Tag: बरामद

  • इलाममा दुई हजार किलो छुर्पी बरामद

    इलाममा दुई हजार किलो छुर्पी बरामद

    इलाम । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो ९४० बोरा० छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।

    प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।

    जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

  • मेडिकल सामाग्री कालोबजारी गर्ने सातजना पक्राउ, ७६५ अक्सिमिटर बरामद

    मेडिकल सामाग्री कालोबजारी गर्ने सातजना पक्राउ, ७६५ अक्सिमिटर बरामद

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनको क्रममा ७ जना नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोली बजार अनुगमन गर्दा मेडिकल सामाग्री कालोबजारी गर्ने ७ जनालाई पक्राउ गरेको हो ।

    अनुगमन टोलीले काठमाडौंका बिभिन्न स्थानबाट लुकाइ छिपाई राखेको र अवैध रूपमा विक्रि वितरण समेत भएको ७६५ थान अक्सिमिटर बरामद गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

    पक्राउ परेकाहरु ७ जना न्यक्तिहरूलाई थप अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । निषेधाज्ञा थप गर्ने निर्णयसगैँ काठमाडौं प्रशासनले निषेधाज्ञा कार्यान्वयन र बजार अनुगमनलाई तिब्रता दिएको छ ।