Tag: फोहोर

  • आजदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाइने

    आजदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठाउने भएको छ ।

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा हिजो भएको जनप्रतिनिधिहरुबीचको वार्तामा सहमति जुटेपछि आजदेखि फोहोर उठ्ने भएको हो ।

    वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो ।

    आज ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको उपमेयर डंगोलले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।

    शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

    उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने पनि महानगरपालिकाको प्रतिवद्धता छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

  • उपत्यकामा एक हप्तादेखि फोहोर उठ्न छाड्यो, काठमाडौं महानगरले भन्यो-कुहिने फोहोर आफैँ व्यवस्थापन गर्नू

    उपत्यकामा एक हप्तादेखि फोहोर उठ्न छाड्यो, काठमाडौं महानगरले भन्यो-कुहिने फोहोर आफैँ व्यवस्थापन गर्नू

    काठमाडौं । काठमाडौंमा एक सातादेखि फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट फोहार उठन छाडेको हो ।काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न भनेको छ ।

    महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकाबासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुनिे र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नहुन अनुरोध गरिन्छ ।’ नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएकाे छ ।

    उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । तर,मडखु-तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको भनाइ छ ।

    उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर(ट्रकले नुवाकोटको ककनी गाउँपालिका(२ को सिसडोल फोहोर लैजाने गर्छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् ।

    तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

  • उठाउन थालियो काठमाडौंका सडकमा थुप्रिएको फोहोर (तस्बिरहरु)

    उठाउन थालियो काठमाडौंका सडकमा थुप्रिएको फोहोर (तस्बिरहरु)

    काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंका सडक–चोकमा थुप्रिएका फोहोरका डङ्गुर उठाउन थालिएको छ ।

    काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर उठाउन थालेको हो । सिसडोलस्थित डम्पिङसाइट भरिएका कारण काठमाडौंको फोहोर उठाउन समस्या भएको थियो ।

    सिसडोलका स्थानीयको अवरोधका कारण पनि फोहोर व्यवस्थापन गर्न अफ्ठेरो परेको काठमाडौं महानगरपालिकाले बताउँदै आएको थियो । बन्चरे डाँडामा निर्माणाधीन डम्पिङसाइट बनिसक्न अझै केही समय लाग्ने बताइएको छ ।

    हेर्नुहोस्, बानेश्वरस्थित पानीट्यांकीमुनि थुप्रिएको फोहोर उठाउँदै गरेका दृश्य

  • काठमाडौंको फोहोर आफैं सिसडोल पुर्‍याउने नागरिक अभियान शुरु (भिडियो)

    काठमाडौंको फोहोर आफैं सिसडोल पुर्‍याउने नागरिक अभियान शुरु (भिडियो)

    काठमाडौं । नागरिक अभियन्ताहरु आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान शुरु गरेका छन ।

    नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाई अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका हुन ।

    काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाई अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाई अभियन्ता राज मानवले जानकारी दिए ।

    उनले वर्षात् याममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पु¥याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पारे ।

    अभियन्ता मानवले भने,‘काठमाडौं महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भईरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन । त्यसमा नागरिक आफै सजग होऔं भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो । राजनीतिक दलहरुले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आएपनि यो समस्या समाधान हुन सकेन । त्यसैले काठमाडौंको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैले व्यवस्थापन गर्नुपर्छ भनेर सफाई अभियान सुरु गरिएको हो । म यस अभियानमा जुटेर नेपाललाई फोहोर मुक्त बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्दछु ।’

    सफाई अभियानमा बागमती सफाई अभियान, रुद्रमती सफाई अभियान, महाराजगंज सफाई अभियानलगायतका संस्थाहरु सहभागी भएका छन । अभियानमा सहभागी भएका अभियन्ताहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्डहरु समेत प्रर्दशन गरेका थिए ।

    काठमाडौंमा विगत २५ दिनयता फोहोर उठन नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दवाव परेको छ ।

     

  • अझै दुई साता काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

    अझै दुई साता काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

    काठमाडौं । अझै दुई सातासम्म काठमाडौं उपत्यकाको फोहोर नउठ्ने भएको छ । नुवाकोटको सिसडोल फोहोर फाल्ने ल्यान्डफिल साइट पुग्ने सडकखण्ड बिग्रिएकाले फोहोर उठ्न नसकेको महानगरले जनाएको छ ।

    समयमा नै फोहोर संकलन गर्न गाडी नआए पछि स्थानियहरुले सडकका किनारमा फोहोर फाल्न थालेका छन् । बिग्रेको सडक मर्मत गरेर नियमित फोहोर उठ्न कम्तीमा १५ दिन लाग्ने महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

    यस वर्ष जेठयता नियमित फोहोर संकलनको व्यवस्थापन भइरहेको छैन । शंखमूल, बानेश्वर, सामाखुसी, ठमेललगायत काठमाडौंको मुख्य मुख्य स्थानमा फोहोरको डंगुर देखिएका छन् । पानी पर्ने मौसम र कोभिड–१९को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा राजधानीको मुख्य सहरमा यसरी फोहोरको दुर्गन्ध जताततै फैलिरहेको छ ।

    महानगरले सूचना जारी गर्दै नागरिकलाई फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ । ‘ल्यान्डफिल साइटको सडक केही दिनदेखिको अविरल वर्षाका कारण बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकाले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरको सूचनामा भनिएको छ ।

    उपत्यकामा दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हन्छ तर अहिले दिनमा ५ सय मेट्रिक टन फोहोर उठिरहेको छ । श्रेष्ठले भने, ‘दिनमा १ सय ५० गाडी फोहोर सिसडोल पुग्नुपर्ने वर्षाका कारण अहिले मुस्किलले ५० गाडी फोहोर मात्र पुगेको छ ।’

  • सगरमाथा क्षेत्रमा संकलित ४१८ केजी फोहोर सैनिक सफाइ टोलीद्वारा हस्तान्तरण (भिडियो)

    सगरमाथा क्षेत्रमा संकलित ४१८ केजी फोहोर सैनिक सफाइ टोलीद्वारा हस्तान्तरण (भिडियो)

    इटहरी । ‘सफा हिमाल अभियान २०२१’अन्तर्गतको नेपाली सेनाको टोलीले सगरमाथा क्षेत्रमा संकलन गरेको कुहिने फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) लाई हस्तान्तरण गरेको छ । आज बिहान नाम्चे बजारमा सफा हिमाल अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले फोहोर हस्तान्तरण गरेका हुन् ।

    ‘आज हामीले ४ सय १८ केजी कुहिने फोहोर एसपीसीसीलाई हस्तान्तरण गरेका छौँ’, नेपाल प्रेससँग कुरा गर्दै सेनानी कार्कीले भने, ‘थप ३ सय किलो आउने क्रममा छ ।’

    नेपाली सेनाको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, र पुमोरी क्षेत्रबाट १२.६ टन फोहोर संकलन भएको थियो । जसमा ९.४ टन आधार शिविर माथिको क्षेत्रको भएको सगरमाथा आरोहीसमेत रहेको सेनानी कार्कीले बताए । आधार शिविरबाट भने ३.२ टन फोहोर संकलन गरिएको उनले बताए ।

    सफा हिमाल अभियानकै क्रममा नेपाली सेना नेतृत्वको टोलीले यो वर्ष सगरमाथामा ८ हजार मिटर उचाइमा २ शव समेत फेला पारेको थियो । एउटा लासको नाम खुलेको छैन भने अर्को शव भने सन् २०१९ मा टीएजी नेपाल प्रालिमार्फत सगरमाथा आरोहण गरेर फर्किने क्रममा ज्यान गुमाएका ६२ वर्षीय अमेरिकी नागरिक क्रिस्टोफर कुलिसको भएको खुलेको छ । यस्तै, क्याम्प टूमा एक मानव कंकाल समेत सेनाको टोलीले फेला पारेको थियो ।

    मौसम खराबी भएपछि आइतबार नेपाली सेनाले क्याम्प टूबाट आधार शिविरमा फोहोर ढुवानी गर्न हेलिकप्टर प्रयोग गरेको थियो । मौसमी अदलीबदली र शेर्पा सहयोगीको अभावले हेलिकप्टरमा ढुवानी गरिएको सेनानी कार्कीले बताए । आइतबार क्याम्प टूबाट थ्री र फोरबाट समेत संकलन गरेर जम्मा भएको फोहोर १७ उडानबाट आधार शिविरमा ल्याइएको सेनानी कार्कीले जानकारी दिए । उनले भने, ‘बाँकी सबै फोहोर मान्छेले नै ल्याउने योजना थियो । ल्याइएको पनि थियो । मौसमले असहज गरेकोले उडानबाट ल्यायौँ ।’ आधार शिविरबाट हुने सबै फोहोर ढुवानीमा भने उडान नगरिने कार्कीले बताए ।

    नेपाली सेनाले सगरमाथा सफाइ गरेको यो तेस्रो पटक हो । सन् २०१३ र २०१९ मा पनि सेनाले हिमाल सफाइ गरेको थियो । २०१३ मा ४ टन र २०१९ मा १० टन फोहोर संकलन भएको थियो । यो वर्षको सफाइ भने अहिलेसम्मकै ठूलो अभियान हो । सफाइमा सगरमाथासहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी समेटिएका छन् ।

    गत फागुन ६ गते पत्रकार सम्मेलन गरेर सेनाले सफाइ टोलीलाई चैत ३१ मा व्यानर हस्तान्तरण गरेको थियो भने छ हिमालमा आधार शिविर भने वैशाख २ मा खडा गरेको थियो । आरोहणको विधिबाट हुने सफाइबाट उठेको नकुहिने फोहोर विश्व वातावरण दिवसको दिन वातावरण सम्बन्धी काम गर्ने संस्थालाई काठमाडौं वैशाख २२ गते दिने पूर्वनिर्धारित कार्यक्रम अनुसार सेना सक्रिय भएको छ ।

  • सगरमाथाको फोहोरमा कला भर्दै नेक्स्ट सेन्टर

    सगरमाथाको फोहोरमा कला भर्दै नेक्स्ट सेन्टर

    काठमाडौं । सगरमाथा  क्षेत्रमा थुप्रिएको फोहोरलाई संकलन गरी कलाको रुप दिइने भएको छ ।

    सगरमाथा राष्ट्रिय निकुञ्जले आधार शिविरमा थुप्रिएका फोहोरलाई कलात्मक बनाइ ग्यालरीमा प्रदर्शन गर्न र अग्लो हिमालयलाई डम्पिङ साइटमा परिणत गर्नबाट जोगाउन फोहोरलाई कलामा रुपान्तरण गर्न लागेको हो ।

    सगरमाथा आरोहण गर्ने आरोहीले प्रयोग गरेको अक्सिजन बोतलहरू, च्यातिएको पाल, डोरी, टुक्रिएको भर्याङ, क्यान र प्लास्टिकका र्यापर्सहरूलाई कलात्मक रुपमा सजाउन लागिएको हो ।

    यसले पर्यटकलाई आकर्षित गर्ने र सगरमाथा क्षेत्रमा सरसफाई पनि हुनेछ । सगरमाथा र वरपरका क्षेत्रमा आरोही र ट्रेकरहरुले डम्पिङ सामानहरु हटाउन थालिसकेका छन् ।

    प्रोजेक्ट निर्देशक र सागरमाथा नेक्स्ट सेन्टरका सह संस्थापक टोमी गुस्टासनले विदेशी र स्थानीय कलाकारहरूले फोहोर पदार्थबाट कलाकृति सिर्जना गर्न र स्थानीयलाई ट्रेष्टरको भण्डारमा तालिम दिन व्यस्त हुने बताएका छन् ।

    ‘हामी कसरी यो देखाउन चाहान्छौं कि तपाईं कसरी फोहोर फोहोरलाई कलाको बहुमूल्य टुक्रामा परिवर्तन गर्न सक्नुहुन्छ र रोजगारी र आय उत्पन्न गर्न सक्नुहुन्छ । हामी फोहोरको बारेमा मान्छेको धारणा बदल्न र व्यवस्थापन गर्न आशा गर्दछौं।’ गुस्ताफसनले रोयर्टससँग भनेका छन् ।

    कोरोना भाइरसले गर्दा बसन्त ऋतुमा पर्यटक कमै आउने भएकाले यो काम गर्न उत्तम हुने र उत्पादन र कलाकृति वातावरणीय सचेतना जगाउनका लागि प्रदर्शन गरिने तथा स्मारिकाको रूपमा बेचेको यस क्षेत्रको संरक्षणमा जाने उनले बताए ।

    यस योजनामा संलग्न इको हिमाल समूहका फिन्जो शेर्पाले भनेका छन,‘मलाई फोहोर फिर्ता लेऊ अभियानबाट शुरु गरि प्रत्येक फर्केका पर्यटक र गाईडलाई लुक्ला विमानस्थलमा १ किलोग्राम (२.२ पाउण्ड) भएको फोहोरको झोला फिर्ता लिन अनुरोध गरिनेछ ।

    २०१९ मा ६०,००० भन्दा बढी ट्रेकरहरू, पर्वतारोहीहरू र गाईडहरूले यस क्षेत्रको भ्रमण गरेका थिए ।
    ‘हामीले पर्यटकहरूलाई समावेश गरेमा हामी फोहोरको धेरै मात्रामा प्रबन्ध गर्न सक्दछौं’ शेर्पाले भनेका छन ।