Tag: प्रधानमन्त्रीको जवाफ

  • नरसंहार मच्चाउने मन्त्रीको अभिव्यक्तिबारे एमाले नेताले मागे प्रधानमन्त्रीको जवाफ

    नरसंहार मच्चाउने मन्त्रीको अभिव्यक्तिबारे एमाले नेताले मागे प्रधानमन्त्रीको जवाफ

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका शीर्ष नेताहरुले अर्को गौर नरसंहार मच्चाएर सिके राउतको हत्या गर्ने खुलेआम धम्की दिने भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई सत्ता गठबन्धनले नै संरक्षण दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेका छन् ।

    रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताहरुको जवाफ मागेका छन् । उनले प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको आरोपसमेत लगाएका छन् ।

    पोखरेलले भनेका छन्– गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन्, विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन् , गर्छन्-गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

    २०६३ चैतमा भएको गौर राइसमिलको नरसंहारमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । हत्याअघि महिलालाई बलात्कार गरिएको थियो । सो घटना हालको जसपाका अध्यक्ष उपेन्द्र यादवको तत्कालीन पार्टी मधेसी जनअधिकार फोरमले गराएको थियो ।

    रेणु यादवले बुधवार गौरमा आयोजित कार्यक्रममा सो नरसंहारलाई गौरवका रुपमा वर्णन गर्दै आफूहरुसँग टकरावमा आउने सिके राउत र उनका कार्यकर्ताको हालत त्यस्तै बनाइदिने चेतावनी दिएकी थिइन् ।

    गौर नरसंहारका पीडित माओवादी पार्टीका अध्यक्ष प्रचण्ड र पीडक भनिएका उपेन्द्र यादव नै सत्ता गठबन्धनको सूत्रधार रहेको भन्दै पोखरेलले उनीहरुको समेत जवाफ मागेका छन् ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरुलाई अर्को गौर नरसंहार गराएर हत्या गर्ने खुला धम्की दिनु बर्बरतापूर्ण भन्दै यो गम्भीर विषयमा सत्ता गठबन्धन र प्रधानमन्त्रीको मौनता बिडम्बनापूर्ण रहेको बताएका छन् । उनले अपराधलाई प्रोत्साहन गर्ने सबै गतिविधि बन्द हुनुपर्ने बताएका छन् ।

    एमाले सचिव योगेश भट्टराईले हिंसा मच्चाउने अभिव्यक्ति दिने रेणु यादवलाई मन्त्रीबाट नहटाए प्रधानमन्त्री र कांग्रेस हिंसाको पक्षमा रहेको पुक्ष्टि हुने चेतावनी दिएका छन् ।

    एमालेका नेताहरुले मन्त्रीको अभिव्यक्ति सत्ता गठबन्धनको आधिकारिक धारणा हो कि होइन भन्ने प्रश्नसमेत गरेका छन् ।

  • प्रधानमन्त्रीको जवाफ-सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु (पूर्णपाठ)

    प्रधानमन्त्रीको जवाफ-सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिंदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् ।

    सर्वोच्च अदालतमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको समेत बताएका छन् ।

    प्रधानमन्त्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वाभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाएका छन् ।

    प्रधानमन्त्रीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर गरेका छन् ।

    यस्तो छ प्रधानमन्त्रीको लिखित जवाफ: