Tag: प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी

  • प्रशिक्षक अब्दुल्लाहको सम्झौता २०२४ सम्म

    प्रशिक्षक अब्दुल्लाहको सम्झौता २०२४ सम्म

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ । साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए ।

    नेपाल फर्किएपछि पहिलोपटक अब्दुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीका टिम व्यवस्थापक मधुसुदन उपाध्यायले नेपालको जर्सीसहित उनीसँग २०२४ सम्मका लागि सम्झौता भएको जानकारी दिए ।

    नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अब्दुल्लाहले आफ्नो कार्ययोजना समेत पत्रकार सम्मलेनमार्फत पेस गरेका छन् ।

  • अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध खनिए समर्थक

    अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध खनिए समर्थक

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणासँगै नेपाली फुटबल समर्थक पंकजविक्रम नेम्बाङ विवादमा तानिएका छन् । नेपाली फुटबल समर्थहरु सामाजिक सञ्जालमा उनीमाथि खनिएका छन् ।

    प्रशिक्षक अब्दुल्लाहले आइतबार दिउँसो (केही बेरअघि) मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेका थिए ।

    आफूले राजीनामा दिनुको कारण उपाध्यक्ष नेम्बाङ रहेको बताएसँगै समर्थक नेम्बाङमाथि खनिएका हुन् । नेम्बाङको व्यक्तिगत फेसबुक टाइमलाइनमा अपलोड गरिएका फोटोहरूमा अपशब्दसमेत प्रयोग गरेर नकारात्मक कमेन्ट आइरहेका छन् । उनले तुरुन्तै राजीनामा दिनुपर्ने माग पनि गरिएको छ ।

    अल्मुताइरीले फेसबुकमा स्टाटस लेख्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले तीन सातादेखि गरिरहेको ‘नाटक’ का कारण राजीनामा दिन गइरहेको बताएका थिए । उनले भनेका छन्, ‘अब तपाईं खुशी हुनुभयो होला नि पंकजविक्रम नेम्वाङ ?’

    को हुन् पंकजविक्रम ?
    २०७५ वैशाख १२ गते शनिबार भएको एन्फाको १६औं साधारणसभाबाट कर्मा छिरिङको प्यानल निर्वाचित भएको थियो । सोही प्यानलबाट उपाध्यक्ष पदमा विजयी भएका नेम्बाङ २०७६ साल वैशाख ३१ गते एन्फाको वरिष्ठ उपाध्यक्ष चुनिएका थिए ।

    पछिल्लो समय एन्फाको राजनीतिसँगै पंकज विक्रम अध्यक्षको कटु आलोचकका रूपमा देखा परेका छन् । कार्यसमिति बैठक बहिस्कार, नोट अफ डिसेन्ट लगायतका विषयका कारण चर्चामा आइरहने नेम्बाङलाई आगामी चुनावमा अध्यक्ष पदको प्रत्याशीका रूपमासमेत हेरिएको छ । तर, प्रशिक्षकको राजीनामापछि उनी विवादित बनेका छन् ।

    यु-१६ टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबरजस्ती टोलीमा घुसाइएको विषयमा पनि नेम्बाङको तिव्र आलोचना भएको थियो ।

    २०७६ को असोजमा जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनोट खेल्न जोर्डन गएको नेपाली यु -१६ टोलीको पहिलो रोजाइका गोलकिपर रोशन नेपाललाई टोली बाहिर राख्दै नेम्बाङका छोरा पथ्युहाङ नेम्बाङलाई जोर्डन पठाइएको थियो ।