Tag: प्रियंका चोपडा

  • भारतलाई सहयोग गर्न प्रियंका चोपडाको आग्रह, भन्छिन्- अहिले भारतलाई तपाईँको खाँचो छ

    भारतलाई सहयोग गर्न प्रियंका चोपडाको आग्रह, भन्छिन्- अहिले भारतलाई तपाईँको खाँचो छ

    दिल्ली । पछिल्लो महिना भारत कोरोनाभाइरसको हटस्पट बनिरहेको छ । दैनिक मृत्युदर ३ हजार नाघेको छ । अक्सिजन लगायतका स्वास्थ्य सामाग्री अभावले स्वास्थ्य प्रणालीलाई चुनौति दिइरहेको छ । यो परिस्थितीमा भारतको लागि सहयोगी अन्तर्राष्ट्रिय हात पनि जुटेका छन् ।

    यसैक्रममा भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो मुलुक भारतलाई सहयोग गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छिन् । सामाजिक सञ्जालहरुमा पोस्ट गरेको भिडियोमा उनले भारतको गम्भीर अवस्थाको वर्णन गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् ।

    उनी भन्छिन् – ‘म लन्डनमा छु । भारतको अस्पताल कोभिडका बिरामीले भरिभराउ भएको खबर सुनिरहेकी छु । आइसीयु खाली छैन । एम्बुलेन्स उस्तै अस्तव्यस्त छन् । अक्सिजन अभाव छ । अत्यधिक मृत्युले शव जलाउन हम्मेहम्मे परेको छ ।’

    ‘भारत मेरो घर हो र अहिले त्यहाँको अवस्था नाजुक छ’ उनले भिडियोमा भनेकी छिन् ।

    भारतको अहिलेको स्थितीप्रति विश्व समुदायले ध्यान दिनु जरुरी भएको चोपडाको भनाई छ । ‘किनभने त्यहाँ सहयोगको खाँचो छ । जबसम्म कोही सुरक्षित हुँदैन अरु पनि सुरक्षित हुन सक्दैनन् । त्यसैले आफ्नो स्रोत र शक्तिको प्रयोग गरेर यो महामारीलाई रोकौं’ उनले भनेकी छिन् ।

    ‘अहिले भारतलाई तपाईंको खाँचो छ’ उनले भनिन् ।

    भारतलाई सहयोग गर्न चाहनेका लागि उनले गिभ इन्डिया फन्ड पनि स्थापना गरेकी छिन् । ‘तपाईंको सानो सहयोगले ठूलो फरक पार्नेछ । ६३ लाख बढीले मलाई फलो गर्नुभएको छ । एक लाखले मात्रै १० डलर सहयोग गर्नुभयो भने १० लाख हुन्छ’ उनले इन्स्टाग्राममा लेखेकी छिन् ।

  • न्यूयोर्कमा प्रियंका चोपडाले खोलिन् रेष्टुरेन्ट (तस्वीरहरु)

    न्यूयोर्कमा प्रियंका चोपडाले खोलिन् रेष्टुरेन्ट (तस्वीरहरु)

    बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा खोलेको रेष्टुरेन्ट शनिबारदेखि संचालनमा आएको छ । इन्स्टाग्राममा रेष्टुरेन्टका तस्विर सेयर गर्दै प्रियंकाले संचालनमा आएको जानकारी दिएकी हुन् ।

    उनले रेष्टुरेन्टको नाम सोना राखिदिएकोमा गायक पति निक जोनसलाई धन्यवाद पनि दिएकी छिन् । अहिले लन्डनमा रहेकी प्रियंकाले रेष्टुरेन्टको शुभारम्भमा न्यूयोर्कमा उपस्थित हुन नपाउँदा दुःखित भएको बताएकी छिन् ।

  • प्रियंकाको आत्मकथा ‘अनफिनिस्ड’ रिलिज, समीक्षा गर्दै अमेजनले लेख्यो– एउटा विद्रोही बायोग्राफी !

    प्रियंकाको आत्मकथा ‘अनफिनिस्ड’ रिलिज, समीक्षा गर्दै अमेजनले लेख्यो– एउटा विद्रोही बायोग्राफी !

    अभिनेत्री प्रियंका चोपडाको आत्मकथा ‘अनफिनिस्ड’ मंगलबार प्रकाशन भएको छ । अमेजनले पुस्तकलाई दार्शनिक कुराले प्रेरित भएको र पढ्नयोग्य भन्दै समिक्षा गरेको छ ।

    ‘सार्वजनिक व्यक्ति प्रियंका चोपडाको जीवनबारेको उल्लेखनीय र प्रेरणादायी कथा । उनले आफ्ना चुनौति र विजयलाई इमान्दारिताका साथ उल्लेख गरेकी छिन्’ अमेजन लेख्छ, ‘प्रियंकाजस्तै पुस्तक आफैमा बोल्ड, अनुकरणीय, विद्रोही र दार्शनिक कुराले प्रेरित छ ।’

    बलिउडमा स्थापित भएपछि हलिउडको आफ्नो करियर र विश्व सुन्दरी प्रतियोगितामा आफ्नो विजयबारे प्रियंकाले पुस्तकमा वर्णन गरेकी छिन् । प्रियंकाले आफ्ना दिवंगत पिताप्रति पुस्तक समर्पण गदै उनकै प्रेरणाले आफू अघि बढेको उल्लेख गरेकी छिन् ।

    पुस्तक प्रकाशनलाई लिएर आफू भावुक र उत्साहित भएको समेत प्रियंकाले उल्लेख गरेकी छिन् । समिक्षाको अन्त्यमा अमेजनले प्रियंकाको पुस्तकले आउने पुस्तालाई मार्गनिर्देशन गर्ने समेत लेखेको छ ।

    २४० पृष्ठ लामो प्रियंकाको उक्त पुस्तकलाई पेन्गुइन भाइकिङले प्रकाशन गरेको हो ।

  • मनिषा कोइरालाको आत्मकथा नेपालीमा

    मनिषा कोइरालाको आत्मकथा नेपालीमा

    मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ नेपाली भाषामा प्रकाशन भएको छ । नेपाली संस्करणको नाम ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ राखिएको छ । स्वरुप आचार्यले नेपालीमा अनुवाद गरेका हुन् ।

    नीलम कुमारले लेखेको मनिषाको अंग्रेजी संस्करण यसअघि निकै रुचाइएको मेमाइर हो । क्यान्सरबाट निको हुन मनिषाले गरेको संघर्ष र जीवनप्रति उनको दृष्टिकोणलाई पुस्तकमा समावेश गरिएको छ ।

     

    साथै, बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसको अटोबायोग्राफी ‘अनफिनिस्ड’ रिलिज तयारीमा छ । इन्स्टाग्राममार्फत प्रियंकाले पुस्तक प्रकाशन तयारीमा रहेको बताएकी छन् । बलिउड संघर्ष, हलिउड करियर र प्रेम सम्बन्धलाई पुस्तकमा वर्णन गरिएको छ ।

    ‘अनफिनिस्ड शब्दले मेरो जीवनमा गहिरो अर्थ राख्छ । जुन मेरो जीवनको एउटा साझा धागो पनि हो’ प्रियंकाले लेखेकी छन् । नेपालमा यसअघि अभिनेता भुवन केसी, अभिनेत्री नम्रता श्रेष्ठको जीवनमाथि बायोग्राफी लेखिने बताइए पनि अहिलेसम्म पूरा भएको छैन ।

    हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङले पनि आगामी वर्ष अटोबायोग्राफी प्रकाशन गर्ने तयारीमा छन् । प्रबलले सिंगापुरमा जन्मिएको, नेपालमा हुर्किएको र मुम्बई एवं न्यूयोर्कमा गरेको संघर्षलाई मेमोइरमा चित्रण गर्ने जनाइएको छ ।