Tag: प्रसाद २

  • ‘प्रसाद’ सिक्वेलको मुख्य भूमिकामा निश्चल बस्नेत अनुबन्धित

    ‘प्रसाद’ सिक्वेलको मुख्य भूमिकामा निश्चल बस्नेत अनुबन्धित

    काठमाडौं । निश्चल बस्नेत पनि ‘प्रसाद २’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । बिपिन कार्की र नम्रता श्रेष्ठसँगै फिल्ममा निश्चलको पनि मुख्य भूमिका हुने जनाइएको छ ।

    निर्माता सुवास थापा र बस्नेतबीच सोमबार लिखित सम्झौता भयो । अन्तरजातिय प्रेमकथामा आधारित फिल्मको प्रिक्वेलले बक्सअफिसमा राम्रो कमाइसहित समिक्षा प्राप्त गरेको थियो ।

    दोस्रो सिक्वेललाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । प्रिक्वेललाई चाहिँ दिनेश राउतले निर्देशन गरेका थिए । फिल्मलाई सुशिल पौडेलले लेखेका हुन् । चैत पहिलो सातादेखि फिल्मको छायांकन बागलुङमा सुरु हुने भएको छ ।