Tag: प्रहरी निलम्बित

  • जुवाडे भगाएको आरोपमा कैलालीका ५ प्रहरी निलम्बित

    जुवाडे भगाएको आरोपमा कैलालीका ५ प्रहरी निलम्बित

    कैलाली । कैलालीमा ५ प्रहरी निलम्बनमा परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एक होटेलमा छापा मार्दा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए।

    प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानविनका लागि गठित टोलीको सिफारिसका पाँच जनालाई निलम्बन गरिएको चन्दले बताए।

    उनले थप छानबिन भइरहेको समेत जानकारी दिए । ‘अहिले छानबिन भइरहेको छ । छानविन टुङ्गो नलाग्दासम्म निलम्बन गरिएको हो’ उनले भने।

    प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेमसिंह धामी तथा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुँवरलाई निलम्बन गरिएको उनले बताए।

    गत १८ गते प्रहरीले जुवा खेलिरहेको अवस्थामा छापा हानेको थियो । त्यस बेला जुवा खालबाट ८५ हजार बरामद् गरेको प्रहरीले दाबी गरे पनि जुवा खेलीरहेका कोही पक्राउ परेका थिएनन् ।

    त्यसको केही दिनपछि कैलाली प्रहरीले जुवा खालबाट भागेका ३ जनासहित जुवा खेलाउने होटेल सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

  • अपराधमा संलग्न तीन प्रहरी निलम्बित

    अपराधमा संलग्न तीन प्रहरी निलम्बित

    रुपन्देही । दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् ।

    त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालाकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागूऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको एक प्रहरी अधिकारीले बताए ।

    संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागूऔषध कारोबारीसँग मिलेमतो देखिएपछि तीनजना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको ती प्रहरी अधिकारीले जानकारी दिए ।