Tag: फोहोर उपहार

  • सडकमा थुप्रिएको फोहोर काठमाडौंका मेयरलाई ‘उपहार’ (तस्बिरहरू)

    सडकमा थुप्रिएको फोहोर काठमाडौंका मेयरलाई ‘उपहार’ (तस्बिरहरू)

    काठमाडौं । केही सातादेखि चोकचोकमा थुप्रिएको फोहोरको डंगुर नउठाएपछि चाँडो फोहोर उठाएर सफाइमा ध्यान दिन काठमाडौं महानगरपालिकालाई दबाब बढ्न थालेको छ । लगातारको झरीले फोहोर कुहिँदा दुर्गन्धसमेत फैलिएको छ ।

    युथ कांग्रेस नेपाल नामक संस्थाको आव्हानमा फोहोर उठाउन ध्यानाकर्षण गराउँदै  विरोधमा काठमाडौं महानगरपालिकाको मुख्य गेटमा फोहोर फ्याँकिएको छ ।

    युवाहरूले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार भन्दै महानगरको गेटमा लगेर फोहोर थुपारेका छन् ।

    मुख्य गेटमा फोहोर थुपारिएपछि प्रहरीले उनीहरुलाई रोकेको थियो ।

    मेयर शाक्यले फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल साइटमा पुग्ने सडक वर्षाका कारण बिग्रिएकाले फोहोर उठाउन नसकेको बताएका थिए । उनले केही दिनमै फोहोर उठाइने आश्वासन दिँदै सडकमा जथाभावी नफ्याँक्न महानगरबासीलाई अपीलसमेत गरेका छन् ।

     

     

    तस्बिरहरू : उमेश कार्की ।