Tag: प्रोत्साहन अनुदान

  • १३७ उद्योगले पाए ८५ करोड नगद प्रोत्साहन अनुदान, निर्यात भने घट्यो

    १३७ उद्योगले पाए ८५ करोड नगद प्रोत्साहन अनुदान, निर्यात भने घट्यो

    काठमाडौं । नेपालमा बस्तु उत्पादन गरेर विदेश निर्यात गरे वापत १३७ वटा उद्योगले नगद प्रोत्साहन अनुदान पाएका छन् । १३७ वटा उद्योगले ८५ हजार ६९ लाख २० हजार बस्तु निर्यात वापत नगद अनुदान पाएका हुन् ।

    महालेखा परिक्षक कार्यालयले आज सार्वजनिक गरेको ५८औं प्रतिवेदन सार्वजनिक गर्दै १३७ वटा उद्योगले ८५ करोड ६९ लाख २० हजार नगद अनुदान पाएको उल्लेख गरिएको छ ।

    सरकारले बस्तु निर्यात वृद्धि गर्न उत्पादनमा सहुलियत दिने र सोही उत्पादन निर्यात गर्दा पुनः नगद अनुदान दिने व्यवस्था रहेको छ ।
    उद्योगीले दोहोरो सुविधा पाएको भन्दै महालेखाले दोहोरो सुविधा नहुने गरी अनुदान दिने व्यवस्था गर्न भनेको छ ।

    दोहोरो अनुदान दिँदा पनि धागो २५.८ प्रतिशत, उनी गलैंचा १६.४ प्रतिशत, तयारी पोषाक २३.२ प्रतिशत, फलाम तथा स्टिल ५४.३ प्रतिशत, नुडल्स पास्ता ३९.४ प्रतिशत, मासुजन्य ८०.९ प्रतिशत र गरगहना ६५.७ प्रतिशत लगायत २८ बस्तुको निर्यात घटेको छ ।

    अघिल्लो आर्थिक वर्षमा निर्यात अनुदान वापत ७२ करोड २ लाख ६० हजार अनुदान दिएकोमा सो गत आर्थिक वर्षमा वृद्धि भई ८५ करोड पुगेको हो ।

    पहिले ३ प्रतिशत मात्रै अनुदान दिने गरेको नयाँ कार्यविधि २०७५ ले नगद अनुदान वृद्धि गरेर ५ प्रतिशत पुर्याएको थियो ।