तानबाट आउनेहरुलाई आउन नपाउने व्यवस्था गरेको थियो ।

  • बहराइन राजकुमारलाई परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई

    बहराइन राजकुमारलाई परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई

    काठमाडौं । सगरमाथाको सफल आरोहण गरेको बहराइन राजकुमारको आरोही दललाई नेपालले बधाइ दिएको छ ।

    सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजकुमार शेख मोहम्मद अल खलिफालाई बधाइ व्यक्त गरे ।

    सफल आरोहणले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गतसाता बहराइन आरोही टोलीले सर्वोच्च शिखर चढेको थियो ।

  • बहराइन राजकुमारलाई परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई

    बहराइन राजकुमारलाई परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई

    काठमाडौं । सगरमाथाको सफल आरोहण गर्ने बहराइन राजकुमारको टोलीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बधाइ व्यक्त गरेका छन् ।

    बहराइनस्थित नेपाली दूतावासले पनि विज्ञप्ती जारी गर्दै राजकुमारको टोलीलाई बधाइ दिएको छ ।

    राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा र उनले नेतृत्व गरेको रोयल डिफेन्स सम्मिलित १६ सदस्यीय टोलीले मंगलबार विहान सगरमाथा चढेको थियो ।

    सेभेन समिट ट्रेक्सको तर्फबाट उक्त आरोही दलले सगरमाथा आरोहण गरेको थियो ।

  • बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण

    बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण

    काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको ‘राेयल गार्ड’ टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।

    यो आरोहण दलले आज विहान साढे ५ देखि पौने ७ को बीचमा सगरमाथाको चुचुरोमा पुगेको उनीहरुको अन्य बन्दोबन्दी मिलाएको सेभेन समिट ट्रेक प्रालीले जानकारी दिएको छ ।

    सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर मापन भएयता पहिलोपल्ट विदेशी आरोहणदल सगरमाथाको चुचुरोमा पुगेको हो । यो टिम मार्च १५ मा काठमाडौं आएको थियो ।

    सगरमाथा आरोहणको तयारीस्वरुप यो टोलीले लोबुचे र मनासलु हिमाल आरोहणसमेत गरेको थियो । यो आरोहण दलको नेतृत्व टासी लाक्पा शेर्पाले गरेका थिए । उनी १९ वर्षको उमेरमा अक्सिजनविना सथरमाथा आरोहण गर्ने कीर्तिमानधारी आरोही हुन् ।

  • सगरमाथा चढ्न नेपाल आयो बहराइनको ‘भीआइपी’ टोली

    सगरमाथा चढ्न नेपाल आयो बहराइनको ‘भीआइपी’ टोली

    काठमाडौं । सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारसहितको १६ सदस्यीय टोली सोमबार बेलुका काठमाडौं आइपुगेको छ । बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानबाट टोली नेपाल आइपुगेको हो ।

    बहराइनस्थित नेपाली दुतावासका अनुसार टोलीमा १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन् । उनीहरु मेरियट होटलमा बस्ने छन् ।

    काठमाडौंबाट गोर्खा जाने र त्यहाँ केही दिन बिताएर सगरमाथा आरोहणमा निस्किने कार्यक्रम छ । उनीहरुले आरोहण दलमा सामेल हुने शेर्पाहरुका लागि कोरोना भ्याक्सिन पनि लिएर आएका छन् ।

             

    यो पनि पढ्नुहोस्

    सगरमाथा आरोहण गर्न बहराइन राजपरिवार नेपाल आइपुग्यो

  • सगरमाथा आरोहण गर्न बहराइन राजपरिवार नेपाल आइपुग्यो

    सगरमाथा आरोहण गर्न बहराइन राजपरिवार नेपाल आइपुग्यो

    काठमाडौं- सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारसहितको १६ सदस्यीय टोली सोमबार बेलुका काठमाडौं आइपुगेको छ ।

    बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानबाट टोली नेपाल आइपुगेको हो । बहराइनस्थित नेपाली दुतावासका अनुसार टोलीमा १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन् ।

    उक्त टोली नेपालमा ८० दिन रहनेछ ।

    टोलीले गोरखा जिल्ला, चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका बासिन्दाका लागि कोभिड–१९ विरुद्ध लगाइने २ हजार डोज अस्ट्राजेनका खोप सहयोगस्वरुप प्राप्त गर्ने भएको छ ।

    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास लगायतले आरोही टोलीलाई बहराइन एयरपोर्टमा शुभकामनासहित बिदाइ गरे । उक्त अवसरमा बहराइन आर्मीका बिग्रेडियर घार्ली मुबारक पनि सहभागि थिए ।

     

  • बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने, १६ जनाको टोली काठमाडौं आउँदै

    बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने, १६ जनाको टोली काठमाडौं आउँदै

    काठमाडौं- बहराइनको राजपरिवारका सदस्यले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । बहराइनस्थित नेपाली दुतावासले विज्ञप्तीमार्फत यसको जानकारी दिएको हो ।

    राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने जनाइएको छ । नेपाली राजदूत पदम सुन्दासलाई सो आरोहण दलका केही सदस्यहरूले भेट गर्दै जानकारी गराएका हुन् ।

    आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक हुनेछन् । विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्ने जनाइएको छ ।

    सगरमाथा आरोहणका लागि बन्दोबस्त नेपालस्थित सेभेन समिट ट्रेक्स प्राइभेट लिमिटेडमार्फत भइरहेको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

    तस्विर : बहराइनका राजकुमार मनास्लु आरोहणका लागि नेपाल आउँदाको तस्विर ।