Tag: प्रधानन्यायाधीश

  • माओवादीबाट एमाले बनेका ७ मन्त्रीको नियुक्तिबारे प्रधानन्यायाधीशको इजालसमा सुनुवाइ हुँदै

    माओवादीबाट एमाले बनेका ७ मन्त्रीको नियुक्तिबारे प्रधानन्यायाधीशको इजालसमा सुनुवाइ हुँदै

    काठमाडौं । माओवादी केन्द्र छाडेर एमाले बनेका गैर सांसद ७ जना मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुँदैछ ।

    अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका दुवै रिटको पेशी प्रधानन्यायाधीश राणाको एकल एजलासमा तोकिएको छ । संविधानको धारा ७८ बमोजिम नियुक्त भएका मन्त्रीको नियुक्ति गैर संवैधानिक भएको दावी रिट निवेदकले गरेका छन् ।

    यसअघि पनि यी मन्त्रीको नियुक्ति गैरकानुनी भएको भन्दै रिट परेको थियो । तर त्यसमा अन्तरिम आदेश माग नभएकाले पूर्ण सुनुवाईमा लैजाने आदेश राणाको इजलासले दिएको थियो । रिट निवेदनमा अन्तरिम आदेश माग नभएकाले त्यसबारे बिचार गर्नु परेन भन्ने आदेश आएको भोलिपल्ट अन्तरिम आदेश माग गर्दै दुईवटा रिट निवेदन दर्ता भएका हुन् ।
    संविधान बमोजिम धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिना मन्त्री हुन पाउने व्यवस्था छ । हाल गृहमन्त्री रामवहादुर थापा,उर्जामन्त्री टोपवहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट,शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा,श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा दुवै सदनको सदस्य छैनन् ।
    यदि प्रधानमन्त्रीको पुनः सपथ भएको थिएन भने थापा र लामा जेठ १० गते स्वतः पदमुक्त हुने थिए ।
  • दुई न्यायाधीशले लिए सपथ, प्रधानन्यायाधीशले गराउने सपथग्रहण अब शीतल निवासको साटो सर्वोच्चमै हुने (भिडियो)

    दुई न्यायाधीशले लिए सपथ, प्रधानन्यायाधीशले गराउने सपथग्रहण अब शीतल निवासको साटो सर्वोच्चमै हुने (भिडियो)

    काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

    सर्वोच्च अदालतमा आयोजित एक समारोहमा दुवै न्यायाधीशले सपथ लिएका हुन् । सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोएिको छ ।

    न्यायाधीश नहकुल सेवेदी र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा कमलादेवी सिंखडाले नेपाल सरकारलाई वादी बनाइ दर्ता गरेको सन्जेश तामाङ बिरुद्धको कर्तव्य ज्यान मुद्धाको पुनरावेदन फिर्ता सम्वन्धमा सर्वोच्च अदातलमा सुनवाइ भइरहेको छ ।

    त्यस्तै न्यायाधीश कुमार चुडाललाई न्यायाधीश प्रकाशमान सिंह राउत को संयुक्त इजलासमा ग्लोबल आईएमइ बैंकले डि.सि कन्ट्रयाक्टर एण्ड सप्लायर्स बिरुद्धको मुद्धामा अन्तरकालिन आदेशका सम्वन्धमा सर्वोच्चमा सुनवाइ भइरहेको छ ।

    दुई न्यायाधीशलाई सर्वोच्चमै सपथ गराएसँगै प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गएर गराउने सपथको परम्परा परिवर्तन गरेका छन् । राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने भएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका संचालकलगायत अधिकांस पदाधिकारीलाई प्रधानन्यायाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ ।

    ती सपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा हुने गरेकामा अब राष्ट्रपतिकै उपस्थितिमा हुनुपर्ने बाहेक अन्य सपथग्रहण कार्यक्रम सर्वोच्चमै गर्न लागिएको सर्वोच्च स्रोतले जनाएको छ ।

  • प्रधानन्यायाधीशको आग्रह- माघभित्रमा बहस सकौं

    प्रधानन्यायाधीशको आग्रह- माघभित्रमा बहस सकौं

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाक्ष चाँडो टुंग्याउने चाहना व्यक्त गरेका छन् । संवैधानिक इजलासमा जारी वहसलाई माघ मसान्तभित्र सक्न उनले आग्रह गरेका छन् ।

    आइतवार सरकारी वकीलहरूको बहस चलिरहँदा प्रधानन्यायाधीश राणाले माघ मसान्तभित्र बहस टुंग्याउन आग्रह गरेका हुन् । उनले सरकार पक्षका वकीललाई १५ मिनेट समय दिएका छन् ।

    प्रतिनिधिसभा विघटनको फागुन ५ गते दुई महिना पुग्छ । यदि माघभित्र बहस सकियो भने ढिलोमा फागुन दोस्रो सातासम्म फैसला आउन सक्ने बताइएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकेको छ ।

    फैसला ढिला हुँदा निर्वाचन आयोगलाई दबाब पर्नेछ ।

  • प्रधानन्यायाधीशको आग्रह- १०/१५ मिनेटभन्दा समय दिन्नौं, हठ नगर्नुहोला

    प्रधानन्यायाधीशको आग्रह- १०/१५ मिनेटभन्दा समय दिन्नौं, हठ नगर्नुहोला

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका धेरै रिटमा अझैं बहस हुन बाँकी रहेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसमा भाग लिने अधिवक्ताहरूलाई धेरै समय नदिने संकेत गरेका छन्।

    बुधबार बहस गर्ने अधिवक्ताहरूलाई जबराले एक जनालाई १० देखि १५ मिनेटमात्र समय दिन सक्ने बताएका छन्। उनको भनाइ थियो ‘अब तपाईंहरूलाई १०/१५ मिनेट भन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला।’

    अझै ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै उनले धेरै समय नलिन आग्रह गरे। सबैलाई बोल्ने अवसर दिनुपर्ने भन्दै राणाले भने, ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ। उहाँहरुलाई पनि समय दिनैपर्‍यो।’

    सोमबारदेखि नेकपा संसदीय दलका नेता देव गुरुङ लगायतको रिटमा बहस भइरहेको छ। ४ माघदेखि संवैधानिक इजलासमा शुरु भएको बहसमा हालसम्म ७ वटा रिटमा मात्रै सुनुवाइ सकिएको छ। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा जम्मा १३ वटा रिट परेका छन्।

    बहसमा एउटै अधिवक्ताले धेरै समय लिएको र धेरैले एउटै कुरा दोहोर्‍याउने गरेका छन् । यसले संवैधानिक इजलासमा भइरहेको बसहको रौनकता पनि घट्दै गएको छ।

  • प्रधानन्यायाधीशको प्रष्‍टीकरण – बाहिरका कुराबाट अदालत प्रभावित हुँदैन

    प्रधानन्यायाधीशको प्रष्‍टीकरण – बाहिरका कुराबाट अदालत प्रभावित हुँदैन

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा चलिरहेका बेला राजनीतिक दलका नेताले दिएका अभिव्यक्तिले संवैधानिक इजलास प्रभावित नहुने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रष्ट पारेका छन् ।

    जारी सुनुवाइका क्रममा रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने भनेर ठोकुवा गरिरहेको बताएपछि राणाले उनलाई रोकेर अदालत बाहिरका कुराबाट प्रभावित नहुने बताए ।

    बाहिरको कुराबाट प्रभावित नहुने कुरा राणाले यसअघि चार पूर्वप्रधानन्यायाधीशको वक्तव्यका सन्दर्भ इजलासमा उठ्दा पनि प्रष्ट्याएका थिए ।

    संवैधानिक इजलासमा बुधवारदेखि एकजना वकीलले आधा घण्टा भन्दा बढी बहस गर्न नपाउने व्यवस्था गरिएको छ ।

  • प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै इजलासमा राखेर सुनुवाइ गर्ने भएका छन् ।

    प्रधानन्यायाधीशले कुन न्यायाधीशको इजलासमा पेशी तोक्छन् भन्ने सर्वत्र चासो भइरहेका बेला राणाले आफ्नै इजलासमा राखेका हुन् ।

    सरकारको सिफारिशमा राष्ट्रपतिले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि सोही दिन त्यसका विरुद्ध रिट लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने र लोकेन्द्रबहादुर ओली सर्वाेच्च पुगेका थिए ।

    सोमबार मात्रै सर्वाेच्चअदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध १२ वटा रिट दर्ता भएका थिए । सत्तारुढ नेकपाको प्रचण्ड माधव नेपाल पक्षका सांसदहरुले मंगलबार रिट दर्ता गराएका थिए ।

    आज रिट निवेदकहरुको तर्फबाट एकतर्फी बहस हुनेछ । रिट निवेदकको माग बमोजिम आदेश गर्नुपर्ने परिस्थिति भए आजै अन्तरिम आदेश जारी हुने सर्वाेच्च अदालत स्रोतले जनाएको छ ।

    दुवै पक्षको कुरा सुनेर आदेश दिनुपर्ने भएमा छलफलका लागि अर्को पक्षलाई बोलाउन सक्छ । तर प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै रिट परेकाले एकल इजलासले संवैधानिक इजलासमा पठाउन सक्छ ।

    यही प्रकृतिको एउटा रिटमाथि संवैधानिक इजलासमा शुक्रवार सुनुवाइ हुँदैछ ।